Thursday, June 18, 2020

अभागि समर जङ कम्पनी


अभागि समर जङ कम्पनी
प्रेम बस्न्यात

बालुवाटार को ललिता निवास को जग्गा प्रकरन् मा जोडीयको समर्जङ कम्पनी को बारेमा छोटो जानकारी:
-
नेपाल एकिकरन को सिल सिला मा १८५६ साल मा स्थापना भएको नेपाली सेना को यो कम्पनी ( गुल्म) ले पस्चिमि नेपालको एकिकरन गरी काङडा सम्मा पुगेको थियो। पछी गएर यो कम्पनी लाई " स्पेसल फोर्स " को रुप मा रोयल गार्ड बनाइ हनुमान ढोका राजा दरबार्को सुरक्षा को लागि तैनाती गराइयो।
-
जसको कमान्डर भिमसेन थापाको भाई जनरल राणाबिर सिंह थापा थिय। भिमसेन थापा मुख्तियार र सक्तिसाली भएको बेलाको सक्तिसाली कम्पनी थियो , समर जङ। पछी राजा रानी नै भिम सेन थापाको बिरुद्ध मा हुन्छन र जनरल राणाबिर सिंह थापा लाई उक्सायर भिमसेन थापा लाई आपदस्थ गराउने योजना बन्छ।
-
यो कुरा भिमसेन थापा ले थाहा पाये पछी उनले भाई राणाबिर लाई पक्रेर कारबाही गर्न खोज्दा राणाबिर भागेर काठमाडौं बाहिर पुग्छन। त्यती खेरै उनले कमान्ड गरेको यो समर्जङ कम्पनी को खारेजी हुन्छ। अनी समर जङ को निसान लाई पनि भिम्सेन ले सजाय दियर उक्त निसान लाई ठाडो राख्न न पाइने खाली जमिन मा लडायर राख्नु पर्ने आदेस भो।
-
अब यो कम्पनी ले कुनै काम गर्न पाएन भने निसान को समेत् अपमान गरियो। पछी गएर राणा प्रधान मन्त्री हरुले यसलाई बाटो खन्ने , रुख काट्ने जस्ता काम मा प्रयोग गरे। यसलाई हतियार दिन र युद्ध मा प्रयोग गर्ने काम मा विश्वाश गरियन। २००७ साल पछी पनि यसलाई यस्तै काम मा राखियो।
-
पछी आएर त यसलाई गृह मन्त्रालय को अन्तर्गत राखियो। कस्तो अचम्म ? हाल पनि यसको अफिस काठमाडौं भोटाहिटी को मुखै मा दरबार स्कुल को सँगइ छ। निसान लाई जमिन मा लडायर राखियको छ।
-
निशान कहिले लडायर राख्न हुन्न। यिनी राजाले समेत् मानु पर्ने भगवति हुन। भिमसेन थापा को आक्रोस ले यो गल्ती भएको थियो।
-
वास्तव मा , भिमा सेन थापा बिरुद्ध सद्यँत्र गर्ने उनका भाई अनी सजाय पाउने यो क्कम्पनी । यसको ईतिहास नै न बुझी हाल सम्मा पनि यो कम्पनी माथि अन्याय भएको छ भने जङी निशान पाएको यो गुल्म कुनै हालत मा गैर सैनिक अङ बन्न सक्दैन। यसलाई फेरी जङी निशान दियर यस लाई जिवन्त बनाउ पर्छ।
अर्को कुरा उती खेर को चलन अनुसार जगा जमिन हरु सैनिक कम्पनी, पल्टन, कम्पु का नाम मा हुन्थे। अनी ति अङ हरुमा भर्ना हुने अधिक्रित देखी तल सम्मले त्यसैको आम्दामी बाट तलब - रासन समेत् लिन्थे। तर पछी गयर सेनाको संख्या बढे पछी त्यो सम्भब भएन। समर जङ कम्पनिको नाम मा जगा राख्नु को मतलब पनि त्यही थियो। पहिला सक्ती सड्यन्त्र मा परेर सजाय पायो भने अहिले आएर भ्र्स्टाचारि हरुको काम ले ललितानिवास को जग्गा प्रकारन मा यसको नाम अैरहेको छ। साचै यो कम्पनी अभागि रहेछ।

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...