बुढेसकालमा माइती
चैत्र २०, २०७५भवानी भट्ट
कञ्चनपुर — 'चैत महिना दादा, चैत महिनाभेट्न आए दादा तेरी बैना । ’डोटेली गायक महेशकुमार आउजी र राधिका हमालको स्वरमा रहेको सुदूरपश्चिमेली यो गीतले मनोरञ्जन मात्रै दिँदैन ।
२०६० तिरको यो गीतले सुदूरपश्चिमको संस्कति र परम्परालाई समेत समेटेको छ । दाजुभाइले आफ्ना दिदीबिहिनीलाई चैतको महिना भेट्न जाने सुदूरपश्चिमको ‘चैतालो भैटौलो’ परम्परालाई यो गीतले झल्काउँछ । आइतबार महाकाली साहित्य संगमले महेन्द्रनगरमा आयोजना गरेको चैतालो भेटौलो कार्यक्रममा उल्टाखामकी सीता पुजाराले उक्त गीत गाउँदा कार्यक्रमका सहभागी सबै नाच्न झुम्मिए । दिदीबहिनी, दाजुभाइ सबैका कुरा समेटिएको गीतमा हुड्केली गाउने र नाच्नेसमेत रमाए ।
चैतको महिना । सुक्खा यामको सुरुवात । वन जंगलमा बास्ने कोइली र न्याउलीले झनै उदास बनाउँछन् । विवाह भएका छोरी बहिनीहरू माइती भेट्न आउने आशमा बसेका हुन्छन् । दाजुभाइ नहुनेहरू निराश हुन्छन् ।
त्यसकै प्रतिविम्ब आउजीको गीत हो । सुदूरपश्चिममा चैतालो भेटौलोलाई एउटा प्रमुख पर्वका रूपमा मानिन्छ । विभिन्न जिल्लामा माघमा भेटने चलन भए पनि प्रायःले चैतमै दिदीबहिनी भेट्न जान्छन् । सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा घरघरै पुगेर चैतोली हुड्केलो गाउने चलन पनि छ । साहित्य संगमको कार्यक्रममा पनि चैतालो हुड्को गाउनेसँगै दाइभाइ नभएका टुहुरा दिदीबहिनीहरूलाई कोसेलीसहित भैटौलो प्रदान गरियो ।
दाजुभाइ नभएका ६ जना दिदीबहिनीलाई कोसेली प्रदान गरियो । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ कटानकी ७० वर्षीया पुष्पा भट्टका माइतीबाट चैतालो भेटौलो नआएको २६ वर्ष भयो । बुवा सानो छदै बिते । आमा पनि २०४९ मा मृत्यु भएपछि भेट्न कोही आएनन् । ४ बहिनीमध्ये पुष्पा जेठी हुन् ।
उनले नै आफूभन्दा कान्छी बहिनीहरूलाई भेट्ने गर्छिन् । तर उनलाई भेट्न कोही आउँदैन । ‘आज २६ वर्षपछि मैले माइती र भाइ भेटे,’ आइतबार महाकाली साहित्य संगमले चैतालो भेटौलो प्रदान गरेपछि खुसी हुँदै पुष्पाले भनिन्, ‘दाइभाइ नहुँदाको पीडा मैले महसुस गरेकी छु, चैतमा भेट्न मात्रै होइन, भाइटीकाका बेला पनि मन उदास हुन्छ ।’
बुढेसकालमा महाकाली साहित्य संगमले बहिनी मानेर भेटेकोमा उनी निकै खुसी छिन् । थारू समुदायमा चैतालो भेटौला चलन छैन । संगमले गीता चौधरीलाई पनि चैतालो भेटौलो प्रदान गरेपछि उनीपनि खुसी छिन् । भारतबाट भागी विवाह गरेकी उनको माइतीसँग कुनै सम्पर्क छैन । अब त माइतीमा कोको छन् भन्ने पनि उनलाई थाहा छैन । ‘नयाँ चलन थाहा पाए, माइती पनि भेट्टाएँ,’ उनले भनिन्, ‘वर्षौंअघि माइती घर छाड्दाको पीडा अहिले सम्झेँ ।’
संगमले समावेशी रूपमा दाजुभाइ नभएका जनजाति, दलित र एकल महिलालाई छानेर चैतको कोसेली प्रदान गरेको हो । भट्ट र चौधरीसँगै शौका समुदायकी मञ्जु लामा, उष लुहार, गोमती बोहोरा र गीता आउजीलाई चैतालौ भेटौलो प्रदान गरेको हो । छोरी बहिनीलाई भेट्न जाँदा पकवान, फलफूल र कपडा लैजाने चलन छ । पहाडतिर सुक्खा याममा खाद्यान्नकोसमेत अभाव हुन्छ ।
त्यही बेला छोरीबहिनी के खाने हो भन्ने मनसायले केही दिनका लागि भए पनि पकवान र फलफूलसहित भेट्न जाने चलन सुरु गरिएको हो । हुड्को गाउँनेहरू मोहन आउजी, चिना नेपाली र गीता आउजीले चैतालो भेटौलोको संस्कार बोकेको कत्युवंशी राजा भानादेउ र गोरीधानाको कथा गाए । कथाअनुसार १३ शताब्दीमा राजा भानादेउकी छोरी गोरीधानाको विवाह नागवंशी राजा कालीनागसँग हुन्छ । विवाह भएको लामो समयसम्म गोरीधानाले माइत आउने तथा माइतीले उनलाई भेट्न जाने गरेनन् ।
भानादेउका छोरा सादेउवालाको जन्म भयो । उनी ठूला भएपछि दिदीबहिनी भए नभएको सोधी खोजी गरे । दिदीबारे जानकारी पाएपछि उनले भेट्न जाने इच्छा गरे । तर आमा कौशिलाले नागहरूले खाइदिने भन्दै उनलाई पठाउन मानेनन् । छोराका जिद्द अगाडि कौशिलाको केही चलेन । उनलाई नयाँ लुगा सिलाएर पकावानसहित छोरीका घर पठाए । घरमा पुगेपछि भाइबहिनीबीच लामो समयपछि भेटले निकै भावुक बनाउँछ ।
काली नागले पनि सालाको राम्रो स्वागत गरे । करिब एक महिनापछि दिदीसँगै घर फर्किने बेला काली नागकी बहिनी भागानन्दले शंका पैदा गरेपछि कालीनागले सालालाई रोके । त्यसपछि उनीमाथि आक्रमण गरे तर त्यसले केही असर गरेन । त्यपछि सदेउवालाले आक्रमण गर्दा काली नागको मृत्यु भयो । नागको मृत्युपछि दिदी गोरीधानाले पनि आत्महत्या गरिन् । त्यसपछि सादेउवालाले पनि आत्महत्या गरे ।
कालीनागकी बहिनी भागा नन्दको शंकाका कारण दुईटा परिवारको नाश हुन्छ । त्यससँग सम्बन्धित एक डोटेली गीतको बोल चर्चित छ– इचली व कनालीका पलुइ झान्ना तिता, भलो गरे भागा नन्द दुई घर रित्ता ।
प्रकाशित : कान्तिपुर, चैत्र २०, २०७५ ०९:४६