Monday, July 15, 2024

अत्रि र आत्रेय गोत्र हुने नेपाली राजा प्रजा

 अत्रि र आत्रेय गोत्र हुने नेपाली राजा प्रजा

अन्नपूर्ण पोस्ट, २०७६ साउन ३२ गते शनिबार, फुर्सद

प्रो.माधवप्रसाद पोखरेल

 

१.      अत्रि र आत्रेय गोत्र हुने नेपाली राजा प्रजा :

वंशावलीहरु भिडाउँदा अत्रि गोत्र र आत्रेय गोत्र हुने सबै नेपालीहरु अनि ३४ ओटा बाइसी चौबिसी राज्यका ‘चन्द्रवंशी’ राजाहरु एउटै बाबुका सन्तान देखिन्छन् ।

क.    ‘सेती अञ्चलको दिग्दर्शन’ भन्ने किताब (पृष्ठ ३०१) मा पूर्ण प्रकाश नेपाल ‘यात्री’ ले यी चन्द्रवंशीहरु अनेक जात (बाहुन, छेत्री, खस ठकुरी, नेवार, मगर, सन्यासी, कामी, दमाईँ, सार्की, दराई, राजी, गाइने, माझी, आदि) मा र अनेक थर र अनेक गोत्रमा विभाजित भएका पाइन्छन् भन्ने लेखेका छन् ।

ख.    डा० राजाराम सुवेदीले लेखेका बाइसी (कर्णाली प्रदेशको मध्यकालीन इतिहास, १३६-१३७) चौबिसी  राज्यका इतिहास अनुसार तेत्तिस चौँतिस ओटा बाइसी चौबिसी राज्य (दुल्लु, दैलेख, जुम्ला, खाँडाचक्र, रुकुम, जाजरकोट, सल्यान, गोताम, मुसिकोट, बाँफी, सान्नी, जहारी, अछाम, फलाबाङ, धुलिकोट, झ्याकोट, माल्नेटा, गल्कोट, दार्मा, दाङ, छिल्ली, दुनै, गजुल, थलारा, बझाङ, रास्कोट, डोटी, प्युठान, आदि) का राजाहरु मलय बमका सन्तान देखिन्छन् र एउटै बाबुका सन्तान ती सबैजसो अत्रि र आत्रेय गोत्रमा बाँडिएका पाइन्छन् ।

ग.      मैले अध्ययन गरेका त्यस्ता चन्द्रवंशी राजाहरुका वंशावलीमा अत्रि र आत्रेय गोत्र हुने छेत्री (बगाले थापा), बाहुन (पानी पोखरेल, गोतामे) का वंशावली भिडाउँदा पनि काशीदास पछाडि दश पुस्ता धेरैजसो खुरुखुरु मिलेको पाएको छु ।

घ.     मोहन बहादुर मल्ल (‘सिजा इतिहासको डोरेटो’, २०३३: ३६) को विश्लेषण अनुसार देवचन्द्र समाल (१३८४-८६) आदित्य मल्ल (१३५६-८४) का ज्वाइँ काशीदास (१३६४-१३८४) का छोरा, ‘गजेभीम’ (अर्थात्, राजा गगनिराज, १४१७) काशीदासका नाति र मलय बम (१४२९-१४३५) काशीदासका पनाति देखिन आउँछन् अनि बाइसी चौबिसी राज्यका सबैजसो राजाहरु मलय बमका सन्तान देखिन्छन् ।

 

२.     चन्द्र वंश, अत्रि गोत्र र आत्रेय गोत्र :

नेपालका वंशावलीहरुमा एउटै व्यक्ति (काशीदास) का सन्तानहरु मध्ये राजाहरुले चाहिँ आफुलाई चन्द्रवंशी (पर्वतका मल्ल राजा, कुमाउँका चन्द), अथवा सोमवंशी, अथवा बुधवंशी (गोपाल राजवंशावली अनुसार जयस्थिति मल्ल, मोहन बहादुर मल्ल, २०३३: ४०-४१) भनेको पाइन्छ भने, अरु छेत्री (बगाले थापा, कालिकोटे खँड्का) बाहुनहरुले चाहिँ आफुलाई अत्रि (गोतामे, खतिवडा, चापागाईँ, ओझा, आदि) अथवा आत्रेयगोत्री (जस्तै, पानी पोखरेल, पौडेल)  मात्र भनेको पाइन्छ ।

क.    वंशावली बनाउनेहरुमा आफुलाई पुराणका देउता अथवा ऋषिमुनिका वंशज घोषित गर्ने चलन हुन्छ, त्यसैले प्रमाणित गर्न नसकिने भए पनि काशीदासका नेपाली सन्तानहरुमा पनि यस्तो प्रवृत्ति पाइन्छ ।

ख.    पुराण अनुसार चन्द्रमा अत्रि ऋषिका जेठा छोरा भएकाले चन्द्रमा अत्रि गोत्रका आत्रेय हुन् । यसै कारणले आफुलाई अत्रि गोत्र भन्नेहरु पनि अत्रि ऋषि त होइनन् नि, त्यसैले ‘आत्रेय’ (अर्थात्, अत्रिका सन्तान) नै हुन् । यसैले चन्द्रवंशी भन्नु, आत्रेय भन्नु र अत्रि गोत्रको भन्नु एउटै कुरो हो ।

ग.      यस प्रमाणका आधारमा एउटै बाबु (काशीदास) का सन्तानले आफुलाई आत्रेय गोत्र हुने र अत्रि गोत्र हुने भनेर दुवै किसिमले चिनाएको पाइन्छ ।

घ.     देउता र ऋषिसित आफ्नो वंश जोड्ने यस्तो मोहले गर्दा वंशावलीहरुमा रमाइलो के पाइन्छ भने काशीदासकै वंशज अरु राजाहरुले आफुलाई चन्द्रवंशी घोषित गरे पनि जाजरकोटे राजा (विश्वनाथ भट्टराई, २०३१) हरुले चाहिँ आफुलाई सूर्यवंशी घोषित गरेको पाइन्छ ।

 

३.     कन्नौजसँग चन्द्रवंशी राजाहरुको साइनो :

नेपालका सबै अत्रि र आत्रेय गोत्र हुने बाहुन छेत्री र चन्द्रवंशी राजाहरुको वंशावली कन्नौज (कान्यकुब्ज) सँग जोडिन्छ । भारतको उत्तर प्रदेश राज्यमा गङ्गा किनारमा पर्ने कन्नौज नैमिषारण्य (नेमसर) नजिकैको प्राचीन सहर हो ।

क.    मुसलमानहरुको आक्रमण (मु० गजनी १०१८-१९ इ०, मु० गोरी ११९४, अलाउद्दिन खिल्जी १३०३) भन्दा अगाडि पनि बङ्गालका पालहरु (आठौँ-नवौँ शताब्दी) ले, आफुलाई सूर्यवंशी घोषित गर्ने गुर्जर प्रतिहारवंशी राजाहरुले अनि चन्द्रवंशी ‘राष्ट्रकूट’, ‘राठौड’, ‘राइठोर’ अथवा ‘गाहडवाल’ (१२ औँ शताब्दी) राजपुतहरुले कन्नौजमा आफ्नो आधिपत्य जमाए ।

ख.    एघारौँ शताब्दीमा मु० गजनीले कन्नौजबाट गुर्जर प्रतिहारवंशी राजाहरुलाई धपाए, १२ औँ शताब्दी (११९४ इ०) मा मु० गोरीले गाहडवाल वंशको अन्त्य गरे भने १४ औँ शताब्दी (१३०३ इ०) मा अलाउद्दिन खिल्जीले काशीदास पाध्याका बाबु मठिमल्ल राइठोरलाई मारे (सच्चिदानन्द भट्टाचार्य, ‘भारतीय इतिहास कोश’, १९६७ इ०)।

