Friday, November 29, 2019

सकियो फुटुक पर्व


सकियो फुटुक पर्व
मंसिर १२, २०७६कान्तिपुर संवाददाता
ताप्लेजुङ — मुलुकभरमै फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलामा मात्रै मनाइने फुटुक पर्व सकिएको छ आगोको ज्वालाले गुम्बाको धुरी कटाउँदै पर्व समापन भएको वडाध्यक्ष छेतेन शेर्पा भोटेले वताए पर्व सकिएपछि बुधवार लामा तथा पाहुनाको विदाइ गरिन्छ 
बहुजाती, बहुभाषी, बहुसस्कृति भएको मुलुकमा फुटुकलाई फरक संस्कृतिका रुपमा लिइन्छ कार्तिक कृष्ण औंसीको रातमा समापन हुने पर्वमा गुम्बाको छेउमा आगो बालिन्छ घिउ हालेर राप बढाउँदै जाँदा जति बेला ज्वालाले धुरी काट्छ, त्यसपछि पर्व समापन गरिन्छ

यसो गर्दा एक वर्षसम्म गाउँमा अशान्ती हुँदैन भन्ने मान्यता रहेको छेतेन वालुङ वताउँछन सय ६३ वर्ष पुरानो गुम्वा रहेको यहाँ तीनदिन लामाले पूजा पाठ गरेका थिए कार्तिक कृष्णपक्षको द्धादसिदेखि लामानाच देखाउन थालिएको थियो यस वेला सबै गाउँले पर्व मनाउन भेला हुने गरेका छन व्यापार व्यवसाय र पशुपालन गर्ने यहाँका हरेक व्यक्ति यस वर्ष पनि घर फर्किएका थिए पर्वमा मिठोमसिनो बनाएर खाने, शुभकामना आदानप्रदान गरिन्छ फुटुक यहाँ मनाइने सबैभन्दा ठुलो चाड हो बर्सौंदेखि मनाइदै आएको चाडमा गुम्बामा लामा पढाउनेलगायत कामसमेत गरी सात दिन विभिन्न गतिविधि हुने छेतेन बताउँछन मूख्य पर्व चार दिन हुन्छ ५६ परिवारको झुरुप्प बस्ती भएको गोलामा पर्व मनाउन याङमाका ११ परिवार अनिवार्य आउँछन भने लेलेप छिमेकी देश चिनको तिब्बतबाट पनि पाहुना आउछन

चार दिनसम्म घर छाडेर सामुहिक रुपमा बस्ने र सामुहिक भोजन गरिने भएकाले गुम्वाको बाहिर टेण्ट टाँगेर पर्वस्थल बनाइएको हुन्छ पर्वमा गाउँका सबै भेला हुने भएकाले बिकास निर्माण, योजनाका विषयमा पनि छलफल हुने गरेको छ

प्रकाशित : मंसिर १२, २०७६ ०९:५४


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...