Thursday, May 23, 2019

गोचालीदेखि चलीगोचाली


गोचालीदेखि चलीगोचाली

 २८ बैशाख २०७६ १०:२०:००
पहिचान
थारू साहित्यको जग ‘गोचाली’मार्फत महेश चौधरीहरूले २०२८ सालमा बसाले। अब हामीले तमाम गोचाली जन्माउनु छ। 
थारू साहित्यको जग महेश चौधरीहरूले बसाले, २०२८ सालमा ‘गोचाली’ पत्रिका प्रकाशन गरेर। उनी अझै पनि थारू भाषा, साहित्यको उत्थानका लागि मरिमेटेर लागेको देख्दा औधी खुसी लाग्छ। थारू भाषा, साहित्यकेन्द्रित मेरा २६ पुस्तक प्रकाशित छन्। म २०२८ सालमा जन्मिएको हुँ। थारू भाषा, साहित्यप्रति मेरो पनि नजानिँदो गहिरो लगाव भएको देख्दा कहीँ ‘गोचाली’को रूपमा म नै जन्मिएको त होइन ? भन्ने प्रश्न गर्न पनि मन लाग्छ।
दाङदेउखुरीबाट प्रकाशित ‘गोचाली’ पञ्चायत व्यवस्थाविरोधी पत्रिका थियो। त्यसैले, प्रशासनको धरपकडले यसको नियमित प्रकाशन, बिक्रीवितरण हुन सकेन। स्थापनाकालको ४८ वर्ष अवधिमा यसको जम्मा १८ अंक मात्र प्रकाशित हुन सकेको छ। ‘गोचाली’को २०२८ सालको पहिलो अंक मेरो सम्पादनमा प्रकाशित हुने ‘बिहान’ पत्रिकाको २०७३ सालको अंकमा पुनप्र्रकाशन गरेर हामीले अगुवाहरूले गरेका कामको संरक्षण गरेका छौं। 
तत्कालीन महान्यायाधिवक्ता रामानन्दप्रसाद सिंहले ‘थारू संस्कृति’ (२०३३) पत्रिका प्रकाशन गरेर पूर्वीया, पश्चिमा थारू भाषा साहित्य जोड्ने काम गरे। लेखको अन्त्यमा अप्ठ्यारा शब्दहरूको अर्थ पनि दिएर यसलाई थप सहज बनाउन खोजिएको छ। पत्रिकामा राजारानीको तस्बिर, राजाको महावाणी प्रकाशित गरेपछि यो पत्रिकाले निर्बाध रूपले आफ्नो यात्रा थाल्यो। ललितपुरको कृष्णगल्लीमा ‘थारू संस्कृति’ पत्रिकालगायत थारूका अन्य पुस्तक छाप्न प्रेस सामूहिक नै स्थापना गरिएको थियो। तर पनि सिंह परिवारले प्रेस निजीकरण गरेपछि पत्रिका पनि अनियमित भयो। थारू कल्याणकारिणी सभाको मुखपत्र भए पनि यो पत्रिका स्थगित छ।
हालसम्म एक सयभन्दा बढी थारू पत्रिका प्रकाशित भएका छन्। तर कुनै पत्रिकाले ‘थारू संस्कृति’ पत्रिकाजस्तो थारू साहित्यलाई जोड्ने प्रयास गरेनन्, ती आआफ्नै जिल्लामा सीमित भए। काठमाडौंबाट प्रकाशित भए पनि ‘बिहान’ (२०४६) वार्षिक पत्रिकाले पश्चिमा तथा ‘चिरखा’ (२०४७) मासिकले पूर्वीया थारू भाषाका रचना मात्रै प्रकाशित गरे। अझ पछिल्लो समयतिर प्रकाशित भइरहेको ‘थारू संस्कृति’ पत्रिका त नेपाली भाषामा पो प्रकाशित हुन थालेको थियो। तर यो आलेख थारू पत्रकारिताभन्दा पनि थारू साहित्यिक अभियानमा केन्द्रित छ। 
थारू साहित्य मेला 
