'भाषामा
अराजकता चल्दैन'
काठमाडौ — प्रा. बालकृष्ण पोखरेल नेपाली भाषाका
ज्येष्ठ-श्रेष्ठ साधक हुन् । विराटनगरमा बस्दै आएका ७९ वर्षीय पोखरेलका 'उकुसमुकुस,' 'तेस्रो
एकमुखे रुद्राक्षको खोजी,'
'मलाई गयल नपार,' 'तेरा कुरा इस्' सहित
भाषा-साहित्यका प्रायः सबै विधाका दर्जनौं कृति प्रकाशित छन् । 'खस जातिको इतिहास' आफ्नो
क्षेत्रको अहिलेसम्मकै गुरूगम्भीर कृति हो, नेपाली
भाषा-साहित्यका लागि महतम उपलब्धिहो ।
प्रा. बालकृष्ण पोखरेल नेपाली भाषाका
ज्येष्ठ-श्रेष्ठ साधक हुन् । विराटनगरमा बस्दै आएका ७९ वर्षीय पोखरेलका 'उकुसमुकुस,' 'तेस्रो
एकमुखे रुद्राक्षको खोजी,'
'मलाई गयल नपार,' 'तेरा कुरा इस्' सहित
भाषा-साहित्यका प्रायः सबै विधाका दर्जनौं कृति प्रकाशित छन् । 'खस जातिको इतिहास' आफ्नो
क्षेत्रको अहिलेसम्मकै गुरूगम्भीर कृति हो, नेपाली
भाषा-साहित्यका लागि महतम उपलब्धि हो । नेपाली भाषामा हिज्जेबारे बहस चर्किरहेका बेला उनले
ललितपुरमा हालै सार्वजनिक 'नेपाली कसरी शुद्ध लेख्ने ? -हिज्जे
विचार,
२०६९' (नेकशुले)
को अगुवाइ गरे । यही सन्दर्भमा उनीसँग कान्तिपुरका लागि पारस नेपालले गरेको
कुराकानीको अंश:
नयाँ 'नेकशुले’ जारी गर्न किन आवश्यक पर्यो ?
पुरानो नेकशुलेलाई पुरानो भनेर, हेपेर, अहिले नेकले (नेपाली कसरी लेख्ने) मात्रै भनेर लेखकहरू जथाभावी अनेकौँ विकल्पमा जान थाले । पुरानोले कुनै भाँडभैलो मच्चाएको थिएन । कुनै पत्रिका वा समाचारपत्रले एउटा विकल्प अँगालेको थियो, अर्कोले अर्को वैकल्पिक बाटो रोजेको थियो । त्यसले नेपाली भाषा-व्याकरणमा कुनै नकारात्मक प्रभाव पारेको थिएन । तर एक-डेढ वर्ष भयो, एकाएक पाठ्यक्रम विकास केन्द्र, जनक शिक्षा सामग्री केन्द्र इत्यादिले दुईचार जनालाई नै नेपालका सर्वेसर्वा ठानेर उनीहरूको लेखन पद्धतिलाई, एउटा मात्रै विकल्पलाई आँखा चिम्लेर अँगाले । त्रिभुवन विश्वविद्यालयमा पनि ती एकथरीले गएर आक्रमण गरेर आफ्नो हिज्जे लागू गर्न बाध्य तुल्याए । कीर्तिपुरे -त्रिविका नेपाली गुरुहरू) ले नेपाल एउटा देशको मात्रै होइन, भारत, भुटान, बर्मा, हङकङ, बेलायत, अमेरिकाको भाषा बन्दै गरेको नेपाली भाषामा आफ्नो विकल्पलाई पञ्चायती व्यवस्था लादेझैँ लादे । उनीहरूले पहिले नेपाल प्रज्ञा प्रतिष्ठानउपर हमला गरे । शत प्रतिशत समर्थन त पाएनन्, तर पनि प्रज्ञा प्रतिष्ठानलाई आफ्नो घेराभित्र पार्यौँ भनेर मक्ख परे । अनि उनीहरूले जे लेखे तिनका एक मुठी कारिन्दाहरूले लाखौँको सङ्ख्यामा छाप्न थाले । राष्ट्रभरका छात्रछात्राहरूमाथि आफ्ना नियम लाद्न थाले । अनेकौँ मार्ग र विकल्पहरूलाई लात मारेर आफूलाई सारा नेपाली समाजको भान्से ठानेर अनर्गल चेष्टा गरे ।
