Thursday, June 13, 2019

सोजाक माने नमस्कार

सोजाक माने नमस्कार
कुसुन्डा/शब्दअर्थ, अन्नपूर्ण, फुर्सद, ९ चैत्र, २०७५
(भाषा अमूल्य सम्पत्ति हो। भाषा मरे सभ्यता पनि मर्छ। अंग्रेजी भाषाले संसारका विभिन्न भाषामा प्रचलित शब्दलाई आफ्नो शब्दकोशमा प्रविष्टि दिइरहेको छ। उनीहरूको शब्दकोश मोटाइरहेको छ, तर सरकारी तथ्यांकअनुसार नेपालमा एक सय २३ भाषा बोलिए पनि हाम्रा शब्दकोश भने पातला छन्। सीमित शब्दलाई मात्र शब्दकोशमा स्थान दिइएको छ।
शब्दकोश बहुभाषिक–बुहभाषिकीय हुन सकेको छैन। हाम्रै नेपाली दाजुभाइले बोल्ने भाषालाई ‘आगन्तुक’ भनेर पढाइरहेका छौँ। हामीले भाषिक विविधतालाई सदुपयोग गर्न सकेका छैनौँ, यसको प्रयोगलाई बढाएर भाषालाई समृद्ध–समृद्ध बनाउन सकेका छैनौँ। हामी यस शब्दकोश स्तम्भमा नेपाली भाषाको शब्दकोेशमा नसमेटिएका ‘नेपाली’ शब्द र तिनको अर्थ दिनेछौँ।
पहिलो अंकमा सबैभन्दा कम वक्ता (२७३ जना) भएका कुसुन्डा भाषाका केही शब्द र अर्थ प्रस्तुत गरेका छौँ। यस स्तम्भमा नेपाली भाषाकै पनि विभिन्न क्षेत्रमा बोलिने भाषिकालाई पनि समेट्नेछौँ। हाम्रो अभिप्राय हो-शब्द अपुग भए विदेशी भाषाका शब्द पनि प्रयोग गरौँ तर त्यसअघि हाम्रै १२२ वटा भाषा र भाषिकातिर पनि नजर दिऔँ। नमस्कार नमस्कार भन्दा दिक्क भए सोजाक पनि भनौँ। हामी विभिन्न सुमदायका वक्तालाई आफ्ना भाषाका केही रोचक शब्द र तिनको अर्थ लेखी पठाउन आह्वान गर्छैं।)
नेपालमा सबैभन्दा थोरै मान्छेले बोल्ने भाषाको रूपमा रहेको कुसुन्डा भाषा राम्रोसँग जान्ने एकमात्र जीवित व्यक्ति हुन्, ज्ञानीमैया कुसुन्डा (८३)। उनी आफ्नो भाषा लोप भएकामा चिन्तित छिन्। उनी दाङस्थित आफ्नै घरमा कुसुन्डा भाषा सिकाउँछिन्। भाषा सिकाइसकेर अजिकी (बाख्रा) चराउँदै गरेकी ज्ञानीमैयाले आफ्नो भाषाका केही शब्द सुनाइन्। कुसुन्डा भाषामा ‘धोका’ बुझाउने शब्द भने रहेनछ। यसको समाजशास्त्रीय व्याख्या होस्। भाषा कसरी आविष्कार हुन्छ होला, बुझिल्याउँदा अनौठो लाग्छ। जुत्ता–चप्पल लाउने चलन त धेरै पछि चल्यो होला तर कुसुन्डा भाषामा जुत्ता÷चप्पल बुझाउने शब्द हो-यन गिट। अब सुनौँ, नानीमैयाँ आमालाई :
नटी च्यु : के छ ?, ओय च्यु : ठीकै छ, ओहि : घर, नवअगन : बिहे, ओलाङ : मीठो, नखिया अगन : हाँस्नु,
दङा : लट्ठी, इमा : खेत, नु : मान्छे, म्याक : जनावर, दुख्ची : छोरा, निङ्गिचे : छोरी, अजिकी : बाख्रा,
याङ : गोबर÷दिसा, दुम : माटो, ओगजी : मृत्यु, डुई : लोग्ने÷पुरुष, बम : आकाश, अबोक : तरकारी,
अम्बा : मासु, ओए चिउ : राम्रो, कोलम चिउ : नराम्रो, इङ्गुटप : रात, ओङ्चा : दिन, टाङ् : पानी,
यन गिट : जुत्ता चप्पल, सोजाक : नमस्कार,
प्रस्तुति : : वसन्त आचार्य