अजित बराल, नीरज भारीलगायतले साहित्य महोत्सव सुरु गरेपछि काठमाडौं संस्करणका सबै फेस्टिभलमा मैले भाग लिएको छु। अहिले पोखरा सरेको यो कार्यक्रमबाट एनसेलको प्रायोजन हटेर हो कि त्यो नाम झुन्डिएको छैन। यो कार्यक्रममा सहभागिता जनाइरहँदा थारू साहित्य केन्द्रित यस्तै कार्यक्रम गर्न पाए क्या गजब हुन्थ्यो भन्ने हरदम लागिरहन्थ्यो।
बर्दिया मयूरबस्तीका मित्र सुशील चौधरी जागिरका क्रममा नेपालगन्जबाट काठमाडौं उक्लिएपछि उहाँसँग साँझ बिहान यसबारे घनिभूत छलफल भइरहन्थ्यो। उहाँको सम्मानमा मेरो कीर्तिपुरस्थित डेराको छतमा थारू साहित्य वाचन कार्यक्रम पनि गरियो। यसलाई पहिलो शृंखला मान्दै २०७५ चैतसम्म ७३ शृंखला कीर्तिपुरमा सम्पन्न गरेका छाँं। यस शृंखलाले पूर्व, पश्चिम, मध्य सबै थारू साहित्यकारहरूलाई जोड्ने काम गरेको छ। यही नियमित शृंखलाको ऊर्जाले नै बृहत् थारू साहित्य मेला आयोजन गर्ने जाँगर थपिदियो।
थारू साहित्य मेलाको पहिलो भाग २०७२ सालभित्रै गर्ने योजना थियो। हामीले सोही वर्ष दसैंमा सुशीलसँग दाङदेउखुरी, बाँके र बर्दियामा ‘डस्यक् गोरपासु’ भनेर प्रचारसँगै स्थानीय आयोजकहरूसँग मिलेर साहित्यिक कार्यक्रम पनि गरेका थियौं। तर विविध कारणवश तयारी अपुगका कारण २०७३ वैशाख ३ र ४ गते मात्र दाङको घोराहीमा पहिलो थारू साहित्यिक मेला सम्पन्न गरियो। जिविस दाङ र नेपाल प्रज्ञा-प्रतिष्ठानले केही रकम सघाएका थिए। तर सोचेभन्दा बढी खर्च भएकाले आयोजक हर्चाली समूह तथा थारू भाषा तथा साहित्य संरक्षण मञ्चकै पदाधिकारीले जनही रकम उठाएका थिए। पहिलो मेलामा यो पंक्तिकारको संयोजनमा थारू लेखक संघ नेपाल नामक लुज फोरम पनि गठन गरियो।
पहिलो मेलामा थारू कविता, आख्यान, भाषालगायत विषयमा कार्यपत्र प्रस्तुति भएकाले कार्यक्रम बोझिलो भयो। त्यसैले दोस्रो २०७३ चैत १६ र १७ गते कैलालीको पटेलामा भएको दोस्रो थारू साहित्य मेलामा खुला छलफलको कार्यक्रम राखियो। थारू मातृभाषामा शिक्षा, थारू पत्रकारिताको अवस्था, लेखनमा थारू महिलालगायत विषयमा बहसमूलक छलफलले सहभागी लाभान्वित भए।
आख्यानकार रामलाल जोशी तथा नवीन विभासले थारू लेखकहरू माृतभाषासँगै नेपाली भाषामा समेत पकड बनाएर लेखनमा अघि बढ्न दिएको टिप्सले धेरैलाई ऊर्जा थपिदियो।