(त्यसबाट आहत भएका साथीहरूलाई) मैले थामथाम-थुमथुम गर्दै आएको थिएँ । 'हरेक विकल्प आदरणीय हुन्छ, माननीय हुन्छ, त्यसो हुनाले कुनै पनि विकल्पलाई हामीले थुक्नु हुँदैन, घृणा गर्नु हुँदैन, बरु हामीले सँगै बसेर प्रेमपूर्वक मनको भावना साटासाट गर्नुपर्दछ' भनेँ । बिरामी पत्नीको सेवामा लाग्नुपरेकाले तीन वर्ष म काठमाडौं आउन सकिनँ । यसपालि आएँ र नयाँ नेकशुले जारी गर्यौँ ।
नेपाली भाषामा ह्रस्व 'इ’, 'उ’ अनि पातलो 'स’ मात्रै चलाउनुपर्छ भनेर यहाँहरूले नै झर्रोवाद आन्दोलन चलाउनुभएको थियो । नेकशुलेको नयाँ प्रस्तावनामा दीर्घ 'ई’, 'ऊ’, 'श’, 'ष’, 'स’, आगन्तुक शब्दहरूलाई तत्समवत् चलाउने कुरा गरिएको छ । आफैंले लामो समयसम्म काँध थापेको झर्रोवादलाई अब बिसाउनुभएको हो ?
हाम्रो झर्रोवाद त विशाल आन्दोलन थियो । त्यो केवल हिज्जेको होइन, व्याकरण, ध्वनिशास्त्र र ध्वनि विज्ञानको पनि आन्दोलन थियो । मान्छेलाई थाहा छैन, ध्वनिशास्त्र र ध्वनि विज्ञानमा अन्तर छ भन्ने कुरो ।
झर्रोवादलाई हामीले छाड्ने कुरै छैन । भारी भए पो बिसाउनु ? त्यसले त जीउ चङ्गा बनाउँछ । नयाँ नेकशुलेलाई झर्रोवादले आशीर्वाद दिएको छ, फल, फूल भनेर । तर, विकल्पमा हिँडेकाहरूलाई यसले एउटै बाटोमा हिँड्न अनुरोध गर्नुपर्दछ । किनभने नेकशुले नेपालको एउटा संस्कृति हो । नेकशुले नेपाल राष्ट्रको मेरुदण्ड हो, ढुकढुकी हो । त्यो ढुकढुकीले संस्कृत तत्समलाई चाहिँ मुटु मानेको छ । किनभने नेपाली भाषा संस्कृतको कोखबाट जन्मेको हो । त्यसैले नेपाली भाषाले अङ्ग्रेजीबाट आएका शब्दलाई तत्समको मान्यता दिन सक्दैन । तिनलाई कसैले तत्समवत् (तत्सम सरहका) भनेछ भने आपत्ति पनि गर्दैन ।
तत्सम शब्दलाई छुन झर्रोवाद पनि डराएको थियो । नयाँ अभियन्ताहरूले, कीर्तिपुरे सज्जनहरूले भने तत्समसमेतलाई पनि आक्रमण गर्ने, १४ अक्षरहरू नेपालीमा छैनन् भनेर हटाउने, कुनै खासखास पदबाट तिनलाई गलहत्याउने जुन आँट गरे, त्यो चिन्ताजनक छ । म हात जोड्छु, त्यस्तो आँट नगरौँ । पुरानो नेकशुले होस्, वा हामीले बनाएको होस् वा भविष्यमा आउने नेकशुले होस्, यसले सबैलाई सम्मान गर्नुपर्दछ । कुनै एउटा समूहलाई 'तँचाहिँ राजा' भन्न पाइँदैन । एकथरी मित्रहरूले 'तिमी श्री ५ भयौ है' भन्ने भूल गरे । नेपालभित्रका मात्र होइन, बाहिरका नेपालीहरूसमेत प्रभावित हुने किसिमबाट निर्णय गर्नु उचित होइन । नेपाली भाषालाई स्तरीकरण गर्ने भनेर २०३४-३५ सालदेखि अभियान चलाइयो, अहिले आएर त धमाधम आँखा चिम्लेर जे मन लाग्यो त्यही गर्न थालेका छन् ।
हिज्जे र वर्ण विन्यासमा विवादको बीउ २०३५ सालमै रोपिएको हो भनिन्छ नि ?
