Friday, June 14, 2019

राजा त्रिभुवन र एरिका ल्युकट्याग

राजा त्रिभुवन र एरिका ल्युकट्याग
अन्नपूर्ण, फुर्सद,  १४ बैशाख २०७६ ११:३७:००
टिपटाप
राजा मतर्फ हेरेर मुस्कुराए। मेरो हात समातेर मलाई एउटा दराजछेउ लिएर गए र घर्राहरू एकपछि अर्काे गरी तान्न थाले। लगभग सानो केटाले आफ्ना खेलौनाहरू देखाएझैँ गरी। त्यहाँ भेष बदल्ने सामग्री भरिभराउ थिए— नक्कली कपाल, नक्कली अनुहार, नक्कली दाँत इत्यादि। ती सबै भेष बदल्ने सामानहरू त्यति मात्र हुन्, वा उनले मेल अर्डर क्याटलगबाट पत्ता लगाएर खरिद गरेको भन्दा बढी पनि छन्, छुट्याउन गाह्रो थियो। राजाले ‘म तिनकै सहाराले राति गायब हुन्छु’ भन्दा म वाल्ल परेँ।
जब यो खबर मैले राजाकहाँ पुर्‍याएँ, उनले मलाई अँगाले। उनले मलाई यस्तरी कसेर अँगालोमा बाँधे कि मैले उनको मुटुको चाल स्पष्टै सुन्न सक्थेँ।
उनको जीवनको सम्पूर्ण कटुता र निराशा आनन्दको त्यो छोटो क्षणमा विष्फोट भएजस्तो लाग्थ्यो। हामीले ह्याप्पी कटेजमा बिताएको सबभन्दा खुसीको साँझ थियो त्यो।
एरिका ल्युकट्यागको एरिका एन्ड द किङ (त्रिभुवनकी एरिका) बाट।

उनले मलाई ऐनामा मुख हेर्नू भनिन् 

अन्नपूर्ण, फुर्सद,  ०७ बैशाख २०७६ १२:३८:००
हर्क गुरुङ
अनि एकखेप मलाई यस्तो लाग्यो म कसैलाई विशेष मन पराउँछु । आशाको भुल्को मैले प्रेम देखाएँ । मैले उनलाई मनको वास्तविकता के झल्काएथेँ, उनले मलाई ऐनामा मुख हेर्नू भनिन् । त्यस बेला मलाई युरुजेन ओनेलको पात्र यांकप्रति भ्रातृत्व उम्लेर आयो । तर जब मैले आफ्नो अनुहार दुनियाँका आँखाको नानीको ऐनामा हेरेँ-कालो-सेतो, सानो-ठूलो, राम्रो-नराम्रो, म अन्योलमा परेँ ।
आफ्नो वास्तविक रुप ठम्याउन सकिनँ । उनको घमण्ड नबुझेर होला, आफैँमा त्रुटि खोज्न थालेँ । आफैँबाट विश्वास उठेर जान थाल्यो । तर सायद आफ्नो कर्मलाई त्यो मञ्जुर थिएन । आफैँले आफैलाई तुच्छ तुल्याए पनि कैयौंले पत्याए । बेलाबेलामा अपूर्व सफलताहरूले ममा साहस फुक्यो र चित्रा जस्ताले नयाँ चेतना भरेर प्रेरणा दिए ।
मानिसमा र च्यातिएको नोटमा त्यति फरक छैन जति बरनार्ड शा र बालकृष्ण समका कलामा, जोनाथन स्विफ्ट र जनार्दन समको युगमा । यो घटनापछि मेरो दृष्टिकोण रंगिएको थियो र एउटा छायाँले छोपेको थियो ।
हर्क गुरुङको पुस्तक ‘विषय विविध’बाट

