आदिवासी ज्ञान के हो ?
शुक्रवार १६ आस्विन, २०७७ | कला र साहित्य
काठमाडौं, नेपाल
https://www.indigenousvoice.com/1059.html
विश्वका विभिन्न ७० देशहरुमा बसोबास
गरिरहेका ३७ करोड भन्दा बढी जनसंख्या भएका आदिवासीहरुको आफनै परम्परा, आफनै संस्कृति र जिविका सञ्चालनका तौरतरिकाहरु छन् । मानव
विकासको क्रमसंगै आदिवासीले आर्जन गरेको अनुभव, अभ्यास र कतिपय अवस्थामा चुनौतिलाई समाधान गर्ने क्रममा उपलव्ध
ज्ञानहरु रहेका हुन्छन् । आधुनिक राज्य प्रणालीको विकास नहुँदै अभ्यासमा आएका त्यस
प्रकारका ज्ञानलाई पृथक सामाजिक संगठन, संस्कृतिहरुमार्फत
समाजलाई सुव्यबस्थित बनाउन सहयोग गरेको हुन्छ । यस्ता ज्ञानहरु धेरै प्रकारबाट
अभिव्यक्त हुन्छन् । कतै मूर्त वा अमुर्त साँस्कृतिक सम्पदाका रुपमा दृश्य वा
अदृश्य हुन्छन् भने कतै प्रचलन र आध्यात्मिक विश्वासमा अनुवाद भएका हुन्छन् ।
तथापि कुनै पनि समाज ज्ञान सून्य भने हुन्नन् ।
मान्छेले आफनो ज्ञान र अनुभवका आधारमा
तत्कालीन समस्यालाई समाधान गर्ने र जीवनलाई अझ गुणस्तरीय बनाउने उदेश्यले
अनेकौ खोजहरु गरेको छ । मानिसलाई अनेकौ रोगव्याधि लाग्दा उपचार खोज्यो, खनिज, खाद्यपदार्थको
उपयोगिता, पृथ्वी, वायूमण्डल लगायत प्रकृति र प्राकृतिक स्रोतको उपादेयता माथि
अनुसन्धान ग¥यो । परिणाम स्वरुप जीवनलाई एक
स्वीकृत तरिकाले (Accepted
Modes Of Life) परिबर्तन
गर्दै लग्यो ।
यसैको परिणाम. स्वरुप धर्म, ज्ञान, कला, विश्वास, प्रथा, कानुन, विज्ञान, दर्शन, साहित्य, वास्तुकला, बानी
व्यहोरा आदिको विकास गर्न पुग्यो । तीनै सन्दर्भहरुको गर्भबाट आदिवासी ज्ञानको पनि
विकास हुँदै गएको मान्न सकिन्छ ।
आदिवासी ज्ञान कुनै चमत्कारिक
आविश्कार नभएर क्रमिक विकासको परिणाम हो । जीव विज्ञानको क्षेत्रमा जसरी जीवको
संरचना परिबर्तन हुँदै जान्छ भन्ने मान्यता छ, त्यसै गरी आदिवासी ज्ञानको क्षेत्र पनि फराकिलो हुँदै जान्छ ।
प्रशिद्ध दार्शनिक चाल्र्स डार्विन (Charles Darwin) ले
प्राकृतिक चयनको सिद्धान्तको व्याख्या गर्दै जैविक परिवर्तन संगै केही आन्तरिक
शक्तिको पनि अभिबृद्धि हुने बताएका थिए । मानव समाजको ज्ञानका क्षेत्रहरु पनि यसै
गरी चुनौतिहरु सामना गर्ने क्रममा प्राप्त उपलव्धी नै मानव ज्ञान हो । जसलाई
आदिवासी ज्ञान भनिएको छ ।
आदिवासी ज्ञान कुनै चमत्कारिक आविश्कार
नभएर क्रमिक विकासको परिणाम हो । मानव समाजको ज्ञानका क्षेत्रहरु पनि यसै गरी
