Tuesday, July 16, 2019

राणा शासनको वृतान्त

राणा शासनको वृतान्त, प्रमोदशमशेर राणा
भारतमा विदेशी शक्तिहरूको दवदवा बढिरहेको समयमा हिमालको दक्षिणपटटिको साना साना राज्यहरू अ।पससमा लडन्त र भिडन्त गर्नैमा व्यस्त थिए । आफ्नो दक्षिण तर्फ के कसो भई रहेको छ त्यसमा यिनिहरूलाइ कुनै चासो थिएन । सन् १७४३ अप्रिल ३ मा पृथ्वीनारायण शाह गोरखाको गद्दीमा बसे । त्यसबखत गोरखा एउटा सानो राज्य थियो । अब गोरखालाई कसरी एउटा विशाल र शक्त्तिशाली बनाउन सक्छु भन्ने कुरा यिनको मनमा खेल्न थाल्यो । सर्वप्रथम आफ्नो वरपरका छिमेकी राज्यहरू र दक्षिणपटटिका भारतको परिस्थितिसमेत के कस्तो रहेछ बुझन परयो भनी यिनी काशी गए । त्यस बखत काशी नगरीमा विद्वानहरूको ठुलो जमघट हुन्थ्यो । यसका अतिरिक्त त्यहाँ शिक्षादिक्षा प्राप्त गर्न र व्यापार गर्न समेत भारतमा विभिन्न भागबाट अनगिन्ती मानिसहरू भेला हुन्थे । त्यसबखत काशी भारतको एउटा ठुलो व्यापारिक केन्द्रसमेत थियो । पैसा भए त्यहाँ नपाइने केही थिएन । अनेक प्रकारका आधुनिक हातहतियार र गोलीगटठासमेत गुप्तरूपमा बेचबिखन गर्ने सौदागरहरू त्यहाँ जम्मा हुन्थे ।
केही दिन काशी नगरीमा बसेर पृथ्वीनारायण शाहले विभन्न किसिमका मानिसहरूसंग भेटघाट गरी भारतवर्षको राजनितिक तथा सामाजिक स्थिति थोरबहुत बुझे । अवध तथा बंगालका नवावहरू, मरहठठा सरदारहरू र मुगलबादशाहसमेतको हालत खस्कदै गएको र समुद्रपारबाट आएका अंग्रेजहरु दिनदिनै बलियो हुदै गएको कुरा यिनले चाल पाए । अनि आफुसंग भएको पैसाले भ्याएसम्म हातहतियार किनेर उनी स्वदेश फर्के ।
उत्तर भारतमा समेत विदेशी शक्तिले हात फिजाउन लागेको समयमा हिमालको काखमा साना राज्यहरू आपसी कलहमा नै व्यस्त थिए । बाहिरी दुनियाँको यिनिहरूलाई केही मतलब थिएन । पृथ्वीनारायण एकजना यस्ता व्यक्ति निस्के जसले भित्र र बाहिरको कुरा थोरबहुत बुझन सके । अहिले यी साना राज्यहरूलाई एउटै धागोमा गाँसेर एउटा बृहत राष्ट्र निर्माण गर्न नसके भोलि हामीकसैको अस्तित्व रहन्न भन्ने कुरा यिनले मनन गरे । त्यस बखत काठमाण्डौमा जयप्रकाश मल्ल राजा थिए र भक्तपुर, ललितपुर र मकवानपुर छुटटा छुटटै राज्य थिए ।
अवधका नवाब बजीर बिहार प्रदेशको ठुलो भूभागलाई आफनो अधिनको प्रान्त मान्थे र त्यो भूभागबाट मालपोत तहसिल गर्न बेला बखतमा आफनो फौज समेत पठाउँथे । त्यसबखत मकवानपुरको विहार संग सिमाना जोडिएकाले मकवानपुरे राजा अवधका नवाबसंग राम्रो मित्रता राखेर बसेका थिए । सन १७६२ मा पृथ्वीनारायण शाहले मकवानपुर कब्जा गरेपछि त्यहाँका राजा भागेर बेतियामा बसे । त्यसै समयमा बंगालका नवाब मीर कासिम सदलबल त्यहाँ आइपुगेकारहेछन् । मकवानपुरे राजाले उनि संग फिराद गर्दै गोरखालीले आफनो राज्य हडपेको गाथा