राउटेका इभा

राउटेका इभा

अन्नपूर्ण, फुर्सद,  २३ चैत २०७५ १२:५८:००
शब्दकोश / राउटे
नेपालभित्र बोलिने सबैजसो भाषाको यथाशक्य प्रयोग गरेर हाम्रो भाषालाई समृद्ध र विविधतामूलक बनाउने अभिप्रायमा सानो प्रयास हो, यो शब्दकोश— स्तम्भ अंग्रेजी भाषाले संसारका विभिन्न भाषामा प्रचलित शब्दलाई आफ्नो शब्दकोशमा प्रविष्टि दिइरहेको उनीहरूको शब्दकोश मोटाइरहेको छ, तर नेपालमा धेरै भाषा–भाषिका बोलिए पनि हाम्रा शब्दकोश भने पातला नै छन्। हाम्रो ‘मूलधारे’ शब्दभण्डार सीमित छ
शब्दकोश बहुभाषिक–बुहभाषिकीय हुन सकेको छैन हाम्रै नेपाली दाजुभाइले बोल्ने भाषालाई ‘आगन्तुक’ भनेर पढाइरहेका छौं, हामी यस ‘शब्दकोश’ स्तम्भमा तपाईं आफ्नो समुदाय–क्षेत्रका भाषा–भाषिका–बोली संकलन गरेर पठाउन सक्नुहुन्छ
लेकबेसी नगरपालिका— १ जहरे सुर्खेतको खोलाकिनारमा २० वटा पाल टाँगिएका छन्। मुखिया सूर्यनारायण शाही सिकारका लागि निस्किसकेका छन्। बस्तीमा नयाँ मान्छेलाई अचानक देखेपछि सबैले हेरेको हे¥यै भए । सेतो खद्दर बेरेका धनबहादुर शाही अगाडि आए । मैले उनलाई राउटे शब्दका बारेमा केही कुरा गर्न आग्रह गरे । ‘उही ता हो नि नेपाली नेपाली’ उनले खासै चासो दिएनन्। सामान्य कसरत पछि उनले टाउको तलमाथि हल्लाएर अनुहार उज्यालो बनाए ।
उनकै अनुहारलाई शब्दमा उतारेर उनलाई बत्तीलाई के भन्छन् सोधे ‘राउटेले बत्ती बाल्दैन, अनि का शब्द हुन्छ’ उनले जवाफ फर्काए । मैले शब्दहरू थप्दै थप्दै लगें अनि उनी बक्दैबक्दै गए ।
बिहे     ः     जन्ती
बजार     ः     दोकान
तरकारी    ः     साग
सुन्दरी     ः     सप्रिएको
रूख     ः     हाँगो
मीठो     ः     गुलियो
श्रीमती     ः     बूढी
खुसी    ः     खुबिका
पैसा     ः     पस
कपाल    ः     सावौ
पानी    ः     ची
घर     ः     नाउँ
आँखा     ः     आत
माया     ः     नमवडाँ
कान    ः     कान्न
औंला    ः     आगुल्या
गीत     ः     फागा
आकाश    ः     धरा
चरा    ः     बुवा
खुट्टा     ः     इभा
बत्ती     ः     (बत्ती बाल्दैनन्–बोल्दैनन्)
प्रस्तुति : वसन्त आचार्य 