ग.      कन्नौज हत्याउने सूर्यवंशी गुर्जर प्रतिहारहरु पनि, चन्द्रवंशी गाहडवाल राइठोरहरु पनि जब जब कन्नौजबाट विस्थापित भएछन्, तब तब मानसरोवर जाने बाटो समातेर दुल्लु र जुम्ला हुँदै पश्चिम तिब्बत पुगेछन् भन्ने अड्कल गर्न सकिन्छ, किन भने सूर्यवंशी गुर्जर प्रतिहारहरुको थर पनि अन्त तिर पाल भई सकेको थियो । जुम्लाका राजा पुण्य मल्ल पनि जन्मिँदा सूर्यवंशी पाल नै थिए ।

घ.     मु० गजनीले हराए पनि कन्नौजबाट गुर्जर प्रतिहारहरुलाई गाहडवालवंशी राठोडहरुले विस्थापित गरे । त्यस्तै, मु० गोरीले चन्द्रवंशी गाहडवालका शासक जयचन्द्रलाई मारे पनि १४ औँ शताब्दीमा अलाउद्दिन खिल्जीले मठिमल राठोडलाई मारेर राठोडहरुलाई ‘शर्मा पाध्य’ थर लिन बाध्य बनाए पछि ती सबै मानसरोवर जाने बाटो समातेर जुम्ला नै पुगेछन् भन्ने देखिन्छ ।

ङ.     ठिक्क एघारौँ शताब्दीको मध्य तिर पश्चिम तिब्बतमा लाङ्दार्माका सन्तानहरुबाट ‘पाल’ थर भएका भारतीय शासकहरुले शासन हत्याउँछन् (जिउसेप्पे टुची, ‘नेपाल : द डिस्कभरी अफ द मल्ल’, १९६० इ०)। सम्भवतः ती शासकहरु मु० गजनीले हराएका गुर्जर प्रतिहारवंशी राजा नै थिए ।

च.     त्यस्तै १२ औँ शताब्दी र १४ औँ शताब्दीमा क्रमशः मु० गोरी र अलाउद्दिन खिल्जीबाट युद्ध हारेका चन्द्रवंशी राजपुतहरु पनि सम्भवतः पृथ्वी मल्लको शेष पछि बाइसी चौबिसी राज्य हत्याउन सफल भएछन् भन्ने अड्कल गर्न सकिन्छ (डा० रामनिवास पाण्डेय, ‘मेकिङ अफ मोडर्न नेपाल’, १९९७ इ०)।

 

४.     पानी पोखरेलको वंशावलीका सूचना :

आत्रेय गोत्र हुने पानी पोखरेलका वंशावली (कृष्णचन्द्र पोखरेल, २०४२) को परिशिष्ट (पृष्ठ ६५४) मा के लेखिएको छ भने,

क.    पानी पोखरेलका पुर्खा काशीदास जोशीका कुल देवता मस्ट थिए,

ख.    काशीदासले सबै विद्या (षट् शास्त्र) पढेका थिए, जस मध्ये ‘भास्वती’ भन्ने ज्योतिष ग्रन्थ पनि पर्थ्यो,

ग.      काशीदास गङ्गा किनारको कन्नौज र हरियाणाका बाहुन थिए ।

घ.     कन्नौजबाट काशीदास म्लेच्छहरुका पिरले दुल्लेश्वर (दुल्लु) आए ।

ङ.     दुल्लेश्वर (दुल्लुका राजा) ले काशीदासलाई बोलाएर सम्मान दिए । काशीदासले राजाका अगाडि केही चमत्कार गरेर देखाई दिए : (अ) उनले ज्वाला प्रकट गराई दिए । उनको त्यो चमत्कार देखेर राजाले उनलाई प्रतिष्ठा दिए अनि दुइटा पोखरी खनाए । काशीदासले ती दुइटा पोखरी मध्ये एउटालाई दुधले, अर्कालाई पानीले भरी दिए । (ज) त्यो चमत्कार देखेर राजाले उनलाई ‘पोखर्‍याल’ थर दिए ।

च.     वंशावलीमा काशीदासबाट उनका सन्तान दरसन्तानको १३ पुस्ते नामावली (कासीदास, विसनदास, देउदास, ब्रह्मदास, देवाकर, स्यवाकर १, श्रीकर, इन्दीकर, उदयानन्द, भास्कर, स्यवाकर २, रघुनन्दन, निबु) आउँछ । पानी पोखरेलको वंशावलीमा देखिने काशीदास पछाडिका दश पुस्ता सम्म पाइने यी नामहरु नेपालका चन्द्रवंशी राजाहरुका धेरैजसो वंशावलीसँग खुरुखुरु मिल्छन् ।

छ.     पानी पोखरेलको वंशावलीमा नै के देखिन्छ भने अत्रि गोत्र हुने गोतामेहरु, आत्रेय गोत्र हुने पोखरेलहरु र समाल ठकुरीहरु काशीदासका सन्तान ‘निबु’ नाम गरेका एउटै व्यक्तिका चार ओटा छोरा (चेला) रहेछन्, जस्तै, (अ) जेठा गोलस्यका सन्तान समाल ठकुरी भए, (आ) माइला छोरा कबेडीका सन्तान गोतामे भए, (इ) साइँला छोरा सैगुणका सन्तान पोखरेल भए भने, (ई) कान्छा केदारुका सन्तान मारुल्याका दुलाल भए।

ज.     साइँला सैगुणको नाउँ ‘चाभा’ र ‘केलु’ पनि देखिन्छ । लाभु (खोलो?) पार बस्ने यिनका सन्तान ‘लाभुल्याल’ भनिन्छन् भने, पहरी गाउँमा बस्ने तिनका सन्तान ‘पहाडी’ भनिन्छन् । सैगुणका जेठा छोराको नाउँ ‘मभी’ थियो, माइला छोराको नाउँ ‘चाचल्या’ थियो भने, साइँलाको नाउँ चाहिँ जगतानन्द थियो । कान्छा छोराको नाउँ लेखिएको छैन ।

झ.     पानी पोखरेलको वंशावलीमा लेखिए झैँ सबै चन्द्रवंशी राजाहरुका पनि कुल देवता मस्ट हुन् ।

ञ.     चन्द्रवंशी राजा लगायत अत्रि र आत्रेय गोत्र हुने सबै नेपालीहरुका पुर्खा काशीदास षट्शास्त्र जान्ने ज्योतिषी रहेछन् । वाणीविलास ज्योतिर्विद्ले पनि लेखेका छन्, ‘काशीदास इति प्रभाकरसुतः षट्शास्त्रवेत्ता सुधीः (प्रभाकरका छोरा काशीदास षट्शास्त्र जान्ने थिए) । कर्णाली प्रदेश सरकारको योजना आयोगका उपाध्यक्ष डा० पुण्य प्रसाद रेग्मी दैलेखका प्रसिद्ध ज्योतिषी धर्मराज रेग्मीका छोरा हुन् । उनका घरमा काशीदास जोशीले लेखेको ज्योतिषको ‘रत्नकोश’ भन्ने पुरानो ग्रन्थ पाइएको छ । पूर्ण प्रकाश नेपाल ‘यात्री’ ले पनि एउटा अप्रकाशित ग्रन्थमा दैलेखमा धर्मराज रेग्मीका घरमा त्यो ‘रत्नकोश’ आफुले केही अंश पढेको सूचना दिएका छन् । डा० रेग्मीले मलाई त्यस ग्रन्थका केही पृष्ठ पठाई दिएका छन् । यसबाट काशीदास जोशी ज्योतिषी रहेछन् भन्ने कुरो प्रमाणित हुन्छ ।

 

५.     इतिहासका थप प्रमाण :

