Friday, December 06, 2019

ओलाङचुङगोला, एउटा छुट्टै संसार


ओलाङचुङगोला, एउटा छुट्टै संसार
स्थानीयले तीन करोड जुटाएर गाउँलाई चिनियाँ नाका जोड्न बाटो बनाएका छन् । यता सदरमुकाम वा मुलुककै अन्य जिल्लाबाट यहाँसम्म पुग्न बाटो बनेकै छैन । 
मंसिर १८, २०७६आनन्द गौतम
(ओलाङचुङगोला, ताप्लेजुङ) — कात्तिक अन्तिम साता पछाडिपट्टि भिर्ने झोला बोकेका दोर्जे भोटे दाहिने हातले पर्यटकले टेक्ने लौरो टेक्दै ओलाङचुङगोलाको बस्तीबाट अगाडि बढ्दै थिए होचो कदका उनले पाइन्टको पेटिघरमा सानो क्यासेट झुन्ड्याएका थिए त्यो क्यासेटमा नेपाली भाकाको गीत घन्किरहेको थियो
बस्तीबीच एकजना महिला घाम तापेर बसेकी थिइन् दोर्जेले उनलाई सलाम गरे, हात मिलाए र आफ्नै भाषामा कुरा गर्दै अघि बढे केही पर पुग्दा युवाहरूको अर्को समूह थियो त्यहाँ पनि सबैसित हात मिलाए, एकैछिन भलाकुसारी गरे र फेरि अघि बढे करिब ११ बजेतिर बस्तीको छेउमा ठूलै जमात घाम तापेर बसेको थियो त्यहाँ पनि दोर्जेले सबैलाई एकमुष्ट सलाम गरे

सबै जना गलल हाँसे र उनीसित कुराकानी गर्न थाले त्यसपछि दोर्जे आफैंले घन्काएको क्यासेटको गीतको भाकामा करिब तीन मिनेट नाचे बररर ताली पाएका उनी त्यसपछि भने सबैसित बिदाइको हात हल्लाउँदै मुस्कानसहित आफ्नो गन्तव्यतर्फ लागे

दोर्जे तिनै हुन्, जसले संघीय संरचनाअघि यहाँको निर्वाचित वडाध्यक्ष भएर जनप्रतिनिधिको भूमिका निर्वाह गरिसकेका छन् अहिले भने कहिले ओलाङचुङगोला, कहिले मौवाटार त कहिले टिप्ताला भन्ज्याङमा चौंरीसँगै गोठमा समय बिताउँछन् त्यो दिन पनि उनी झन्डै एक दिनको पैदलमा रहेको मौवाटारको गोठमा हिँडेका थिए घर आएका दोर्जे गाउँलेहरूसँग बिदा हुँदै आफ्ना चौंरी, याक स्याहार्न फर्कंदै थिए

ताप्लेजुङको उत्तरी दिशामा रहेको ओलाङचुङगोला आफ्नै विशेषतामा रमेको बस्ती हो सदरमुकाम फुङलिङबाट गाडी पैदल गरेर पूरै दुई दिनको यात्रामा पुगिने यो बस्तीमा हिउँदमा सबै बासिन्दालाई देख्न बिहान १० देखि १२ बजेको समयमा मात्रै सम्भव हुन्छ किनभने त्यसबेला घाम ताप्न घर बाहिर निस्कन्छन् ३२ सय मिटर उचाइको चिसो बस्तीमा हिउँदको घाम सबैलाई प्यारो हुने नै भयो

अरूबेला पुरुषहरू चौंरीगोठ र घाँसदाउरामा लाग्छन् भने महिला घरधन्दा गर्दै गलैंचा बुन्छन् खेतीपाती नभएको यहाँको मुख्य आम्दानीको स्रोत पनि यही नै हो चौंरीको दूधबाट छुर्पी बन्छ भने यसको चम्मर पनि बिक्छ यसलाई भारी बोकाएर पनि आम्दानी लिइन्छ बुढो हुँदै गएपछि बिक्री हुने एउटा चौंरीको बजार मूल्य अहिले ८० हजारदेखि एक लाख रुपैयाँसम्म यो चीनको तिब्बतमा बिक्री हुन्छ गोठबाट बिक्री केन्द्रसम्म हिँडाएरै लैजानुपर्छ