गोडामा सिन्दूर

गोडामा सिन्दूर

गोदना

जन्मघर छाड्दा दंगीशरण गाउँपालिका-३, हेकुलीकी बजारी चौधरी १३ वर्षकी थिइन्। गाउँमा सबैले रानी भन्थे। धपक्क बलेको अनुहार अनि टम्म मिलेको जीउ। बिहे भएर कर्म घर गएको एक सातामा उनी फेरि जन्मघर नै फर्किइन्।  थारू जातिमा विवाह गरेको एक सातापछि माइत फर्कने प्रचलन थियो।
उनी माइत फर्केलगत्तै बाआमाले उनलाई गाउँदेखि तीन किलोमिटर पर नन्द्रागाउँमा गोदना (ट्याटु) खोपाउन लगे। भर्खर बिहे गरेका लोग्ने धेरै वर्ष बाँच्छन् भन्ने सुनाएपछि दुख्ने भए पनि उनलाई गोदना खोप्न मन लागेर आयो। ‘सातवटा सियोलाई एउटैमा राखेर खोप्दा दुखेर हैरान भयो’, उनले सम्झिन्। पाँच घण्टासम्म खोपेपछि उनको एउटा गोडो तयार भयो।
उनको जीवनको सौभाग्य बनेर गोडामा मयूर नाच्न थाल्यो। प्रेम र यौनको प्रतीकका रूपमा सबैले मयूर नै खोपाउँथे गोडामा। गोडाबाट रगत मात्रै बगेन, सुन्निएर उठ्न बस्नसमेत गाह्रो भयो। गोडा लागेनन् र घरमा जानै सकिनन्, गाउँमै बसिन्। अर्को गोडा कसरी खोप्ने होला भन्ने सम्झेर रातभर डरले निदाउन सकिनन्।
डरैडरमा अर्को दिन पनि आयो अनि उनको गोडा पनि खोपियो। पहिलेजस्तै पीडा भयो अनि थौरै रोमाञ्चकता पनि। ‘बूढालाई सम्झेपछि धेरै दुखेन’, उनले भनिन्। दुईवटै गोडामा मयूर नाच्न थालेपछि उनको पीडा दूरदूर भयो, उनी पनि मयूरजस्तै नाच्न थालिन्। ‘गोडा खोपेर घर गएपछि बूढा धेरै खुसी भए’, उनले भनिन्। त्यो बेला दुई दिन लगाएर दुई रुपैयाँमा उनले खोपेकी थिइन्। ‘खप्टाका पैसा दिएको हुँ’, उनले भनिन्।  यस्तै सुखको अनुभूति छ सोही ठाउँमा बस्ने रुइनी चौधरी (६३) को पनि । गाउँमा विवाह गरेका सबैले गोडामा ट्याटु खोपेपछि रुइनी चौधरीलाई पनि खोप्न निकै रहर लाग्यो।
गाउँदेखि तीन किलोमिटर टाढा अर्को गाउँमा गएर गोडामा खोपाइन्। ‘मस्तै दुखे पनि खोप्नै पर्‍यो’, उनले भनिन्। ‘अरू गहनालाई मान्छेले मर्दा छाडेर जान्छ तर यो आफैंसँग लान्छ’, उनले मुख मीठो पारिन्। उनले पनि श्रीमान्लाई आँखामा राखेर  पीडा सहँदै खोपेकी थिइन्। ‘बड्डाका लागि बनाएको हो, एक दुई दिन दुख्ने त हो नि’, उनले खुसी व्यक्त गरिन्। चौधरीले एक महिनासम्म गोडा सुन्निएर हिँडडुल गर्न असजिलो भएको बताइन्। ‘रगत बगेर कस्तो धौ भयो’, उनले बिर्सन सकेकी छैनन्। रुइनीका अनुसार गोडामा खोपेपछि त्यसलाई गोबर र पिनाले सफा गरिन्थ्यो। ‘गोबरले घाउ निको हुन्छ भन्थे’, रुइनीले भनिन्। त्यसपछि गोडामा दुबोलाई थिचेर त्यसको रस लगाउनुका साथै तेल र बेसारसमेत लगाइने गरिन्थ्यो। सबैको कारण घाउ नपाकोस् भन्ने हुन्थ्यो।
चैलाहीकी कजली चोधरी (८६)को वर्षको उमेरमा विहे भयो । त्यति बेलाको थारू संस्कार अनुसार उनी विवाहको सातनमै घर छाडेर माइत गएर बसिन्। माइतमा सबैले उनलाई गोदना लगाउन कर गरे। थारू महिलाका लागि सौभाग्यको प्रतीक थियो गोदना। अरू जातिका मान्छेले गोडाको सिन्दूर भन्थे। तर सिन्दूर लगाउनु जत्तिको कहाँ सजिलो थियो र गोदना लगाउन  ‘अरूले खोपेको देखेर मलाई डर लाग्यो’, सातवटा सुइयोले एकैपटक नरम छालामा खोप्ने कुरा सम्झेर उनको आङ सिरिंग हुन्थ्यो। गोदना खोप्न डराएपछि उनलाई धेरैले भगवान्ले श्राप दिने कुरा पनि भने। कतिले श्रीमान् मर्छन् पनि भने। जसले जे भने पनि उनले खोप्न हिम्मत गरिनन्। ‘हातमा खोप्दा मर्ने गरी दुख्यो अनि गोडाभरि नै खोप्दा कति दुख्ला भनेर खोप्नै सकिनँ’, उनले भनिन्। हातमा थोरै खोप्दाको पीडा सम्झेर उनी साँझ नै गाउँबाट भागेर घरमा आइन्। अरूका श्रीमतीको गोडाभरि गोदना देख्दा उनका बूढालाई पनि आफ्नी बूढीले खोपोस् भन्ने लाथ्यो। धेरैपटक उनलाई कर पनि गरे तर जसले जे भने पनि खोप्न सकिनन्। ‘मैले दुःख पाएर बूढालाई कसरी राम्रो हुन्छ ?’ कलजीले भनिन्।
