लोकनाटयगाथा घाटुको कथावस्तु, लोकश्रुति, परिवेश, भाषाशैली, आदिको अध्ययन गर्दा साविक पाल्पा हाल नवलपरासी जिल्लाको पहाडी क्षेत्र र देवचुलीको सेरोफेरोलाई केन्द्र विन्दु मान्न सकिन्छ । यसको समथर भागमा रहेका नवलपुर, कोल्हुवा, डण्डा, रजहर, र मुकुण्डपुर क्षेत्रका गुरौं थारुहरुले समेत चैत्रपूर्णिमा देखि वैसाख पुर्णिमा सम्म घाटु देवताको पूजाआजा गरेको पाइन्छ । देवचुलीमा घाटु देवता अर्थात कुमारवर्ती माईको पूजा गर्न जाने थारु समूहमा मादल र झयाली बजाएर नाच्ने गरिन्छ । नृत्यमा सहभागी महिला र पुरुषमा देवता चढने गर्दछ जसलाई घाटु नाटयगाथाको प्रारम्भिक रुप मान्न सकिन्छ । देवचुलीबाटै घाटु संस्कृतिको प्रसारण हुने क्रममा कालान्तरमा व्यवस्थित नाटयगाथाको रुप धारण गरेको मान्न सकिन्छ । साँस्कृतिक विकास र प्रसारको क्रममा यसको स्वरुपमा समुदाय अनुरुप परिवर्तन भएको पाइन्छ
नेपालको इतिहास, जातजाति, संस्कार, संस्कृति, भाषा, लाेकजीवनबारे लेख रचनामा बहस गर्ने मञ्च ।
Saturday, August 06, 2022
लोकनाटयगाथा घाटुको कथावस्तु, लोकश्रुति, परिवेश, भाषाशैली
लोकनाटयगाथा घाटुको कथावस्तु, लोकश्रुति, परिवेश, भाषाशैली, आदिको अध्ययन गर्दा साविक पाल्पा हाल नवलपरासी जिल्लाको पहाडी क्षेत्र र देवचुलीको सेरोफेरोलाई केन्द्र विन्दु मान्न सकिन्छ । यसको समथर भागमा रहेका नवलपुर, कोल्हुवा, डण्डा, रजहर, र मुकुण्डपुर क्षेत्रका गुरौं थारुहरुले समेत चैत्रपूर्णिमा देखि वैसाख पुर्णिमा सम्म घाटु देवताको पूजाआजा गरेको पाइन्छ । देवचुलीमा घाटु देवता अर्थात कुमारवर्ती माईको पूजा गर्न जाने थारु समूहमा मादल र झयाली बजाएर नाच्ने गरिन्छ । नृत्यमा सहभागी महिला र पुरुषमा देवता चढने गर्दछ जसलाई घाटु नाटयगाथाको प्रारम्भिक रुप मान्न सकिन्छ । देवचुलीबाटै घाटु संस्कृतिको प्रसारण हुने क्रममा कालान्तरमा व्यवस्थित नाटयगाथाको रुप धारण गरेको मान्न सकिन्छ । साँस्कृतिक विकास र प्रसारको क्रममा यसको स्वरुपमा समुदाय अनुरुप परिवर्तन भएको पाइन्छ
५० बढी लोक नृत्यमाथि बहस
५० बढी लोक नृत्यमाथि बहस
http://swaviman.com
नेपाली लोक नृत्यको आकर्षण बढाउन पोखरामा सप्ताहिव्यापी
‘राष्ट्रिय नृत्य निर्देशक कार्यशाला–२०७५’ आयोजना गरिएको कार्यशालामा ६० भन्दा
बढी नृत्य निर्देशक एवम् नृत्यका विधार्थीहरुले लोक नृत्यसम्बन्धि बहस गरेका थिए।
सांस्कृतिक
संस्थान, राष्ट्रिय नाचघर काठमाडौले अनुशीलन कला पाठशाला, पोखराको सहकार्यमा २२ देखि
२६ चैतसम्म आयोजना गरेको सो कार्यशालामा देशका सातैवटा प्रदेशका लोकनृत्य
निर्देशकहरुले ५० भन्दा बढी नृत्यबारे कार्यपत्र प्रस्तुत गर्दै सो माथि बहस गरेका
हुन् । नेपालमा बिदेशी नृत्यको प्रभाव घटाएर लोक नृत्यको आकर्षण बढाउँदै यसको
प्रवर्धनको लागि यो कार्यशाला आयोजना गरिएको सांस्कृतिक संस्थानका महाप्रबन्धक
राजेश थापाले कार्यक्रममा जानकारी दिएका छन् ।
गण्डकी
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गरेको
कार्र्यशालामा दैनिक नृत्य सम्बन्धि गोष्टी आयोजना गरिएको थियो । कार्यशालामा
पहिलो दिन चर्या विज्ञ अरुण श्रेष्ठले नेपाली लोकनाचको परिभाषा सम्बन्धमा आफ्नो