ओलाङचुङगोलामा बुनिने गलैंचा पनि चीनमै बिक्री हुन्छ प्रतिगोटा १६ हजारसम्ममा बिक्री हुने गलैंचाका लागि बजारको कुनै समस्या छैन यिनैको आम्दानीबाट यहाँका बासिन्दाले खाद्यान्नलगायतका वस्तु खरिद गरेर दैनिकी चलाउँछन् चीन नजिकमा भएकाले खाद्यान्नलगायतका धेरै वस्तु उतैबाट ल्याइन्छ यो बस्ती ताप्लेजुङ सदरमुकामबाट २८ कोसको दूरीमा पर्छ भोटे, शेर्पा र वालुङ जातिको मात्रै ६६ घरमा ५६ परिवार बसोबास छ यो सीमावर्ती नेपाली बस्ती हो नेपाली बजार टाढा भएकाले कारोबार पारि नै बढी हुने वडाध्यक्ष छेतेन शेर्पा भोटे बताउँछन् जनगणना २०६८ अनुसार यहाँको जनसंख्या सय ७६ हो पुरुषको तुलनामा महिला चार जना बढी थिए गणनाताका सय ४० महिला सय ३६ पुरुष रहेको तथ्यांक

संघीय संरचनाअनुसार फक्ताङलुङ गाउँपालिका–७ मा पर्ने यहाँ दुइटा मात्रै बस्ती छन् दिकिछ्योलिङ गुम्बासँगै रहेको ओलाङचुङगोला यहाँबाट एक दिनको पैदलमा रहेको याङमा अर्को बस्ती हो याङमामा १७ घर छन्, ११ परिवारको बसोबास छ याङमा गोलाभन्दा एक हजार मिटर बढी अर्थात ४२ सय मिटर उचाइमा यसअघि जोङिगनमा पनि तीन परिवारको बसोबास थियो यो गोलाभन्दा तलको बस्ती हो तर पटक–पटकको चोरीपछि त्यहाँका सबै परिवार ओलाङचुङगोलामा बसाइँ सरेको स्थानीय बताउँछन्

आफ्नै विशेषताको यो बस्तीमा झगडा भएको निवेदन अहिलेसम्म प्रहरीकहाँ परेको छैन जात्रा, पर्वमा पनि शान्तिसुरक्षा खलबलिएला भनेर प्रहरीले चिन्ता गर्नुपर्दैन त्यसैले २५ जनाको दरबन्दी रहेको प्रहरी चौकीमा हमेसा पाँच/सात जना भन्दा बढी हुँदैनन् हरेक परिवार घरको दोस्रो तलामा बस्छन् पहिलो तलामा घाँस, दाउरा राख्ने, पशुचौपाया बाँध्ने गरिन्छ व्यापारीहरूले पहिलो तलामा बेचबिखनका सामान पनि राखेका छन् पाहुनालाई पनि दोस्रो तलामै सुताइन्छ यहाँका कुनै पनि घरमा तेस्रो तला छैन अहिले दुइटा छुट्टै पाहुनाघर पनि बनाइएको छ पकाउने, खाने, सुत्ने दोस्रो तलामा हुन्छ

यहाँका ९५ प्रतिशत घर काठका छन् सबै जना आआफ्नै काममा व्यस्त हुने विवाद गर्नुपर्ने विषय नभएकाले पनि झगडा नभएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्तासमेत रहेका गोलावासी छेतेन वालुङ बताउँछन् ओलाङचुङगोलामा बस्ती कहिलेदेखि सुरु भयो भन्ने स्थानीय बताउन सक्तैनन् इतिहासका खोजकर्ता ग्युर्मे नुर्बो (बिचारी) का अप्रकाशित टिपनका अनुसार ओलाङचुङगोलाको प्राचीन इतिहास ईसाको आठौं शताब्दीको मध्यबाट सुरु हुन्छ ईसाको नवौं शताब्दीको मध्यमा यो ाउँमा प्राचीन किराँतीहरूको बसोबास थियो