थारू समुदायको पहिचानका रूपमा रहेको गोदना अहिले इतिहासजस्तै भएको छ। अहिलेका युवतीले गोदनामा ध्यान नदिएको तुलसीपुर-१७ की सबिता दहितले बताइन्। ‘गोदना भनेको आफूलाई मन परेर बनाउने कुरा हो, श्रीमान्का लागि किन लगाउने ?’ उनले भनिन्, ‘आफ्ना शरीरमा के गर्ने भन्ने कुरा त आफ्नै अधिकार हुन्छ नि।’ उनका अनुसार थारू समुदायका युवतीहरूले आधुनिक ट्याटु खोप्न थालेका छन्।
थारू समुदायका महिलाले गोदना लगाउने कुराको सुरुआतका बारेमा रमाइलो गाथा भएको बताउँछन्, संस्कृतिविद् अशोक थारू। लाखी गाथामा उल्लेख भएबमोजिम घोर्से मगर राजाले युद्धमा अनेक प्रयास गर्दा पनि पराजय भोग्न थाले। कसरी युद्ध जित्न सकिन्छ भन्नेबारेमा मन्त्रिमण्डलमा व्यापक छलफल भयो। सबैले आआफ्ना राय दिए। त्यसै क्रममा त्यहाँ महिला सेनापति लाखीलाई ल्याएमा युद्ध जित्न सकिने छलफल भयो र सबै त्यही निष्कर्षमा पुगे। उनीहरूको अनुरोध स्वीकार गरेर लाखी युद्धका लागि तयार भएर युद्ध लडछन् अनि जित्छिन् पनि। युद्ध जितेपछि लाखीले शत्रु र सेनाको रगतले पैतालादेखि माथि र घुँडाभन्दा तलको भाग सजाउँछे र सोही कुराबाट वीरताको प्रतीकस्वरूप गोदनाको सुरुआत भएको उनको कथन छ।
दुई दशक जति भयो, अहिले गोदना थारू जातिका लागि ऐच्छिक भएको छ। प्रेम, त्याग र वीरताको विम्ब मानिने गोदना थारू समुदायबाट लोप भइसकेको छ। ‘अन्य जातिले जस्तै कुनै चित्र कुनै सुहाउँदो ठाउँमा गराउँछन् तर गोदना भने हराइसकेको छ’, संस्कृतिविद् चौधरीले बताए।  महिलाले गोडामा खोपेजस्तै पुरुषहरूमा पनि श्रीमतीप्रतिको समर्पण देखाउन हात खोप्ने प्रचलन छ। तर त्यो महिलाको भन्दा भने फरक। पुरुषहरूले हातमा पूरै रातो नहुन्जेल तातो अँगार हातमा राखेर त्यही रातो भएको छालामा बेस्मारी औंलाले घोटेर बाहिरको छाला फाल्ने गर्थे। त्यसरी फाल्दा उनीहरूको हातमा दाग बन्थ्यो। ‘हातको नाडीमा बनाउँथे’, हेकुलीकै बुद्धिराम चौधरीले बताए।
चित्र विचित्र
महिलाले गोडामा यौन र प्रेमको प्रतीकका रूपमा मयूरको चित्र खोपे पनि हातमा भने फरक फरक चित्र खोप्थे। ‘मैले हातमा चाल्नो खोपेकी छु’, बजारीले सुनाइन्। उनका अनुसार घरायसी काममा प्रयोग हुने चुलो, काइँयो, अँगेनो, पुरुषले जोत्ने हिंगा, गोबर फाल्ने छिटुवा आदिका चित्र हातमा कोरिन्थे। ‘तिलाकोटी भएको राम्रो देखिन्छ भनेर कतिले तिलाकोठी जस्तो अनुहारमा पनि खोप्थे’, रुइनीले भनिन्।
गोदना खोप्ने कौशल सबैसँग हुँदैनथ्यो। एउटा गाउँमा एउटै मान्छे पाउन पनि मुस्किल थियो। चित्र खोप्ने काम धेरैजस्तो महिलाले नै गर्थे। चित्रकलामा पारंगत भएकाहरूले यस्तो काम गर्थे। खासगरी त्यति बेलामा अम्टिम्कीमा चित्र बनाउनेहरूले यस्तो खोप्ने गरेको संस्कृतिविद् थारू बताउँछन्। उनले यस्तो चित्र कोर्नेमा धेरैजसो महिलाहरू हुने गरे पनि कतिपय पुरुषले समेत यस्तो खोप्ने गर्थे।