सुनाए । आफनो केही स्वार्थपुर्तिसमेत हुने देखेर मीर कासिमले मकवानपुरबाट गोरखालीलाई खेदनू भनि आफना करिब तिन हजार फौज पठाए । सन १७६३ जनवरीमा कासिमको फौजसंग गोरखाली सेनाको मुठभेट भयो । यो युद्धमा नवाबको फौज नराम्रोसंग हारेर हतियारसमेत फालेर भाग्यो । यो युद्धमा विजयी भएपछि गोरखाली फौजको हौसला निकै बढयो । अब काठमान्डो उपत्यका कब्जा गर्ने समय आयो भनी गोरखालीहरूले चारैतर्फबाट नाकाबन्दी गर्ने अभियान तीब्र पारे ।
श्रोतः राणाशासनको वृतान्त, प्रमोदशमशेर राणा

नाकाबन्दीबाट पीडित भएका काठमाण्डौका राजा जयप्रकाश मल्लले शत्रुको शक्ति राम्रोसंग लेखाजोखा गरी आफनो फौजी तागतले मात्र भ्याउन सकिदैन यसैले यस्तो अवस्थामा कम्पनि सरकारबाट सैनिक मद्यत प्राप्त गरेर मात्र गोरखालीलाई हटाउन सकिन्छ भन्ने विचार गरे र पटनास्थित कम्पनिका अधिकारीहरुसंग वार्तालाप गर्न आफना दूत त्यहाँ पठाए । पटनास्थित कम्पनिका अधिकारीहरुले काठमाण्डौका राजाका दूतबाट सबै बेहोरा बुझी कलकत्तास्थित गभर्नर जनरल कहाँ जाहेरी पठाए । गोरखालीहरुको नाकाबन्दीबाट तिब्बततर्फको आफनो व्यापारिक स्वार्थमा समेत केही धक्का पर्न सक्ने सम्भावना देखेर कम्पनी सरकारले गोरखालीलाई तुरुन्तै नाकाबन्दी हटाउनु अन्यथा हामी हमलासमेत गर्न सक्छौं भनी कडा चेतावनी दिए । साथै कप्तान जी.किनलक (न्। प्ष्लयिअप)को नेतृत्वमा एउटा सैनिक दललाई सिमानामा सतर्क गराएर राखे ।
किन्लकले आफना चरहरुबाट गोरखालीको सामरिक शक्ति, उपत्यकाका राजाहरुको फौजी तागत र नेपालका बाटोघाटो बारेमा यथासम्भव जानकारी प्राप्त गरे । अहिल्यै गोरखलीको वेगलाई नरोके यिनीहरुले पूरा उपत्यका चाँडै नै कब्जा गर्नेछन् भन्ने गोप्य प्रतिवेदन कलकत्ता पठाए । यिनको प्रतिवेदन प्राप्त भएपछि गभर्नरले नेपालमाथि तुरुन्त हमला गर्नू भन्ने आदेश दिए ।
सन् १७६७ जुन महिनामा दुई हजार चार सय जति फौजको नेतृत्व गर्दै कपतान किनलक नेपाल अभियानकालागी प्रस्थान गरे । जुन महिनको कडा गर्मी, त्यसमा मुसलधारै वर्षा, अनकन्टार जंगल र पहाडी बाटोको हिडाई समेतले गर्दा अंग्रेजको फौज लखतरान भइसकेको थियो । त्यसै बखत औलोको ज्वरोको प्रकोपले गर्दा धेरै सैनिक थला पर्दा किनलकले ठुलो कठिनाइको सामना गर्नु परयो । यस्तो अवस्था परेकै बखत सिन्धुलीमा गोरखाली फौजसंग घमासान युद्ध भयो । यो युद्धमा कम्पनीको फौज पराजित भयो र रहेबचेका सैनिकहरुलाई आफनो साथमा लिएर कप्तान किनलक पछि हटन बाध्य भए । त्यहाँबाट फर्कने क्रममा बारा पर्साको समथल भूमिमा पुगेपछि बल्ल यिनले विश्राम गर्न पाए र त्यहीं नै अस्थायी किल्ला बनाएर बसे ।
