Thursday, June 18, 2020

काठमान्डु शहरको कहर


काठमान्डु शहरको कहर

Govind Thapa, facebook

काठमान्डु उपत्यकामा मानिस हरूको चाप दिन दिनै बढदै छ । नयाँ नयाँ घर थपिदै छन् । मेरो मनमा केही प्रश्न हरू स्वस्फुर्त रूपमा उब्जिन्छन् ।
१. काठमान्डु उपत्यकाको कुनै दीर्घकालीन योजना छ कि छैन?
२. यदि छ भने यस उपत्यकामा कति करोड मानिसलाइ राख्ने योजना छ? र कति जनसंख्या बस्न सक्छन? कति पर्यटक हरू ल्याउने योजना छ?
३. उपत्यका वासी र पर्यटक हरूकालागी बसोवास, खाद्धान्न, पानीको दीर्घकालीन योजना के छ? के त्यही मेलम्चीको पानीले पुग्ला? अरू विकल्प के सोचिएका छन्?
४. खाद्धान्नको पुर्तिकालागी के योजना छ? पैठारीकालागी बाटाका योजनाहरू के छन्? के अहिलेकै बाटाहरूले काम चलाउने सोच हो?
५. उपत्यकामा के कस्तो र कतिको संख्यामा यातायातका साधन हरू अटाउलान्? र केकस्ता र कति मोटर हरू ल्याउने योजना छ? के कस्ता बाटा हरू बनाउने योजना छ?
६. उपत्यकाका करोडोंको जनसंख्याकालागी यथेस्थ स्कूल, कलेज, विश्वविदध्यालय, अस्पताल, शिक्षक, चिकित्सक, एम्बुलेन्स, र शव दाहनको लागी के योजना हरू छन्?
७. करोडों मानिसले निकालेको फोहर व्यवस्थापनकालागी के योजना हरू छन्? पलास्टिक, शीशा, रबर, फलाम, आदि जस्ता फोहरका लागी रिसाइक्लिङको के योजना छ?
८. उपत्यकामा अहिले र आउँदा दिनहरूमा सामाजिक अपराध रोकथामकालागी केकति अदालत, तथा जेल, सुरक्षाकर्मि, वकील, न्यायधीश र कर्मचारी, राख्ने योजना छ?
९. राजधानी शहरकालागी कुन कुन स्थानहरूमा पार्क, मनोरन्जन, खेलकूदका संरचाना आदि राख्ने योजना छ?
१०. विपत्तिका बेलामा करोडों मानिसका लागी सुरक्षित स्थलहरू कहाँ कहाँ राखिने योजना छ? विपत योजना कति चरण र जनशक्ति कतिको तयारी गरिएको छ?
११. यो एउटा शहरको मात्र होइन अरू  स्मार्ट शहर हरू कहाँ कहाँ बनाउने योजना छ? के कति जनसंख्यालाइ धान्न सक्ने क्षमताको शहर हुने छ?
१२. यदि तपाइले काठमान्डु वा अन्य कुनै शहरमा घर बनाएर बसाइ सर्ने योजना बनाउनु भएको छ भने माथि भनिएका बाहेक अरू कुराहरूको समेत योजना हेरेर मात्र अन्तिम निर्णय लिनु राम्रो होला ।