नाछिरिङ भाषाको पाठ्यक्रम तयार

नाछिरिङ भाषाको पाठ्यक्रम तयार
शुक्रबार, ०८ चैत २०७५, ०८ : ११ |  नागरिक
खोटाङ – नाछिरिङ राई भाषा पठनपाठनका लागि पाठ्याक्रम तयार भएको छ। पूर्वी नेपालका विभिन्न जिल्लामा बसोबास गरिरहेका नाछिरिङ राई भाषाको पठनपाठनका लागि पहिलोपल्ट पाठ्यक्रम तयार पारिएको हो। रामकुमार राईको संयोजकत्वको पाठ्यक्रम निर्माण समितिले गत मंसिरदेखि नाछिरिङ भाषाको पाठ्यक्रम निर्माणको काम सुरु गरेको थियो। स्थानीय तहको कार्यान्वयनपछि विभिन्न भाषाभाषीमा पठनपाठन गर्ने बाटो खुलेसँगै नाछिरिङ राईको बाहुल्यता भएको ठाउँका विद्यालयमा नाछिरिङ भाषामै कक्षा १ देखि ३ सम्मको पठनपाठनका लागि पाठ्यक्रम तयार पारिएको हो।
लोपोन्मुख बनेको नाछिरिङ भाषा, संस्कृति, इतिहासलगायतको संरक्षण एव् सम्वद्र्धनको लक्ष्यका साथ किरात रदु नाछिरिङ साखाम केन्द्रको पहलमा पाठ्यक्रम तयार पारिएको हो। उद्देश्य, पाठ्यभार, शैक्षिक क्रियाकलाप, शैक्षिक सामग्रीलगायतका विषय समेटिएको पाठ्यक्रम तयार पारेर किरात रदु नाछिरिङ साखाम केन्द्रलाई बुझाइएको पाठ्यक्रम निर्माण समितिका संयोजक राईले बताए। ‘हामीले नाछिरिङ पुर्खा, विज्ञ, भाषाविद्लगायतसँग विचिन्न चरणको छलफल तथा कार्यशाला पछि पाठ्यक्रम तयार पारेका हौं,’ संयोजक राईले भने, ‘नाछिरिङ भाषाको सुनाइ, बोलाइ, पढाइ, लेखाइजस्ता भाषिक विकासका साथै सामाजिक तथा सांस्कृतिक संरक्षण तथा सम्वद्र्धनको लक्ष्यका साथ पाठ्यक्रम निर्माण गरिएको हो।’
पाठ्यक्रमलाई मंगलबार साखामले स्वीकृत दिएको पाठ्यक्रम निर्माण समितिले जनाएको छ। प्रावि तहमा नाछिरिङ भाषाको कक्षा सञ्चालनका लागि नाछिरिङ राईको सघन बस्ती भएको विद्यालयमा पठनपाठनका लागि सम्बन्धित स्थानीय तहसँग समन्वयका काम सुरु गरिएको किरात रदु नाछिरिङ साखाम केन्द्रका अध्यक्ष सकलबहादुर नाछिरिङले बताए। गत मंसिर १४ गते ३५ भन्दा बढि नाछिरिङ पुर्खाहरुको उपस्थितिमा धरानमा सम्पन्न पहिलो कार्यशाला गोष्ठीले ‘हामी सबै एउटै नाछिरिङ हौं, हाम्रो भाषा एउटै नाछिरिङ हो’ भन्ने निष्कर्षसहित भाषाको पाठ्यक्रम निर्माण गर्ने बाटो खुलाएको थियो।
तयार भएको पाठ्याक्रमलाई नाछिरिङ भाषामा अनुवाद गर्ने काम बाँकी रहेको साखामकी उपाध्यक्ष कमलकुमारी राईले बताईन्। २०६८ सालको जनगणना अनुसार नाछिरिङ भाषा बोल्न जान्ने जनसंख्या १० हजार ४१ जना रहेको छ। सोलुखुम्बुको सोताङ, महाकुलुङ गाउँपालिका र खोटाङको ऐसेलुखर्क गाउँपालिकामा नाछिरिङ राईको सघन बस्ती रहेको छ। यसबाहेक सँखुवासभा, ताप्लेजुङ, पाँचथर, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, तेहथुम, इलाम, झापा, उदयपुर, काठमाडौं, ललितपुर, भक्तपुर र प्रवासमा दार्जिलिङ, सिक्किम, भुटान, हङकङ, सिंङ्गापुर, युके, अमेरिका, क्यानडालगायतका देशमा समेत नाछिरिङ राईको बसोवास छ।