कार्यपत्र प्रस्तुत गरेका थिए ।
अरुण
श्रेष्ठको कार्यपत्रमा लोकनाचको जानकारी, उदेश्य, बिकाश बिस्ता, समस्या जस्ता विविध विषय
उठाईएको थियो । त्यसपछि नगेन्द्र राईको साकेला, खौमा र ओहाङ नाच, सुरेन्द्र देसारको चर्या
नृत्य, तुल्सी प्रभासको बालन नृत्य, अनु रजकले थारु समूदायको झर्रा
नृत्य, कुलमान नेपालीको सुर्खेती झ्याउरे नृत्य, सुनिल सुवेदीले झुमरा नृत्य, रोमित कर्माचार्यले लाप्चा
जातीको लोपोन्मुख परम्परागत नृत्यको विषयमा कार्यपत्र प्रस्तुतसँगै छलफल भएको थियो
।
कार्यशालाको
दोस्रो दिनमा लोकचन्द्र श्रेष्ठले सन्थाल जातीको सतार नृत्य, पदमराज ढकालको सोरठि नृत्य, नगेद्र राईको डोकिनी र
साकेन्वा लाक्छाम नृत्य, सन्दिप मण्डलको सामाचकेवा नृत्य, हर्क आलेको कौरा नृत्य, गोरन बहादुर चौधरी र
सुभचन्द्र सुवेदीको सख्यारपैयाँ नृत्य, ओमप्रकाश बस्नेतको भानदान नृत्य, प्रितम लिम्बुको केलाङ
नृत्य र पर्वत राईले चेपाङ जातीको झाक्रि नृत्यको विषयमा कार्यपत्र प्रस्तुतसँगै
बहस भएको थियो ।
कार्यशालाको
तेस्रो शत्रमा कल्याण राना मगरले सोरठी नचरी नृत्य, विकास घले गुरुङले नेपाली
नृत्यको शैदान्तिक ज्ञान, तेजप्रसाद सिवाकोटिले विर्जा समूदायको डमकच नृत्य, प्रतिभा पुन मगरले म्याग्दी
जिल्लामा बसोवास गर्ने मगर समूदायको पूर्खौली नृत्य र गम बहादुर गुरुङले कृष्ण
चरित्र नृत्यको विषयमा कार्यपत्र प्रस्तुत गरे । यी कार्यपत्रमा विभिन्न
बिज्ञहरुले बिचार राखेका थिए ।
कार्यशालाको
चौथो दिन पनि विभिन्न नृत्यमा बहस भयो । चौथो दिन अमन गुप्ताले मेचे समूदायको नाच, सन्तोष मगर र भुपेन्द्र
रिखाम मगरले मगर जातीमा प्रचलित हुर्रा नाच, पवित्रा खड्काले तामाङसेलो नृत्य, प्रेम सुनामले मोरङ
जिल्लामा प्रचलित लोक नृत्यहरुको बारेमा, अनु रजकले मुसहर समूदायको हुरका
नृत्यको कार्यपत्र प्रस्तुत गरे । यस्तै चौथो दिन नै तुल्सी प्रभावले नेवारी
समूदायको छाङछाङदि नाच, सुवेक्षा मेयाङवोले लिम्बु जातीको धान नाच, ओमप्रकाश बस्नेतले विदापद
नृत्य, चिना नेपालीको हुड्केली नृत्य, अमित प्रसाईले हुदुलधुरा नृत्य, नगेन्द्र राईले स्यादर
पिदार र धिमाल नृत्य, हर्क आलेले झाम्रे नृत्य र मनोज राजवंशीले झिझिया, विदापद नृत्यको विषयमा
कार्यपत्र प्रस्तुत गरे । यी कार्यपत्रमा छलफलसँगै सुझाब पनि बिज्ञहरुले दिए ।
कार्यक्रमको
अन्तिम दिन मँगलबार चिना नेपालीको छलिया नृत्य, सुलप खतिवडाको लाप्चा जातीको
तेन्दोङ लार्फाक नृत्य, विकास घले गुरुङको पैस्यारु नृत्य, नगेन्द्र राईको सेग्रो
नृत्य र गोरे गुरुङको घाटु नृत्य विषयको कार्यपत्र प्रस्तुतिसँगै कार्यपत्रमा छलफल
भएके थियो ।
Monday, July 25, 2022
ठूला दल सत्ता टिकाउनमै केन्द्रित : लिङ्देन
ठूला दल सत्ता टिकाउनमै केन्द्रित : लिङ्देन
श्रावण ८, २०७९कान्तिपुर
संवाददाता
काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष
राजेन्द्र लिङ्देनले अहिले ठूला दलहरु सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाएका
छन् । नेपाल प्राज्ञिक परिषद्ले
आइतबार 'नेपालको वर्तमान अवस्था तथा वैकल्पिक मार्ग चित्रको
आवश्यक्ता' विषयक विचार