ती अभियन्ताहरूले के कुरो बुझेनन् भने, नेपाली भाषा कसैको मातृभाषा होइन । त्यसबेला यसबारे कसैले अध्ययन गरिसकेका थिएनन् । एउटा कुरा हामीले बिर्सनु हुँदैन, नेपाली भाषा कसैको मातृभाषा होइन । यो नेवारको पनि भाषा हो, खसको पनि हो, गुरुङको पनि हो । नेपाली चार जात छत्तीस वर्णको साझा भाषा हो । यो गाउँगाउँमा फेरिँदै जाने भाषा होइन । खोलावारि एक रूप, खोलापारि अर्को रूप हुने भाषा होइन नेपाली । जब मैले 'खस जातिको इतिहास' को अनुसन्धान गर्न भनेर त्रिविको प्राध्यापनबाट स्वैच्छिक अवकाश लिएर कथ्य र लेख्य नेपालीबीच अन्तरका बारेमा सोच्न थालेँ, अनि छक्क परेँ, ज्यादै खित्का छाडेर हाँसेँ, रमाएँ । त्यो किनभने, कुनै पनि लेख्य भाषा कुनै जातिको कथ्य हुन सक्दैन रहेछ । कुनै तमसुकको भाषा कुनै नेपालीको घरमा बोलिन्छ र ? नेपाली कसैको मातृभाषा हो भने किन 'ह्याँ बस्नुस्' भन्छ पोखरा, 'यैँ बस्नुस्' भन्छ काठमाडौँ, 'यीँ बस्नुस्' भन्छ पूर्व ? तीन क्षेत्रमा एउटै प्रचलित शब्द 'यहीँ' का तीन रूप किन ? यो वास्तवमा भाषिकागत रूप हो । राष्ट्रिय भाषालाई कसैको मातृभाषा भन्दा त्यो भाषाको अपमान ठहरिन्छ ।
उसो भए छेत्री-बाहुनको मातृभाषा के हो ?
खस कुरा । त्यही भएर त छेत्री-बाहुनले पनि आफूलाई जनजाति स्वीकार गर्नुपर्यो भन्दै आएको हुँ मैले । नेवार, गुरुङ जनजाति हुन् भने खस किन जनजाति होइनन् ? छेत्री-बाहुन नेवार जातिमा पनि हुन्छन् । नेपाली भाषा मगर सम्राट् नागराजको काखमा जन्मेको हो । त्यसैले नेपाली भाषा खस जातिको मात्रै होइन ।
डा. तारानाथ शर्मा र तपाई, डा. कुमारबहादुर जोशी, मुकुन्दशरण उपाध्याय र कृष्णप्रसाद पराजुलीजस्ता लामो समयसम्म एकदमै फरक-फरक मत लिएर हिँडेका व्यक्तित्वहरू अहिले एक ठाउँमा आउन कसरी सम्भव भयो ?