सिन्धुलीमा कम्पनीको सेना हारेर भाग्यो भन्ने खबर काडमाण्डौ उपत्यकामा आँधीको वेगमा पुग्यो । यो खबर सुने पछि त्यहाँका राजाहरुको मनोबल गिरयो । गोरखालीहरु भ्ने यो विजयबाट अत्यन्तै उत्साहित भए । अब काठमाण्डौ हान्ने उपयुक्त समय आयो भनी पृथ्वीनारायण शाहले निर्णय गरे । सबै कुरा ठीकठाक भएपछि सन् १७६८ सेप्टेम्बर २६ को राति इन्द्रजात्राका अवसर पारेर गोरखाली फौज काठमाण्डौ नगर भित्र पसी राजधानी कब्जा गर्न सफल भयो । राजा जयप्रकाश मल्ल आफना अनुयायीहरुलाई साथमा लिई पाटनतर्फ भागे । त्यसै राति पृथ्वीनारायण शाह हनुमानढोका अगाडी डबलीमा राखिएको सिंहासनमा बसे । गोरखालीले काठमाण्डौ कब्जा गरयो भन्ने खबर सुनेर पाटनको सरकार आत्तियो र आत्मसमर्पण गरयो । भक्तपुरले भने दुई महिना सम्म पनि पृथ्वीनारायण शाहको आधिपत्य स्वीकर गरेन । काठमाण्डौ तथा पाटनबाट भागेर गएका राजा तथा अन्य व्यक्तिहरुलाई समेत भक्तपुरका राजाले आश्रय दिए । तस स्थितिमा बल प्रयोग गरेरै भक्तपुर कब्जा गर्नुपर्ने देखी हमला गरे । मामुली संघर्षपछि त्यहाँका राजाले आत्मसमर्पण गरे । यति भएपछि पूरा उपत्यका गोरखालीको अधीनमा आयो । पृथ्वीनारायण शाहले कल्पनागरेको विशाल नेपाल अधिराज्यको जग हालियो ।

बारा पर्सामा अस्थायी किल्ला बनाएर बसेका कप्तान किलकले त्यहाँको तलहटी प्रदेशबाट मालपोत तहसीलसमेत गर्न थाले । यो तलहटी अघि मकवानपुर राज्यको थियो र त्यो राज्य नेपालमा गाभिइसकेकाले त्यहाँको पोत उठाउने अधिकार स्वतः नेपालकै भइसकेको थियो । यसैले त्यहाँको मालपोत उठाउने कुरामा अंग्रेजहरुसंग केही विवाद भयो । यसै बेला मकवानपुरका राजाका एकजना पुराना कर्मचारी पृथ्वीनारायण शाहककाँ हाजिर भई सबै कुरा विस्तारमा सुनाए । मालपोत अघिदेखी मकवानपुरले नै उठाउँथ्यो तर अवधका नवाबलाई नजराना स्वरुप एउटा हात्ती प्रत्येक वर्ष यहाँबाट पठाउने गरेको कुरा जाहेर गरे । अंग्रेजसंग कुराकानी गर्न यिनै कर्मचारीलाई आफनो गुमस्ता बनाएर पृथ्वीनारायण शाहले पटना पठाए । पटनामा यिनले त्यहाँका अधिकारीसंग कुराकानी गरेपछि पुरानो बाँकी केही पोत उठाएर अंग्रेजलाई बुझाईदिने र एउटा हात्ती पनि साविकबमोजीम दिने भन्ने निर्णय गरी यो विवाद समाधान गरियो ।
सन् १७७५ जनवरी ११का दिन राजा पृथ्वीनारायण शाहको देहावसान भयो र नियमबमोजिम जेठा छोरा प्रतापसिह शाह गद्दीमा बसे । यिनले सबै छिमेकी राष्ट्रहरुसंग सुसम्बन्ध राख्न चाहे । यसै क्रममा उत्तरतर्फको छिमेकी राष्ट्र तिब्बतमा दूतहरु पठाए । तिब्बतसंग सुसम्बन्ध कायम राख्ने उद्येश्यले सन् १७७५ मा खासामा दुवै थरीले एउटा सन्धिपत्रमा हस्ताक्षर गरे । यस पछि दुई देशमा चलनचल्ती भई राखेका सुन चाँदीका सिक्काहरुमा कमसल धातु प्रयोग नगर्ने र व्यापारिक प्रयोजनका निम्ति सुनचाँदी लिएर ओहोरदोहोर गर्ने गोसाइँ तथा अरु विदेशीहरुलाई कुती र केरुङको मार्ग मात्र प्रयोग गर्न दिइने निर्णय भयो ।