बर्दियाको बढैयातालमा २०७४ माघ ५ र ६ गते भएको तेस्रो राष्ट्रिय थारू साहित्य मेलामा थारू लोककथाबारे विमर्श, रेडियोमा थारू कार्यक्रम, आख्यान लेखन र रचना गर्भ, थारू रंगमञ्चका चुनौती र सम्भावना, स्थानीय विकासमा बरघर प्रणालीलगायत विषयमा प्यानल छलफल भएको थियो। स्थानीय निकायबाट थारू समुदायको भाषा र संस्कृति संरक्षणलाई लक्षित गर्दै गरिएको बर्दिया विकास बहसले कार्यक्रममा रौनकता थपेको थियो। मेला शब्दले व्यापक अर्थ नदिने हुँदा यसलाई सम्मेलन राख्ने निचोड तेस्रो कार्यक्रममा गरिएको थियो।

थारू भाषाको मानकीकरण
२०७५ चैत २२ र २३ गते रुपन्देहीको सैनामैना होमस्टे उचडिहवामा भएको चौथो राष्ट्रिय थारू साहित्य सम्मेलनमा दंगौरा थारू भाषाको मानकीकरणबारे व्यापक बहस भयो। प्यानलिस्ट डा. कृष्णप्रसाद 
पौड्याल तथा रामबहादुर चौधरीले दंगौरा थारू भाषामा त, , , ध को प्रयोग नभएकाले जिब्रोले जस्तो उच्चारण गर्छ, लेखनमा पनि त्यस्तै प्रयोग गर्दा वैज्ञानिक हुने राय दिए। उता थारू भाषाको पहिलो पत्रिका गोचालीका संस्थापक सम्पादक महेश चौधरीले थारू साहित्य लेखनमा त, , , ध भिजिसकेकाले यसलाई बिगार्न नहुने धारणा राखेका थिए। समस्या कुन वर्ण प्रयोग गर्नेमा नभई थारू भाषामा विविधता भएकाले कुन क्षेत्रको भाषालाई मानक मानेर अघि बढ्न सकिन्छ भन्ने विषयमा बहस छिर्न सकेन। महेश चौधरीले आफूहरूले पत्रिका प्रकाशन गर्दा मानकको कुरा झिक्ने भाषा वैज्ञानिकहरू कहाँ थिए ? भन्दै भाषा स्थिर नभई चलायमान हुन्छ भन्ने तर्क राखे। तर, आफ्नै भनाइ काट्दै आफूहरूले २०२८ सालमा प्रकाशित गरेको ‘गोचाली’ पत्रिकाको शैलीलाई नै दंगौरा थारूभाषीहरूले लागू गर्नुपर्नेमा जोड दिइरहे। 
थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आगन्तुक शब्दलाई थारू भाषामा चलाउन नहुने तर्क राखे। उनले विज्ञहरूको समूह बनाई थारू शब्दकोश, व्याकरण बनाउन आयोगले सघाउने बताए। 
त्यस्तै, थारू नेतृत्व विकासको सवाल विषयको बहसमा टीकापुर घटनामा मुछिएर भर्खरै रिहा भएका लक्ष्मण थारू आकर्षणका केन्द्रबिन्दु थिए। उनले टीकापुर घटना आपराधिक हो कि राजनीतिक ? भनेर सहभागीलाई हात उठाउन लगाएका थिए। सबै सहभागीले ‘राजनीतिक’ भनेर हात उठाएपछि उनले टीकापुर घटनालाई राजनीतिक ढंगले नै सल्टाइनुपर्ने, नभए यसले अर्को विद्रोहको रूप लिन सक्ने चेतावनी दिएका थिए। सोही सेसनमा डेनमार्कका पूर्वराजदूत विजय कर्णले थारू, मधेसी, दलितलगायतलाई राज्यले हेर्न दृष्टिकोण अझै पनि उपेक्षित भएको बताएका थिए। 