घुँडाभन्दा केही तल र पैतालाभन्दा माथिसम्म खोप्ने गरिन्थ्यो। धेरैको गोडामा मयूरकै चित्र हुने गथ्र्याे। ‘गाउँबाट घण्टौं हिँडेर जानुपथ्र्यो खोप्नका लागि’, तुलसीपुर-६, बरुवागाउँकी बुझौनी थारूले भनिन्। धेरैजसोको दुई दिनमै सकिन्थ्यो तर दुखाइ सहन नसक्नेहरूको भने हप्ता दिनसम्म लाग्ने गथ्र्याे। ‘कति त खोज्दाखोज्दै दुखाइ सहन नसकेर भागेर जान्थे’, उनले भनिन्। गोदना खोप्दाको पीडा सहेपछि जीवनमा आउने सानातिना पीडा भुलिन्छ भन्ने कथन रहेकोसमेत उनले सुनाइन्।
यसरी बन्थ्यो रङ
एकपटक खोप्यो भने गोदना जीवनभरका लागि हुन्थ्यो। त्यसका लागि कुनै अलग्गै रङको व्यवस्था नगरेर घरमै त्यो रङ बनाइने गरेको बरुवागाउँकी सुन्दरी चौधरी (७१) ले सुनाइन्। एक सय ५० भन्दा बढीको गोदना बनाएकी चौधरीले कतिपयको गोडा पाकेर अनि कतिपयको टिटानस भएर समेत मृत्यु हुने गरेको जानकारी दिइन्। ‘जस्तो भयो त्यस्तै सुइयोले बनाउँथ्यौ, त्यसले रोग बनाउँथ्यो’, उनले भनिन्।
बिजुलीको विकास नभएको त्यो समय घरमा टुक्की बाल्ने चलन थियो। त्यसले भित्तामा कालो मोसो बनाउँथ्यो। अनि अँगेनाको माथि पनि त्यस्तै मोसो हुन्थ्यो। ‘त्यही मोसोमा तोरीको तेल मिसाएर गोदनाको रङ बन्थ्यो’, उनले भनिन्। त्यही रङमा चोपेर सुइयोले गोडा र हातमा विभिन्न बुट्टा खोप्ने गरिन्थ्यो।
कतिपयले कक्कडको पानीमा मोसो पनि मिसाउँथे। ‘तेलमा मिसाएको कालो हुन्थ्यो, हुक्कामा रहेको कक्कडको पानीमा मिसाएको नीलो हुन्थ्यो’, सुन्दरीले भनिन्। उनले चित्र बनाउनका लागि विभिन्न ठाउँबाट प्रस्ताव आउने गरेको बताउँदै धेरैजसो घरमै राखेर खोप्ने  गरेको बताइन्।
कतिपय त सहनै नसकेर रुन्थे, गोडा सुन्नेर हिँड्नै नसक्ने हुन्थ्यो। तर पनि बाध्यताजस्तो खोप्थे’, उनले सुनाइन्। ‘गोडाबाट रगतको भेलै बग्थ्यो तर पनि सहन्थेँ’, उनले गोडाको गोदना देखियोस् भनेर महिलाहरूले त्यति बेला घुँडासम्म मात्रै गुन्यू लगाउने गरेको बताइन्। ‘हिजोआजकाले खोप्दैनन्। पूरै गोडा ढाक्ने लुगा लगाउँछन्’, सुन्दरीले भनिन्। उनले गोदना बनाएको कुनै मूल्य नतोक्ने र खुसीले जति दिए त्यति लिने गरेको बताइन्।
@basantbibas1 दाङमा पत्रकारितालेखन र प्राध्यापन गर्छन्।
गोदनाको पहिचान
अशोक थारू, संस्कृतिविद् 
गोदना थारू जातिको पहिचानसँग जोडिएको कुरा हो। अहिले यो जातिले पूर्ण रूपमा छाडेको छ। यसले थारू जातिको स्वपहिचान र संस्कृतिमा असर पार्ने देखिन्छ। थारू सभ्यताभित्र धेरै महत्वपूर्ण कुरा छन्। ती कुरालाई सतही विश्लेषण गरेर छाडिनु हुँदैन।
गोदनाको सवालमा पनि त्यही भएको हो। गोदनाले महिलालाई कष्ट दिन्छ, यो साँचो कुरा हो। तर यसले कति राम्रो प्रेमसमर्पणको भाव देखाउँछ, वीरताको भाव देखाउँछ।
यसलाई पूरै नराम्रो भन्न मिल्दैन। थारू जातिमा रहेको सुडेनी र गुरुवालाई सरकारले स्वास्थ्य चौकीमा जोडेर मानव स्वास्थ्यमा त्यसको प्रयोगका साथै पहिचानलाई यथावत् राखेको छ। यसैगरी गोदवालाई पनि संरक्षण गर्न सकिन्छ। परम्परासँग केही गलत कुराहरू जोडिएका छन् भन्दैमा त्यसलाई पूरै नाश गरिनु हुँदैन।
त्यसका नराम्रा कुरालाई सुधार गर्दै कसरी राम्रो गराउन सकिन्छ भन्ने बारेमा ध्यान दिनुपर्छ। गोदना संरक्षणको सवालमा पनि त्यो गर्न सकिन्थ्यो। मौलिकता नमर्ने गरी परिमार्जन गर्नु एउटा कुरा हो तर त्यसलाई पूरै निमिट्यान्न पार्नु मनासिब कुरा होइन। युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि २००३ ले पनि यो कुरामा जोड दिएको छ। यसलाई आवश्यक परिमार्जन गरेर पुस्तान्तरण गर्दै लैजानेतर्फ सोच्नुपर्छ।