पछि उत्तर भोटबाट तिब्बती मूलका भोटे जातिका मानिस आई बसोबास गर्न थालेपछि किराँती देश नेपाल र तिब्बतबीच व्यापारिक कारोबार सुरु भएको इतिहासको खोज गर्ने गोपीकृष्ण अधिकारीको लेखमा उल्लेख छ तिब्बती मूलका मानिसहरू यहाँ आएर बस्न थालेपछि नेपाल र तिब्बतबीच व्यापारिक कारोबार सुरु भएको पाइन्छ ग्युर्मेका अनुसार भोटबाट ओलाङचुङगोला आएका भोटेहरूले नेपालबाट चामल, मकै र कोदोलगायत अन्न लैजान्थे गलैंचाका रङ बनाउने खयर, मजिठो र रूखका बोक्रा पनि भोट लैजान्थे

भोटबाट गलैंचा, पाखी, चुटुक, कपडाको कम्बल, घोडा र च्याङग्रा जस्ता वस्तु ल्याउँथे भोटको घोडा भारतका विभिन्न सहरमा लगेर गोलाकै व्यापारीले बिक्री पनि गर्ने गरेको उल्लेख पुरातन कालमा गोला नेपाल भोटबीच व्यापार गर्ने ठूलै व्यापारिक केन्द्र थियो

ओलाङचुङगोलाको नाम ओलुङ भन्ने शब्दबाट अपभ्रंश भएको इतिहाससम्बन्धी लेख पाइन्छ तिब्बतबाट तीर्थयात्रीहरू नेपाल आउने क्रममा बाटो भुलेर अलपत्र परे त्यहीबेला न्याउरी मुसा जस्तो जनावरले अघि अघि हिँडेर बाटो देखाएकाले यसको नाम ओलुङ राखिएको ग्युर्मेको टिपोटमा उल्लेख भएको अधिकारीले आफ्नो लेखमा उल्लेख गरेका छन् यही अपभ्रंश भएर ओलाङचुङगोला भएको हो

पहिला यहाँ मगर थरका राजाले पनि राज्य गरेको भन्ने पनि कतिपय पुस्तकमा उल्लेख छ नेपाल सरकारले भने नेपाल एकीकरणपश्चातमात्रै वालुङको अस्तित्वबारे थाहा पाएको हो वि.सं. १८९८ मा तत्कालीन राजा राजेन्द्रविक्रम शाहले सोनाम भोटियालाई गाउँको मुख्य मानिसको जिम्मेवारी दिएका थिए उनलाई ‘गोवा’ को उपाधि दिइएको सन् १८४८ मा गोला पुगेका बेलायती वनस्पतिविद् डा. हुकरले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्

हुकरले लामो समयसम्म यहाँ बसेर अध्ययन गरेका थिए गोबांगी प्रथा यो क्षेत्रका पाँच गाउँमा सञ्चालन भएको चीनका लागि नेपालको पूर्ववाणिज्यदूत ताम्ला उक्याव बताउँछन् उनका अनुसार वलाङचुङ, याङमा, ग्याब्ला, घुन्सा र लेलेपमा गोबांगी प्रथा थियो आफ्नो क्षेत्रका जनताका लागि दण्डकुण्ड, सजाय, मुद्दामामिला मिलाउने जिम्मेवारी गोवालाई थियो परेका बेला सरकारलाई सहयोग गर्नुपर्ने, तिरो उठाई सरकारलाई बुझाउनुपर्ने, सरकारको प्रतिनिधि भई काम गर्नुपर्ने जस्ता जिम्मेवारी गोवालाई थियो गोवाले काजी, बिचारी, कारबारी, नाइके र मझियामार्फत शासन गरेका थिए

