नेपालको इतिहास, जातजाति, संस्कार, संस्कृति, भाषा, लाेकजीवनबारे लेख रचनामा बहस गर्ने मञ्च ।
Monday, July 29, 2019
त्रिपिटक बुझाउने विश्वकोश
त्रिपिटक बुझाउने विश्वकोश
बौद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक पालि भाषामा
भएकाले सबैले बुझ्दैनन् । बुद्धकालीन नेपाली विश्वकोशले यसको अन्त्य गरेको छ
काठमाडौँ — बौद्ध धर्मको गहन अध्ययनका लागि
नेपालमा सामग्री अभाव रहेको पाइन्छ, त्यसमाथि नेपाली भाषामा छैनन् भन्दा पनि हुन्छ । त्यसैले पनि धेरैका लागि बौद्ध धर्मबारे राम्रोसँग बुझ्न कठिन हुने गरेको छ । अब भने केही सजिलो हुने भएको छ । यसै साताबाट २७ पुस्तकको संगालोका
रूपमा बुद्धकालीन नेपाली विश्वकोश उपलब्ध भएको छ ।
वीर पूर्ण पुस्तक
संग्रहालयले यसलाई बजारमा ल्याएको हो । बौद्ध धर्मको मूल ग्रन्थ हो त्रिपिटक । यो पालि भाषामा छ । यसको सरल अनुवाद पनि पाइन्न । यस्तोमा बौद्ध धर्मबारे सजिलै बुझ्ने उपाय के हो त ? बुद्धकालीन नेपाली विश्वकोश त्यही उपायसम्म
पुग्ने सबैभन्दा सटिक बाटो हुनेछ । ‘बौद्ध धर्मका जिज्ञासुका लागि यो विश्वकोश प्रकाशनमा आउनु आफैंमा अभूतपूर्व र अद्वितीय छ,’ प्रकाशक
संस्थाका दुण्डबहादुर वज्राचार्यले भने । उनी लामो समयदेखि त्रिपिटकको अनुवादमा व्यस्त छन् ।
उनले जीवनको अधिकांश समय
त्रिपिटकको अनुवादमै बिताएका छन् । नेपाल भाषामा त्रिपिटकका अधिकांश ग्रन्थ उपलब्ध भएका छन् । उनकै अनुवादमा नेपाली भाषामा त्रिपिटकको दीघनिकाय र मझिमनिकाय प्रकाशित भइसकेका छन् । यो क्रम अझ अगाडि बढ्नेछ । वज्राचार्यको अनुभवमा पनि सबैका लागि त्रिपिटक अध्ययन सजिलो छैन, एकैपल्टमा बुझ्न गाह्रो हुन्छ । त्यसका लागि सबैभन्दा पहिले यिनै २७ पुस्तक पढ्नु उपयुक्त हुन्छ ।
यी सबै पुस्तकको पृष्ठ
जोडदा साढे १३ हजारभन्दा बढी हुन्छ । यी पुस्तक बेलाबेला प्रकाशित भएका हुन् । लेखक भने भिक्षु अमृतानन्द हुन् । उनले त्रिपिटकलाई आधार मानेर बुद्धकालीन ग्रन्थमाला लेखे । ती पुस्तक दुर्लभजस्तै भइसके, सजिलै पाउन सकिन्न । यस्तोमा वीर पूर्ण पुस्तक संग्रहालयले यसलाई बुद्धकालीन नेपाली विश्वकोशको स्वरूप दिएको हो ।
नेपालको थेरवादी बौद्ध
धर्मका अग्रणी भिक्षुमा पर्छन्, अमृतानन्द । तानसेनको भीमसेन टोलमा शाक्यकुलमा जन्मेका उनी बौद्ध धर्मको प्रचारप्रसार गरेको आरोपमा जेलसमेत परेका थिए । सन् १९४२ यता उनले काठमाडौं आएर बौद्ध धर्मको प्रचारमा सक्रिय रहे । उनी नै बौद्ध धर्मबारे नेपाली, नेपाल