The deep-rooted mysticism in the mountains

The deep-rooted mysticism in the mountains
By S.K.Ghising, April 8, 2019
The major part of the culture of Darjeeling is deeply rooted in the Tibetan culture. The Tibetan culture has heavily influenced the culture and tradition and religion of the people. Many people wonder as to what was the culture of the people of Darjeeling prior to the British rule. Many of the similarities can be found or be traced back to the Tibetan culture, prior to the British rule. Darjeeling District today is one of the most diverse district in the country in terms of religion, language and culture. According to the 2011 census of Darjeeling, the District (Darjeeling District) has a total population of 18.47 lakh people. Out of 18.47 lakh people, about 13 lakh are Hindus, 2 lakh are Buddhists, 1 lakh muslims, 1 lakh christians, 2 thousand sikhs, and about 1 thousand Jains. Others constitute about 15 thousand people. Diversity of the district began with the British rule.
But in this article, our main focus lies in the characteristics of a Tibetan Culture that was ingrained in different cultures of the hills, in time. For example, many of us get confused with the Buddhism that is followed and practiced in Darjeeling today. Buddhism that is actually followed and practiced in Darjeeling as well as other Himalayan districts, is a blend of Tibetan traditions and Buddhism. Tibetan traditions are a unique mixture of original shamanic Bon practices. Before Buddhism was introduced in Tibet, there existed a different set of religion and cultural practices. So in order for Buddhism to somehow survive in Tibet, the psychic aspects of Tibetan tradition, primarily from the Pre Buddhist Shamanic Period was extensively incorporated by the monks into their practices.
So what are these Tibetan Traditions ? The oldest Tibetan traditions are those of the oracles, which involves deity possessions, Mo Divination, which often involves a Tibetan deity called Palden Lhamo. Buddhism, all over the world varies depending upon the needs of different regions. There are many types of Buddhism, and that in Tibet is renowned for its inclusion and development of psychic abilities. This is very much reflected in the Buddhism that is being practiced in the Trans Himalayan region, including Darjeeling and its surrounding regions.
Tibetan Calendars are a perfect example. For example, Tibetan calendars specify more than a dozen different attributes of each day, whether or not it is auspicious to start a business, get married, etc.
Prophecies are a major constituent of Tibetan Traditions. They commonly take note of omens such as certain birds being seen, overhearing certain music, or people saying auspicious words.
As can be observed from the list of different types of practices, divination ranges from the most simple “good or bad luck” omen through to highly developed clairvoyant skills, and from practices that anyone can do to those normally preferred only by monks.
Palden Lhamo or “Dorje” is the main protector diety of Tibet. A kind of divination referred to as mirror divination is performed or dedicated to Palden Lhamo. In this divination, a mirror is placed ceremonially, and rituals are performed. The diviner sees appearances, reflections of writings and letters from the deity.
An Oracle often is a medium in the Tibetan tradition . An Oracle becomes possessed by a deity because of the wind energy in their channels. Some people, in this case, the Oracles have the ability to see the future, because of past life Karma, which is related to their wind energy.
Demons and the fear of them are apparently very common in Tibet. A disease is normally attributed to a bad spirit. As a result an amulet is often worn around the neck as a charm against evil or injury.
These are some of the many characteristics features of the Tibetan tradition, that ultimately led their way into religions, and culture of the Trans Himalayan region. Tibet was able to contain their culture for such a long time, because outsiders were not allowed in Tibet until the 19th century.
Sir Francis Younghusband writes in his book, ‘Wonders of the Himalaya’, “we have to trust to someone higher than man to lead us through everything safely. The mere slip of the foot might often send us to destruction, and even very trifling mishaps might spoil the success of the undertaking. So that we cannot, but feel, that any success that may come in the end is due to an overruling Providence and not to our won feeble efforts.”  Sir Francis realizes that his change in understanding “someone higher” has been due to his surrounding environment. So the Tibetan tradition developed the way it developed, not because of anything but it’s environment. And the amalgation of religions that were foreign to the land of Tibet, quickly acquired the properties of the Tibetan tradition, ultimately giving rise to many new traditions, having a common parentage.
https://darjeelinghistoryclub.wordpress.com/2019/04/08/the-deep-rooted-mysticism-in-the-ountains/fbclid=IwAR3rjxJLl_EVmAE0ZTB73_WMPqg5qcJWFKC8Nk7wgXMVY11gIj_qMBiRlJk 

What happened in 1816?

What happened in 1816?By SK Ghising
22 April 2019


This article is a continuation of our previous article “Understanding Jean Baptiste Tassin’s Map of the country between Titaleea and Dorjeling”. Inside the map, there was an interesting label (I’ve referred to it as Mark I) referring to a portion of the territory as “Ceded and restored to the Rajah of Sikkim, 1816”. So what actually happened in 1816 ?
Before we try to answer that, let us be clear that the East India Company, during the 19th century was a major and emerging power in the Indian Subcontinent. Not only India, but East India Company had major interests in Burma (now Myanmar), Nepal, Tibet, North West Frontier Province comprising of Afghanistan and territory north of the Karakoram Range, Bhutan, and Ceylon (now Sri Lanka). The East India Company represented themselves through their representatives, in almost every of these independent dynasties. The East India Company had sent many missions to all these places, specially Tibet.
But our question is what happened in 1816 ? Before 19th century, the ownership rights of that tract of land lay with Chogyal (monarch) of Kingdom of Sikkim. The only threat the Chogyal of Kingdom of Sikkim had, came from the Gurkhas, in the West. After overrunning the hills and valleys of Nepal, they marched east into Sikkim in 1780. The next 30 years, i.e, till the year 1810, the Gurkhas made repeated attacks. At the end of this period, they had overrun Sikkim as far eastward as the Teesta river, and had conquered and annexed the Tarai, i.e, the belt of the country lying along the lower hills between the river Teesta and the river Meitche. In the meantime, the East India Company was engaged against the Nepalese aggression throughout the whole length of their northern frontier. War finally broke out in 1814.
The tract, which the Nepalese had wrested from the Chogyal of Kingdom of Sikkim was ceded to the East India Company. The Chogyal of Kingdom of Sikkim was reinstated, and in 1817, a treaty was concluded at Titalya (today known as Tetulia Upazila in the Rangpur District of present-day Bangladesh), under which the whole of the country between the River Meitche and River Tista, was restored to the Chogyal of Kingdom of Sikkim.
The intervention of British was successful in preventing the Gurkhas from turning the whole of Sikkim and the hills west and south of the Tista into an outlying province of Nepal, and Sikkim including the present district of Darjeeling,was retained as a buffer state between Nepal and Bhutan.
But many repercussions followed after signing this Treaty (which i shall delve into in future articles).
REFERENCES:
  1. Bengal District Gazetteers, Darjeeling, L.S.S. O’Malley.
https://darjeelinghistoryclub.wordpress.com/2019/04/22/what-happened-in-1816/?fbclid=IwAR2noIDYDNQocvG3CIL2tZDZK3jzv1D6TkG7E6SMCIPHnJ3aLteJ-ZucUlA