मुख्य नाका टिप्ताला भन्ज्याङ
टिप्ताला भन्ज्याङ नेपाल र चीनको तिब्बत जोड्ने मुख्य नाका हो थिपथलाबाट अपभ्रंश भई टिप्ताला भएको हो स्थानीय भाषामा थिप भनेको ओझेल थला भनेको ठाउँ हो घामको ओझेलमा पर्ने भएकाले स्थानीयले थिपथला नाम राखेको पाइन्छ

५३ सय मिटर उचाइमा रहेको यो भन्ज्याङले नेपाल र चीनलाई जोडेको छ यहाँबाट सुरु भएर ओलाङचुङगोलाको बस्ती हुँदै बहने तमोर नदी सप्तकोसीमा मिसिन्छ तमोर नदीको पूर्वपट्टि रहेको बस्ती ओलाङचुङगोला हो भने यसको मुख्य नाका टिप्ताला भन्ज्याङ यहाँ पैदल हिँडेर एक दिनमा नाका पुगिन्छ अहिले भने नाकादेखि बस्तीसम्म मोटरबाटो पुगेको छ यसको दूरी २४ किलोमिटर

चिनियाँ अपरेटर स्वोलुङ र स्वफेले चलाएको एक्स्काभेटरले ट्र्याक खोलेर बस्तीसम्म सडक पुर्‍याइएको हो उनीहरूले तीन महिनाको प्रयासमा यो सडक खोलेका थिए चीनको राजधानी बेइजिङ नजिकको ान्दाङ नजिकबाट ल्हासा, डिङजे र रिउ हुँदै आएका उनीहरूले २ सय ४० सीसी क्षमताको मेसिन चलाएर सडक खोलेका हुन् तीनवटा मेसिन लगाएर खोलेको सडकको डोजर भने तिब्बतका चोन्दे भोटेले चलाएका थिए उनीहरूलाई काम लगाउने, निगरानी गर्ने काम चिनियाँ ठेकेदार कम्पनीका नेनेले गरेका हुन्

चीनसँगको व्यापारिक सम्बन्ध विस्तार गर्न र ओलाङचुङगोला नाकालाई सडक सञ्जालले जोड्न यहाँका बासिन्दा स्वयंले सडकमा लगानी जुटाएका हुन् ओलाङचुङगोलामा जन्मेर अमेरिका, बेलायत, काठमाडौंलगायत स्थानमा गएर बसेकाहरूको संस्था वालुङ समाजले संकलन गरेको करिब तीन करोड रुपैयाँ सडक निर्माणमा खर्च गरिएको हो तत्कालीन ओलाङचुङगोला गाविसले ४२ लाख सांसद विकास कोषको १० लाख पनि सडक निर्माणमा लगाएको थियो फक्ताङलुङ गाउँपालिकाले पनि स्तरोन्नतिमा लगानी गर्‍यो

सडक निर्माणका लागि नेपाल सरकारले चीनसँग मेसिन भाडामा मागिदिएको थियो भौतिक योजना तथा निर्माण मन्त्रालयले परराष्ट्र, परराष्ट्रले चिनियाँ दूतावासलाई मेसिनका लागि अनुरोध गरेको थियो त्यही अनुरोधपछि चीनले भाडामा मेसिन जनशक्ति दिएको हो सडक निर्माणपछि चीनको गाडी भने गोलाको बस्तीसम्म आएर फर्कने गरेको तर ोलाका बासिन्दाले भने आफ्नो गाडी नकिनेका कारण नेपाली यातायात छैन
सदरमुकाम फुङलिङबाट विस्तार भएको सडक लेलेपको लुङथुङमा पुगेको छ गोलाबाट पनि जोगिनतर्फ विस्तार भइरहेको उत्तर–दक्षिण लोकमार्ग आयोजनाका प्रमुख राम गुरुङका अनुसार अब १४ किमि ट्र्याक खुल्न बाँकी छ सडक निर्माण सुरु भएको आठ वर्ष भएको