भाषा र अंग्रेजीमा आजसम्म सबैभन्दा बढी पुस्तक लेख्ने लेखक हुन् । उनका ६ दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।
अमृतानन्दले त्रिपिटकका
ग्रन्थ र सूत्रमा उल्लेख भएका चरित्रलाई क्रमबद्ध मिलाएर २६ पुस्तक लेखे । त्यसमा बुद्धकालीन ब्राहमण भाग १ सबैभन्दा पहिले ०२८ सालमा प्रकाशन भएको थियो । त्यसपछि बुद्धकालीन गृहस्थी, राजपरिवार, परिव्राजक, महिला, श्रावक चरित, श्राविका चरित, ब्रहमादिदेव, प्रेतकथा, विमानकथाका पुस्तक निस्के । यी सबै सुरुमा आनन्दकुटी विहारबाट प्रकाशन भएका थिए । अब यी सबैलाई नयाँ स्वरूप दिइएको छ ।
विश्वकोशको २७ औं कृतिमा
भने संक्षिप्त बुद्ध जीवनीसँगै अनुरुद्ध स्थवीर, सम्राट् अशोक र बुद्धशासनको इतिहास रहेको छ । ‘भिक्षु अमृतानन्दले निकै मिहिनेत गरेर यी सबै पुस्तक तयार पारेका हुन् ।
यत्तिको गहन अध्ययन गरेर
लेखिएका बौद्ध धर्मसम्बन्धी पुस्तक सम्भवतः अरू भाषामा पाइन्न,’ वज्राचार्यले थपे, ‘हाम्रा लागि नेपाली भाषामा यति धेरै पुस्तक
उपलब्धि हुनु वास्तवमै निकै ठूलो उपलब्धि हो । यसले नेपाली भाषालाई पनि धनी बनाएको छ ।’प्रकाशित : श्रावण १३, २०७६
०९:०७
Saturday, July 27, 2019
राणाशासनको वृतान्त
प्रमोदशमशेर राणा, राणाशासनको वृतान्तको १४औं श्रृँखला
सुगौलीको सन्धि भएपछि काठमाण्डौमा अङग्रेजको रेजिडेन्सी स्थापना गरी ब्रिटिश रेजिडेन्ट लदलबल यहाँ बस्ने भए । नेपालको वैदेशिक मामिलामा अङग्रेजको अङकुश लाग्यो र अबदेखि नेपालले स्वतन्त्र परराष्ट्र नीति अपनाउन नपाउने अवस्था आयो । भीमसेनथापाले मौकामा बुद्धि पुरयाएर राम्रोसंग कुटनीति गोटी चाल्न सकेको भए यसरी मात खानु पर्ने थिएन । तर उनले विपक्षीको शक्तिको लेखाजोखासमेत नगरी उल्टो गोटी चालेर युद्धमा होमिन जाँदा सुगौली सन्धिकोभार नेपालले बेहोर्नु परयो ।
सन्धि भएपछि लप्टन बोयल कार्यवाहक भई काठमाण्डौमा आए । नेपाल सरकारबाट लैनमा जगा प्राप्त गरी यिनले रजिडेनसी स्थापना गरे र सबै कुराको बन्दोबस्त मिलाईसकेपछि सन् १८१६ मा ई. गार्डनर स्थायी रजिडेन्ट नियुक्त भई यहाँ आए । यिनकै कार्यकालमा अर्का एक जना अङग्रेज ब्रायन एच. हगसन रेजिडेन्सीको तल्लो तहको अधिकृत भएर यहाँ आए । यिनी पनि केही वर्षपछि स्वदेश फर्के पछि कम्पनी सरकारले ब्रायन हगसनलाई नै रेजिडेन्ट नियुक्त गरयो । हगसन अत्यन्तै अत्साही, लगनशील, परिश्रमी र नेपाली भाषामा यिनी टाकटुक बोल्थे । त्यस बखतसम्म रेजिडेन्सीमा आउने कुनै पनि अफिसरले आफनाी पत्नी साथमा ल्याएका थिएनन् तर हगसनकी पत्नी भारतीय मूलकाी हाँदा तिनी