Thursday, June 18, 2020

के यही हो त हाम्रो कानूनी राज्यको अवधारणा?


नेपालको राजनीतिले मुलुकलाइ लाभ भन्दा हानिनै धेरै पुरयाएको छ भन्ने मलाइ कता कता लागी रहेको छ । नेपाल सानो मुलुक, धेरै जातजातिको भेषभुषा, भाषा, कला, संस्कृति, र परम्पराले ढकमक्क सुन्दर फुलवारी हो । यस देशको नागरिकको अधिकार, सुरक्षा, समृद्धि, र सुखकालागी काम गर्छु भनी लाटासोझा जनतासंग भोट मागेर ति जनताका प्रतिनिधि भएका छन् । पदमा आसीन भए पछि कतिपयले ति सबै बाचा हरू एकातिर पोका पारी थन्काएका छन् । जनताका प्रतिनिधि अब आफना चम्चा, चाटुकार, फटाहा, अधर्मी हरूको सुख सुविधामा मात्र केन्द्रीत छन् । उनलाइ आफनो देशको सीमा कति ठाउँमा मिचेको छ अत्तोपत्तो छैन, के कसरी आफनो भूमि फिर्ता लिने भन्ने कुटनीति थाहा छैन । सीमा वारपार के कस्ता आपराधिक गतिविधिहरू भएका छन् वास्ता छैन । सुरक्षाका संयन्त्रहरूमा के सुधार गर्नु पर्छ भन्ने थाहा छैन । जनताले विहान बेलुकीको छाक कसरी टारेका छन् वास्ता छैन । नेपालको वन, कृषि योग्य भूमि, जल र जनको सदुपयोग कसरी गर्ने योजना छैन । कति सुत्केरीहरू र वालवालिकाहरू सामान्य उपचार नपाएर मर्न परेको कुरा उनलाइ वास्ता छैन ।
राजनीतिले गर्दा एकै परिवारका सदस्य विभिन्न राजनीतिक दलमा विभाजित छन्, अब विश्वविद्धालयका प्राध्यापक, विद्धार्थी, सरकारी कर्मचारी, पत्रकार, वकील, इन्जिनियर, डाक्टर, टयाक्सी, ट्रक, बस चालक हरू, ठेकेदार हरू, ठुला उद्धोगपतिहरू, विभिन्न खेमा, संघसस्था, तथा राजनीतिक दलमा विभाजित छन् । हुँदा हुँदा सेवानिवृत भएका कर्मचारीहरूको भलाइका लागी काम गर्ने संघ संस्थाहरू पनि विभिन्न गुट, राजनितिक दलमा विभक्त छन् । सर्वसाधारणले सजिलै सेवा पाउन गाह्रो भएको छ । कुनै कर्मचारीले भ्रष्टाचार, गरेमा उसमाथि कारवाही नहोस भनेर कर्मचारीका संघ र राजनीतिक दल बचाउमा दवाव दिन्छन् । टयाक्सी चालकले यात्रुलाइ ठगी गरेमा उसलाइ कारवाही हुन बाट रोक्न उसका चालक संघले विरोध गर्छ । के यही हो त अब हाम्रो सामाजिक धर्म? के यही हो त हाम्रो कानूनी राज्यको अवधारणा? के अब हामी यही छाडापन, यही भ्रष्टाचार,, यही मनपरीतन्त्र, यही भीडतन्त्रमा हाम्रो भविष्य खोज्ने हो त? भनिन्छ राजनीति गम्भीर र संवेदनशील विषय हो । कतै काम नलाग्ने मानिस राजनीतिमा ठिक हुनु भनेको समाजमा अन्याय, अत्याचार, भ्रष्टाचार, अपराध, रोग, र अधर्मलाइ प्रश्रय दिनु हो । के अब यस्तो व्यवस्था परिवर्तन गर्ने खाँचो छैन र?
Govind Thapa, facebook, June 3, 2020

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...