दक्षिणतर्फबाट बलिष्ठ छिमेकी कम्पनीसंग पनि अरु राम्रो सम्बन्ध राख्न नेपाल सरकारले चाह्यो । त्यस बखत सन्यासी भेषधारी उपद्रवी जमातहरुले हरिद्वार देखी लिएर नेपालको मोरङ जिल्लासम्म पनि आएर लुटमार मच्चाई जिल्ला अधिकारीलाई आच्छुआच्छु पारेका थिए । यस्ता लुटेराहरुलाई नेपालभित्र प्रवेश गर्नै दिदैनौ र कदाजित हाम्रो प्रदेशमा यिनीहरुलाई फेला पारेमा तिनीहरुलाई पक्राउ गरी कडा कारवाही गर्नेछौं भनी नेपालले कम्पनी सरकारलाई पठाउँदा उनीहरुले यो कुराको स्वागत गरे । गभर्नर जनरलले पनि नेपालसंग मित्रता बढाउन चाहेर सप्तरीदेखि मोरङसम्मका केही विवादित भूमिमा आफनो दावी छोडि दिने निर्णय गरे ।

सन् १७७५ मे २५ मा दरवारमा युवराज पैदा भए । युवराजको नाम रणबहादुर शाह राखियो । युवराज अढाइ वर्ष मात्र पुगेका बखत सन् १७७७ नभेम्वर १७ मा राजा प्रतापसिह शाहको देहवसान भयो । नियम अनुसार बालक रण बहादुर शाह राजा घोषित गरिए र उनकी माता राजेन्द्रलक्ष्मीलाई नायवी पदभार दिइयो । राज्य संचालन गर्ने कार्यमा सहयोग लिन यिनले बहादुर शाहलाई झिकाएर ल्याई प्रशासन कार्यको केही जिम्मेवारी उनलाई दिइन् । तर केही दिनमै देवर भाउजुको कुरा मिलेन र यिनले बहादुर शाहलार्य पदच्यूत गरी कैद गरिन् । तर कोमल दिल भएकी महरानीले केही दिनपछि बहादुर शाहलाई कैदबाट मुक्त गरिन् । कैदबाट मुत्m भएपछि बहादुर शाहले एउटा षडयन्त्र गरी महारानीको चालामाला ठीक छैन भन्ने अभियोगसमेत लगाएर उनीलाई बन्दी बनाई आफु देशको हर्ताकर्ता बने ।
बन्दीगुहमा राखिएकाी महारानी राजेन्द्रलाक्ष्मी त्यसै चुपलागेर कैदमा बस्ने खालकी नारी थिइनन् । यिनले कैदखानाभित्रैबाट आपना केही सहयोगीहरुसंग सम्पर्क राखी आफना ससुरा पर्ने चौतरियाहरुसंग सहयोग मागिन् । चौतरिया महोद्दामकीर्ति शाह यिनको फिराद सुनेर तुरुन्तै काठमाण्डौं आइपुगे । त्यहाँ भारदारी सभा बोलाएर महारानी निर्दोष छिन् भन्ने सावित राई उनलाई कैदबाट मुक्त गराए । महारानी छुटनासाथ बहादुर शाह लागायत यिनका विरोधीहरु यहाँबाट कुलेलम ठोकी कम्पनी सरकारको सरहदमा पसे । तर केही समयपछि महारानीलाई क्षयरोगले च्याप्दै लग्यो र यिनी चाँडै परलोक भइन् ।यस बखत पनि राजा रण बहादुर शाह नाबालककै थिए । अब देशको शासन कसरी चलाउने भन्ने विषयमा छलफल गर्न भारदारी सभा बोलाइयो । यस्तो विषम परिस्थितिमा राज्यशासन ंचलाउन बहादुर शाहलाई नै झिकाउनु पर्छ भन्ने धेरैको राय भएको हुँदा उनैलाई बोलाएर जिम्मेवारी सुम्पियो । राज्यको बागडोर आफनो हातमा पर्नासाथै यिनले आफना विपक्षी भारदारहरुको दमन गरे । यति गरेपछि राज्य विस्तार गर्छु भनी कम्मर कसेर लागे ।