क.    ओंकार प्रसाद गौचन (२०२६) के लेख्छन् भने, जुम्लाका राजाले आफ्नी छोरी काशीदास पाध्यालाई दिए र दाइजोमा उनलाई ठाकुरजी लेकको दक्षिण सम्म फैलेको फाँटको शासक बनाई दिए अनि ज्वाइँलाई खुसी पार्दै के भने भने, नाति जन्म्यो भने, म उसलाई राजा नै बनाई दिन्छु । केही समय पछि जन्मेको नातिको नाउँ ‘देवचन्द्र’ (इतिहास प्रकाश, २.३: २३७-२९९), ‘देवदास’ (इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह, ६०९-६११) वा ‘देवसिंह’ राखियो । वचन अनुसार राजाले देवदासलाई गण्डकी र सेती नदी बिच उत्तरमा ठाकुरजी लेक र दक्षिणमा चुरे पहाड सम्मको भूभागको राजा बनाई दिए (इतिहास प्रकाश २.३: ३८७-३९९)। फलतः राजस्थानको राजवंश इतिहासमा पहिलो पल्ट पहाडी प्रदेशको राजा हुन पाएकाले तिनीहरुलाई मानिसहरुले ‘पहाडी राया’ पनि भन्दथे (पृ० २२१)। यसरी काशीदास, रत्नसिंह वा रत्नज्योतिले नेपाल पसेर थोरै समयमा अनेक चमत्कार र चिताई नसक्नु उन्नति गरेकाले मानिसहरुले उनलाई ‘जालन्धरी’ राजा अथवा ‘औतारी राजा’ भन्ने नाउँ राखे (इतिहास प्रकाश १.१: ६९-११९)।

ख.    ओंकार प्रसाद गौचन (पर्वते मल्ल राजाहरुको वंशावली, २०२६) के पनि लेख्छन् भने, दिल्लीका बादशाहले नै उनीहरुलाई राइठोर पदवी दिएका थिए । वास्तवमा ‘राइठोर’ थर ‘राष्ट्रकूट’ बाट अपभ्रंश भए जस्तो छ । काशीदासले त्यो पदवी छोडेर आफ्नो बाहुन थर ‘शर्मा पाध्य’ राखे अनि एउटी आचार्य बाहुनकी छोरी बिहे गरेर बाटो लागे ।

ग.      राजा गगनिराज, मलय बम र डिम्ब पनि काप्रियकै सन्तान हुन् (ओंकार प्रसाद गौचन, २०२६)।

घ.     धनवज्र वज्राचार्य (२०२८) ले ‘कर्नाली प्रदेशको ऐतिहासिक रूपरेखा’ भन्ने लेखमा काशीदास जोशी नेपाल पस्ता जुम्लामा आनन्द मल्ल र रिपु मल्लको शासन थियो, त्यसैले काशीदासलाई स्वागत गर्ने तिनै दुइटा राजा मध्ये एउटा हुनु पर्छ भन्ने विचार राखेका छन् ।

ङ.     वंशावली अनुसार काशीदासका एउटा वंशजको नाम ‘निमु’ (पन्ध्रौँ शताब्दीका पर्वतका राजा ‘डिम्ब’, रामनिवास पाण्डेय) छ र उनका एउटा छोराको नाउँ ‘काप्रिय’ छ । ओंकार प्रसाद गौचन (२०२६) को सूचना अनुसार काप्रियले तिब्बतका बादशाहबाट ‘शाही’ थर पाएर उनी  ‘काप्रिय शाही’ भए । मोहन बहादुर मल्ल (२०३१) का विचारमा चाहिँ काप्रियले ‘शाही’ पद पृथ्वी मल्लबाट पाएका हुन् ।

च.     मोहन बहादुर मल्ल (सिंजा इतिहासको डोरेटो, २०३३: ३७-३८) चाहिँ के लेख्छन् भने, काशीदास मानसरोवर जान भनेर जुम्ला आई पुग्दा पूर्वी जुम्लामा चाहिँ आदित्य मल्ल (जाव पाल) राज्य गर्थे भने, पश्चिमी जुम्लामा चाहिँ उनका छोरा पुण्य मल्ल राज्य गर्थे, जसले प्रताप मल्लकी राजकुमारी शकुनमालालाई बिहे गरेर ससुरालीको मल्ल थर लिएका थिए । मोहन बहादुर मल्लका विचारमा काशीदासलाई छोरी (हरमता) दिने राजा आदित्य (आजित) मल्ल नै हुन्, जसले काठमाडौँ उपत्यकामा आक्रमण गरेको कुरो ‘गोपाल राजवंशावली’ मा लेखिएको छ । आदित्य मल्लले नै काठमाडौँ उपत्यका आक्रमण गरेर जुम्ला फर्के पछि आफ्ना नाति देवचन्द्र समाललाई सामाचौरका राजा बनाई दिएका हुन् । आदित्य मल्ल पनि रिपु मल्ल पनि अशोक चल्लकै बेग्ला बेग्लै छोरा (जितारि मल्ल, १३३५ र आनन्द मल्ल) तिरका नाति हुन्।

छ.     डा० रामनिवास पाण्डेय (१९९७ इ०) ले ‘मेकिङ अफ मोडर्न नेपाल’ भन्ने आफ्नो पिएचडीको प्रकाशित शोध प्रबन्धमा काशीदास जोशीका विषयमा धेरै महत्त्व पूर्ण सूचना दिएका छन्, जस्तै :

अ.    काशीदासका पुर्खा लक्ष्मीचन्द्र दिल्लीका सुल्तानले समस्त उत्तर भारत जितेका वेलामा भागेर कन्नौजमा ‘समाल’ हरुकहाँ लुकेका थिए । उनका छोरा मित्रसेनले त ‘समाल’ थर नै लिएका थिए (पृ० २१७) । यो सूचनाका आधारमा समाल थर कन्नौज तिरै प्रचलित रहेछ भन्ने बुझिन्छ ।

आ.  जर्ज टडले राजस्थानको इतिहास (एनल्स एन्ड एन्टिक्विटिज अफ राजस्थान, १९५० इ०) मा लेखे अनुसार १३०३ इ० मा अलाउद्दिन खिल्जीले जयमल फत्तालाई दिल्लीमा आक्रमण गरेकाले उनलाई सहयोग दिन कन्नौजका अन्तिम राजा मठिमल राइठोड गए, तर आफुलाई आक्रमण गरेको बदला लिन अलाउद्दिनले राईठोर थरकै उन्मूलन गर्ने निर्णय गरेकाले उनका युवराज काशीदास (रत्नसिंह अथवा रत्नज्योति) ले आफ्नो थर राइठोरबाट बदले अनि आफुलाई ‘देव शर्मा पाध्य’ (काका देवदत्त राइठोर) को वंशज घोषित गरेर ‘शर्मा पाध्य’ थर लिई एक हुल साथमा लिएर नै हिमालय तिर लागे भन्ने लेखेका छन् (पृ० २२०) ।

इ.       सुदूर पश्चिम र पश्चिम तिरका धेरै लोक साहित्यमा पनि काशीदासको प्रसङ्ग आउँछ । जुम्ला र दुल्लुका वंशावली (इतिहास प्रकाश १.१: ६९-११९) हरुमा काशीदासकी रानी कालिकालाई स्थानीय जनताले देवीकै रूपमा मान्दछन् र मन्दिरमै पूजा गर्छन् (पृ० ३२३)।

ज.     पानी पोखरेलको वंशावलीमा काशीदासका एउटा सन्तान तिब्बतका राजा भए भन्ने पनि लेखिएको छ । त्यसको प्रमाणका लागि सत्यमोहन जोशी (कर्णाली लोक संस्कृति, खण्ड १, पृ० १४) यस्तो लेख्छन्, “सिजा खोला उपत्यकाबाट पनि कर्णालीको हाराहारी हुँदै उँभो लागेका सिंजालहरु (अरुहरु पनि) जाड (भोटे) हरुको रहनसहन र भाषा अपनाई जाडले झैँ नै बसोवास गरी बसेको पनि विदित हुन्छ । जन कथन अनुसार, जाडका संस्कृति र आकृतिले ढालिसकेका एक थरी मानिसहरु अझै पनि आफूहरुलाई ‘हामी ठकुरी हौँ’ भनी टोपल्ने गर्छन् ।”

