तेमाल जात्रालाई डम्फु गीत
वैशाख ६, २०७६कान्तिपुर संवाददाता
काठमाडौँ — हरेक वर्ष राजधानीको बौद्ध र स्वयम्भूको लाग्ने तेमाल जात्राको विशेषता हो– फापरे हृवाई । जात्रा या मेला पर्वमा तामाङ समुदायले डम्फुबिना नै गाउने यो खुल्ला प्रेमगीत हो । बिहीबार बौद्ध महाचैत्य परिसरमा भने भिन्न दृश्य देखिए ।
राजधानी आसपासका गाउँबाट मानिस डम्फु बोकेरै आएका थिए । उनीहरूले डम्फुमै प्रेमगीत गाए । ‘तामाङ संस्कारमा डम्फुरे गीत र फापरे गीतबीच ठूलो भिन्नता छ,’ बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले भने, ‘डम्फुरे गीत संस्कारसँग सम्बन्धित हुन्छ भने फापरे गीत प्रेमसँग । पहिले पहिले बिनाडम्फु फापरे गीत गाएको देखेको हुँ, केही वर्षयता जात्रामा डम्फु पनि देखिन थालेको छ ।’
उनले यसो भन्दै गर्दा बौद्धनाथ वरिपरि लामा गुरु लस्करै भुइँमा बसेर पूजा गर्दै थिए । वर्षभरि दिवंगत प्रियजन र पितृको सम्झनामा बत्ती बाल्दै पूजा गर्ने र फापरे गीत गाएर रमाउने यो पर्वमा राजधानी आसपासका जिल्लाबाट तामाङहरू ओइरिन्छन् । चैत्रशुक्ल चतुर्दशीका दिन बौद्ध र पूर्णिमाको दिन स्वयम्भूमा मनाइने यो जात्रामा युवायुवतीहरूचाहिँ चैत्य परिक्रमा गर्दै मन पराएका बीच ‘फापरे गीत’ मार्फत जुहारी खेल्छन् । गीतबाटै ठेगाना सोध्नेदेखि प्रेमप्रस्ताव राख्नेसम्म हुन्छ । ‘मन पराएमा रातभर जागा बसेरै गीत गाउँछन्,’ संस्कृतिविद् एवं लेखक रवीन्द्र ग्याबा तामाङले भने, ‘भोलिपल्ट सडकैसडक गीत गाउँदै स्वयम्भू पुग्छन् ।’
यस्तै भिन्न दृश्य डम्फुरेको थियो । फापरे गीतलाई डम्फुको ताल दिनेमध्येमा थिए काभ्रेका पेमा लामा । उनका अनुसार डम्फु गीत पनि पछिल्लो समय जात्राहरूमा चल्न थालेको छ । भिन्नभिन्न ठेगानाबाट जात्रामा आएकाहरूबीच आपसी संवाद र चिनाजानीको आधार नै फापरे हृवाई हो । ‘पहिले पहिले सञ्चारका माध्यम थिएन, वर्षमा एक पटक जात्रामै भेट हुन्थ्यो,’ काभ्रे तेमालका मानबहादुर दोङले भने, ‘दिनरात गीत गाएर अर्को वर्ष भेट्ने वाचा हुन्थ्यो । वर्षभरि कुरेर जात्रामै भेट्न प्रेमीहरू आउँथे ।’
तामाङ समुदायमा विवाह र व्रतबन्धको बेला डम्फु बजाउँदै पृथ्वीको उत्पत्तिदेखि मानव सृृष्टि, आदिमानवबीचको प्रेम सम्बन्ध हुँदै तामाङ भाषा, संस्कार, परम्परा गीतबाटै बताउने प्रचलन छ । ‘फापरे गीतमा ख्यालठट्टा र जिस्काजिस्की चल्छ,’ उनले भने, ‘तर डम्फु गीतमा यस्तो हुँदैन । यसमा त एक समूहले अर्को समूहलाई नातागोता, थर, संस्कार र उत्पत्तिबारे सोधिन्छ र अर्को समूहले आफ्नो संस्कार, कुलबारे उत्तर दिन्छ ।’
–सुशीला तामाङ प्रकाशित : वैशाख ६, २०७६ ०८:०२