उत्तरतर्फको छिमेकी राष्ट्र तिब्बतमा यसै बखत एउटा ठुलो मठमा मठाधीश खबली भयो र त्यो पदकालागी दई सम्प्रदायका लामाहरुमा ठुलोहानथाप भयो । ती दुईमध्यका एउटालाई चीनले समेत मान्यता प्रदान गरी पन्चेनलामाको नायबसमेत तोकेको रहेछ । चीनले मान्यता दिइराखेको दुम्का टुल्कु लामाको विराधी त्यसै मठमा अर्काे सम्प्रदायका लामा समर दुर्पा थिए । समर दुर्पालाई आफनो केही विशेष स्वार्थले प्रेरित भएर नेपालले समर्थन दियो । तर आफनो देशमै यिनको ठुलो विरोध हुँदा यिनि त्यहाँ टिक्न नसकेर मठको ठुलो धनराशि गुटमुटाएर आफना केही अनुयायिहरु साथमा लिई नेपालमा शरणलिन आईपुगे । नेपालले दायाँबायाँ केही विचारै नगरी यिनिहरुलाई तत्काल शरण दिई बस्ने व्यवस्थासमेत मिलाइ दियो । यो कुरामा तिब्बतसंग खटपट भयो र विवाद बढदै गई युद्ध भयो । सन् १७८८ को जुलाईमा नेपाली फौजले तिब्बतमा हमला गरी कुती कब्जा गरी दिगार्चामा पनि दखल गरयो । अर्को दलले दार्जिलिङ कब्जा गरी नेपालको सीमा टिस्टा नदीको किनारसम्म पुरयायो । यो समाचार सुनेपछि बहादुर शाह निकै खुशी भए । तर यस्तो सानो कुरामा विवाद बढाएर तिब्बतमाथि हमला गर्दा बर्को ठुलो राष्ट्र चीनको प्रतिक्रिया कस्तो होला भन्ने कुरा त्यसबदतका नेपाली प्रशासकहरुले सोच्न सकेनन् ।
तिब्बतले सकभर वार्ता गरेर विवाद सुल्झाउने चाह्यो । दुई देशका प्रतिनिधिहरुले आपसमा छलफल गरी सन् १७८९ मा केरुङमा एउटा सन्धि भयो । यो सन्धिमा तिब्बतले नेपाललाई प्रत्येक वर्ष केही चाँदी दिने र नेपाली फौज तिब्बतको भूमिबाट तुरुन्त फर्कने भन्ने भयो । यो सन्धि गर्ने तिब्बती अधिकारीहरुले सन्धिमा भएका सबै कुराको विस्तृत जानकारी दालाई लामासमेतलाई नदिएर सबै काम गुपचुपमै गरेका रहेछन् । यिनिहरुले नेपाली फौज अब तिब्बतमा कहिल्यै पस्नेछैनन् भन्ने व्यहोरा मात्र दालाई लामा र ल्हासा स्थित चीनका प्रतिनिधिलाई गराएका रहेछन् । दोस्रो वर्ष सन्धि बमोजिम नेपालले चाँदी माँग गरयो । अब चाँदी बुझाउने अवस्था परे पछि त्यहाँ खलबल भयो । अनि बल्ल तिब्बती अधिकारीहरु विवश भई यथार्थ विवरण दलाई लामामा जाहेर गर्न बाध्य भए । चाँदी बुझाउने सर्त हामीलाई मान्य हुदैन भनी दलाई लामाले अडान लिए । नेपालले सन्धि बमोजिम चाँदी हामीलाई दिनै पर्छ भनि माग गर्दै एउटा प्रतिनिधिमण्डल ल्हासामा पठायो, तर त्यो प्रतिनिधिमण्डल त्यहाँबाट खालीहात फक्र्यो । अब पुनः युद्ध होला होला जस्तो स्थिति आयो । अस अवस्थामापनि शान्तिपूर्वक विवाद टुङग्याउन तिब्बत बाट एकजना अवतारी लामाको नेतृत्वमा एउटा दूतमण्डल नेपालको सीमासम्म आएर थोरबहुत चाँदी हामी दिन्छौं र सर्तबमोजीम पुरै चाहि दिन सक्दैनौं भन्ने प्रस्ताव आख्यो । यसरी कुराकानी भइरहेकै अवस्थामा बम शाह र दामोदर पाँडेको संयुक्त नेतृत्वमा एउटा ठुलो फौज काठमाण्डौंबाट अगाडि बढी तिब्बतको टिंङग्रीमा दखल गरी त्यहाँका शाक्य लामाको एउटा ठुलो गुम्बा बब्जा गरयो । त्यहाँ बाट अघि बढदै जाँदा झुँगामा तिब्बती फौजसंग ठुलौ युद्ध भयो । झँुगाको टक्करमा नेपाली फौजको निकै क्षति भयो र बाध्य भई त्यहाँ बाट पछि हटनु परयो ।