क बाट करी पत्ता


क बाट करी पत्ता
From aruna upreti's facebook

नरम करी पत्तापानीमा उमालेर थोरै कागतीको रस र बिरेनून हालेपछि पेटमा रहेको गडबडी सञ्चो गर्ने परम्परागत पेय बन्छ । यसमा रहेको भिटामिन ‘ए’ ले रतन्धो हटाउन मद्दत गर्छ धेरैले थाहा नै पाएका छैनन्ने / यस्को वास्ता गरिन्न
काठमाडौंको दक्षिणी भेगतिर यसलाई ‘पैनामती’ र ‘असारे’ पनि भनिंदोरहेछ । असारमा पाकेपछि यसको दाना पनि खाँदा रहेछन् ।
करी’ पत्ता तराईतिर जताततै पाइने वनस्पति हो । ‘करी’ पत्ता पोषणको दृष्टिले अतिउत्तम छ । यसलाई ‘मीठा’ नीम पनि भनिन्छ । औषधिजन्य गुण हुने तर तीतो नहुने भएकोले यसलाई मीठा नीम भनिएको हुनुपर्छ ।
दक्षिण भारत र श्रीलंकामा करी पत्ताको प्रयोग अत्यधिक गरिन्छ । त्यहाँ जुनसुकै खानेकुरा पकाउँदा पनि करी पत्ता हालिन्छ ।
म जनस्वास्थ्य विशेषज्ञका रूपमा श्रीलंकामा रहँदा खानेकुराबाट झिक्दै छेउमा राख्दै गरेको देखेर एक नर्सले ‘यो त साह्रै पौष्टिक हुन्छ, किन फालेको ?’ भन्दै असन्तुष्टि व्यक्त गरिन् ।
त्यसपछि उनले करी पत्ता खाँदा हुने फाइदा बारे लामै व्याख्यान दिइन् । यसको नरम पातको अचार पनि बनाइँदो रहेछ । रसम (दाल) मा त यो नभई हुँदैन । त्यहाँ करी पत्ता नहालिएको खाना अपूर्ण मानिंदो रहेछ ।
त्यसपछि मैले पनि करी पत्ता खान शुरू गरें ।
करी पत्ता पोषणको भण्डार नै हो । यसको पात रेसादार हुन्छ । यसमा पर्याप्त मात्रामा लौहतत्व र भिटामिन ‘ए’ हुन्छ । क्याल्सियम, फस्फोरस र फोलिक एसिड हुन्छ ।
गर्भवती र सुत्केरीलाई दिनु लाभदायक मानिन्छ । स्वास्थ्य विज्ञका अनुसार यसमा पाइने फोलिक एसिडले भ्रूणलाई स्वस्थ रहन सहयोग गर्छ ।
तराईमा जताततै पाइने करी पत्ताबारे धेरैलाई खासै जानकारी रहेको देखिंदैन।
करी पत्ताका बारेमा केही अनुसन्धान पनि भएका छन् । मधुमेह भएकाहरूलाई पनि यसले फाइदा गर्छ किनभने यसले शरीरभित्र रहेको हर्माेन ‘इन्सुलिन’ को गतिविधिलाई प्रभावित गरेर रगतमा ग्लुकोजको मात्रा सन्तुलनमा राख्न मद्दत गर्छ ।
मेरा घरमा करी पत्ताको दुई बोट छन् । समय–समयमा यसको पात काँचै चपाउँछु । तरकारी बनाउँदा सम्झिएर हाल्छु । अचारमा बनाउँदा हरियो धनियाँसँगै करी पत्ता पनि मिसाउँछु ।
From aruna upreti's facebook