नेपाली भाषा नेपालीमात्रको प्राण रहेछ । नेपाल राष्ट्रको मुटु यही भाषा रहेछ । नेपाली भाषा जबसम्म रहिरहन्छ, तबसम्म यस राष्ट्रमा रहेका जाति-समुदायको अस्तित्व रहन्छ । नेपालीभाषीहरूबीच फुट ल्याउन खोजिएको भेउ पाएर हामी एक ठाउँ आएका हौँ । कुनै नेपाली लेखक एक कोसको शब्दलाई पनि एउटै डिकोमुनि लेख्छु भन्ला, कुनैले चाहिँ एक बित्ताको शब्दलाई पनि अलग-अलग डिकोमा लेख्छु भन्ला । कसैले 'शहर' लेख्ला, कसैले 'सहर' । यी दुवैको धारणालाई सम्मान गर्दै नेपाली भाषालाई बचाउन, बीचको बाटो पहिल्याउन हामी अगाडि सरेका हौँ । नेपाली भाषालाई फुट्न नदिन 'ललितपुर प्रस्तावना' ले ऐतिहासिक कदम चालेको छ ।
परम्परालाई अपमान गर्न पाइँदैन, हत्या गर्न पाइँदैन । यो परम्परा नै हाम्रो शिरोभाग हो । कुनै-कुनै आगन्तुक शब्दहरूलाई विकल्पले दुइटै रूपमा चल्न दिनुपर्ने हाम्रो प्रस्तावना सुनेर एकजनाले 'यसबाट झन् अराजकता' आउँछ भने । तर, यो उदारताले अराजकता भित्र्याउँदैन, नेपाली भाषालाई पोषण शक्ति दिन्छ । यस्ता शब्दहरू हद्द भए पाँच सयवटा होलान् । सुदामाको एक मुठी कनिकाजस्ता यति शब्दहरूले पाँच लाख शब्द भण्डारको नेपाली भाषामा कसरी अराजकता ल्याउँछन् ? कसरी भाँडभैलो गर्छन् ? यस्तो राजनीतिक राग नअलापौँ । सुदामाको कनिका स्वीकार गर्दा कृष्णको महानता झन् बढेको होइन ? नेपाली भाषा विशुद्ध रूपमा राजमार्ग हो, हामी यसका यात्री हौँ । यसलाई गोरेटो नबनाऔँ ।
नयाँ राजमार्गमा चाहिँ त्रिविका गुरुहरू सहयात्री हुन आएका छैनन् नि ?
हामीले आफूभन्दा प्रबुद्धहरूलाई सम्मान गरेका छौँ । माया गर्नुपर्नेलाई माया गरेका छौँ । कसैको मन दुखाएका छैनौँ, अनि उहाँहरू आउनुहुन्न भन्ने कुरै छैन । उहाँहरूको दिलमा पनि त नेपाली भाषाको कुभलो गरौँ भन्ने छैन नि । उहाँहरूलाई अहिले कुर्सीको गाँजाले लठ्याएको छ । कुर्सीको गाँजाको नशा लागेको मानिसले कर्तव्य-अकर्तव्य के हो भन्ने बिर्सेको हुन्छ । एकै दिनमा पाँचवटा बैठक हुन्छन्, कुन भ्याउनु, कुन भ्याउनु ? गयो, सही गर्यो, हिँड्यो । सही के-केमा गरिन्छ गरिन्छ । त्यसैले उहाँहरूले गरेका भाषिक कुकार्यमा उहाँहरूको प्रतिभाको दोष छैन, कुर्सीको दोष छ ।
नेपालीका शिक्षकहरूले हिज्जेलाई विद्यार्थीको योग्यताको कसी मान्ने परम्परा बसाएका छन् नि ?
हिज्जे कण्ठ पारेपछि त्यसै विद्वान् भइहालिन्छ भन्ने कमजोर मानसिकताले काम गरेपछि यस्तै हुन्छ । यो ठूलो भ्रम हो, भूल हो । 'भूल' लाई दीर्घ लेख्ने कि ह्रस्व लेख्ने, विद्यार्थीलाई विकल्प रोज्न दिनुपर्दछ । अर्थभेदक शब्दलाई चाहिँ नियममा बाँध्नुपर्दछ । जस्तोः 'फूल' ले देवीदेवताको पूजा गरिन्छ, 'फुल' ले पेटपूजा गरिन्छ । देवी गुह्येश्वरीलाई भने ह्रस्व पनि चढ्दछ, दीर्घ पनि चढ्दछ । अब कुनै विद्यार्थी गल्ती नै गरिहाल्यो भने पनि कठोर बन्नु हुँदैन । हिज्जेमा शत प्रतिशत गल्ती छ, तर उत्तर दिने शिल्प राम्रो छ, विषयवस्तु र पूर्वापर क्रमको ज्ञान छ, विचार प्रवाह सन्तुलित छ भने पनि त्यस्तो विद्यार्थीले 'डिस्टिङ्सन' मा उत्तीर्ण हुन पाउनुपर्दछ । हिज्जेका कारणले १० भन्दा बढी नम्बर काट्नु हुँदैन । हिज्जे शत प्रतिशत राम्रो छ, तर लेख्नुपर्ने कुराहरू शत प्रतिशत छोडेको छ भने त्यो विद्यार्थीलाई १० भन्दा बढी नम्बर दिनु हुँदैन । केही नजान्ने विद्यार्थीलाई पास गराउने गुरु पनि नरकको खाडलमा पर्दछ ।
भाषा परिवर्तनशील हुन्छ भनिन्छ । त्यो परिवर्तन प्रयोगबाट हुँदै जाने हो कि कसैले नियम बनाइदिएर ?