 

६.      निष्कर्ष :

क.    यसरी नेपालका चन्द्रवंशी राजाहरुको वंशावली र धेरै छेत्री बाहुनको वंशावली कसरी मिल्छ भने, तिनीहरु एउटै बाबुका सन्तान हुन् भन्ने प्रस्ट देखिन्छ ।

ख.    अत्रि र आत्रेय गोत्र हुने यी चन्द्रवंशी राजाहरु र अनेक जात र थरका नेपालीहरु भारतको कन्नौजमा १२-१४ औँ शताब्दीमा शासन गर्ने ‘गाहडवाल’ अथवा ‘राठोड’, ‘राइठोर’ थर हुने शासकहरुका सन्तान देखिन्छन् ।

ग.      कन्नौजका शासकहरु त्यहाँ ११ औँ शताब्दीदेखि १४ औँ शताब्दी सम्म आक्रमण गर्ने मुसलमान शासकहरुबाट आजित भएर आफ्नो जिउ, धन र धर्म रक्षा गर्न मानसरोवर जाने बाटो पक्रेर कर्णाली नदीको गड्तिर समाएर दुल्लु, जुम्ला र पश्चिम तिब्बत पुगेर शक्तिशाली भएका रहेछन् ।

घ.     कन्नौजका यी राजपुतहरु खस जाति चाहिँ होइनन्, टडले तिनीहरुलाई खसका गोती शक जाति भनेर चिनाएका छन्, तर तिनीहरु अनादि कालदेखि पामिर, हिन्दुकुश र हिमालयको पश्चिमी भेगमा प्राग्वैदिक कालदेखि आफ्नो छुट्टै सांस्कृतिक चिनारी जोगाएर बसेका खस (र अरु ) जातिका शासक भएर कसरी नङमासु मिले झैँ मिलेर बसे भने, उनीहरु नै खस राजा भन्ने नामले प्रसिद्ध भए ।

ङ.     माथि उल्लेख गरिएका अत्रि र आत्रेय गोत्र हुने चन्द्रवंशी राजाहरुका सूचनाले अनेक प्रश्नहरु उमार्छन्, ती प्रश्नहरुको चित्त बुझ्दो उत्तर खोज्न अनेक पक्षमा अनुसन्धान गर्नु आवश्यक छ ।

 

Big Lhasa Talk

 Big Lhasa Talk

Amrit Ratna Tuladhar

Let us keenly observe the two short sentimental prayers for a while. The former version is formatted in the Nepalese method whilst the latter version is formatted in the Tibetan method. Whatever, it is nothing more than just rendering the needy salutation to MANI --- the Enlightened One. The title of our commercial company business firm or trading house was spelled out in different styles like Lupou Ratna, Karuna Ratna, and sometimes as Karuna Ratna, Pushpa Ratna. It is a relevant line of my elder uncle, my own father and my younger uncle serially. It should actually have been "Pushpa Sundar & Sons" totally or "Lupou Ratna & Brothers" on a fair basis on the letterhead captions. They exchanged correspondences numerous in number to cover all the bilateral transactions. Therefore they always wrote in Newari instead of Nepali and English. They were all addressed with the high rank of SAHU and Kathmandu was always known as Kantipur during those days.

My father was in Lhasa when I was born in Nepal, on the 23rd of June 1949. My late mother is Hera Sobha Tuladhar who passed away at the age of ninety-four in Kantipur. Very obviously, grandfather Pushpa Sundar Tuladhar had three sons including Lupou Ratna Tuladhar, Karuna Ratna Tuladhar, and Pushpa Ratna Tuladhar respectively. We the lower generation are obliged much to pay sincere tribute to our grandpa Pushpa Sundar Tuladhar who entered life eternal elsewhere than in our sweet homeland. A sky burial was performed in his top honor against what was practiced back in Nepal like religious cremation. As a decent son of a Lhasa-Newar, I do speak some Tibetan which conjures up to be a sheer blend of Tibeto-Burman of the Orient.

Concerning the grandsons chronologically, we are proudly three brothers in all like Amrit Ratna Tuladhar (also known as Hera Bhai), Kamal Ratna Tuladhar (also known as (Sanu Raja) and Dipak Ratna Tuladhar (also just known as Baucha set in a nick-name style). Amrit Ratna and Kamal Ratna have in event been to Lhasa whilst Dipak Ratna has not been to Lhasa at all today (till today). It is highly advisable that the last son of Karuna Ratna also venture to Lhasa --- the Land of Gold once in his life period to supplement any required prestige to the ancestral commerce committed across the Great Himalayan Ranges --- the Pure Abode of the Everlasting Snows and the Land of the Yeti --- the Abominable Snowman. Nepal-Tibet Relation would naturally form the South Asia-Central Asia Relation indeed. 

The Buddhist Newars of Nepal call Mount Everest (8,848 m.) GULUBHADYO whilst the Buddhist Tibetans call it CHOMOLUMGMA. We do share on an equal basis in the long run according to our common Buddha Dharma put to sound practice, you see. The fancy nomenclature of SAGARMATHA would of course apply to the others in general. Rasuwa and Kodari lying on the southern side belong to Nepal whilst Kalimpong also lying on the southern side belongs to India. Gangtok too lying on the southern side belongs to Sikkim. Kerung, Khasa, and Pharijong lying on the northern side belong to Tibet. The terms of Rasuwa, Kodari, Kalimpong, Kerung, Khasa, and Pharijong all sound Mongol by any oriental vocabulary. The four independent countries including Nepal, India, Sikkim and Tibet were busily involved in the trade cum transit system for a long time for sure. There occur three notable paths that virtually led us to Lhasa. a) Kathmandu-Rasuwa-Kerung; b) Kathmandu-Kodari-Khasa; c) Kalimpong-Gangtok-Pharijong; then together onwards to Shigatse, Gyantse and Lhasa --- the final stop. 

Concerning any faithful religion, we also indeed profess Mahayana Buddhism or Himalayan Lamaism. We belong to the Ghelukpa sect and its strict canon which ultimately signifies that we follow the Dalai Lama with a Yellow Hat on. The Dalai Lama is the Religious Head and the Spiritual Leader of the entire Tibetan community. We all treat him as the LIVING BUDDHA too. The Lhasa-Newars happen to call him the Potala Lama as well as he spends most part of the year in the POTALA --- a Royal Palace cum Lamasery cum Fortress which served as the Autumn + Winter + Spring Residence. Otherwise, the NORBULING a smaller palace erected elsewhere served as the Summer Residence. Both of them are nestled within the Great Valley of Lhasa after all.  Or more accurately, His Holiness Ven. The Dalai Lama spends nine months in the Potala whereas he spends the remaining three months in the Norbuling within the same year. The POTALA shows up as the largest monastery of the Tibetan plateau or tableland. Hence it has formally been recognized as a World Heritage Site by the United Nations Organization. It is also the "Wonder of Tibet" sharing similarities with the Great Wall of China, the Taj Mahal of India, and the Pyramids of Egypt. 

However, I find that the tourism entrepreneurs at present have been misled in some way or other than what we were basically taught back in high school. No doubt Tibet is the tallest plateau on earth or the highest tableland in the globe. Some maintain as Tibet to be the Roof of the World. I am afraid, this is totally wrong. To be precise enough, we garnered quality education back in our old alma mater more than half a century ago. The “Roof of the World” is none other than the PAMIR KNOT itself whence the Great Himalayan Ranges flank to the left or towards the cardinal direction of east with Mount Everest (8,848 m.) as the tallest snow-capped peak on earth whilst the Great Sulaiman Ranges flank to the right or towards the cardinal direction of west with Mount Karakorum (8,611 m.) as the second tallest snow-capped peak on this planet. We expedite that the lacuna be rectified at your earliest convenience. We also desire that the inadvertent mention of the Roof of the World referred to Tibet be alleviated in a permanent manner. It was Marco Polo the Pioneer of Italy indeed to offer the fancy nomenclature of “The Roof of the World” to the existing Pamir Knot of colossal nature while venturing along the Silk Road, you see. He was the first Italian to make it to the Royal Court of Kublai Khan in Beijing. Be reminded very well that the European mountains are much lower than the Asian mountains of the Northern Hemisphere. Praise be Eurasian solidarity forever!          