गोष्ठीलाई सम्बोधन गर्दै उनले अहिले देशको परिस्थिति सामान्य आँखाले देखेजस्तो
नरहेको उल्लेख गरे ।
देश पूर्णरुपले अभिभावकविहीन भएको उनको दाबी थियो ।
अध्यक्ष लिङ्देनले
नेपाली जनताको चाहनाविपरीत एमसीसी, एसपीपी
सम्झौता गर्ने र देशलाई कमजोर बनाउने काम सरकारले गरेको बताए । उनले कुनै पनि बेला देशले
आफ्नो अस्तित्व गुमाउन सक्ने अवस्था देखिन थालेको भन्दै चिन्ता व्यक्त गरे ।
अध्यक्ष लिङदेनले देशलाई
दुर्घटनाबाट बचाउन सचेत नेपालीहरु एकजुट हुनुपर्ने बेला भएको बताए । अध्यक्ष लिङ्देनले देशमा रहेका
विद्यमान समस्या समाधान पूर्ण समानुपातिक संसद्, अभिभावकीय संस्थाको रुपमा राजा, प्रत्यक्ष निर्वाचित
प्रधानमन्त्री रहेको बताए ।
उनले आफ्नो पार्टी आउने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा यो मुद्दालाई मुख्य विषय
बनाएर जनताको बीचमा जाने बताए ।
Thursday, July 21, 2022
37 languages on verge of extinction in Nepal being preserved
37 languages on verge of extinction in Nepal are being preserved
MyRepublic,
Published On: February 21, 2022, 11:21 AM NPT
KATHMANDU, Feb 21: The Language Commission has started the preservation of a total
of 37 languages with less than 1,000 native speakers in order to save them from
extinction.
At a seminar jointly
organized by the Commission, Nepal Academy, and UNESCO on Monday on the occasion
of International Mother Language Day, it was shared that among the 37
languages, 23 are already on the verge of extinction.
Presenting a working
paper, Commission's Chairperson Dr. Lavdev Awasthi said that the Commission
began preserving those languages in association with the University Grant
Commission.
On occasion, Dr.
Sulochana Manandhar presented a paper on popular Nepali fairy tales and
interrelated relations between humans and the environment while Dr. Balkrishna Bal
shed light on the technical process of translation of languages.
Similarly, Dr. Som Bahadur
Dhital presented his paper on the Dhimal language and its relation with cultures.
All the paper presenters univocally called for the preservation of the mother languages
of various ethnic communities.
Inaugurating the event,
Academy's Chancellor Ganga Prasad Uprety said that the program was organized to
support the preservation as well as conservation of all mother languages in a multilingual society like ours.
Similarly, the secretary at
the Ministry of Culture, Tourism and Civil Aviation Maheshwor Neupane viewed
that the State should ensure that mechanisms, infrastructures, and human
resources to provide education to students in their respective mother languages
as mandated by the constitution.
He underscored
coordination among three-tier governments to preserve and conserve mother
languages.