नेपाली फौजसंग एक्लैले मुकाबिला गर्न मुश्किल परेकोले तिब्बत सरकारले आफनो छिमेकी राष्ट्र  चीनलाई गुहारयो । चीनले तुरुन्तै फौजी सहायता प्रदान गर्दै आवश्यक परेमा नेपालमाथि हमलासमेत गर्नु भन्ने आदेश दियो । नेपालमाथि कुटनितिक दबाब दिन कम्पनी सरकार र जुम्ला तथा अन्य साना राज्यहरुलाई समेत नेपाल विरुद्ध तिब्बतलाई सहयोग गर्न चीनले आग्रह गरयो । यी कुराहरु आफना चरहरुबाट थाहा  पाएपछि नेपाल दरबारमा ठुलो खैलाबैला परयो । यस्तो अवस्थामा दुश्मनहरुसंग कसरी सामना गर्ने भन्ने विषयमा छलफल गर्न भारदारी सभा बोलाएर छलफल भयो । अहिलेको परिस्थितिमा कम्पनी सरकार संग मद्दत माग्नु उचित हुनेछ भन्ने निर्णय हुँदा एउटा दूतमण्डल तुरुन्त पटनामा पठाए । पटनाका अधिकारीहरुले नेपालका दूतहरुको कुरा सुने पछि आफना मीर मुन्सीलाई नेपालमा पठाएर यथार्थ स्थिति बुझने प्रयास गरे । अंग्रेजहरुले नेपाल भित्र प्रवेश गरी कीलो गाडने ठुलो अवसर पाए । मीर मुन्सी काठमाण्डुमा आएर विभिन्न अधिकारीहरुसंग भेटघाट र कुराकानी गरेपछि नेपाल र कम्पनी सरकारबीच एउटा वाणिज्य सन्धि गर्ने प्रस्ताव आयो । यो वाणिज्य सन्धिको मस्यौदा पनि तयार भयो । यो सन्धि भएपछि अंग्रेजहरुले नेपाललाई सैनिक सहायता अवश्यै दिनेछन् भन्ने आशा तथा भरोसा बहादुर शाहले राखे । यसै विश्वासमा १ मार्च १७९२ ई.मा वाणिज्य सन्धिमा हस्ताक्षर भयो । तर चीनजस्तो शक्तिशाली राष्ट्रसंग अनायास दुश्मनी मोलेर अंग्रेजहरुले नेपाललाई किन हातहतियार दिन्थे ? उनीहरुले लोलोपोतो मात्र गरेर नेपाललाई अलमल्याएर राख्न खोजे । यसकासाथै नेपालको वास्तविक स्थिति कस्तो छ भन्ने तथ्य पत्ता लगाउन कर्णेल विलियम कर्कप्याट्र्टिको नेतृत्वमा एउटा प्राविधिक टोली पठाउन लर्ड कर्नवालिसले नेपाल दरबारसंग आग्रह गरे । उनको अनुरोध स्वीकार गरी व्रिटीस प्रतिनिधिमण्डललाई नेपाल आउन इजाजत दिइयो । तर यिनीहरुलाई सोझै राजधानीमा नल्याएर अर्कै घुमाउरो तथा विकट मार्गबाट नुवाकोट पुरयाएर त्यहीं रणबहादुर शाहसंग भेट गराउने कार्यक्रम मिलाईयो ।
