Monday, November 04, 2019

बिरानो हुँदै डोकेनी


बिरानो हुँदै डोकेनी
कार्तिक ९, २०७६भीम देवान
पुरुषहरू जाँडरक्सी र जुवातासमा रमाउन थाले । युवायुवतीहरू देउसीभैलो नाचगानमा हिँडेपछि घरमा वृद्धवृद्धा केटाकेटीहरू मात्र बाँकी रहे 
यस्तो बेला घरधन्दा र कामको बोझले आजित भएका महिलाहरू विद्रोह गर्ने निधोमा पुगे विद्रोहको अगुवाइ गर्ने महिलाहरूले आफ्नै लोग्नेको लुगा लगाएर पुरुषको भेष धारण गरे अनुहारमा मोसो दले, मुखुण्डो लगाए गर्भवती, सुत्केरी र अशक्त महिलाहरूलाई पनि साथैमा लगे सुत्केरी हुन लागेकी श्रीमतीलाई समेत बेवास्ता गर्दै आफूहरू मात्र रमझममा भुलिरहेका पुरुषहरू खोज्दै गाउँ–गाउँ डुले ती विद्रोही महिलाहरू जुवातासको खाल अखडासम्म पुगे तास च्यातिदिए कौडा फ्याँकिदिए त्यसैको प्रतिकस्वरूप घरपरिवारलाई बिर्सेर जुवातासमा भुल्ने पुरुषहरूलाई चेतावनी दिँदै डोकेनी नाचिएको हो एउटा किंवदन्तीअनुसार डोकेनी नाचको सुरुआत यसरी भयो
घाँसदाउरा बोक्ने डोकोलाई घोप्ट्याएर त्यसको तल्लो भागमा छिटको गुन्यु र माथिल्लो भागमा चौबन्दी चोली लगाइन्छ बीचमा पटुकी, त्यसमाथि खाँडीको पछ्यौरी ओढाइन्छ घोप्ट्याएको डोकोको पिंधमाथि टाउकाको आकृति बनाएर त्यसमा शिरबन्दी र शिरफूल, कानमा ढुंग्री र चेप्टे सुन अनि नाकमा बुलाकी डोकाको बीचबाट दुईपट्टि सिन्का छिराएर हात बनाइन्छ हातमा चुरा कल्ली यो हो डोकेनी तयार पार्ने तरिका
दौरा सुरुवाल, इस्टकोट र टोपी पहिरिएको अनि अनुहारमा मुखुण्डो लगाएको पुरुष भेषको पात्रले डोकेनीको सुरक्षा गर्छ कसैले जिस्क्याए धनुकाँडले हान्न खोज्दै धपाउँछ डोकेनीलाई विभिन्न हाउभाउ गर्न याक्खा भाषाबाटै अह्राउँछ अनि सबैसँग सहयोग माग्दै भन्छ, ‘मेरो बूढी सुत्केरी हुनेवाला छ,’ ‘मसला किन्ने पैसा दे’ आदेशअनुसार डोकोभित्र रहेको व्यक्तिले सिन्काको हातको सहायताबाट नमस्कार, सलामजस्ता विभिन्न हाउभाउ गर्छ डोकेनी नाच यसरी नाचिन्छ
तर, सामाजिक परिवर्तन वा सांस्कृतिक अतिक्रमणवा अरू नै कुनै कारणले हो, पूर्वी नेपालको संखुवासभा जिल्लामा मुख्य बसोबास रहेको आदिवासी याक्खा जातिको यो परम्परागत मौलिक संस्कृति ‘डोकेनी नाच’ हराउँदै जान थालेको छ तिहारमा औँसीको रात घर–घरमा नाचिने यो नाच पछिल्लो समय याक्खा समुदायकै गाउँबस्तीमा ‘बिरानो’ हुँदै गएको मात्र छैन, लोप प्रायः भइसकेको छ केही स्टेज कार्यक्रमहरूमा प्रस्तुत गरिनुबाहेक तिहारमै भने डोकेनी नाचेको बिरलै देख्न पाइन्छ याक्खाहरूको ऐतिहासिक थुम (प्रशासनिक इलाका) हरूमध्ये दशमझियामा मात्र यो नाच अस्तित्वमा बाँकी पाँचमझिया पाँचखपनमा भने डोकेनी नाच्ने प्रचलन हराई नै सकेको