अभागि समर जङ कम्पनी


अभागि समर जङ कम्पनी
प्रेम बस्न्यात

बालुवाटार को ललिता निवास को जग्गा प्रकरन् मा जोडीयको समर्जङ कम्पनी को बारेमा छोटो जानकारी:
-
नेपाल एकिकरन को सिल सिला मा १८५६ साल मा स्थापना भएको नेपाली सेना को यो कम्पनी ( गुल्म) ले पस्चिमि नेपालको एकिकरन गरी काङडा सम्मा पुगेको थियो। पछी गएर यो कम्पनी लाई " स्पेसल फोर्स " को रुप मा रोयल गार्ड बनाइ हनुमान ढोका राजा दरबार्को सुरक्षा को लागि तैनाती गराइयो।
-
जसको कमान्डर भिमसेन थापाको भाई जनरल राणाबिर सिंह थापा थिय। भिमसेन थापा मुख्तियार र सक्तिसाली भएको बेलाको सक्तिसाली कम्पनी थियो , समर जङ। पछी राजा रानी नै भिम सेन थापाको बिरुद्ध मा हुन्छन र जनरल राणाबिर सिंह थापा लाई उक्सायर भिमसेन थापा लाई आपदस्थ गराउने योजना बन्छ।
-
यो कुरा भिमसेन थापा ले थाहा पाये पछी उनले भाई राणाबिर लाई पक्रेर कारबाही गर्न खोज्दा राणाबिर भागेर काठमाडौं बाहिर पुग्छन। त्यती खेरै उनले कमान्ड गरेको यो समर्जङ कम्पनी को खारेजी हुन्छ। अनी समर जङ को निसान लाई पनि भिम्सेन ले सजाय दियर उक्त निसान लाई ठाडो राख्न न पाइने खाली जमिन मा लडायर राख्नु पर्ने आदेस भो।
-
अब यो कम्पनी ले कुनै काम गर्न पाएन भने निसान को समेत् अपमान गरियो। पछी गएर राणा प्रधान मन्त्री हरुले यसलाई बाटो खन्ने , रुख काट्ने जस्ता काम मा प्रयोग गरे। यसलाई हतियार दिन र युद्ध मा प्रयोग गर्ने काम मा विश्वाश गरियन। २००७ साल पछी पनि यसलाई यस्तै काम मा राखियो।
-
पछी आएर त यसलाई गृह मन्त्रालय को अन्तर्गत राखियो। कस्तो अचम्म ? हाल पनि यसको अफिस काठमाडौं भोटाहिटी को मुखै मा दरबार स्कुल को सँगइ छ। निसान लाई जमिन मा लडायर राखियको छ।
-
निशान कहिले लडायर राख्न हुन्न। यिनी राजाले समेत् मानु पर्ने भगवति हुन। भिमसेन थापा को आक्रोस ले यो गल्ती भएको थियो।
-
वास्तव मा , भिमा सेन थापा बिरुद्ध सद्यँत्र गर्ने उनका भाई अनी सजाय पाउने यो क्कम्पनी । यसको ईतिहास नै न बुझी हाल सम्मा पनि यो कम्पनी माथि अन्याय भएको छ भने जङी निशान पाएको यो गुल्म कुनै हालत मा गैर सैनिक अङ बन्न सक्दैन। यसलाई फेरी जङी निशान दियर यस लाई जिवन्त बनाउ पर्छ।
अर्को कुरा उती खेर को चलन अनुसार जगा जमिन हरु सैनिक कम्पनी, पल्टन, कम्पु का नाम मा हुन्थे। अनी ति अङ हरुमा भर्ना हुने अधिक्रित देखी तल सम्मले त्यसैको आम्दामी बाट तलब - रासन समेत् लिन्थे। तर पछी गयर सेनाको संख्या बढे पछी त्यो सम्भब भएन। समर जङ कम्पनिको नाम मा जगा राख्नु को मतलब पनि त्यही थियो। पहिला सक्ती सड्यन्त्र मा परेर सजाय पायो भने अहिले आएर भ्र्स्टाचारि हरुको काम ले ललितानिवास को जग्गा प्रकारन मा यसको नाम अैरहेको छ। साचै यो कम्पनी अभागि रहेछ।

के यही हो त हाम्रो कानूनी राज्यको अवधारणा?