यहीं बसेकी थिइन् । नेपालको भित्री कुरा बुझन तथा नेपालसम्बन्धी पुराना कागजपत्रहरु र पाण्डुलिपीहरु ब्टुल्न हगसन एकदम खप्पिस थिए । यिनले दरवारसमेतका केही तल्लो तहका कर्मचारीहरुलाई आर्थिक प्रलोभनको जालमा फसाएर नोपालसम्बन्धी धेरै बहुमूल्य कागजपत्र, अभिलेख, सनद सवाल आदि बटुलेको थिए । यिनी नेपालबाट फर्के पछि नेपाल सम्बन्धी सयौं मुठा काजपत्र र पाण्डुलिपीहरु बेलायतमा पुरयाएर त्यहाँका पुस्तकालयहरुमा चढाए । अहिले नेपालका पुस्तकालयहरुमा भन्दा लण्डनका पुस्तकालय र इण्डिया हाउसका कोठा हरुमा थन्किएर बसेका कागजहरु खोज्नु पर्छ ।
नेपालको आन्तरिक मामिलामा समेत हस्तक्षेप गर्लान भनेर रेजिडेन्टहरुलाई त्यस बखत जहाँ मन लाग्यो त्यहाँ जान रोक लागेको थियो । नेपाल सरकारले तोकिदिएका ठाउँभन्दा बाहिर निर्वाध रुपमा घुमफिर गर्न निषेध गरिएको थियो । कहिलेकाँही दिन बहलाउनकालागी सिकार खेल्न जान पश्चिम एक नम्बरको ककनीको जंगल यिनीहरुकालागी खुला थियो । हगसन बराबर घोडा चढेर टुँडिखेलवरपर घुम्न आउँथे । भीमसेन थापा पनि घोडा चढन रुचाउने हुँदा बिहान बेलुका घोडा चढेर यतै आउँथे र यिनीहरु दुइ जनाको बराबर यही भेट हुन्थ्यो । हगसन हिन्दी र नेपालीसमेतमा कुरा गर्न सक्ने हुँदा यिनीहरु खुलेर कुरा गर्थे । बेला मौकामा कुरा कोटयाएर मुख्तियारबाट अनेक गुह्य कुरा फुत्काउँथे । अर्काे तिर यिनले गुप्तचरहरु राखेर नेपालको भित्री कुरा बुझथे । अङग्रेज सरकारका निम्ति यिनी सफल कुटनीतिज्ञ थिए ।
साभारः राणाशासनको वृतान्त, प्रमोदशमशेर राणा

Wednesday, July 24, 2019
मुस्ताङमा याक नाच
मुस्ताङमा
याक नाच
मुस्ताङ : शदियौंदेखि
मनाइँदै आएको परम्परागत याक नाच (खिल्हा पर्व) मुस्ताङको घरपझोङ गाउँपालिका–३, स्याङगाउँमा
देखाइएको छ। मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले एक समारोहबीच याक नाच
उद्घाटन गरे।
सांसद तुलाचनले संस्कृतिको
संरक्षणले मात्रै पर्यटनको विकास हुने उल्लेख गर्दै नयाँ पुस्तालाई इतिहास संरक्षण
गर्नेतर्फ लाग्न आग्रह गरे। प्रदेशका सांसद इन्द्रधारा विष्टले संस्कृति र समाजको
विकासका लागि सञ्चार क्षेत्र महत्त्वपूर्ण हुने बताए। अर्का प्रदेशका सांसद
महेन्द्रबहादुर थकालीले मुस्ताङमा हुने गरेका मौलिक संस्कृति र रहनसहन बचाउन सरकार
र स्थानीयवासीको दायित्व भएको औंल्याए।
तीन गाउँ थकालीको मौलिक
सम्भतामा आधारित खिल्हा पर्व बर्सेनि साउनमा सुरु हुन्छ। तर, तीन गाउँले
मध्येकै ठिनीका थकालीले भदौमा पर्व सञ्चालन गर्छन्। हेर्दा उस्तै भए पनि ठिनी