नेपालको इतिहास



नेपालको इतिहास
कमल दीक्षित
अम्बिकाप्रसादको ‘नेपालको इतिहास’ ले दुई ओटा ‘नेपाली’ राज्यको इतिहास बताउँछ– नेपाल र रामनगरको।
नेपालको इतिहास नेपालीले त लेख्नै नहुने जस्तो थियो राणाकालभरि। लेखे पनि वंशावली सार्ने, त्यसैमा अलिकति आफ्ना मनमा लागेका तात्कालीन कुरा थप्ने र त्यो आफ्नै घरमा लुकाएर राख्ने गर्थे कोही निडर इतिहासप्रेमीहरू।
नेपालबाट भागेपछि (जङ्गपुत्र) पद्मजङ्गले अंग्रेजीमा लेखेको सानो इतिवृत्तबाहेक नेपालीहरू अरूले त आँटै गरेनन्। त्यस्तो बेला १९७९ सालमा भारतमै बसोबास भएका एक जना नेपाली ‘एड्भोकेट’ को एउटा किताब प्रकाशित भयो ‘नेपालको इतिहास’ भन्ने।
यो त हुनै नहुने कुरा, कसरी भयो? भन्ठाने रैथाने नेपालीले। तर उनीहरूलाई थाहा थिएन, महाराजको स्वीकृति पाएर नै भएको थियो त्यो काम। महाराज चन्द्रशमशेरका विश्वासपात्र दरबारिया व्यक्तिहरूको पहलमा भएको थियो, त्यो।
भारतीय बिहार राज्यको बेतिया निकट रहेको रामनगर राज्य नेपालका शाह खानदानका छोरीपट्टिका सन्तानको हैकममा थियो। उनीहरू पनि शाह नै कहलाउँथे। तिनका मन्त्री या ‘फौदार’ थिए अम्बिकाप्रसादहरू। त्यसै फौदार खलककी एउटी कन्यासँग महाराज चन्द्रका सल्लाहकार ‘माहिला पण्डित’ का एक छोराको विवाह भएपछि उनीहरूको पनि नेपाल आउने जाने बाटो खुल्यो।
एकपल्ट उनीहरू आएका बेला नेपालमै दुई ‘कुटुम्ब’ को सरसल्लाहपछि यो इतिहास लेख्ने निधो भएको बुझिन्छ। सल्लाहपछि अम्बिकाप्रसादलाई यताबाट केही सामग्री पनि उपलब्ध गराइयो र उनले पटनामा त्यो इतिहास लेखे। त्यो तयार भएपछि उनका काका देवीप्रसादले काशीमा त्यो प्रकाशित गरेका थिए।
मोटो गाता र भव्य ‘गेट–अप’ मा निस्केको त्यो किताब देखेर महाराज निकै प्रसन्न भए रे! किताबमा अघिल्तिरै राजसी पोशाकमा सजिएको उनको रङ्गीन फोटो थियो। किताब पनि अत्यन्त विनीत भावले उनैलाई ‘समर्पण’ गरिएको थियो। त्यस समर्पणवाक्यको अन्त्यमा एउटा आशीर्वाद–श्लोक समेत हालिएको थियो, यस्तोः
“स्वस्तिश्री मदतिप्रचण्डभुजदण्डेत्यादिपद्यान्वित।
नेपालक्षितिपाल तीनसरकार् सौर्यप्रतापान्वित।।
श्रीमान् चन्द्र नरेन्द्रका हजुरमा स्वस्ती हजारौं पुगुन्।
गुह्येशी पशुनाथले हजुरको सङ्कष्ट सारा हरून्।।”
यी त बाहिरी कुरा हुन् त्यस किताबको आकर्षणका। मुख्य कुरा थियो नेपालको इतिहासप्रति लेखकको आधुनिक दृष्टिकोण र त्यो इतिहास प्रामाणिक तथा वैज्ञानिक होस् भन्ने सचेतता।
पुस्तकको भूमिकाका प्रारम्भिक केही वाक्य हेरौं “वर्तमान समयमा प्रकाशित भएका देशदेशका इतिहासहरूमध्ये हिन्दीभाषामा लेखिएका नेपालका इतिहास दुई छन्। यौटा बाबू रामदीनसिंह लिखित र अर्को वेङ्कटेश्वर प्रेसका अध्यक्षद्वरा प्रकाशित भएको। तर यी दुवै थरि इतिहासमा लेखिएका धेरै कुराको जाँचबुझ् गर्दा ज्यादै नै भ्रमपूर्णता पाइन्छ।… राइट साहेवले अंग्रेजीमा अनुवाद गरेको यौटा नेपालको इतिहास पनि देखिन्छ।… यो इतिहास लेख्ता मैले पाएसम्मका सबै नेपालका इतिहासहरूको सहायता लिएको छु… डाक्टर राइट, पर्सी ब्राउन, ओलफील्ड, क्याप्टेन भ्यान्सिटार्ट… इत्यादि र नेपालका अनेक शिलालेख इत्यादि सामग्रीको संग्रहबाट यो पुस्तक तयार भएको छ…।”