दशमझियाको पनि केही गाउँहरूमा मात्रै डोकेनी नाचिने गरेको याक्खा जातिको इतिहासका खोजकर्ता मागमान जिमी बताउँछन् नेपाली समाजको पहिचानसँग जोडिएको यस्तो सांस्कृतिक सम्पदा लोप हुन लागेकोप्रति उनले चिन्ता व्यक्त गरे उनी भन्छन्, ‘याक्खा समुदाय र याक्खाहरूको सामाजिक संस्था किराँत याक्खा छुम्माले चासो नदेखाए यो नाच केही वर्षमै हराएर जाने ठूलो सम्भावना छ।’ बाह्य सांस्कृतिक अतिक्रमणका कारण याक्खा जातिको संस्कार संस्कृतिहरू लोप हुँदै वा यसको मौलिकता हराउँदै गइरहँदा डोकेनी पनि लोपोन्मुख भएको जिमीको ठम्याइँ डोकेनीजस्ता विभिन्न जातजातिले अपनाउँदै आएको नेपालका मौलिक संस्कृतिहरूको जगेर्नाका लागि राज्यले पनि चासो दिनुपर्ने उनको भनाइ छ
पछिल्लो समयमा याक्खा समुदायको विभिन्न सामाजिक संघसंस्थाहरूले गर्ने डोकेनीको प्रस्तुतिमा एकरूपता नभएका कारण पनि यसको मौलिक शैली संकटमा परेको कतिपयको बुझाइ छ। नाच्ने शैलीमा एकरूपता नभएकाले पनि डोकेनीप्रतिको बुझाइमा भिन्नता आउन थालेको छुम्माका केन्द्रीय उपमहासचिव सोनाम याक्खा बताउँछन् ‘डोकेनी कुनै प्रकारको वाद्यवादनबिना नै नाचिने नाच हो मैले बुझेअनुसार डोकोभित्रको मानिस बसेको हुनुपर्छ, उभिने होइन,’ उनले भने, ‘तर आजभोलि ट्र्याक बजाएर वा केई (ढोल) बजाएर नाच्ने गरिएको छ यो मौलिक शैली होइन।’ डोकेनीलगायतका अन्य संस्कार संस्कृतिहरूमा एकरूपता ल्याउन छुम्मामार्फत पहल भइरहेको उनले बताए डोकेनी नाचको सुरुआत कहिले कसरी भयो भन्नेबारे याक्खा समुदायमा बेग्लाबेग्लै नश्रुति पाइन्छ तर यो नाच तिहारमा महिलाहरूले मात्र नाच्ने भन्ने विषयमा भने एकमत
अझै पनि जुवातासको खेलिरहेको भेटे डोकेनी समूहले पैसा खोस्ने र जुवाडेहरूलाई लात्ताले हिर्काउनसमेत याक्खा समुदायमा छुट हुने तत्कालीन दशमझिया थुमअन्तर्गत संखुवासभा तामाफोककी ५० वर्षीया कमला लिम्बुहिम बताउँछिन् डोकेनी नाचमा महिलाहरू मात्र सहभागी हुने भएकाले कुनै समयको त्यही विद्रोहको परिणामस्वरूप आजको समानतामूलक याक्खा समाज निर्माण भएको हुन सक्ने छुम्माका केन्द्रीय सदस्य विजयसेन सोम्याहाङले बताए सामाजिक विकृतिको विरुद्ध एको विद्रोहको प्रतिकस्वरूप नाचिने यो नाचको संरक्षण र संवर्द्धनमा संस्थाको ध्यान नगएको उनी स्विकार्छन्
देउसीभैलो र नाचगान निषेध गर्ने याक्खा जातिको ‘तेनताम्मा’ पूजाको कारण पनि डोकेनी नाच लोप हुने अवस्थामा पुगेको कतिपयको बुझाइ छ अन्नबालीको ‘सहकाल’ डाक्न एक वर्ष बिराएर गरिने तेनताम्मा पूजापछि गाउँघरमा सुसेली हाल्न, बाँसुरी मुरली बजाउनसमेत वर्जित हुन्छ यसरी तेनताम्मा पूजा गरेको वर्ष डोकेनी नाच्नसमेत छुट्ने हुँदा बिस्तारै यो बिर्सदैँ गएको केहीको भनाइ
प्रकाशित : कार्तिक ९, २०७६ १०:३१

Lecture to WDO. Jan 1, 2013 (Pus 17, 2069 B.S.)

  Lecture to WDO.   Jan 1, 2013 (Pus 17, 2069 B.S.) I lectured newly appointed Women Development Officers (WDO) at the Women Training Cen...