चुनौतिहरु सामना गर्ने क्रममा प्राप्त उपलव्धी नै मानव ज्ञान हो । जसलाई आदिवासी
ज्ञान भनिएको छ ।
सुरुमा सबै मानव जाति जंगली युगमा थिए
। जंगलमा उपलव्ध फलफूल, पशुपंक्षीको
शिकार गरेर जीवन धान्ने गर्दथे । अभ्यासका क्रममा पशुपंक्षीको शिकार गर्नका लागि
हतियारको आवश्यक भयो । ढुंगाका हतियारहरु बने । कन्दमूल संकलन गर्न कुनै न कुनै
प्रकारका ज्यावलहरु आवश्यक भयो, यसका
लागि काठका ज्यावल बने । मानव समाज ओडारमा बस्थे, घाम पानीबाट र अन्य
जंगली हिंस्रक जनावरको आक्रमणबाट बच्नका लागि सुरक्षित स्थान आवश्यक भयो, परिणाम स्वरुप आवासको जुक्ति निस्क्यो । मानिसहरु आगोको
उपभोग गर्न जाने । आगोको ताप, भोजन
बनाउन सहयोगी सिद्ध भयो ।
अभ्यासकै क्रममा मानिसले खान हुने र
नहुने जंगली कंन्दमूल, अन्नपातको
पहिचान गरे । उत्पादनलाई भण्डारण गर्न सिके । यसबाट कृषितर्फ मानिसको आकर्षण सुरु
भयो । शिकार, फलफूल, कन्दमूलसंगै पशुपालन सहायक सिद्ध भयो । यस पछि धातुको प्रयोग गर्ने
सीप सिके । माटोका भाँडाकुँडा बनाउने, बनको काठ
पैदावरको सदुपयोग गर्न सिके ।
मानिसहरु बिभिन्न कारणले बिरामी पर्ने
बेलामा उपचारपद्धतिहरुको आविश्कार भयो । खाद्यन्न, पोषिलो पदार्थहरु खाने अभ्यासमा लागे । लाज ढाक्न झारपात, रुखका बोक्राहरुको बस्त्र बनाउन थाले पछि कालान्तरमा कपडा
बुन्ने रेशाहरुको विकास गरेर कपडाहरु लगाउन थाले । असभ्य जंगली समाजबाट उक्लदै
सामाजिक व्यबस्था,
प्रथाजनित संस्थाहरुको निर्माण, आध्यात्मिक विश्वासहरुका माध्यमले समाजलाई सुव्यवस्थित बनाउन
लागे । यही विकासक्रममा अनेको प्रथा, परम्पराहरुको
जग बसाले । यही पृष्ठभूमिबाट आदिवासी ज्ञानको प्रचलन हुन थाल्यो । यो ज्ञानको
पुस्तान्तरण, प्रचलन र मान्यताहरु स्थापित भएकै
कारणले आजको विश्वमा करौडौ संस्कृति, संस्कार
र भाषा तथा सभ्यता विकसित रुपमा रहेका छन् ।
परिभाषा
आदिवासी ज्ञान (Indigenous
Knowledge) मानव
समुदायको लामो समय देखिको अभ्यास र अनुभवको निरन्तरता हो । यसलाई परम्परागत ज्ञान
(Traditional
Knowledge) र कसैकसैले स्थानीय ज्ञान (Local Knowledge) पनि भन्ने गर्दछन् । तथापि विज्ञान र
प्रविधिको बढदो प्रयोग, विश्वव्यापीकरण, शहरीकरण, आधुनिक
जीवनशैलीका कारण यस्तो ज्ञान आदिवासीहरुमा मात्र प्रचलनमा रहेको छ ।
जहाँ जहाँ आदिवासीको प्रथा, परम्परा र
प्रथाजनित संस्था जिवित रहन्छ, त्यहाँ त्यहाँ
आदिवासी ज्ञानको प्रयोग प्रचुरता पाइन्छ ।
