Thursday, June 13, 2019

संकटमा हुड्केली नाच

संकटमा हुड्केली नाच
लक्ष्मणओझाशनिबार, ०२ चैत २०७५, ०८ : ५२ |  नागरिक
दुई दशकअघिसम्म सुदूरपश्चिममा हुड्केली नाच्ने प्रचलन थियो। त्यतिबेला विवाह, व्रतबन्धलगायत शुभकार्यमा हुड्केली नचाइन्थ्यो। तर, पछिल्लो समय भने नाच लोप हुने अवस्थामा पुगेको छ। पश्चिमे संस्कृतिको आकर्षणले नाच लोप हुने अवस्थामा पुगेको जानकार बताउँछन्। ‘आधुनिकताका नाममा यो नाच लोप हुने अवस्थामा पुगेको छ,’ संस्कृतिसम्बन्धी जानकार डोटीका मदनराज ओझाले भने।
जानकारका अनुसार दुई दशकअघिसम्म गाउँगाउँमा हुड्केली नाच्ने भेटिन्थे। तर, अहिले मुस्किलले भेटिन्छन्। नयाँ पुस्ताले यसप्रति चासो नदिँदा यसप्रति कसैले चासो नदिएको उनीहरूको भनाइ छ। लामो समयदेखि हुड्केली नाच नाच्दै आएकाहरू पनि नयाँ पुस्ताले चासो नदिँदा हुड्केली लोप हुने अवस्थामा पुगेको बताउँछन्। पहिले हुड्के नाचेरै घरखर्च चलाउन सकिन्थ्यो। तर, अहिले त्यो अवस्था नरहेको उनीहरूको भनाइ छ। हुड्केली नाच्नेलाई स्थानीय भाषामा ‘हुड्के’ भनिन्छ।
हुड्केली नेपालको पश्चिमी भेगको प्रचलित नाच मानिन्छ। यो हुड्का (डमरुजस्तै एक हातले बजाउन मिल्ने बाजा) को तालसँग नाचिन्छ। यसमा राजा महाराजका तथा पौराणिक गाथा गाइन्छ। हुड्केलीमा एक मुख्य हुड्के र अन्य चार–पाँच जना सहायक हुड्के हुन्छन्। यो नाचमा मुख्य हुड्केले गाएको गीत सहायक हुड्केले लय मिलाउँदै गाउँछन्। हुड्केली नाच्नेले सेतो पहिरन लगाएको हुन्छ भने टाउकोमा पनि सेतो पकडी बाँधेको हुन्छ। त्यस्तै, रातो कपडा छड्के पारेर कम्मरमा बाँधेको हुन्छ।
भारतको उत्तराखण्डमा यो नाचलाई छलिया भन्ने गरिएको छ। हुड्के नाच्दा राजाका ऐतिहासिक तथा पौराणिक गाथा गाइन्छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका सुदूरपश्चिम संयोजक एवम् लोक देउडा गायक सुरत रावत ‘डोटेली कान्छा’ पछिल्लो समय यस क्षेत्रका कला संस्कृति हराउँदै गएको बताउँछन्। ‘नयाँ पुस्तामा पश्चिमे संस्कृतिमा मोह भएकाले नै परम्परागत संस्कृति धरापमा परेको छ,’ उनी भन्छन्, ‘यसको असर हुड्केली नाचमा पनि परेको छ।’ तसर्थ, यसतर्फ सरकारले पहल थाल्नुपर्ने उनको माग छ।

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...