उता चीनका सेनापति फु काङ आङको नेतृत्वमा अगाडि बढदै आएको चीनको फौज धैबुङसम्म आइपुगी राजधानीनै समेत दखल दिने तम्तयारीमा लागेको सूचना दरबारमा आइपुग्यो । । यी हमलावारहरुलाई त्यहाँ बाट कसरी धपाउने भन्ने रणनिति तयार गर्न दरबारमा अहोरात्र गोप्य छलफल भयो । यस्तो अपठयारो परेको बखतमा भाग्यले नेपाललाई साथ दियो । दामोदर पाण्डेसमेतको नेतृत्वमा गएको फौजले ठुलो बहादुरीकासाथ चीनको फौजसंग बेत्रावती नदीको किनारामा युद्ध गरी उनीहरुलाई हराउँदा चीनको पल्टन युद्ध मैदानबाट पछि हट्न बाध्य भयो । प्रतिकुल मौसम, हिमालयको विकट बाटो र अत्यधिक ठन्डीसमेतले गर्दा चिनीयाँ फौज अस्तव्यस्त भइसकेको थियो । चीन सरकारले पनि यथासम्भव चाँडो काम तामेल गरी फर्क भन्ने आदेश आफनो सेनापतिलाई बारम्बार पठाइरहेको थियो । यसै कारण चीनका सेनापति र नेपाली प्रतिनिधिमण्डलको भेटघाट र पत्राचार भयो । नेपाललाई जसरी पनि झुक्न लगाउँछौ भनी चीनतर्फबाट निकै करकाप भयो । नेपालले केरुङ र कुती लगायत आफुले कब्जा गरेका सवै क्षेत्र फिर्ता गर्ने, अघि तिब्बत संग गरिएको सर्तहरु खारेज गर्ने र समर टुल्कु लामालाई समेत बुझोने भन्ने सर्तहरु मानेपछि मात्र चीनले युद्धविराम गरी फर्कन मन्जुर गरयो । यसकासाथै नेपाल दरवबरबाट प्रत्येक पाँच वर्षमा एउटा शिष्टमण्डल चीनको राजधानी पठाएर चीनका बादशाहको खातिर गर्ने भन्ने कुरा पनि नेपालले स्वीकार गरयो । समर टुल्कु लामा भने आफु दुस्मनहरुका हातमा परेर सास्ती खाएर मर्नु भन्दा आफै मर्नु उत्तम छ भनेर हो कि किन हो उनको मृत्यु बडो रहस्यमय अवस्थामा नेपालमै भयो । यिनको मृत शरीरलाई समेत तिब्बतीहरुले उठाएर लगे ।
तिब्बतसंगको यो रणसङग्राम समाप्त हुन हुन लागेका बखत कर्णेल कर्कप्याट्र्टिको प्रतिनिधिमण्डल नेपालमा आइपुग्यो । नुवाकोटमा पुगेर कर्कप्याट्र्टिले रणबहादुर शाहसंग शिष्टाचार भेट गरी त्यहाँ वरिपरि घुमेर स्वदेश फर्कने क्रममा काठमाण्डौं आएर केही दिन विश्राम गरे । उनको दलले सकेसम्म र आफुले भ्याय सम्म नेपालका मुख्य मुख्य नाकाहरु त्था सामरिक महत्तवका स्थानहरुको नक्सा बनाएर स्वदेश फर्के ।
साभारः प्रमोदशमशेर राणा, राणाशासनको वृतान्त

७. सन् १७९४ मा रणबहादुर शाह अठार वर्ष पुरा भई वालिग भए । राजाको उमेर पुुगे पछि नायब स्वतः खारेज हुने परम्परा हुँदा बहादुर शाह नायव पदबाट हटाइए । राजाका हातमा सम्पूर्ण राजकीय शक्ति आयो र कार्य संचालन गर्न नयाँ भारदारी गठन भयो ।
रणबहादुर शाह एकदम जिद्दी तथा उद्दण्ड स्वभावका थिए । आफनो मनमा कुनै काम गर्ने इच्छा लाग्यो कि दायाँ बायाँ केही विचारै नगरी त्यो काम गरिछाड्थे । उनलाई चाहिदो नचाहिदो कामकाज गर्न उक्साएर आफनो नीहित स्वार्थ पूर्ति गर्न चाहने भाइभारदारहरुको पनि कमी थिएन । राजराजेश्वरी र सुवर्णप्रभा दुइटी विवाहिता महारानी थिइन् र सुवर्णप्रभाबाट छोरा पनि जन्म भइसकेको थियो । रणबहादुर शाह अत्यन्त कामुक व्यक्ति थिए र सुन्दरी देखेपछि हुरुक्कै हुन्थे । एक दिन पशुपतिनाथको मन्दीरमा गएको बखत यिनको नजर त्यहाँ तीर्थ गर्न आएकी एउटी नवयौवना मैथिली विधवा ब्राह्मणीमाथि परयो । यिनलाई देख्नासाथ पहिलो नजरमै