Thursday, June 18, 2020

काठमान्डु शहरको कहर


काठमान्डु शहरको कहर

Govind Thapa, facebook

काठमान्डु उपत्यकामा मानिस हरूको चाप दिन दिनै बढदै छ । नयाँ नयाँ घर थपिदै छन् । मेरो मनमा केही प्रश्न हरू स्वस्फुर्त रूपमा उब्जिन्छन् ।
१. काठमान्डु उपत्यकाको कुनै दीर्घकालीन योजना छ कि छैन?
२. यदि छ भने यस उपत्यकामा कति करोड मानिसलाइ राख्ने योजना छ? र कति जनसंख्या बस्न सक्छन? कति पर्यटक हरू ल्याउने योजना छ?
३. उपत्यका वासी र पर्यटक हरूकालागी बसोवास, खाद्धान्न, पानीको दीर्घकालीन योजना के छ? के त्यही मेलम्चीको पानीले पुग्ला? अरू विकल्प के सोचिएका छन्?
४. खाद्धान्नको पुर्तिकालागी के योजना छ? पैठारीकालागी बाटाका योजनाहरू के छन्? के अहिलेकै बाटाहरूले काम चलाउने सोच हो?
५. उपत्यकामा के कस्तो र कतिको संख्यामा यातायातका साधन हरू अटाउलान्? र केकस्ता र कति मोटर हरू ल्याउने योजना छ? के कस्ता बाटा हरू बनाउने योजना छ?
६. उपत्यकाका करोडोंको जनसंख्याकालागी यथेस्थ स्कूल, कलेज, विश्वविदध्यालय, अस्पताल, शिक्षक, चिकित्सक, एम्बुलेन्स, र शव दाहनको लागी के योजना हरू छन्?
७. करोडों मानिसले निकालेको फोहर व्यवस्थापनकालागी के योजना हरू छन्? पलास्टिक, शीशा, रबर, फलाम, आदि जस्ता फोहरका लागी रिसाइक्लिङको के योजना छ?
८. उपत्यकामा अहिले र आउँदा दिनहरूमा सामाजिक अपराध रोकथामकालागी केकति अदालत, तथा जेल, सुरक्षाकर्मि, वकील, न्यायधीश र कर्मचारी, राख्ने योजना छ?
९. राजधानी शहरकालागी कुन कुन स्थानहरूमा पार्क, मनोरन्जन, खेलकूदका संरचाना आदि राख्ने योजना छ?
१०. विपत्तिका बेलामा करोडों मानिसका लागी सुरक्षित स्थलहरू कहाँ कहाँ राखिने योजना छ? विपत योजना कति चरण र जनशक्ति कतिको तयारी गरिएको छ?
११. यो एउटा शहरको मात्र होइन अरू  स्मार्ट शहर हरू कहाँ कहाँ बनाउने योजना छ? के कति जनसंख्यालाइ धान्न सक्ने क्षमताको शहर हुने छ?
१२. यदि तपाइले काठमान्डु वा अन्य कुनै शहरमा घर बनाएर बसाइ सर्ने योजना बनाउनु भएको छ भने माथि भनिएका बाहेक अरू कुराहरूको समेत योजना हेरेर मात्र अन्तिम निर्णय लिनु राम्रो होला ।



Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...