Likewise, member-secretary
at the Academy Jagat Prasad Upadhyay underlined coordination among various
universities and stakeholder agencies to provide education across multiple mother
languages. He shared that a study showed that every 15 days, two languages were
being extinct across the world.
UNESCO representatives
Nirjana Sharma, representatives from the Bangladeshi Embassy in Nepal Ishrat
Jahan, and scholar Yogendra Prasad Yadav among others reaffirmed their commitment
to continue with the collaboration among the stakeholders for the preservation
of the mother languages.
The United Nations
Educational, Scientific and Cultural Programme (UNESCO) 2000 declared to
observe International Mother Language Day every February 21.
(RSS)
Sunday, July 17, 2022
२० वर्षपछि ‘भोटे मेला’
२० वर्षपछि ‘भोटे मेला’
https://saptahik.com.np/culture/2020/02/27/20200227133710
२० वर्षअघिसम्म
भोटबाट घोडालाई नुन बोकाएर ल्याई तराईमा बेच्ने ‘भोटे’हरु दाङको तुलसीपुरस्थित
पर्सेनीमा भेला भएर मेला भर्थे । नुन किन्न मानिसको भीड लाग्थ्यो । मेलामा घोडादौड
हुन्थ्यो । धेरै दौडनसक्ने घोडा राम्रो मूल्यमा बिक्री हुन्थ्यो । जिल्लाभर भोटे
मेला चर्चित थियो ।
सडक र सहरको
विकाससँगै भोटेहरु दाङतिर झर्न छोडे । मेला पनि हरायो । तर, अहिले तीनै
भोटेहरुको सम्झनामा शुक्रबार भोटेमेला मनाइएको छ । शिवरात्रिको अवसर पारेर
तुलसीपुर–७ स्थित कालाखोलामा आयोजना गरिएको मेलामा स्थानीयको उल्लेख्य सहभागिता
थियो ।
‘इतिहास सम्झने प्रयास स्वरूप मेला आयोजना गरिएको तुलसीपुर
उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले बताए । आगामी वर्षमा पनि यस्तो मेलाको
आयोजना गर्ने योजना भएको तुलसीपुर–७ का वडा अध्यक्ष टोपबहादुर केसीले बताए । २०५६
सालदेखि उक्त मेला आयोजना भएको थिएन ।
नेपाली समाजमा प्रचलित नाच गान
नेपाल सँस्कृतिमा कति धनि देश । नेपाली समाजमा प्रचलित नाच गान ।
https://www.upakardhakal.com.np/2021/10/blog-post_23.html
1. साकेला शिली — चाम्लिङ राई,
2. जट जटिन नृत्य
— थारू,
3. मारुनी नाच —
मगर,
4. पाङ्दुरे नाच —
मगर,
5. झामरे नाच —
मगर र गुरुङ,
6. धान नाच — लिम्बू,
7. च्याब्रुङ नाच
— लिम्बू,
8. विरहेन चाँचर —
थारू,
9. चोरखेलिया नाच
— थारू,
10.
रास लिला — थारू ,
11.
कृष्ण लिला — थारू ,
12.
तरवार नाच — थारू ,
13.
झुमरा नाच — राई,
14.
मयुर नाच — थारू ,
15.
महरवा देवी नाच — थारू ,
16.
वडका नाच — थारू युवती,
17.
बाह्रमासे नाच — थारू ,
18.
हददुङ्वा नाच — थारू ,
19.
जोगिरा नाच — थारू,
20.
सरु नाच — थारू,
21.
कठारिया नाच — थारू ,
22.
कटेहर नाच — थारू
23.
रानी नृत्य — थारू,
24.
धुमरा/झुमरा नाच — थारू,
25.
रसधारी, झुमटा, छोकरा, झुर्रा — थारू,
26.
झिझिया नाच — मैथिली,
27.
कहरवा नाच — कहार,
28.
पावस गीत — नटुवा,
29.
भजन गीत — बाहुन, क्षेत्री,
30.
बालुन/वालन — ब्राह्मण/क्षेत्री,
31.
स्याब्रु नाच — तामाङ/शेर्पा,
32.
संगिनी नाच — ब्राह्मण/क्षेत्री,
33.
राजवंशी नाच — राजवंशी,
34.
