Friday, June 14, 2019

राउटेका इभा

राउटेका इभा

अन्नपूर्ण, फुर्सद,  २३ चैत २०७५ १२:५८:००
शब्दकोश / राउटे
नेपालभित्र बोलिने सबैजसो भाषाको यथाशक्य प्रयोग गरेर हाम्रो भाषालाई समृद्ध र विविधतामूलक बनाउने अभिप्रायमा सानो प्रयास हो, यो शब्दकोश— स्तम्भ अंग्रेजी भाषाले संसारका विभिन्न भाषामा प्रचलित शब्दलाई आफ्नो शब्दकोशमा प्रविष्टि दिइरहेको उनीहरूको शब्दकोश मोटाइरहेको छ, तर नेपालमा धेरै भाषा–भाषिका बोलिए पनि हाम्रा शब्दकोश भने पातला नै छन्। हाम्रो ‘मूलधारे’ शब्दभण्डार सीमित छ
शब्दकोश बहुभाषिक–बुहभाषिकीय हुन सकेको छैन हाम्रै नेपाली दाजुभाइले बोल्ने भाषालाई ‘आगन्तुक’ भनेर पढाइरहेका छौं, हामी यस ‘शब्दकोश’ स्तम्भमा तपाईं आफ्नो समुदाय–क्षेत्रका भाषा–भाषिका–बोली संकलन गरेर पठाउन सक्नुहुन्छ
लेकबेसी नगरपालिका— १ जहरे सुर्खेतको खोलाकिनारमा २० वटा पाल टाँगिएका छन्। मुखिया सूर्यनारायण शाही सिकारका लागि निस्किसकेका छन्। बस्तीमा नयाँ मान्छेलाई अचानक देखेपछि सबैले हेरेको हे¥यै भए । सेतो खद्दर बेरेका धनबहादुर शाही अगाडि आए । मैले उनलाई राउटे शब्दका बारेमा केही कुरा गर्न आग्रह गरे । ‘उही ता हो नि नेपाली नेपाली’ उनले खासै चासो दिएनन्। सामान्य कसरत पछि उनले टाउको तलमाथि हल्लाएर अनुहार उज्यालो बनाए ।
उनकै अनुहारलाई शब्दमा उतारेर उनलाई बत्तीलाई के भन्छन् सोधे ‘राउटेले बत्ती बाल्दैन, अनि का शब्द हुन्छ’ उनले जवाफ फर्काए । मैले शब्दहरू थप्दै थप्दै लगें अनि उनी बक्दैबक्दै गए ।
बिहे     ः     जन्ती
बजार     ः     दोकान
तरकारी    ः     साग
सुन्दरी     ः     सप्रिएको
रूख     ः     हाँगो
मीठो     ः     गुलियो
श्रीमती     ः     बूढी
खुसी    ः     खुबिका
पैसा     ः     पस
कपाल    ः     सावौ
पानी    ः     ची
घर     ः     नाउँ
आँखा     ः     आत
माया     ः     नमवडाँ
कान    ः     कान्न
औंला    ः     आगुल्या
गीत     ः     फागा
आकाश    ः     धरा
चरा    ः     बुवा
खुट्टा     ः     इभा
बत्ती     ः     (बत्ती बाल्दैनन्–बोल्दैनन्)
प्रस्तुति : वसन्त आचार्य 

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...