Regarding the famous business run by my respectable ancestors, they had established official branches in Calcutta and Kalimpong. Thus the chapters of Kathmandu, Calcutta, Kalimpong, and Lhasa stood very important, scattered in the four different cardinal directions indeed.  In other words, Lhasa stood as our next or second home, you see. Some foreigners call it the Shangri-La though Lhasa proved to be a forbidden city to the aliens in general. My beloved daddy was once unanimously elected the Chairman of "Nepalese Chamber of Commerce" in Lhasa itself during the Rana Regime incurred back in Nepal. How fortunate had my late father then been who got paid fairly in due time for his never-failing perseverance. Be reminded very well that Calcutta is the nearest sea-port to land-locked Nepal. So my late daddy had been almost from the sea-level to the tallest plateau on earth or the highest tableland in the globe located in the Northern Hemisphere during his entire life-period. Thank you.

 

 

 

Saturday, July 06, 2024

राजा त्रिभुवनले गद्दी छाडेर भारत जानु अगाडि चीन जान खोजेका रहेछन

 राजा त्रिभुवनले गद्दी छाडेर भारत जानु अगाडि चीन जान खोजेका रहेछन

Courtesy: Prem Singh Basnyat’s Facebook

१) राजा त्रिभुबन ले राजगद्दि छाडेर भारतीय दुताबास मार्फत सम्पूर्ण परिवार ( नाती ज्ञानेन्द्र बाहेक) सहित् दिल्ली जानु भन्दा धेरै अगाडि देखी चीन को सहायता बाट नेपालमा राणा प्रसासनिक् पकडको अन्त गर्न खोजेका रहेछन। उनले यस बारेमा अङ्रेजी भाषा बाट चीनका माओत्सेतुङ लाई गोप्य पत्र पठायका थिय। त्यो पत्र को जवाफ मा माओ ले " हामी भौगोलिक दुरी र यातायात को साधन बाट धेरै टाढा छौ । हजुरको इच्छा लाई साथ दिने चाहना हुँदा हुँदै पनि चिने ले भन्दा यो मामिलामा भारतले छिट्टो र भरपर्दो मद्घत दिन सक्छ । भारत सँग पहल गर्नु हुन सुझाब दिन्छु " भनी गोप्य जवाफ दियका रहेछ, माओले।

२ ) त्यस पछी मात्र धर्म भक्त। नर्स एरिका आदी माध्यामा बाट भारतीय दुताबास माअर्फत भारतको सहयोग बाट श्री ५ त्रिभुवन भारत पुग्न सफल भयका रहेछन।

३) माओत्सेतुङ लाई चिट्ठी पठाउन कसरी सफल भयको थियो त ?

क) काठमाडौं कोहिटी "मिनाक्षे" निवासि त्रिभुवनका बिस्वासिला काजी कृष्ण लाल चित्रकार ले पहिला काठमाडौं बौद्ध निवासि चिनिया लामा लाई राजा त्रिभुवनअको खबर सुनाय पछी चिनिया लामा तयार भय छन। त्यस पछी राजा त्रिभुवन ले अङ्रेजी भाषामा सिधै माओत्सेतुङलाई नेपालमा प्रजातन्त्र ल्याउन को लागि सहयोग गर्न र आफ्नो परिवार लाई पेकिङ पुग्ने ब्यबस्था हुन अनुरोध पत्र लेखेका रहेछन। त्यो गोप्य पत्र लाई गीता पुस्तकको बाहिरी सार्हो जिल्द ( कभर ) लाई खुर्केर त्यो गोप्य पत्र गीता पुस्तक को कभर बनाइ जिल्द भित्र लुकाइयको रहेछ।

ख ) त्यो गीता को पुस्तक चिनिया लामाले बिशेष सुत्र बाट भारत उतारी माओत्सेतुङ को मा चीन पठाइयको र अनी सोही तरिकाले माओको जवाफ राजा त्रिभुवनको मा प्राप्त भयको रहेछ। यो काममा काजी कृष्ण लाल र उनकी छोरी समेत को ठुलो हात रहेछ।

४) फेरी लेखे कि , त्यो पत्र को जवाफ मा माओले " हामी लाई यो बिषयमा सहयोग गर्ने चाहना छ। तर यातायात को साधन र भौगोलिक दुरी ले गर्दा त्यत्ती व्याबहारिक नहोला ? तसर्थ भारत लाई बिस्वासमा लियर यो काम गर्दा राम्रो हुन्छ " लेखेछन। अनी मात्र राजा त्रिभुवन भारत तर्फ फर्केका रहेछन।

५) अर्को महत्वपूर्ण कुर के पनि रहेछ भने : २००७ साल फागुन मा राजा त्रिभुवन दिल्ली बाट नेपाल फर्कनु अगी बेलायतको योजनामा UN को प्रतिनिधिहरु नेपाल पठाइ के नेपाली जनताले राजा त्रिभुवन लाई स्विकार्छन वा स्विकार्दैनन ? भनी भुझ्न लगायका रहेछ। त्यस पछी UN ले एउटा प्लेन चार्टर गरेर पठाइ काठमाडौं गौचरण उत्रेको रहेछ। यो कुरा गोप्य रुपले भारतीय दुताबास ले प्रजातन्त्रबादी नेतालाई खबर गरेकोले राणा सरकारको आँखा छलेर सयौ जनता गौचरण पुगी सकेका रहेछन।

६) अनी UN का प्रतिनिधि हावाइ जहाज बाट उत्रे र जनता लाई " के तपाईंहरु राजा त्रिभुवन लाई राजा भयको हेर्न चाहनु हुन्छ " भनी सोधे पछी सबैले नेपाली भाषा बाट नै हामी लाई त्रिभुवन राजा हुनै पर्छ भन्ने जवाफ दियछन। उनिहरु एअर्पोर्ट बाटइ फर्केछन। यो रिपोर्ट UN पुगे पछी अब बेलायत मार्फत भारत हुँदै राजा त्रिभुवनअलाई नेपाल फर्काउने काम भयको रहेछ।

७) मैले आज काठमाडौं म न पा - १३ ताहाचल निवासि काजी कृष्ण लाल का छोरा इन्जिनियर रविन लाल चित्रकार सँग अन्तर्वाता लियकोछु। सोही श्रोत बाट मैले माथिका कुरा लेखे। यो बारेमा भिडियो पनि आउँदैछ।

८) काजी कृष्ण लाल १६ बर्षको उमेर मा राजा त्रिभुवनको पाला मा राजा दरवार को नोकरी मा प्रबेस गरी राजा महेन्द्र र राजा बिरेन्द्र को समेत जम्मा ७४ बर्ष सेवा गर्नु भयको रहेछ। उनको स्वर्गबास होस्।

९) पहिलो तस्बिर काजी कृष्ण लाल को र अर्को तस्बिर इन्जिनियर रविन सँग म छु। हातमा राजा त्रिभुवनको ब्यक्तिगत निसानी " टि " लेखियको फ्रेम आफ्नो फोटो काजी कृष्ण लाल लाई दियको रहेछ।

Addressing Nepal's Brain Drain: A Call for the National Youth Volunteer Service in Nepal

 Addressing Nepal's Brain Drain: A Call for the National Youth Volunteer Service in Nepal

DR. ALOK K. BOHARA

APR 20

https://mail.google.com/mail/u/0/#inbox/FMfcgzGxSlWQgfHgVJcSmlXdcwlzQCxF

 

The article addresses the issue of Nepali youth leaving for higher education abroad, causing brain drain and skills shortages in vital sectors. It proposes a National Youth Volunteer Service program to retain talent, provide educational opportunities, and ensure a return on the country's investment in its youth by deploying them in rural sectors before their departure abroad.