स्वौक्या ड्वाङ्न्या — दमाई,
35.
ढाल नाच — कुमशाल्या,
36.
वाँतर नृत्य — बाँतर,
37.
झपा नाच — मगर,
38.
हुर्रा नाच — मगर,
39.
रुद्रायणी नाच — नेवार,
40.
कर्मधर्मा नृत्य — झाँगड,
41.
धिमाल नृत्य — धिमाल,
42.
गोडही नृत्य — माझी,
43.
रोदी माच — मगर र गुरूङ,
44.
झाम्रे नाच — मगर र गुरूङ,
45.
झुम्के नाच — मगर र गुरूङ,
46.
सोरठी नाच — मगर र गुरूङ,
47.
सेलो नाच — तामाङ,
48.
मानीरिम्दु नाच — लामा,
49.
टप्पा नाच — मगर,
50.
ट्यामकुली नाच — मगर,
51.
हवेदा, औली — थारू र राजवंशी,
52.
झांगर, कहार — थारू र राजवंशी,
53.
जताहा जातिनी नाच — थारू र राजवंशी,
54.
जाट जटिन — मैथिली,
55.
धिमे नाच — ज्यापु,
56.
धिन्तामै — नेवार,
57.
छ्याम — शेर्पा,
58.
चुडका — बाहुन/क्षेत्री,
59.
सामा चकेवा — मैथिली,
60.
होप्चा नाच — राई,
61.
झूँग नाच — उराव,
62.
लाखे नाच — नेवार,
63.
जुयी, वजाँरे नाच — मगर,
64.
पुलकिसी नाच — नेवार,
65.
अघौं नाच — गुरुङ,
66.
खालो नाच — माझी,
67.
घोडा नाच — नेवार,
68.
जोगी नाच — नेवार, टाकटुके नाच —
नेवार,
69.
लुसी नाच — नेवार,
70.
छोरखोला नृत्य — मेचे,
71.
वैशाख नृत्य — मेचे,
72.
ठेकरा नाच — थारू,
73.
दफू वसुली नाच — चमार,
74.
डोमकछ — मिथिला,
75.
डोल नफाखर नाच — मेचे,
76.
तावुछेवा नाच — तामाङ,
77.
थान नाच — गनगाई,
78.
फुटुक नाच — शेर्पा,
79.
फारुवाही नाच — यादव,
80.
वाघ नाच — नेवार,
81.
भगता नाच — मैथिली,
82.
भोटे सेलो नाच — भोटे/शेर्पा,
83.
रत्यौली नाच — वाहुन क्षेत्री,
84.
रोपाई नृत्य — नेवार,
85.
लठ्ठी नाच/दाण्डिया — थारू,
86.
वर्की नाच — थारू,
87.
वसन्त नाच — नेवार,
88.
वाढाडमी नाच — राई,
89.
सन्थाल/सतार नाच — सतार,
90.
सरङ्गे ना़च — मगर,
91.
सलहेस नाच — दुलाध र मुसहर,
92.
केलाङ् नाच — लिम्बु
93.
चावुङ् नाच — लिम्बू,
94.
रामदल नाच — दनुवार,
95.
पोयामारी नाच — धिमाल,
96.
ठोकर नाच — थारू,
97.
हनुमान नाच — वाहुनक्षेत्री,
98.
सौका नाच — सौका,
99.
काँठे नाच — काठमाडौं,
100.
सौका नाच — दार्चुला,
101.
लहरे नाच — डोल्पा, रुद्रायणी नाच — खोकना,
102.
भद्रकाली नाच — नासल चोक,
103.
झोरा नाच — लमजुङ्,
104.
देउडा नाच — सुदुर पश्चिम,
105.
नवदुर्गा नाच — भक्तपुर,
106.
पचलीभैरव नृत्य — काठमाडौं,
107.
लुमडी भद्रकाली नृत्य — काठमाडौं,
108.
चौलो नाच — डडेल्धुरा,
109.
पुतला नाच — अछाम,
110.
पैंसेरी — डोल्पा,
111.
गौना नृत्य — तराई क्षेत्र,
112.
पतुरिया, हिजडा, चगेरा, चफेरा, करहवा, धोविया, वारी, छपका, पवरिया नाच — कपिलवस्तु
धर्म, संस्कृति र जीवनको बहस
धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर, २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...