Friday, June 14, 2019

राजा त्रिभुवन र एरिका ल्युकट्याग

राजा त्रिभुवन र एरिका ल्युकट्याग
अन्नपूर्ण, फुर्सद,  १४ बैशाख २०७६ ११:३७:००
टिपटाप
राजा मतर्फ हेरेर मुस्कुराए। मेरो हात समातेर मलाई एउटा दराजछेउ लिएर गए र घर्राहरू एकपछि अर्काे गरी तान्न थाले। लगभग सानो केटाले आफ्ना खेलौनाहरू देखाएझैँ गरी। त्यहाँ भेष बदल्ने सामग्री भरिभराउ थिए— नक्कली कपाल, नक्कली अनुहार, नक्कली दाँत इत्यादि। ती सबै भेष बदल्ने सामानहरू त्यति मात्र हुन्, वा उनले मेल अर्डर क्याटलगबाट पत्ता लगाएर खरिद गरेको भन्दा बढी पनि छन्, छुट्याउन गाह्रो थियो। राजाले ‘म तिनकै सहाराले राति गायब हुन्छु’ भन्दा म वाल्ल परेँ।
जब यो खबर मैले राजाकहाँ पुर्‍याएँ, उनले मलाई अँगाले। उनले मलाई यस्तरी कसेर अँगालोमा बाँधे कि मैले उनको मुटुको चाल स्पष्टै सुन्न सक्थेँ।
उनको जीवनको सम्पूर्ण कटुता र निराशा आनन्दको त्यो छोटो क्षणमा विष्फोट भएजस्तो लाग्थ्यो। हामीले ह्याप्पी कटेजमा बिताएको सबभन्दा खुसीको साँझ थियो त्यो।
एरिका ल्युकट्यागको एरिका एन्ड द किङ (त्रिभुवनकी एरिका) बाट।

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...