Friday, November 29, 2019

सकियो फुटुक पर्व


सकियो फुटुक पर्व
मंसिर १२, २०७६कान्तिपुर संवाददाता
ताप्लेजुङ — मुलुकभरमै फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलामा मात्रै मनाइने फुटुक पर्व सकिएको छ । आगोको ज्वालाले गुम्बाको धुरी कटाउँदै पर्व समापन भएको वडाध्यक्ष छेतेन शेर्पा भोटेले वताए । पर्व सकिएपछि बुधवार लामा तथा पाहुनाको विदाइ गरिन्छ । 
बहुजाती, बहुभाषी, बहुसस्कृति भएको मुलुकमा फुटुकलाई फरक संस्कृतिका रुपमा लिइन्छ । कार्तिक कृष्ण औंसीको रातमा समापन हुने पर्वमा गुम्बाको छेउमा आगो बालिन्छ । घिउ हालेर राप बढाउँदै जाँदा जति बेला ज्वालाले धुरी काट्छ, त्यसपछि पर्व समापन गरिन्छ ।

यसो गर्दा एक वर्षसम्म गाउँमा अशान्ती हुँदैन भन्ने मान्यता रहेको छेतेन वालुङ वताउँछन । ४ सय ६३ वर्ष पुरानो गुम्वा रहेको यहाँ तीनदिन लामाले पूजा पाठ गरेका थिए । कार्तिक कृष्णपक्षको द्धादसिदेखि लामानाच देखाउन थालिएको थियो । यस वेला सबै गाउँले पर्व मनाउन भेला हुने गरेका छन । व्यापार व्यवसाय र पशुपालन गर्ने यहाँका हरेक व्यक्ति यस वर्ष पनि घर फर्किएका थिए । पर्वमा मिठोमसिनो बनाएर खाने, शुभकामना आदानप्रदान गरिन्छ । फुटुक यहाँ मनाइने सबैभन्दा ठुलो चाड हो । बर्सौंदेखि मनाइदै आएको चाडमा गुम्बामा लामा पढाउनेलगायत कामसमेत गरी सात दिन विभिन्न गतिविधि हुने छेतेन बताउँछन । मूख्य पर्व चार दिन हुन्छ । ५६ परिवारको झुरुप्प बस्ती भएको गोलामा पर्व मनाउन याङमाका ११ परिवार अनिवार्य आउँछन भने लेलेप र छिमेकी देश चिनको तिब्बतबाट पनि पाहुना आउछन ।

चार दिनसम्म घर छाडेर सामुहिक रुपमा बस्ने र सामुहिक भोजन गरिने भएकाले गुम्वाको बाहिर टेण्ट टाँगेर पर्वस्थल बनाइएको हुन्छ । पर्वमा गाउँका सबै भेला हुने भएकाले बिकास निर्माण, योजनाका विषयमा पनि छलफल हुने गरेको छ ।

प्रकाशित : मंसिर १२, २०७६ ०९:५४


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...