कथ्य भाषाचाहिँ द्रुतगामी हुन्छ । कथ्य भाषामा ५० वर्षपछि कति परिवर्तन आउँछन् भनेर हामी कल्पना पनि गर्न सक्दैनौँ । लेख्य भाषाचाहिँ अड्डी लिने खालको हुन्छ, जस्तोः तमसुक वा भर्पाईको भाषा । त्यसैले लेख्य भाषा कसैको मातृभाषा हुन सक्दैन । तर लेख्य भाषाका उच्चार्य र लेख्य दुई भेद हुन्छन् । जस्तो लेखिन्छ त्यस्तो उच्चारण नहुन पनि सक्छ । जस्तोः 'कहाँ' लाई 'काँ' भनिन्छ, 'साठी' लाई नेवारहरू 'साथी' भन्छन् । लेख्य भाषालाई एउटा निश्चित स्तरमा राख्नुपर्दछ । यसका लागि शिक्षक-विद्यार्थीलाई तालिमको व्यवस्था हुनुपर्दछ । स्तरीय नेपालीमा उच्चारण, उच्चारण भेदबारे शोध हुनुपर्दछ । 'कतातिर जाने ?' र 'खोलाको तीर' मा 'तिर' र 'तीर' को भेद उच्चारणमा पनि देखिनुपर्दछ, लेखाइमा मात्रै होइन । साहित्यिक नेपाली वा नेपालीको लेख्य भेद वा स्तरीय भाषिकाले एक शताब्दीपछि अलिकति कोल्टे फेर्ला, दिनका दिन कोल्टे फेर्ने वा फेर्न लगाउने अनुमति कसैलाई छैन । स्तरीय लेख्य परम्परा भाषिक स्वर्ग जाने बाटो हो ।
तर नेपाली भाषाका अधिकतर गुरु, वैयाकरण, कोशकारहरूले हिज्जे, पद योग वा वियोगका नाममा लेख्य भाषालाई कोल्टे फर्काउन ऊर्जा लगाइरहनुको कारण के हुन सक्छ ?
तिनीहरूले नेपाली भाषालाई अझै आफ्नै घरमा बोल्ने भाषा ठानिरहेका छन् । अहिले म बोलिरहेको छु, कति मुस्किल परिरहेको छ मलाई । किनभने 'अहिले' भन्नु परिरहेको छ । स्वर मध्यगत महाप्राण ध्वनि नेपालीमा स्वतः अल्पप्राणीभूत हुने नियमका कारण 'अहिले' लाई 'ऐले' भन्ने अनुमति त म पाउँछु । बहिनी- बैनी, कहिले- कैले, पहिले- पैलेमा पनि यही नियम लागू हुन्छ, तर सबै शब्द यस्ता हुँदैनन् । अनि परेन बोल्न सकस ? कसैले बोल्दा 'घर बढार्' भन्छ भने त्यसले स्तरीय नेपाली बोल्न नजानेको बुझ्नुपर्दछ, बोल्दा 'घर बडार्' हुन्छ । 'ढ' को उच्चारण किन 'ड' भयो भन्नेबारेमा तालिम दिनुपर्दछ । खै तालिमको व्यवस्था ?
भाषा जसरी बोलिन्छ, त्यसरी लेख्नुपर्छ भन्नेहरू पनि त छन् ?
नेपाली कसैको मातृभाषा होइन भन्ने नबुझेकाहरूको बोली हो यो । पश्चिमको मान्छेले 'क्यार्ने त नि ?' भन्छ । त्यो नेपाली होइन, खसकुरा हो । रौसी (रक्सी), जाम् (जाउँ/जाऔँ), गाम (गाउँ) पनि खसकुरा नै हुन् । यस्ता शब्दहरू राखेर कसैले पत्रिका निकाल्दैमा पुस्तक छाप्दैमा ती नेपाली भाषाका हुँदैनन् ।
प्रकाशित : वैशाख २४, २०६९ ०९:२१