Introduction

The departure of young Nepali minds for higher education abroad has indeed become a concerning trend, exerting a significant drain on the nation's colleges and universities. Startling statistics indicate that more than 100,000 students leave the country annually for higher education, with a considerable number possibly choosing to remain abroad. Moreover, the exodus of graduates in critical fields like medicine, engineering, IT, and other STEM areas poses further challenges for the nation. For instance, in the medical profession alone, nearly half of the 5,000 graduate doctors over the past four years have left the country. This exodus exacerbates the already dismal doctor-to-population ratio, leaving vast rural areas devoid of quality healthcare services. Many view this trend as a loss of our investment in these young minds, which are subsequently harnessed by other nations.

This phenomenon may be attributed to various factors, including the politicization of our campuses, commercialization, administrative delays in exam processes, and the generally lackluster quality of education. Moreover, numerous private educational enterprises are perceived as actively promoting their graduates to pursue further education in the USA, Australia, the UK, and Europe. Some even consider the d ysfunctional and highly chaotic political discourses, coupled with never-ending street demonstrations, as additional exacerbating factors. This article argues that this trend is less likely to be reversed for various reasons, including a demographic shift taking place in the developed countries and the increased demand for human capital. Nevertheless, I propose a youth volunteering program in an attempt to harness these talents for the benefit of the underserved rural areas or the sector.

[For reforms ideas in our higher education, please see the following link: https://nepalunplugged.substack.com/p/reimagining-nepals-higher-education]

Pull and Push Factors

In a free society, bolstered by globalization trends, the movement of human capital, both within and outside the country, is a natural phenomenon. This trend became particularly pronounced following the government's decision to privatize the education sector, leading to the proliferation of thousands of boarding schools and campuses nationwide. Similar to any commodity, private educational enterprises began marketing their offerings through various innovations, packaging, and capital investments.

Several countries, including India, China, South Korea, Nigeria, and the Philippines, face challenges with students leaving for higher education abroad To retain students, these countries have been focusing on improving the quality of their higher education institutions, offering scholarships and incentives, enhancing research opportunities, and strengthening ties between academia and industry. Furthermore, a country like China has been investing in developing world-class universities and providing support for students to pursue advanced degrees domestically. The have also begun to recruit faculty internationally through global competition. These efforts aim to attract students back to their home countries and contribute to national development.

Demographic Decline and Human Capital Needs

The global decline in birth rates poses significant challenges for countries worldwide, impacting demographics, labor markets, and economic productivity. Over the past seven decades, European nations such as Germany and France, along with Japan, China, and South Korea, have experienced a drastic reduction in birth rates, indicating progress in socio-economic development but also leading to an aging population and potential workforce shortages. This trend reflects a shift towards prioritizing education and career over starting families, driven by factors such as improved opportunities for women and urbanization. However, the negative consequences, including strains on social welfare systems and reduced economic productivity due to labor shortages, cannot be ignored.

The German Academic Exchange Service (DAAD), in collaboration with the Federal Ministry of Education and Research, has launched a new initiative to attract and retain international students in the country, aiming to alleviate the shortage of skilled workers. The first program within this initiative, named FIT (Promotion of International Talent for Integration into Studies and the Labour Market), is set to commence in spring 2024, according to Erudera.com. With a budget of up to €1 million running until 2028, FIT aims to support up to 70 projects across German universities, focusing on providing extra career support for international students throughout their studies. The overarching message here emphasizes the critical importance of recognizing the global demand for human capital in shaping our approach to addressing human capital flight. It underscores the necessity for us to develop innovative strategies tailored to our own context. As we observe the initiatives in countries like Germany to attract and retain skilled workers, as well as the heavy investment in the higher education sector by the Chinese government, it prompts us to rethink our own approaches and devise creative strategies to retain our youth and talent. Understanding the global dynamics of human capital demand should inspire us to proactively address the challenges of brain drain and cultivate an environment that fosters talent retention, alongside much-needed quality improvement and infrastructure investment within our own borders.

In light of these global insights, it becomes increasingly apparent that Nepal must confront its own challenges with urgency and innovation. While the international landscape provides valuable lessons, our solutions must be tailored to our unique circumstances. As we ponder the initiatives undertaken by nations like Germany and China, we're compelled to reassess our own strategies and develop inventive approaches to retaining our nation's talent. With a deeper understanding of the global dynamics at play, we're prompted to take proactive steps to mitigate brain drain and foster talent within our borders. This proposal represents a modest contribution towards that goal.

National Youth Volunteer Service (NYVS)

One potential solution could be the establishment of a National Youth Volunteer Service (NYVS) program. Under this initiative, Nepali students aspiring to pursue higher education abroad would be required to dedicate a year to volunteer service in Nepal. Meanwhile, those interested in studying within Nepal would receive vouchers directly, redeemable at any Nepali higher education institution. The duration of the program can be determined after careful consideration of various factors, including the cost-benefit aspect. This program not only encourages young individuals to contribute to national development but also provides them with access to educational opportunities. It also supports Nepali institutions suffering from the loss of students to overseas institutions. Volunteers will be engaged in a variety of areas, including but not limited to development projects, education, environmental conservation efforts, healthcare services, public health, and sanitation, as well as educational outreach initiatives.

The Ministry of Youth could serve as the ideal entity to provide training and orientation before deploying volunteers to the field. Programs like the European Solidarity Corps operate in a similar manner, offering pre-deployment preparation. I also believe we could leverage the expertise of professionals such as doctors, engineers, and nurses, who are rapidly leaving our country in large numbers, to contribute their skills to rural areas before seeking opportunities abroad.

The challenge lies in ensuring that these professionals do not duplicate their efforts, volunteering both after completing high school and again after obtaining their professional degrees. Many of these graduates possess valuable expertise beyond what high school graduates can offer. Thus, we must strategize on how to effectively engage them without redundancy.

Some Examples

Drawing inspiration from various youth volunteering programs worldwide, such as Nigeria's National Youth Service Corps (NYSC), Germany's voluntary civilian service, and Canada's Katimavik program, the NYVS aims to foster a sense of civic responsibility and national pride among Nepali youth. This initiative seeks to harness the talent and potential of young Nepalis to address local challenges while nurturing their academic aspirations. This program can also be used to leverage the talent and skills of those born abroad to Nepali parents in the diaspora, highlighting its emphasis on fostering a spirit of unity and solidarity among all Nepalis, irrespective of cultural, religious, geography, or social background.

There are several examples of countries implementing youth volunteer programs with skill training components. Another example is the European Solidarity Corps, which offers volunteering opportunities for young people aged 18 to 30 across Europe. Before deployment, participants receive training related to their chosen project, as well as language and intercultural learning. In Canada, there's Katimavik, a national youth volunteer service program that offers young Canadians aged 17 to 25 the opportunity to volunteer and gain valuable skills through community placements across the country. Participants receive orientation and training before beginning their placements. These programs typically include training in areas such as language, cultural sensitivity, project management, and specific skills relevant to the volunteer work they'll be undertaking. Implementing a similar model in Nepal could provide young volunteers with the necessary skills and preparation to contribute effectively to rural development projects while also ensuring their safety and well-being.

Conclusion

In conclusion, the establishment of a National Youth Volunteer Service in Nepal represents a step towards addressing the challenges of brain drain and fostering national development. By encouraging young individuals to contribute to their country through volunteer service and providing access to educational opportunities, this initiative aims to retain talent, support local institutions, and nurture a sense of civic responsibility among Nepali youth. Moreover, leveraging such a volunteering service program can allow Nepal to obtain returns on its investment in its youth by deploying them in rural sectors before their departure to foreign lands, thereby contributing to local development and enriching their experiences for future endeavors.

Acknowledgement:

The paper has benefited from the valuable feedback provided by Kedar Bhakta Mathema (former VC of TU). I would welcome further refinements to this idea.

