Saturday, July 27, 2019

राणाशासनको वृतान्त

प्रमोदशमशेर राणा, राणाशासनको वृतान्तको १४औं श्रृँखला
सुगौलीको सन्धि भएपछि काठमाण्डौमा अङग्रेजको रेजिडेन्सी स्थापना गरी ब्रिटिश रेजिडेन्ट लदलबल यहाँ बस्ने भए । नेपालको वैदेशिक मामिलामा अङग्रेजको अङकुश लाग्यो र अबदेखि नेपालले स्वतन्त्र परराष्ट्र नीति अपनाउन नपाउने अवस्था आयो । भीमसेनथापाले मौकामा बुद्धि पुरयाएर राम्रोसंग कुटनीति गोटी चाल्न सकेको भए यसरी मात खानु पर्ने थिएन । तर उनले विपक्षीको शक्तिको लेखाजोखासमेत नगरी उल्टो गोटी चालेर युद्धमा होमिन जाँदा सुगौली सन्धिकोभार नेपालले बेहोर्नु परयो ।
सन्धि भएपछि लप्टन बोयल कार्यवाहक भई काठमाण्डौमा आए । नेपाल सरकारबाट लैनमा जगा प्राप्त गरी यिनले रजिडेनसी स्थापना गरे र सबै कुराको बन्दोबस्त मिलाईसकेपछि सन् १८१६ मा ई. गार्डनर स्थायी रजिडेन्ट नियुक्त भई यहाँ आए । यिनकै कार्यकालमा अर्का एक जना अङग्रेज ब्रायन एच. हगसन रेजिडेन्सीको तल्लो तहको अधिकृत भएर यहाँ आए । यिनी पनि केही वर्षपछि स्वदेश फर्के पछि कम्पनी सरकारले ब्रायन हगसनलाई नै रेजिडेन्ट नियुक्त गरयो । हगसन अत्यन्तै अत्साही, लगनशील, परिश्रमी र नेपाली भाषामा यिनी टाकटुक बोल्थे । त्यस बखतसम्म रेजिडेन्सीमा आउने कुनै पनि अफिसरले आफनाी पत्नी साथमा ल्याएका थिएनन् तर हगसनकी पत्नी भारतीय मूलकाी हाँदा तिनी यहीं बसेकी थिइन् । नेपालको भित्री कुरा बुझन तथा नेपालसम्बन्धी पुराना कागजपत्रहरु र पाण्डुलिपीहरु ब्टुल्न हगसन एकदम खप्पिस थिए । यिनले दरवारसमेतका केही तल्लो तहका कर्मचारीहरुलाई आर्थिक प्रलोभनको जालमा फसाएर नोपालसम्बन्धी धेरै बहुमूल्य कागजपत्र, अभिलेख, सनद सवाल आदि बटुलेको थिए । यिनी नेपालबाट फर्के पछि नेपाल सम्बन्धी सयौं मुठा काजपत्र र पाण्डुलिपीहरु बेलायतमा पुरयाएर त्यहाँका पुस्तकालयहरुमा चढाए । अहिले नेपालका पुस्तकालयहरुमा भन्दा लण्डनका पुस्तकालय र इण्डिया हाउसका कोठा हरुमा थन्किएर बसेका कागजहरु खोज्नु पर्छ ।
नेपालको आन्तरिक मामिलामा समेत हस्तक्षेप गर्लान भनेर रेजिडेन्टहरुलाई त्यस बखत जहाँ मन लाग्यो त्यहाँ जान रोक लागेको थियो । नेपाल सरकारले तोकिदिएका ठाउँभन्दा बाहिर निर्वाध रुपमा घुमफिर गर्न निषेध गरिएको थियो । कहिलेकाँही दिन बहलाउनकालागी सिकार खेल्न जान पश्चिम एक नम्बरको ककनीको जंगल यिनीहरुकालागी खुला थियो । हगसन बराबर घोडा चढेर टुँडिखेलवरपर घुम्न आउँथे । भीमसेन थापा पनि घोडा चढन रुचाउने हुँदा बिहान बेलुका घोडा चढेर यतै आउँथे र यिनीहरु दुइ जनाको बराबर यही भेट हुन्थ्यो । हगसन हिन्दी र नेपालीसमेतमा कुरा गर्न सक्ने हुँदा यिनीहरु खुलेर कुरा गर्थे । बेला मौकामा कुरा कोटयाएर मुख्तियारबाट अनेक गुह्य कुरा फुत्काउँथे । अर्काे तिर यिनले गुप्तचरहरु राखेर नेपालको भित्री कुरा बुझथे । अङग्रेज सरकारका निम्ति यिनी सफल कुटनीतिज्ञ थिए ।
साभारः राणाशासनको वृतान्त, प्रमोदशमशेर राणा

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...