कामदेवको वाण लाग्यो । विनी विचलित भएर छटपटाउन थाले र जसरी भए पनि ती विधवालाई राजदरवारमा ल्याएर रानी बनाउँछु भनी हठ गर्न लागे । राजइच्छा भएपछि जे गरिबक्से पनि हुन्छ, विधवा हुन् वा ब्राह्मणी, केही फरक पर्दैन भनी शेरबहादुर शाह लगायत केही चौतरिया तथा भारदारहरुले राजालाई अरु उकासे । विधवा कान्तवती पनि कम हठी थिइनन् । मसंग रीतपूर्वक विवाह गरी मेरो कोखबाट भविष्यमा पैदा हुने छोरालाई गद्दीमा बसाउँछु भनी राजाले प्रतिज्ञा गर्छन् भने मात्र म उनीसंग विवाह गर्छु भन्ने सर्त राखिन् । कामान्ध भएका राजाले कान्तवतीको प्रस्ताव सहर्ष स्वीकार गरी बचन दिइहाले । अनि बल्ल कान्तवतीलाई राजी गराएर गोरखा दरवारमा लगी विवाह गरे ।
कान्तवतीसंग विवाह गरेपछि रणबहादुर शाहले आफना दुई जना महारानीहरुलाई पाखा लगाए । विधवा ब्राह्मणीसंग विवाह गरेको कुरा नरुचाएको कारणसमेतले गर्दा बहादुर शाहलाई अवकाश दिइयो । शेरबहादुर शाहसमेत अन्य केही भारदारहरुले यिनको खेदो खनी उनले अघि चीनका बादशाहलाई लेखेको एउटा पत्र अम्बानमार्फत् प्रकाशमा ल्याउसन लगाएर त्यसै कुरामा बहादुरशाहलाई अभियोग लगाई कैद गरे । सन् १७९७ जुलाई ९ मा अत्यन्तै शङकास्पद अवस्थामा यिनको मृत्यु भयो ।
सन् १७९७ अक्टोबर १ मा कान्तवतीको कोखबाट पुत्र पैदा भयो र गीर्वाणयुद्ध वीरविक्रम नामकरण गरियो र यिनलाई युवराज पदवी प्रदान गरी गद्दीको उत्तराधिकारी घोषित गरे । यिनी जन्मेको एक वर्ष पुग्दा नपुग्दै रानी कान्तवतीमा क्षयरोगको लक्षण देखा परयो । उनको उपचारकालागी धेरै वैद्य, झाँक्री, धामी आदि बोलाइए र तिनीहरुले सकेसम्म उपचार गरे तर रानीलाई केही फाइदा भएन । राजाले ठुला ठुला भाकल गरी देवदेवीको पूजाअनुष्ठानसमेत गरे गराए । तर रानीको व्यथा घटेन । अब म रहन्न भनी रानीले हरेस खाइन् र आफु जीवित छँदैमा छोरालाई गद्दीमा बसाउँछु भनी राजामाथि ठुलो दवाब दिन थालिन् । मेरो शेषपछि मेरो छोरालाई भाइ भारदारहरुले राजा हुन दिदैनन् कि भन्ने शङका उपशङका यिनको मनमा आउन थाल्यो । छोरो राजगद्दीमा बसेको हेरेरै मात्र म देहत्याग भनी यिनी हठ गर्न लागिन् । भाइ भारदारहरुले राजा र रानीको भित्री आशय बुझी युवराज गीर्वाणयुद्धलाई राजगद्दीमा अहिल्यै राखेमा हाम्रो मन्जुरी छ भनी भर्मपत्र लेखी चढाए । यति भएपछि रणबहादुर शाह योगीको भेष धारण गरी पशुपतिमा बस्छु भनी तयार भए ।
सन १७९९ मार्च २३ को शुभमुहुर्तमा गीर्वाणयुद्ध बीरविक्रम शाहलाई राजा घोषित गरी श्रीपेच पहिराइयो र जेठा महारानी राजराजेश्वरी नावब भइन् । रणबहादुर शाह गेरुवा वस्त्र लगाएर कान्तवतीका साथमा पशुपति क्षेत्रमा बस्न गए ।
साभारः राणाशासनको वृतान्त, प्रमोदशमशेर राणा

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...