थकालीले यो पर्वको फालो भन्ने गर्छन्। स्याङ गाउँका थकाली युवाले अनियमित भइरहेको
खिल्हा पर्व गत वर्षदेखि निरन्तरता दिन थालेको स्याङ गाउँ सुधार समिति थाक स्याङका
अध्यक्ष सुमन थकालीले जानकारी दिए। उनका अनुसार स्याङवासीले असारको अन्तिम
पूर्णिमाका अवसरमा चार दिनसम्म खिल्हा मेला सञ्चालन गर्ने गरेको बताए।
बर्सेनि असार महिनाको
नौमहिने उवा बाली थन्क्याएर तीनमहिने फापर बालीको खेतमा बीउ छरेपछि पर्व मनाइने
चलन रहेको स्थानीय फलेन्द्र थकालीले जानकारी दिए। उनका अनुसार खिल्हा पर्वअघि
पूर्णिमाको दिन स्याउ गाउँकै ३८ सय मिटर उचाइमा रहेको चाङउई धार्मिक स्थलमा पुगेर
पूजापाठ र दर्शन गरिन्छ। त्यसपछि भोलिपल्ट नजिकैको खोलातिरबाट याकको मुकुट लगाएर
गाउँ भित्त्याउने चलन छ। चाङउई स्थल जाँदा पर्वमा सहभागीहरू घोडा चढेर फर्किन्छन्।
थकाली गीतकै शब्द र भाकामा
आपसमा रमाइलो गर्ने पर्वको मौलिक विशेषता पनि हो। पर्वका अवसरमा परम्परागत याक नाच, जोगी नाच, विभिन्न
हास्यव्यंग्यसहित बाजागाजा बजाएर मनोरञ्जन गर्ने चलन रहेको स्याङ गाउँ सुधार
समितिका उपाध्यक्ष किरण थकालीले जानकारी दिए।
Saturday, July 20, 2019
राणाशासनको वृतान्त
प्रमोदशमशेर राणा, राणाशासनको वृतान्तको १३औं श्रृँखला
अङग्रेजहरुसंग धेरै लामौ युद्ध गर्दा नेपाललाई ठुलो हानी हुनसक्छ यसैले सकभर चाँडो सुलह गर्नमै राम्रो होला भनी विभिन्न क्षेत्रका गोरखाली कमाण्डरहरुले नेपाल दरवारमा राय पठाइरहेका थिए । नेपाल दरवारमा यस विषयमा छलफल भयो र अङग्रेज कम्पनी सरकारसंग सुुलह गर्ने कुरा चलाउन अख्तियार दिई पण्डित गजराज मिश्र खटाइए । नेपाली वकील भई कामकाज गरिरहेका पण्डित मिश्रले कम्पनी बहादुरका पोलिटिकल एजेन्ट मेजर ब्राडशासंग भेट गर्न समय लिई उनीसंग सुलह गर्ने कुरा चलाए । अब नेपाली गलेछन् भन्ने ठानेर गभर्नर जनरल मोयराले सुलहकालागी चार शर्तहरु राखे । युद्धमा गोरखालीले कब्जामा लिएको सबै पहाडी प्रदेशबाट हटनुपर्ने, तराई क्षेत्रको ठुलो भूूभाग काटेर अङग्रेजलाई दिनुपर्ने, सीक्कीमतर्फ कब्जामा लिइराखेको प्रदेश पनि छोडनुपर्ने र काठमाण्डौ वृटिश रेजिडेन्ट स्थायी रुपमा राख्नै पर्ने । यी कुराहरु नेपाल सरकारले स्वीकार नगरेसम्म कुनै प्रकारको सुलह, समझौता हुन सक्दैन भनी ब्राडशाले पण्डित गजराज मिश्रलाई जवाफ दिए । यस्तो सन्धि गर्ने अख्तियारी मैले पाएको छैन भनी सबै कुरा सुनेर गजराज मिश्र काठमाण्डौ फर्के । अर्को नेपाली प्रतिनिधि बम शाहले कम्पनी सरकारका अर्का अधिकारी इ.गार्डनर संग भेट गरी पुनः वार्ता गर्न प्रस्ताव राखे । तर र्गाडनरले पनि उही पुरानो शर्त यथावतै राखे ।