‘नेपालको इतिहास’ का अम्बिकाप्रसादका यी प्राथमिक वाक्यहरू मार्मिक छन्। नेपालको इतिहास लेख्दा विदेशी लेखकहरूले धेरै भ्रमपूर्ण कुरा पनि लेखिदिए। तिनको संशोधन हुनु जरूरी छ भन्ने उनले बुझे अनि सकेजति गरे पनि। मेरो विचारमा नेपाली इतिहास–लेखनको श्रीगणेश गर्ने या भनौं नेपाली भाषामा लेखिएको नेपालको इतिहासको प्रथम पुस्तक कुन हो भनेर खोजिपस्ने हो भने यस पुस्तकभन्दा उँभो जान सकिंदैन। हुन त अम्बिकाप्रसादको त्यो इतिहास पनि त्रुटिरहित थिएन र नै उनको ‘इतिहास’ का धेरै कुरा ऐले काटिई संशोधन भइसकेका छन् तापनि उनले स्थापित गरेको मान्यता नै ऐले स्वीकृत भएको छ।
सर्वगुणसम्पन्न नभए पनि सर्वप्रथम छापिएको नेपालको आधुनिक इतिवृत्त अम्बिकाप्रसाद उपाध्यायको ‘नेपालको इतिहास’ एउटा महत्वपूर्ण र बेजोड पुस्तक हो भन्नैपर्छ। त्यसबाहेक सर्वप्रथम नेपालको इतिहासलाई प्राचीन, मध्यकालीन र आधुनिक गरी छुट्याई वर्गीकरण गर्ने पुस्तक पनि यही नै हो कि क्या।
अम्बिकाप्रसादले उस बेला खडा गरिदिएको त्यो काल विभाजनलाई ऐलेसम्म हाम्रा इतिहासकारहरू मोटामोटी पछ्याइरहेका छन्। यो पनि त्यस पुस्तकको एउटा विशेषता नै मान्नुपर्छ।
अम्बिकाप्रसादको यो किताब अर्को एउटा कुराले गर्दा पनि महत्वपूर्ण भएको छ। यस किताबले दुई ओटा ‘नेपाली’ राज्यको इतिहास बताउँछ। नेपाल त भयो नै तर अम्बिकाप्रसादले यसमा रामनगर राज्यको पनि इतिहास जोडेका छन्। उनको यस पुस्तकको नाम नै ‘नेपालको इतिहास र रामनगरको इतिहास’ भन्ने छ।
रामनगर राज्य भनेको नेपाली भाषी राजाहरूले शासन गरेको इण्डियाभित्रकै एउटा सानो राज्य हो। यो त्यस्तो एउटा मात्र राज्य थियो त्यस जमानामा ‘बिहार याण्ड उडिस्सा प्रोभिन्स’ अन्तर्गत। त्यस हिसाबले यो एउटा नौलो पुस्तक हुनपुगेको रहेछ हाम्रो नेपाली पुस्तक सम्पदामा।
अम्बिकाप्रसादको यो द्विदेशीय इतिहासमा नेपालको त शुरूदेखि त्यस बेलासम्म पाइएका साङ्गोपाङ्ग इतिवृत्त समेटिएका छन्। पुस्तकको एक–तृतीयांश अर्थात् १३० पृष्ठ ओगटे पनि रामनगर राज्यको भने अपूरो जस्तो लाग्छ किनभने त्यसले १८२७ सालदेखि एक सय वर्षको इतिहास मात्र बताउँछ।
नेपालका बहादुर शाहले तनहुँ आक्रमण गर्दा त्यहाँका राजा कुमारीदत्त सेन मारिएपछि भागेका उनका छोराहरू सोमेश्वर पर्वतमा लुकेर बसेका थिए। त्यताबाट एक छोरा तल झ्रेर इष्ट इण्डिया कम्पनीलाई बक्साई चम्पारनका केही तप्पाहरूमा रजाइँ चलाइबसेछन्। त्यही पछि रामनगर राज्य भएको रहेछ।
त्यहाँका राजा तेजप्रकाश सेनले बनारसमा श्री ५ रणबहादुर शाहकी छोरीलाई बिहे गरी चौथी रानी तुल्याएका थिए। उनको शेषपछि उनका सन्तानहरू बीच परेको मुद्दामामिला बेलाइतको ‘प्रिभि काउन्सिल’ सम्म पुगेको इत्यादि बताएर रामनगरको इतिहास टुंग्याइएको छ।

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...