डा. धनप्रसाद सुवेदी, नवीन विभास, मुना चौधरीसँग भूमिका चौधरीले मातृभाषा लेखनमा आख्यान विषयमा बहस चलाउँदा साहित्यकारहरू एउटा मात्र भाषामा सीमित हुन नहुने निष्कर्षमा पुगे। उता डा. गोपाल दहित र महेश चौधरीसँग थारू र बुद्धको अन्तरसम्बन्ध विषयमा सुशील चौधरीले बहस गरे। शाक्य वंशसँग थारूहरूको धेरै कुरामा समानता भेटिनुले थारू र बुद्धको सम्बन्ध नङ, मासुझैं देखिएको उनीहरूको मत थियो। गैरथारू अन्वेषकका नजरमा थारू समाज र संस्कृति विषयमा डा. मुकुन्द शर्मा र चन्द्रकिशोरसँग दिलबहादुर चौधरीले बहस गरेका थिए। थारूहरू खानपानलगायत आफ्नै कारणले पछि परेको आरोप डा. शर्माले लगाएपछि कम्तीमा थारूहरूले आयोजना गरेको कार्यक्रममा थारू समुदायको सम्मान गर्न चन्द्रकिशोरले आग्रह गरेका थिए। 
अन्त्यमा,
थारू साहित्य सम्मेलनको चौथो शृंखलासम्म आइपुग्दा यसको मूल संयोजन मैले गर्दै आएको छु। थारू लेखक संघको संस्थापक अध्यक्षको नाताले थारू साहित्यलाई प्रवद्र्धन गर्नुपर्ने मेरो दायित्व छ। तर जिम्मेवारीमा रहे पनि, नरहे पनि प्रत्येक वर्ष थारू साहित्य सम्मेलनको संयोजनमा मेरो संलग्नता रहिरहने छ। थारू साहित्य सम्मेलनको अवसरमा दर्जनभन्दा बढी कृति प्रकाशन भएर विमोचन हुन सक्नु यसको लोभलाग्दो विशेषता छ। यस वर्षको सम्मेलनमा पनि १४ थारू साहित्यकारका १४ कृतिको घुम्टो उघारियो। 
थारू साहित्यको जग ‘गोचाली’मार्फत महेश चौधरीहरूले बसाले। अब हामीले तमाम गोचाली जन्माउनु छ। मैले चलीगोचाली नामक अर्को पत्रिका सुरु गरेको छु । यो जगमा तलामाथि तला थप्दै माथि जानु छ। महेश चौधरीहरूले सुरुमा हामीले जस्तो लेख्यो, अहिले पनि त्यही शैलीमा लेख्नुपर्छ भन्ने अडान लिए भने थारू भाषा, साहित्यले
फड्को मार्न सक्ने छैन। स्थानीय निकायहरूले होस्टेमा हैंसे गरिदिने हो भने थारूलगायत विभिन्न मातृभाषा साहित्यले फल्ने फुल्ने मौका पाउने छन्। यसका लागि मातृभाषीहरूले नै गोडमेल मलजल, गर्न सक्नुपर्छ। 
@ksarbahari


भाषा अर्थात् क्हे-क्युई


भाषा अर्थात् क्हे-क्युई
छम गुरुङ
फुर्सद
 १४ बैशाख २०७६ १२:३२:००
नेपालभित्र बोलिने सबैजसो भाषाको यथाशक्य प्रयोग गरेर हाम्रो भाषालाई समृद्ध र विविधतामूलक बनाउने अभिप्रायमा सानो प्रयास हो, यो शब्दकोश- स्तम्भ।
अंग्रेजी भाषाले संसारका विभिन्न भाषामा प्रचलित शब्दलाई आफ्नो शब्दकोशमा प्रविष्टि दिइरहेको छ। उनीहरूको शब्दकोश मोटाइरहेको छ, तर नेपालमा धेरै भाषा-भाषिका बोलिए पनि हाम्रा शब्दकोश भने पातला नै छन्। हाम्रो ‘मूलधारे’ शब्दभण्डार सीमित छ।
