Sunday, May 30, 2021

इतिहास बाट ठगिएका लाहुरे

 

इतिहास बाट ठगिएका लाहुरे

साझा हव, १९ असार २०७७, शुक्रबार २२:३१

-बलदीप प्रभाश्वर चामलिङ 

लाहुरेहरू विशेष परिस्थितिमा वाध्यतावश भर्ती भएर विदेशमा बस्नुपरेको हुनाले उनीहरूकाे नेपाली नागरिकतालाई नेपाल सरकारले निरन्तरता दिनुपर्छ भनेर हामीले पहिले देखि नै भन्दै आएका हों । भुपुहरूकाे हकहितकाे लागि नेपालमा भुपुसम्बन्धि मन्त्रालय नै गठन हुनुपर्छ भन्ने हाम्राे माग यथावत नै छ । भुपुहरूलाई सशक्तिकरण गर्नकाे लागि पार्टी र राज्यमा प्रतिनिधित्व गराउनु पर्छ भन्ने मान्यता अनुसार पार्टीमा पदाधिकारी तहमा भुपुलाई अनिवार्य गरेका छाै र विगतमा संविधानसभामा भुपु परिवारकाे सदस्यलाई सभाषद पनि बनायाैँ ।

तर काग्रेस-कम्युनिष्टले भुपुलाई आफ्नाे भातृसंगठनमा राख्ने तर आफूसत्तामा गएपछि कुनै भुपुकाे माग र समस्या समाधान नगरिदिने । बरू महाधिवेशन तथा सम्मेलनहरूमा भुपुलाई व्यवस्थापन समितिमा राखिदिएर झण्डा व्यानर, मञ्च, खाना, पानी, कुर्सी, टेवल तयार पार्ने काममा खटाएकाे देखिन्छ । भुपुहरूलाई पदाधिकारी तथा प्रतिनिधिकाे परिचयपत्र देला भन्दा त स्वयमसेवककाे बिल्ला भिडाइदिन्छन् ।

तर अबका लाहुरेहरू सचेत छन् । बचेका बाँकी जिन्दगी प्रतिष्ठा र स्वाभिमानकाे लागि खपत गर्न चाहन्छन् । काेईराला-ओली-दाहालहरूले त लाहुरेलाई साेझा-सिधा ठान्याेठान्याे, अझ यादव-ठाकुर, महन्तहरूले पनि लाहुरेलाई उल्लु बनाउँन खाेज्दैछन् । संम्बन्धित ठाउँमा चाँहि पहल नगरिदिने तर भुपुकाे भावना भजाउन सडकमा मात्र बाेलि-टाेपाेल्ने पाल्सी कर्मले लाहुरे भुपुहरूकाे सही सम्मान र कदर हुन सक्दैन ।

नागरिकता विधेयक तयार बनाउने निकाय भनेकाे संसदकाे ”राज्य व्यवस्था तथा सुशासन समिति” हाे जहाँ कसले कसरी नागरिकता पाउने भन्ने कुराकाे छलफल हुन्छ । यहाँ छलफल र बहस भए पछि विधेयक तयार पारेर संसदमा पेश गरिन्छ र पास गरिन्छ । याे राज्य व्यवस्था तथा सुशासन समितिमा जनता समाजवादी पार्टीका राजेन्द्र महताे, राजकिशाेर यादव र राजेन्द्र श्रेष्ठ पनि छन् । तर कुरा राख्नुपर्ने याे समितिमा उनीहरूले भुपु-लाहुरेहरूकाे नेपाली नागरिकताकाे निरन्तरता बारे एक शब्द पनि खर्चेका छैनन् । उनीहरूले किमार्थ कुनै पनि कुरा राखेनन् र छलफलकाे लागि वातावरण पनि बनाएनन् बरू पुरा ध्यान चाहिँ भारतीय बुहारी महिलामा केन्द्रित गरियाे । समितिमा कसले के बाेल्याे भन्ने कुराकाे रेकर्ड अहिले पनि हेर्न सकिन्छ । तर सडकमा कार्यकर्ताहरूलाई लाहुरे बारे ब्यानर बाेक्न लगाउने । यदि भुपु लाहुरेहरूकाे कदर यादवले गर्न चाहेकाे हाे भने आफ्नाे पार्टीकाे पदाधिकारी पदमा तथा समानुपतिकबाट भए पनि सांसद बनाउन तयार छन् ? लाहुरेले विदेशमा संगठन धानिदेओस् र लेभि पठाइदियाेस् भन्ने लक्ष्यमात्र लिने हाे भने दुःखद कुरा हाे ।

यसलाई Politics of Irony भनिन्छ । बाहिर जे हुन्छ त्याे भित्र हुन्न । बाबुराम भट्टराईकाे राजनीतिक लाईन नै यही हाे । आफूले चाहे अनुसारकाे संविधान आफैले हतारमा बनाउने र अहिले याे भएन र त्याे भएन भन्नु एक खेल नै हाे । बाहिर बाेलिदिदैमा भित्री आफ्नो स्वार्थ बर्चस्वमा परिवर्तन आउने हाेइन बरू बाहिर वाहवाही आर्जन हुन्छ भन्ने मान्यता याे राजनीतिक लाईनकाे हुन्छ । कुनै कसाहीले बच्चा पाठाेलाई प्रेम गर्नु र त्यसकाे पालणपाेषण गर्नुकाे अन्तिम निचाेड के हाे ? घिच्राे निचाेड्नु !
-लेखक राष्ट्रिय जनमुक्ति पार्टीका बुद्धिजिबी बिभाग प्रमुख हुनुहुन्छ ।

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...