आदिवासी ज्ञान आदिवासी समुदायको साझा
इतिहास, आफनै भौगोलिक क्षेत्रको परम्परागत
भूमि र भूक्षेत्र,
साझा संस्कृति, मातृ भाषाको प्रयोगका कारण जिवित रहेको छ । जहाँ जहाँ
आदिवासीको प्रथा,
परम्परा र प्रथाजनित संस्था
जिवित रहन्छ, त्यहाँ त्यहाँ आदिवासी ज्ञानको प्रयोग
प्रचुरता पाइन्छ । आदिवासी ज्ञानको लिखित दस्तावेज उपलव्ध हुँदेन । किनकि
आदिवासीहरुको जिवन्त मौखिक परम्पराले यस्ता ज्ञानलाई बचाएको हुन्छ । आदिवासी ज्ञान
केही रुपमा संस्कृतिका रुपमा र कतै लोककथा, किम्बदन्तीका
रुपमा बाँचेका हुन्छ भने कतै गीत तथा नाचहरुमा, अभिव्यक्त हुन्छ । केही आदिवासीहरुमा चित्रकला, मुर्तीकला एबम् धार्मिक संस्कारहरुमा देख्न सकिन्छ ।
आदिवासी ज्ञान सिर्जना वा आविस्कारबाट
प्रारम्भ भएको नभै अभ्यास र अनुभवबाट खाँरिदै परिस्कृत हुँदै आएको हुँदा यसको
स्वामित्व र प्रचलन सामुहिक हुन्छ । आदिवासी ज्ञानको प्रारम्भ मिती वा सुरुवाती
समय हुँदैन । यसको प्रचलन र प्रयोग सामुहिक हुने भएको हुँदा यस्तो ज्ञानको श्रेय पुर्खालाई
दिइन्छ । यस्तो अभ्यास केही स्थानमा आध्यात्मीक आस्था र विश्वासका आधारमा रहेको
हुन्छ ।
आदिवासी ज्ञानलाई पश्चिमा संसारमा
नेटिभ्स साइन्स (Natives
Science) का नामले
पनि सम्बोधन गरिन्छ । अमेरिका स्थित नेटिभ्स नेशन इन्स्ट्रिच्यूडका संस्थापक मध्ये
एक जर्ज क्याजेटले Gregory Cajete नेटिभ्स साइन्स शव्दको प्रयोग गरेका
थिए । उनको कथन अनुसार प्राकृतिक संसारमा रहेका आदिवासीहरुको मानवीय अनुभव, बिचार, अनुभवबाट नेटिभ्स
साइन्सको विकास भएको हो । यो रुढ विचार
वा अन्धविश्वास भन्दा पनि यसमा विज्ञान रहेको हुन्छ र यो विज्ञान मानव समुदायको
सहयोगी हुन्छ ।
जुन भूमिमा उनीहरु जन्मे, बढे र प्रकृतिसंग आत्मसाथ गरे, त्यही भूमि र प्रकृतिको देन नै आदिवासी ज्ञान हो भन्ने उनको
व्याख्या छ ।
आदिवासी ज्ञान आदिवासी समाजको
साँस्कृतिक मूल्य र मान्यतासंग जोडिएको हुन्छ । जहाँ जीवन निर्बाहका जटिलता
बिरुद्ध सहज निकाशको बाटो खोलिएको हुन्छ । उदाहरणका लागि हातहतियारहरु, शिकार खेल्ने साधानहरुलाई लिन सकिन्छ । कृषिसंग सम्बन्धी
अनेको प्रविधिहरु छन् । कृषिसंग सम्बन्धीत बिउको संरक्षण गर्ने प्रविधिहरु छन् ।
कुन मौसममा
कुन बाली लगाउने भन्ने ज्ञान
उनीहरुसंग छ ।
आदिवासी ज्ञान बहुआयामिक हुन्छ । प्रकृति, वातावरणमैत्री
हुन्छ । चिकित्सा क्षेत्रमा त प्रायः सबै औषधिय आविस्कारको जननी आदिवासी ज्ञान हो