नेपालमा गुरुङ (तमु) जातिको खास रैथाने क्षेत्र गण्डक हो। गण्डक आसपासका जिल्ला, प्रायः देशैभर र बाहिरसमेत संसारका कुनाकुनामा गुरुङ बसोबास गर्दै आएका छन्। ऐतिहासिक आदिथलो भने क्होल-साेंथर हो, यो अन्नपूर्ण हिमशृंखलाको काखमा पर्छ। 
यो जाति (राष्ट्र)को सभ्यता आरम्भ ह्वाङ्हो नदी सभ्यताबाट भएको लगभग सबै विद्वान्हरूको मत छ। विभेदकारी नीतिका साथै तीव्र भूमण्डलीकरणका कारण यो समुदायमा पनि भाषा, संस्कृति, कला-साहित्य धरापमा पर्दै गएको छ। भाषा नै कुनै पनि जातिको खास आधार हो। संसारका हजारौं भाषाको जति मूल्य छ, गुरुङ भाषाको मूल्य पनि बराबर छ। 
एकै समुदायभित्र पनि भूगोलको दूरी र ऐतिहासिक बसाइसँगै भाषामा अलिअलि फरक पर्दै जानु स्वाभाविक हो। भाषाका दृष्टिले तमु समुदाय निकै सम्पन्न रहे पनि यसको अध्ययन-अनुसन्धान र प्रकाशन पर्याप्त हुन सकेको पाइँदैन। 
राज्य वा शासक वर्गले एकात्मक जातीय राज्य प्रणाली अवलम्बन गर्नु, एकल भाषा-संस्कृतिको पक्षपोषण, लाहुरे लडाकु संस्कृति लादिदिनु, उचित साहित्यिक र शैक्षिक-पाठ्यक्रमिक वातावरणको अभाव हुनु, पठन-लेखन संस्कृतिको अभाव हुनु, प्रकाशन प्रसारण गर्ने स्थान र वातावरण त्यति सजिलै उपलब्ध नहुनु तथा सरकारी तवरबाटै प्रोत्साहनको अभाव हुनु आदि हुन्। 
गुरुङ भाषाका केही शब्द र तिनका अर्थ :
स्योबो/छ्याजलो/फ्यो  -   नमस्ते
म्ही   -  मान्छे
तीस्या-खत्र्या   - एकै छिन
खेम्च्ये/खिजे -     छिमेकी
प्वो/ताँ   -  कुरो
पोख्र  -   पोखरा
मार  -   सुन
खी   -  पैंचो
क्यु  -   पानी
     -माटो/पृथ्वी/दाँत
कू   -  छाती/नौ
क्रोब/ङुँ  -   रुनु
दो/आरे   -  छैन
च्ह-च्हमी -    छोराछोरी
धीं/किम्  -   घर
घोदा  -   मानिस मरेको ठाउँमा जानु
पाह/च्यि    - रक्सी
प्वा भुटेको  -   अन्न
कुन्दो   -  महिना र बाख्रा
त्हार्बु   - भेडाको मही सुकाएर बनाएको रोटी
नुलुलु/धेम्पो  -   काम ढिलो गर्ने
प्रो  -   बिहे नगरी जन्माएको बच्चा
प्ह्री  -   अक्षर
फयाँ    - लक्ष्यमा नपुगी अन्त जानु
मी   -  आगो
क्हे/क्युई    - भाषा
ह्यूल   -  देश
स्योंली  -   मन्त्री
लू/प्लु  -   बीउ
पादे/क्हइडु    - गुन्द्रुक
छों/छोङ  -   व्यापार
म्हुइसा/मुन्दम -    अँध्यारो
स्यार्बु/क्येपो   -  कटुवाल
पोलो/च्येर  -   सिस्नु
  -   नाक
कुनी/कुन्दी    - ढिकी
के  -   भारत
कोएँ/क्वोला  -   लुगा
नरे/नाङ्रे   -  कोदो
सिब मर्नु/   - मृत्यु
सङ्ली/सङ्गु    - भूकम्प
चान्दी/खाँयी - सकियो/ समाप्त
छम गुरुङ समाजशास्त्रमा स्नात्कोत्तर तहमा अध्ययनरत छन् ।


धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...