गभर्नर जनरल अर्ल मोयरा काठमाण्डौ नै कब्जा गर्नुु पर्छ भनेर तातिदै जनरल अब्टरलोनीलाई काठमाण्डौ हान्ने कमाण्डर तोकी युद्धको तयारी गर्न लागे । कम्पनी सरकारको यस्तो योजना तयार भएको छ भन्ने खबर नेपालतर्फका सुराकीले काठमाण्डौमा जनकारी गराए । नेपाली वकिल चन्द्रशेखर उपाध्याय पनि दौडादौड गरी काठमाण्डौ पुुगे । अब नेपाल दरवारमा अङग्रेजको मस्यौदा सन्धिमाथि छलफल हुन थाल्यो । अङग्रेजहरुको सामरिक शक्ति कस्तो रहेछ भन्ने कुरा मुख्तियार भीमसेन थापाले बल्ल बुुझे ।
पण्डित गजराज फेरी अङग्रेजको क्याम्प पुुगी तराई प्रदेश जम्मै अङग्रेजी सरहदमा गाभ्ने कुरा नेपालले स्वीकार गर्न सक्दैन त्यसैले यो दफा हटाइ दिनुपरयो भनी आग्रह गरे । तर अङग्रेजहरु नेपालको यो प्रस्ताव स्वीकार गर्न सहमत भएनन् । गजराज फेरी काठमाण्डौ तर्फ कुुदे । नेपाल दरवारमा यस विषयमा छलफल गरी मिश्र सुुगौली पुुगे र २८.११.१८१५ मा प्रस्तावित सन्धिपत्रमा नेपालको एजेण्ट भइ उनले हस्ताक्षर गरे । ९.१२.१८१५मा कम्पनी सरकारले त्यो सन्धिपत्र अनुमोदन गरिहाल्यो । सन्धिपत्रमा राजाको लालमोहर लगाएर १५ दिन भित्र कम्पनी सरकारका प्रतिनिधि ब्राडशालाई बुुझाउनुु पर्ने शर्त पनि राखियो ।
सन्धिपत्रमा हस्ताक्षर गरी गजराज मिश्र काठमाण्डौ फर्केको १५ दिन पुुगे पछि पनि लालमोहर लागेको कागज अङग्रेजका एजेन्ट कहाँ नपुुगेपछि कम्पनी सरकारले नेपाल दरवारलाई कडा शब्दमा पत्र लेखी तुरुन्तै सन्धिपत्र अनुमोदन गरी पठाउनु होला अन्यथा वृटिश फौजले कडा हमला गर्नेछ भन्ने धम्की पनि दियो । यस्तो पत्र आए पछि पनि मुख्तियार भीमसेन थापाले अझै आलटाल गरेर झुलाएर राख्न खोजे । उता अङग्रेजी फौजले हरिहरपुुरतर्फबाट ठुलो हमला गर्दै मकवानपुुर गढी समेत कब्जा गरयो । जनरल अक्टरलोनी मकवानपुरमा आएर क्याम्प खडा गरी बसे र काठमाण्डौ हान्ने तरखरमा लागे । अब बल्ल भीमसेन थापाको होस आयो र त्यो सन्धिपत्रमा राजाको लालमोहर लगाई अनुुमोदन गरी भन्द्रशेखर उपाध्यायलाई दौडाए । ३ मार्च १८१६ मा चन्द्रशेखर उपाध्याय जनरल अब्टरलोनीको क्याम्पमा पुुगी लालमोहर लागेको सन्धिपत्र ४ मार्च १८१६ मा मकवानपुुर क्याम्पमा अक्टरलोनीको हातमा चढाए ।

Subscribe to:
Posts (Atom)
धर्म, संस्कृति र जीवनको बहस
धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर, २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...