काठमाडौंको एलाइट निर्माण कम्पनीले सडक विस्तारको काम गरिरहेको छ प्रतिनिधिसभा सदस्य तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई यो सरकारको प्राथमिकताको सडक भएको बताउँछन् यसका लागि बजेटको समस्या नहुने उनको दाबी छ

यो सडक निर्माण सम्पन्न हुँदा तमोर करिडोरको पनि ट्र्याक खोल्ने काम सकिनेछ तमोर करिडोर निर्माण पूरा हुँदा टिप्ताला भन्ज्याङदेखि विराटनगरको रानी भन्सारसम्मको दूरी सय ७० किमिमात्रै हुने उत्तर–दक्षिण लोकमार्ग आयोजनाका पूर्वप्रमुख कुबेर नेपाली बताउँछन् दुई वर्षसम्म ताप्लेजुङमा बसेर काम गरेका उनले तमोर करिडोर लोकमार्ग दुवैको योजना बनाएका थिए

नेपालीका अनुसार यो सडक निर्माण भएर सञ्चालनमा आएपछि नेपाल–भारत र चीनको त्रिदेशीय नाका जोड्ने यो सबैभन्दा छोटो दूरीको सडक हुनेछ विराटनगरदेखि जोगबनीको दूरी लामो नभएकाले त्रिदेशीय छोटो बाटो हुने उनको बुझाइ छ हाल निर्माणाधीन सुकेटार–काँकडभिट्टा सडकको दूरी पनि सय ४० किलोमिटर मात्रै अझ आगामी आर्थिक वर्षका लागि मेची राजमार्गको यो सडक व्यवस्थित गराउन सरकारले ९२ करोड बजेट छुट्ट्याएको सडक सञ्चालनमा आएपछि नुनदेखि सुनसम्म तिब्बतबाट ल्याउन सकिने नेपालका जडीबुटीदेखि तरकारीलगायतका वस्तु निर्यात गर्न सकिने उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरे बताउँछन्

काँकडभिट्टाबाट फूलबारी बन्दरगाहको बाटो भएर जोडिने भएकाले बंगलादेशसँगको कारोबार पनि नजिकैबाट हुनेछ अझ भारतको सिक्किम जोडिन लागेको मध्यपहाडी लोकमार्गको चिवाभन्ज्याङ खण्ड नजिकबाट जोडिन्छ

गैससले बढाए गतिविधि
आगन्तुकको खासै आउजाउ नहुने यहाँ नेदरल्यान्ड विकास नियोग (एसएनभी) र कञ्चनजंघा संरक्षण क्षेत्र (केक्याप) को कार्यक्रम सुरु भएपछि बाहिरबाट पुग्ने बढ्न थालेको स्थानीय बताउँछन् डोङगा शेर्पाका अनुसार एसएनभीले विद्यालय भवन, पुल र बाटो बनाउने काममा सघायो केक्यापले संरक्षणसम्बन्धी तालिम गोष्ठी गर्‍यो

संरक्षण क्षेत्रले यहाँका बासिन्दालाई बाहिर घुम्न लैजाने, बाहिरबाट यहाँ घुम्न ल्याउनेजस्ता गतिविधि गरेपछि गोलाका बासिन्दालाई हामी पनि नेपाली हौं भन्ने आभास भएको डोङगा बताउँछिन् प्रजातन्त्र प्राप्तिपछि किपा शेर्पाले गाविस अध्यक्ष जितेर महिलाले नेतृत्व गर्नसक्ने पुष्टि गरेकी थिइन । अहिले भने उनी काठमाडौं बस्छिन् । यहाँको पीडा भनेको एउटाबाट अर्को बस्तीमा पुग्न पूरै एक दिन लाग्छ नजिकको बस्ती भेट्न याङमा, लेलेपको इलाडाँडा या चीनको रिउ पुग्नुपर्छ

प्रकाशित : मंसिर १८, २०७६ १०:४३


Lecture to WDO. Jan 1, 2013 (Pus 17, 2069 B.S.)

  Lecture to WDO.   Jan 1, 2013 (Pus 17, 2069 B.S.) I lectured newly appointed Women Development Officers (WDO) at the Women Training Cen...