Thursday, November 28, 2019

गन्धर्व गाउँमै बज्न छाड्यो सारंगी



गन्धर्व गाउँमै बज्न छाड्यो सारंगी
टोपलाल अर्याल गुल्मी, नयाँ पत्रिका, २०७६ मङ्सिर ५ बिहीबार ०७:११:००
बम्घाको कुमौरी गैरा गन्धर्व गाउँ हो रुरु क्षेत्र गाउँपालिका–५ बम्घाको गैरामा जिल्लाकै सबैभन्दा बढी गन्धर्वको बसोवास उनीहरूको पुख्र्याैली पेसा सारंगी बजाउने हो तर, अचेल गाउँमै सारंगी बज्दैनन् 
सात वर्षबाट सारंगी बजाउन थालेका चुराबहादुर गन्धर्व अहिले ६९ वर्षका भए ६२ वर्षमा उनका आँखा अगाडि नै यो पेसा हरायो चुराबहादुर एक हप्तादेखि पन्ध्र दिनसम्म सारंगी बजाउँदै गाउँ डुल्थे धेरै अन्न, थोरै पैसा लिएर घर आउँथे त्यही पेसाले चार भाइ छोरा हुर्काए
उमेर र गलासँगै छोराछोरीले साथ छोडे अहिले विरलै सारंगी बजाउँछन् सोही गाउँका प्रेमबहादुर गन्धर्व ५३ वर्षका भए उनले पनि सारंगी बजाएरै ११ जना छोराछोरी हुर्काए अहिले उनी पनि बजाउँदै गाउँ हिँड्दैनन् उनले २४ वर्षबाट सारंगी बजाउन थालेका हुन् अहिले त्यो पेसाप्रति चाख मरेको छ 
छोराले सारंगी नै समातेनन्  
बम्घाका चुराबहादुर गन्धर्वका प्रेम, शरण, गोरे र सन्तबहादुर गन्धर्व चार भाइ छोरा हुन् चारमध्ये तीन भाइ रोजगारीकै सिलसिलामा भारत छन् एकजनाले गाउँमै मजदुरी गरेका छन् उनीहरूमध्ये कसैलाई पनि सारंगी जाउन आउँदैन ‘त्यही सारंगी बजाएर बसेको भए बाजस्तै घर ढुकेरै बसिन्थ्यो,’ चुराबहादुरका जेठा छोरा प्रेमले भने, ‘वेलैमा भारत छिरेकाले मागेर खानु परेको छैन।’ चुराबहादुरका पनि आफूहरू चार भाइ थिए
एक भाइबाहेक सबैले सारंगी बजाए सोही गाउँका अर्का सारंगीवादक प्रेम गन्धर्वका पनि तीन भाइ छोरा छन् उनका तीन भाइले पनि कहिल्यै सारंगी नछोएको रोशन गन्धर्वले बताए रोशनले कक्षा पढेर छोडे अहिले वैदेशिक रोजगारीको लागि राहदानी बनाएर बसेको बताए सारंगी बजाउनेमध्येका बलबहादुर गन्धर्व पनि हुन् मजदुरी मेला पर्वले जोहो गरेका छन् 
प्रविधिसँगै विस्थापित
जीविकोपार्जनकै लागि सारंगी रेट्नुपर्ने बाध्यता गन्धर्व समुदायको थियो घरमुलीले गाउँ डुलेर अन्न जुटाउँथे परिवार त्यही आशमा बाटो कुर्थे ‘गाउँमा सारंगी बजाउनेलाई माग्ने नै ठान्थे, कहिल्यै पाक्ने कुराको ठेगान थिएन,’ चुराबहादुर गन्धर्वका छोरा शरण परियारले विगत सम्झिए, ‘त्यो जमानामा पनि बाले परिवार हुर्काए।’ पहिले गन्धर्वका गीत चाख मानेर सुन्थे
गन्धर्वले घटना, माया प्रिती र वेदनाका गीत मेसोले गाउँथे अहिले प्रविधिले त्यो अवस्थाको अन्त्य ¥यो सबैका हात–हातमा सञ्चारका साधन भएकाले आफूहरू हेलाँको पात्र भएको प्रेमबहादुर गन्धर्वले बताए अहिले गन्धर्वका छोराछोरीले सारंगी समात्दैनन् बरु मोबाइलमै दिन कटाउँछन् प्रेमकी बुहारी संगीताले गीत संगीतभन्दा जोहोको चिन्ता भएकाले युवा पुस्तामा सारंगी मोह नभएको बताइन्
बम्घाका ११ परिवारमध्ये नौलाई सरकारले घर बनाइदिएको छ केही वर्ष पहिलेसम्म गाउँले त्यो समुदाय बेग्लै असुरक्षित थिए जनता आवास कार्यक्रम अन्तर्गत सरकारले घर बनाइदिएपछि दुई वर्षदेखि गन्धर्व समुदाय खुसी छन् ०७० सालमा मोनी गन्धर्वको खरे थियो एक्कासि जल्यो आगोमा परेकी मोनी अहिले अपांग छन् तर, ओतसँगैको भोकको चिन्ता भने ज्यँुका त्यूँ छ अब उनीहरूलाई अर्थोपार्जनको आश सरकारसँग

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...