नेपालको राजनीतिले मुलुकलाइ लाभ भन्दा हानिनै धेरै पुरयाएको छ भन्ने मलाइ कता कता लागी रहेको छ । नेपाल सानो मुलुक, धेरै जातजातिको भेषभुषा, भाषा, कला, संस्कृति, र परम्पराले ढकमक्क सुन्दर फुलवारी हो । यस देशको नागरिकको अधिकार, सुरक्षा, समृद्धि, र सुखकालागी काम गर्छु भनी लाटासोझा जनतासंग भोट मागेर ति जनताका प्रतिनिधि भएका छन् । पदमा आसीन भए पछि कतिपयले ति सबै बाचा हरू एकातिर पोका पारी थन्काएका छन् । जनताका प्रतिनिधि अब आफना चम्चा, चाटुकार, फटाहा, अधर्मी हरूको सुख सुविधामा मात्र केन्द्रीत छन् । उनलाइ आफनो देशको सीमा कति ठाउँमा मिचेको छ अत्तोपत्तो छैन, के कसरी आफनो भूमि फिर्ता लिने भन्ने कुटनीति थाहा छैन । सीमा वारपार के कस्ता आपराधिक गतिविधिहरू भएका छन् वास्ता छैन । सुरक्षाका संयन्त्रहरूमा के सुधार गर्नु पर्छ भन्ने थाहा छैन । जनताले विहान बेलुकीको छाक कसरी टारेका छन् वास्ता छैन । नेपालको वन, कृषि योग्य भूमि, जल र जनको सदुपयोग कसरी गर्ने योजना छैन । कति सुत्केरीहरू र वालवालिकाहरू सामान्य उपचार नपाएर मर्न परेको कुरा उनलाइ वास्ता छैन ।
राजनीतिले गर्दा एकै परिवारका सदस्य विभिन्न राजनीतिक दलमा विभाजित छन्, अब विश्वविद्धालयका प्राध्यापक, विद्धार्थी, सरकारी कर्मचारी, पत्रकार, वकील, इन्जिनियर, डाक्टर, टयाक्सी, ट्रक, बस चालक हरू, ठेकेदार हरू, ठुला उद्धोगपतिहरू, विभिन्न खेमा, संघसस्था, तथा राजनीतिक दलमा विभाजित छन् । हुँदा हुँदा सेवानिवृत भएका कर्मचारीहरूको भलाइका लागी काम गर्ने संघ संस्थाहरू पनि विभिन्न गुट, राजनितिक दलमा विभक्त छन् । सर्वसाधारणले सजिलै सेवा पाउन गाह्रो भएको छ । कुनै कर्मचारीले भ्रष्टाचार, गरेमा उसमाथि कारवाही नहोस भनेर कर्मचारीका संघ र राजनीतिक दल बचाउमा दवाव दिन्छन् । टयाक्सी चालकले यात्रुलाइ ठगी गरेमा उसलाइ कारवाही हुन बाट रोक्न उसका चालक संघले विरोध गर्छ । के यही हो त अब हाम्रो सामाजिक धर्म? के यही हो त हाम्रो कानूनी राज्यको अवधारणा? के अब हामी यही छाडापन, यही भ्रष्टाचार,, यही मनपरीतन्त्र, यही भीडतन्त्रमा हाम्रो भविष्य खोज्ने हो त? भनिन्छ राजनीति गम्भीर र संवेदनशील विषय हो । कतै काम नलाग्ने मानिस राजनीतिमा ठिक हुनु भनेको समाजमा अन्याय, अत्याचार, भ्रष्टाचार, अपराध, रोग, र अधर्मलाइ प्रश्रय दिनु हो । के अब यस्तो व्यवस्था परिवर्तन गर्ने खाँचो छैन र?
Govind Thapa, facebook, June 3, 2020

कला र संस्कृतिकाे संरक्षण

नेपाल विविध जातजाति, धर्म, भाषा, संस्कृति, कला, इतिहास, साहित्यकाे धनि देश हुंदा पनि हामी गरीब छाैं । राज्यमा भएका नेताहरू यी कुरा हरूकाे बारेमा साेच्न सक्ने हैसियत राख्दैन । उनकाे प्राथमिकताहरू अलग छन् । सरकारमा बसेका हरू भ्रषटाचार लाइ बढावा दिदैछन् । कसरी यसता सम्पदा लाइ जाेगाउन सकिन्छ त यस्ताे अवस्थामा?
https://youtu.be/GLbryIjUmMg

The role of political parties in deepening democracy in Nepal


The role of political parties in deepening democracy in Nepal

The political parties in Nepal have demonstrated an amazing feat for democracy restoration. But they have shown scant ability in institutionalizing democracy. Their challenges lies in the fusion of shared visions, moral leadership, and opening up for the Nepali citizens an opportunity for a dignified life, liberty, and progress. Nepal's ethnic, caste, language, and religious diversity makes the society highly resilient and public-spirited prompting critical thinking and diverse solution, a precondition to deepening democracy.
The stability of democracy rests on the honesty of leadership to party statutes, predictable policies, a deliberative mechanism of decision making, smooth transfer of authority to local leadership, and its ability to build trust between the state, the civic institutions, and citizens. Political authority derives from elections, the trust of people and law and, therefore, its term is fixed. This means civic power of parties and institutional power of security, rule of law, integrity, accountability, justice and transparency require building a coherent vision, inter-generational circulation of leadership in the bodypolitik, and creating policies to mobilize the centripetal forces of society, erase the fault lines between the numerous parties and unite the citizens for cooperative action.
Foreword by Dev Raj Dahal, Head, FES Nepal for the book, 'The role of political parties in deepening democracy in Nepal' edited by Anand Aditya and Chandra D. Bhatta

नेपालकाे पहिलाे प्रतिनिधि सभा


प्रहरी संगठन सुदृढ गर्न नयाँ ऐनको मस्यौदा तयार गरिँदैछ

  प्रहरी संगठन सुदृढ गर्न नयाँ ऐनको मस्यौदा तयार गरिँदैछ : गृहमन्त्री लेखक   आश्विन ३० , २०८१ रासस काठमाडौँ — गृहमन्त्री रमेश लेखकले न...