। हालको जस्तो उपचारका विभिन्न प्रविधिहरुको आविश्कार नहुँदै आदिवासीहरुले रोगका
उपचार गर्ने ज्ञान हासिल गरेका थिए । जस्को प्रयोग अहिले पनि कायम छ ।
आदिवासी ज्ञान बहुआयामिक हुन्छ ।
प्रकृति, वातावरणमैत्री हुन्छ । चिकित्सा
क्षेत्रमा त प्रायः सबै औषधिय आविस्कारको जननी आदिवासी ज्ञान हो । हालको जस्तो
उपचारका विभिन्न प्रविधिहरुको आविश्कार नहुँदै आदिवासीहरुले रोगका उपचार गर्ने
ज्ञान हासिल गरेका थिए । जस्को प्रयोग अहिले पनि कायम छ । हिमाली आदिवासीले प्रयोग
गर्ने स्वरिग्पा पद्धति यसैको निरन्तरता हो । आयुर्बेदका माध्यमले प्रयोगमा
ल्याएका अनेको जडिबुटी आदिवासी ज्ञानको प्रतिफल हो ।
आदिवासी ज्ञान प्राचीन र परम्परागत
ज्ञान भएता पनि आधुनिक वैज्ञानिक ज्ञान प्रणाली Modern Science Knowledge
System (MSKS) को
परिपुरक हो । वैज्ञानिक ज्ञानमा झै यसमा जहिले पनि नविनता, दीगो र विश्वासयोग्य ज्ञान हुन्छ । पर्याबरण, जैविक क्षेत्रमा त आदिवासी ज्ञानको क्षेत्र अझ फराकिलो छ ।
यसका तरिकाहरु,
प्रविधिहरु आधुनिक वैज्ञानिक
ज्ञान प्रणालीले पनि अवलम्बन गरेको छ । स्वास्थ्य विज्ञानको क्षेत्रमा जडिबुटीको
प्रयोग एक उदाहरण हो । तिनै जडिबुटीबाट आधुकि औषधि विज्ञानले क्याप्सुल र सुईको
आविस्कार गर्छन् । जस्लाई आदिवासी समाजमा तामाङको, वोन्वो, लिम्बुको
फेदाङमा, गुरुङहरुको पैडी र लम तथा हिमालीभेगमा
आम्चीहरु औषधीय ज्ञानलाई प्रयोगमा ल्याइरहेका छन् ।
आदिवासी ज्ञान र आदिवासी ज्ञान
प्रणालीको स्रोत स्थानीय जातजातिको भाषा, संस्कार
र संस्कृति हो भने आधुनिक वैज्ञानिक ज्ञान प्रणालीको स्रोत अन्तराष्ट्रिय ज्ञान
प्रणाली हो । बिश्वविद्यालय, अनुसन्धान
संस्थान तथा अनेको कम्पनीहरुमा आवद्ध बैज्ञानिकहरुको खोज र अनुसन्धानबाट आधुनिक
वैज्ञानिक ज्ञान प्रणालीबाट जन्म हुन्छ । यो ज्ञान प्रणाली मौखिक रुपमा प्राप्त
गर्न सकिन्न । कठोर शैक्षिक अध्ययन, प्रशिक्षण
र लामो शैक्षिक अनुसन्धानबाट प्राप्त हुन्छ । तर आदिवासी ज्ञान मौखिक बृतान्तका आधारमा र पुस्ता
हस्तान्तरणका माध्यमले प्राप्त हुन्छ । तथापि केही आदिवासी ज्ञानलाई आधुनिक
विज्ञान प्रणालीले अस्तित्व स्वीकार गरेको मात्र नभै यसको अध्ययन अनुसन्धान नै
सुरु गरेको छ । उदहरणका लागि आयुर्वेद औषधालयहरु नेपालमा खुल्न थालेका छन् ।
सरकारले आयुर्वेद विभाग नै बनाएको छ । चिनिया एक्युपञ्चर प्रणालीको अभ्यास विभिन्न