Saturday, January 27, 2024

किरातको इतिहास : को हुन् किरात राई ?

 किरातको इतिहास : को हुन् किरात राई ?

डा. भक्त राई, लोकपाटी न्यूज ६ माघ २०७६, सोमबार

किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। किरात भन्नाले एउटै मात्रै जातिलाई नबुझाई विभिन्न जातिहरूलाई बुझाउने समुच्च अथवा समष्टि रूप हो। यो विभिमन्न जातिहरूको माला हो अर्थात् विभिन्न जातिहरूको साझा पहिचान हो।

नेपालको विभिन्न आदिवासी जनजातिमध्ये किरात जात पनि मूल बासिन्दाका रूपमा परिचित छन्। किरातभित्र कुन–कुन जातिहरू पर्दछन् भन्ने विषयमा मतैक्यता पाइँदैन। जनकलाल शर्माका अनुसार किराती भन्नाले मूल रूपमा राईलाई मानिन्छ र यदाकदा यिनीहरूलाई जिम्दार पनि भनिन्छ। ‘किराती’ शब्दको प्रयोग यदाकदा अपवादका रूपमा लिम्बूका लागि पनि नभएको होइन।

किरात जातिका बारेमा इमानसिंह चेम्जोङ भन्छन्, वर्तमान समयमा लिम्बू र राई मात्र किराती भनी प्रख्यात भएको भए तापनि गुरुङ, मगर, थकाली, सुनुवार, नेवार, तामाङ, शेर्पा, कागते, लाप्चे, मेचे कोचे, धिमाल, थारू, दनुवारसमेत किरात हुन्। यसैगरी, नेपालबाहिर आसामका ताई र भियतनामी जाति, फिलिपाइनका खम्बोज जाति र युनानी चिनिया जाति पनि किरात हुन्।

यसै क्रममा अर्का अनुसन्धानदाता डोरबहादुर विष्टका अनुसार किरातका सन्तानहरूमा आफ्नो मातृभाषाका रूपमा तिब्बत बर्मेली भाषाहरू बोल्ने राई, लिम्बू, सुनुवार, जिरेल, कोयू, गुरुङ, मगर, थकाली, मेचेकोचे र काठमाडाैका पहिलेका नेवारहरू हुन्।

तुलसी दिवसका अनुसार धिमाल जाति आफूलाई किराती मान्दछन्। ईसापूर्व १००० वर्षभन्दा धेरै पहिले भारतीय उपमहाद्वीपको उत्तरी र पूर्वी हिमालय क्षेत्रमा आएर बसेका किरातीहरूको एक शाखा धिमालहरू पर्दछन्। किरातका बारेमा हर्षबहादुर बुढामगर भन्छन्, ‘हिमालयका विभिन्न ठाउँमा बसोबास गर्ने मगर, गुरुङ, लिम्बू तामाङ, चेपाङ, नेवार आदि किरातहरू हुन्। रामकुमार पाँडेका अनुसार किरातहरू लिम्बू, राई, सुनुवार, नेवार, मगर, कुमाले, तामाङ, गुरुङ, भोटे, थारू, याख्खाका रूपमा विकास भएका हुन्।

यसैगरी, किरातभित्र कुन कुन जातिहरू पर्दछन् भन्ने विषय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेखक अनुसन्धाताहरूले अर्काथरी धारणाहरू पनि सार्वजनिक गर्दै आएका छन्। यिनीहरूमध्ये ऐडेन मान्सिटाइका अनुसार खास अर्थमा राईहरू मात्र किराती हुन्। सही रूपमा यसको प्रयोग (खुम्बू) राईहरूका लागि मात्र हुनुपर्दछ। जर्ज ग्रियर्सनको भनाइ अनुसार याख्खा र लिम्बूहरूलाई प्रायजसो किराती भनिँदैन।

यसरी हेर्दा के देखिन्छ भने एकथरी विद्वान्हरूले खम्बू अर्थात् राईलाई मात्र किराँती भन्ने गरेको देखिन्छ भने अर्काथरि विद्वान्हरूले किरातीभित्र अन्य जातिहरू पनि पर्दछन् भन्ने धारणा व्यक्त गरेका छन्। वस्तुतः किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। किरात भन्नाले एउटै मात्रै जातिलाई नबुझाई विभिन्न जातिहरूलाई बुझाउने समुच्च अथवा समष्टि रूप हो। यो विभिन्न जातिहरूको माला हो अर्थात् विभिन्न जातिहरूको साझा पहिचान हो।

यसरी किरात राई जातिभित्र कुन कुन जातिहरू पर्दछन् भन्ने विषयमा लामो समयदेखि नै विभिन्न किसिमका फरक–फरक धारणाहरू आइरहेका छन्। तापनि, हाल आएर राई, लिम्बू, सुनुवार र याख्खा जातिले आफू किरात भएको स्वीकार गरेका छन्। त्यसैले, वर्तमान समयमा किराती भन्नाले यिनै चार जातिहरू राई, लिम्बू, सुुनुवार र याख्खालाई बुझ्ने गरिन्छ। यिनै चार जातिमध्ये राई जाति किरातको प्रमुख जातीय सम्प्रदाय हो। प्रस्तुत आलेखमा यिनै राई जातिको संक्षिप्त परिचय प्रस्तुत गरिएको छ।

जनसंख्या तथा बसोबास क्षेत्र

मूल रूपमा पूर्वी नेपालको पहाडी जिल्लाहरूमा छरिएर बसोबास गर्ने किरात राईहरू हाल आएर नेपालका पूर्वी तराईका जिल्लाहरू खासगरी झापा, मोरङ, सुनसरी, उदयपुर तथा काठमाडांै उपत्यकामा समेत बसोबास गर्दछन्। वैदेशिक रोजगारीका क्रममा खास गरेर ब्रिटिस सेनामा कार्यरत किरात राई जातिका कतिपय मानिसहरू बेलायत, हङकङ, बु्रनाई तथा अमेरिकामा समेत बसोबास गर्न थालेका छन्। यसका साथै छिमेकी राष्ट्र भारतका सिक्किम, पश्चिम बंगाल, अरुणाचल, उत्तर प्रदेश तथा भुटानमा समेत किरात राईहरूको बसोबास पाइन्छ।

यिनीहरूको वास्तविक तथ्यांक नआउनुमा जनसंख्या संकलन गर्ने क्रममा गणकलाई जात लेखाउँदा ‘राई’ नेलेखाई थर (पाछा) लेखाएको देखिन्छ। जस्तै, राईको सट्टामा बान्तवा, साम्पाङ, कुलुङ, थुलङ, चाम्लिङ आदि। यसैगरी, जनसंख्या गणकहरूलाई उचित तालिम र सामग्री उपलब्ध नगराइनु तथा गणकहरूको अनुगमन नहुनाले वैज्ञानिक तरिकाले जनसंख्या गणना हुन नसेककाले पनि किरात राईहरूको वास्तविक जनसंख्या तथ्यांकभन्दा बढी हुन सक्ने अनुमान गर्न सकिन्छ।

थर तथा उपथर (पाछा)

किरात राई जातिभित्र विभिन्न थर तथा उपथर (पाछाहरू) रहेका छन्। किरात राई जातिमा सुरुमा दसथरी राई मात्र थियो भन्ने भनाइ रहेको पाइन्छ। किराती राई जातिमा थरहरूका बारेमा जनकलाल शर्मा भन्छन्, ‘किरात जातिमा भएका दसथरी राईहरू हुन्, १. आठपहरे २. बान्तवा राई ३. चाम्लिङ ४. कुलुङ ५. लोहरुङ ६. नेवाहाङ ७. नेपाली ८. साङपाङ ९. थुलुङ र १०. चौरसिया।’ यसरी हेर्दा के प्रस्ट हुन्छ भने यिनै राईका पुराना थरहरूबाट विभाजित हुँदै टुक्रिँदै र फैलिँदै जाँदा अनगिन्ती थर तथा उपथरहरू देखिँदै आएका छन्, जुन अद्यापि कायमै छ।

