Wednesday, July 24, 2019

मुस्ताङमा याक नाच


मुस्ताङमा याक नाच
सुन्दरकुमार थकाली, मनोरञ्जन,  ०६ साउन २०७६ ११:४३:००
मुस्ताङ : शदियौंदेखि मनाइँदै आएको परम्परागत याक नाच (खिल्हा पर्व) मुस्ताङको घरपझोङ गाउँपालिका–३, स्याङगाउँमा देखाइएको छ। मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले एक समारोहबीच याक नाच उद्घाटन गरे।
सांसद तुलाचनले संस्कृतिको संरक्षणले मात्रै पर्यटनको विकास हुने उल्लेख गर्दै नयाँ पुस्तालाई इतिहास संरक्षण गर्नेतर्फ लाग्न आग्रह गरे। प्रदेशका सांसद इन्द्रधारा विष्टले संस्कृति र समाजको विकासका लागि सञ्चार क्षेत्र महत्त्वपूर्ण हुने बताए। अर्का प्रदेशका सांसद महेन्द्रबहादुर थकालीले मुस्ताङमा हुने गरेका मौलिक संस्कृति र रहनसहन बचाउन सरकार र स्थानीयवासीको दायित्व भएको औंल्याए।
तीन गाउँ थकालीको मौलिक सम्भतामा आधारित खिल्हा पर्व बर्सेनि साउनमा सुरु हुन्छ। तर, तीन गाउँले मध्येकै ठिनीका थकालीले भदौमा पर्व सञ्चालन गर्छन्। हेर्दा उस्तै भए पनि ठिनी थकालीले यो पर्वको फालो भन्ने गर्छन्। स्याङ गाउँका थकाली युवाले अनियमित भइरहेको खिल्हा पर्व गत वर्षदेखि निरन्तरता दिन थालेको स्याङ गाउँ सुधार समिति थाक स्याङका अध्यक्ष सुमन थकालीले जानकारी दिए। उनका अनुसार स्याङवासीले असारको अन्तिम पूर्णिमाका अवसरमा चार दिनसम्म खिल्हा मेला सञ्चालन गर्ने गरेको बताए।
बर्सेनि असार महिनाको नौमहिने उवा बाली थन्क्याएर तीनमहिने फापर बालीको खेतमा बीउ छरेपछि पर्व मनाइने चलन रहेको स्थानीय फलेन्द्र थकालीले जानकारी दिए। उनका अनुसार खिल्हा पर्वअघि पूर्णिमाको दिन स्याउ गाउँकै ३८ सय मिटर उचाइमा रहेको चाङउई धार्मिक स्थलमा पुगेर पूजापाठ र दर्शन गरिन्छ। त्यसपछि भोलिपल्ट नजिकैको खोलातिरबाट याकको मुकुट लगाएर गाउँ भित्त्याउने चलन छ। चाङउई स्थल जाँदा पर्वमा सहभागीहरू घोडा चढेर फर्किन्छन्।
थकाली गीतकै शब्द र भाकामा आपसमा रमाइलो गर्ने पर्वको मौलिक विशेषता पनि हो। पर्वका अवसरमा परम्परागत याक नाच, जोगी नाच, विभिन्न हास्यव्यंग्यसहित बाजागाजा बजाएर मनोरञ्जन गर्ने चलन रहेको स्याङ गाउँ सुधार समितिका उपाध्यक्ष किरण थकालीले जानकारी दिए।


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...