अस्पतालमा पनि हुन थालेको छ । अमेरिकमा राष्टिय स्वास्थ्य अनुसन्धानमा एक्युपञ्चर
र आयुर्बेद, आम्ची प्रणालीको अनुसन्धान हुन थालेको
छ ।
आदिवासी ज्ञान सबै विज्ञानको जननी
मान्नेहरु पनि छन् । आदिवासी ज्ञानको प्रयोग प्राकृतिक स्रोतहरुको उपयोग, संरक्षण र व्यबस्थापनमा बढी उपयोगी देखिएकोछ । पानीको
स्रोतको संरक्षण गर्ने ज्ञान अद्वितिय मानिन्छ । जंगलको संरक्षण गर्ने आदिवासीसंग
अनेकौ जुक्तिहरु हुन्छन् । आदिवासी ज्ञानमा आधारित सूचना प्रणाली, शिक्षा तथा सार्वजनिक पहुँचलाई सहज बनाउने प्रविधिहरु पनि
छन् । तर ती ज्ञानहरु कतै लोप भएका छन् भने कतै राज्यको संरक्षणको अभावमा
प्रतिबन्धित छन् ।
चुनौतिहरु
आदिवासी ज्ञान यतिबेला लोपोन्मूख
अवस्थामा छ । माथि नै चर्चा भए अनुसार विश्वव्यापीकरण, आधुनिक समाज, शहरीकरण
तथा राज्यका असहिष्णु नीतिले आदिवासी ज्ञान प्रणाली लोप हुने खतरामा छ ।
प्रभूत्वशाली जाती वा समूदायको संस्कार र संस्कृति थोपर्ने प्रबृत्तिका कारण पनि
आदिवासी ज्ञान वेवास्थामा परेको छ ।
आदिवासी ज्ञानको सवल प्रयोग विशेष
संस्कृति, र भूगोलमा मात्र सम्भव हुन्छ । यो ज्ञान
मौखिक प्रणालीमा निर्भर हुने भएकाले यस्तो ज्ञान मिश्रित समाजले मान्यता नदिन सक्छ
। आदिवासी ज्ञान स्थिर प्रकृतिको त होइन तर यसलाई समय सापेक्ष सुधार पनि गर्न
सकिन्छ ।
धेरै देशहरुमा आदिवासीको पहिचानको पनि
समस्या छ । समाजको बनावटमा साँस्कृतिक अन्तरघुलन, बिबाह आदि कारण साँस्कृतिक सम्बन्धहरुमा अन्तरविरोध कायम हुँदा पनि
आदिवासी ज्ञान लोप हुने सम्भावना हुन्छ । विश्वव्यापी रुपमा बसाईसराईको बढदो
प्रबृत्तिका कारण विभिन्न जातीय पृष्ठभूमिका मानिसहरु एकै समाजमा बस्न पुग्छन् ।
यो क्रम आन्तरिक बसाईसराईमा पनि बढ्दोक्रममा छ । यस्तो समाजमा आदिवासी र
गैरआदिवासीबीच मित्रता भयो भने आदिवासी ज्ञान लोप हुने खतरा हुन्छ भने द्वण्द्वले
समाजमा हिंसा र अन्य सुरक्षा व्यबस्थालाई चुनौति दिन्छ । यी दुबै अवस्थामा आदिवासी
ज्ञानको प्रचलन अविश्वसनीय बन्छ ।
आदिवासी ज्ञानको सवल प्रयोग विशेष
संस्कृति, र भूगोलमा मात्र सम्भव हुन्छ । यो
ज्ञान मौखिक प्रणालीमा निर्भर हुने भएकाले यस्तो ज्ञान मिश्रित समाजले मान्यता नदिन
सक्छ । आदिवासी ज्ञान स्थिर प्रकृतिको त होइन तर यसलाई समय सापेक्ष सुधार पनि गर्न
सकिन्छ । तर त्यसरी सुधार गर्दा यसको आत्मामा भने नराम्ररी चोट पुगेको हुन्छ ।
(आदिवासी ज्ञान, प्रथा र परम्परा नामक प्रकाशोन्मूख
पुस्तकबाट लिइएको हो )