यसरी किरात राई जातिमा जातका रूपमा राई र थरका रूपमा साम्पाङ, कुलुङ, थुलुङ, बाम्बुले, खालिङ, नाछिरिङ, दुमी, कोयु, फमा, याम्फू, मेवाहाङ, आठपहरिया, लिङखिम, फाङदुवानी, बेल्हारे, लम्बिछोङ, चाम्लिङ, बाहिङ, बान्तवाजस्ता विभिन्न थरहरू रहेका छन् भने यी थरभित्र पनि आ–आफ्नै पाछा रहेका हुन्छन्। जस्तै, साम्पाङ थरभित्र मालु, बाली, राना, हिराङ आदि। त्यसैगरी, बान्तवाभित्र माङपाङ, मुकारुङ, छाङछा, इसारा आदि अनेकौं पाछाहरू रहेका छन्। यसरी किरात राई जातिको थरअनुसारको आ–आफ्नै भाषा समेत छ।

भाषिक अवस्था

किरात राई जातिका विभिन्न थरहरूको आ–आफ्नै प्रकारका भाषा छन्। कतिपयका भाषा लोप भइसकेका छन् भने कतिपयको लोपोन्मुख अवस्थामा पुगेका छन्। सरकारी एकल भाषिक नीति, बसाइँसराइ मिश्रित सामाजिक संरचना, अन्तरजातीय तथा अन्तरथरीय विवाह, आर्थिक विपन्नता, अन्तर्राष्ट्रिय प्रभाव आदिका कारण अधिकांश राईहरूको भाषिक अवस्था लोपोन्मुख अवस्थामा पुगको देखिन्छ। कतिपय राईहरू जस्तै बाहिङ, कोयू, हायू, याम्फू, याम्फे, छिलिङ, लोहारुङ, मेहवाङ आदि थरी राईका भाषा लोपोन्मुख अवस्थामा पुगिसकेको देखिन्छ।

यसरी किरात राईहरूको जनसंख्या वृद्धिसँगै बसाइँसराइ हुने क्रममा ठाउँअनुसारको संस्कार, संस्कृति र भाषिकाहरूको विकास भई भाषिक विविधता भएको देखिन्छ। वर्तमान परिस्थितिमा नेपालको अवस्था यहाँसम्म आइपुग्दा भने कतिपय किरात राई भाषीहरूले आफ्नो भाषामा पाठ्यपुस्तक, पत्रपत्रिका तथा साहित्यिक रचनाहरू समेत प्रकाशन गर्न थालेका देखिन्छन्। तर, अधिकांश राई भाषाभाषीहरू लोप हुने खतराको नजिक पुगिसकेका छन्।

(लेखक त्रिविविबाट राई जातिका प्रचलित लोकगीतमा विद्यावारिधि हुन्।)

 

Saturday, January 13, 2024

Focus on road safety

 Focus on road safety

Nepal’s inability to fund road safety research hinders innovative solutions to control accidental deaths.

Bhagabati Sedain & Puspa Raj Pant, The Kathamdnu Post, Jan 10, 2024

Nepal’s roads are as unsafe as ever. The World Health Organization’s (WHO) 5th Global Road Safety Status Report, published in December 2023, paints a grim picture of Nepal’s roads. The WHO estimated 8,479 road traffic deaths in 2021; the Government of Nepal, however, reported 2,833 deaths in the same year, nearly three times lower than the WHO’s data. Further, figures show a 71-77 percent increase in Nepal’s absolute number of road deaths than in 2013. While the world witnessed a 5 percent decrease in the absolute number of deaths compared to a decade ago, with 108 countries reporting a decline between 2 percent and 50 percent, Nepal is drifting in the wrong direction, and the target of reducing road fatalities by 50 percent by 2030 seems far from reality.

Nepal supports the Global Plan for the Decade of Action for Road Safety 2021-2030, but it has failed to implement the recommendations of the Global Plan or a national strategy that sets a realistic trajectory target for the decade. An unbalanced and unsystematic focus on road construction safety is a significant failure, leading to persistently high rates of road traffic crashes, fatalities, injuries and substantial social and economic costs.

Economists have estimated that the economic losses of Nepal’s road crashes have tripled each decade—from $14 million in 1996 to $41 million in 2007 and $123 million in 2017. The 2021 national census recorded an increase in the absolute number of people with disabilities; however, data regarding the severity and type of disabilities caused by road crashes are still lacking.

Similarly, the second Decade of Action outlined the key areas for action and suggested action points aligning with the five road safety pillars (road safety management, safer vehicles, safer road users, post-crash response and safer driving environment) and speed control. It describes the government’s role and accountability towards safe systems, leading to the design of transport systems and the development of action plans. The lead agency, usually appointed by the government (absent in Nepal), coordinates and encourages individual or collective road safety endeavours of the private sector, civil society and academia. Equally crucial is capacitating and updating quality standards and law enforcement to evaluate the effectiveness of implemented interventions.

The urgent endorsement of the 8-year-pending Road Safety Bill’s draft is crucial for establishing a Road Safety Management apex body. This will lay the legal foundation for establishing an independent and fully-resourced National Road Safety Council. Once formed, the Council has to finalise the National Road Safety Action Plan (2021-2030). Nepal's failure to adopt the UN Road Safety Conventions and globally recognised vehicle safety standards has resulted in the widespread use of unsafe vehicles, contributing to the severity of road crashes and fatalities.

Traffic law enforcement in Nepal is inconsistent and inadequate. This includes lax enforcement of helmet-wearing laws for motorcycle passengers, a lack of legislation for passenger seatbelt use and child restraints and the widespread use of mobile phones while driving. Safe and high-quality helmets reduce the risk of death from head injuries by over six times, eventually mitigating the risk of brain injury by up to 74 percent. Public awareness campaigns and educational programmes promoting safe driving behaviours and road safety practices among road users are also severely lacking.

We must improve the existing road infrastructure to ensure safety for all types of road users. Nepal has 3.9 million motorised vehicles on its roads. The road network should also be suitable and safe for cyclists and pedestrians, as an unsafe road infrastructure puts them in danger. In 2021, pedestrians and cyclists accounted for 26.3 percent of the total road fatalities. Installing proper pedestrian crossings, traffic lights, and speed control measures around schools and residential areas should be prioritised.

Research evidence, technological innovations and good practice guidance documents are available to guide, support and educate decision-makers on road traffic injuries. Utilising them could save scarce financial resources on road safety; however, the significance of primary empirical research remains crucial. Despite a 5 percent decline in deaths globally, Nepal saw a 77 percent increase due to failed actions.

Nepal’s inability to fund road safety research and development limits evidence generation and hinders innovative solutions to the country’s distinct road safety challenges. Owing to the limited capability of crash data collection, the WHO has to model standardised estimates for Nepal. The police recorded approximately 20,000 injuries, while the Ministry of Health OPD records indicated almost 100,000 road traffic injuries. However, for the year 2021-22, police recorded, on average, 108 crashes daily (nationwide), of which 56 percent were recorded in Bagmati Province alone, and Madhesh and Koshi provinces made up 36 percent. It is difficult to believe that the remaining four provinces (Gandaki, Lumbini, Karnali and Sudurpaschim combined) accounted for only 8 percent of the total crashes. These statistical gaps hinder the ability to accurately assess the scale of a problem and monitor progress towards achieving road safety targets. The road crash data collection system created by the Nepal government with the support of donor agencies urgently needs to be rolled out.

Nepal’s emergency medical services, post-crash response and trauma care, are inadequate, causing delays in treating road crash victims and contributing to higher mortality rates and long-term disabilities among survivors. A sound emergency care system can save lives by strengthening the ambulance system and building the capacity of professionals and responders. A trauma hospital registry can provide data for evidence-based recommendations and help in continuous quality care improvements.

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...