मुसहरका कुलदेवता : भुइँया महाराज


मुसहरका कुलदेवता : भुइँया महाराज
पचुलाल माझी, अन्नपूर्ण, ९ चैत्र २०७५

रुति

(श्रुति परम्पराबाट जीवित हाम्रो लोकजीवन अहिले संकटमा छ । घरघरमा कथा कहने, गाथा गाउने, ‘गाउँ खाने–दिने’ जुन चलन थियो, त्यो झन्डै लोप हुँदो छ । लोकवार्ताका विभिन्न रूप हाम्रा मौलिक पहिचान हुन् । लोककथा, दन्त्यकथा, किंवदन्तीहरू तत्कालीन समाज हेर्ने आँखीझ्याल हुन् । हामी यस स्तम्भमा संकलन नभएका ती कथ्य सामग्री छाप्ने छौँ । यस्ता कथामा जातीय, लैंगिक, क्षेत्रीय, धार्मिक, साम्प्रदायिक अनेक विभेद पनि झल्किन सक्छन्, अन्धविश्वास पनि प्रस्तुत हुन सक्छ । ‘पलिटिकल करेक्ट’ हुने नाममा हामी यिनलाई संशोधन गर्ने छैनौँ, किनभने यिनका आधारमा हामीले हाम्रो समाजको अवलोकन–विवेचन गर्ने हो । सच्चिने हो, न कि यिनैलाई सच्याएर छाप्ने । यहाँहरू पनि आफ्नो क्षेत्रका, समुदायका, पाका पिँढीका लोककथा–मिथहरू संकलन गरी पठाउन सक्नुहुन्छ ।)
शक्तिको अवतार लिएर जन्मेका भुइँया महाराज । शक्तिशाली महाराजले मारिदिन्छ भन्ने डरले उनलाई जन्मेको ६ दिनमा नै दैत्य दानवले चोरी नवनिभ भन्ने ठाउँमा बाँसको नजिक अस्सी फुट गाढा (खाल्डो)मा खनेर गाडिदिन्छ ।
१२ वर्षसम्म उक्त गाढामा जीवितै बस्छ, भुइँया महाराज । एक दिन अचानक भविष्यवाणी सुनिन्छ कि नवनिभ नजिक रहेको बाँसको छेउमा दूध चढाउनका लागि त्यो कुरा सुन्नेबित्तिकै सबैजनाले आआफ्नो घरबाट दूध लिएर त्यहाँ चढाउँछन् । त्यो लगत्तै भुइँया महराजले सपना देख्छ कि आफ्नो जाँघमा ताल ठोक्नु (हातले ठोक्नु) आफैँ जमिन फाडिन्छ त्यसैअनुरूप गरी भुइँया महाराज अस्सी फुट गहिरो खाल्डोबाट निस्किन्छ ।
बाहिर आउनेबित्तिकै आमासित भेट्छ तर आमाले चिन्न सकिनन् । त्यसपछि सबै घटना सुनाउँछ । छोरा चोरिएको शोकबाट व्याकुल भएकी आमाको मनमा खुसीको भाव आउँछ । र आफूसित रहेको चिज पकाई खुवाउँछ । छोरा पाएको खुसीमा पूजा गर्नका लागि कमलको फूल ल्याउन भन्छ । भुइँया महराज खोज्दाखोज्दै एउटा पोखरी हेर्छ, त्यसमा धेरै फुल हेर्छ तर उक्त पोखरीको चारैतिर चौकीदारको बास हुन्छ जसलाई लोकगाथामा यसरी भनेका छन् (यो हाम्रो स्थानीय भाषामा देहाती भनिने मगही भाषामा छ ।)
कैइसे लैइबहु हो भुइँया बाबा, कैइसे लैइबहु हो कमलके फुल
उतरे द्वारे हो बैठल दैत दानव हो,
दक्षिणे द्वारे हो बैठल बाघबघिनिया हो,
पुर्वे द्वारे हो बैठल नागनागिन हो,
पश्चिमे द्वारे हो बैठल काल भैरव हो ।”
अर्थात् उत्तरको दिशाको द्वारमा दैत्य दानव । दक्षिणको दिशाको द्वारमा बाघबघिन । पूर्व दिशाको द्वारमा नागनागिन । पश्चिमको दिशाको द्वारमा कालभैरव । कसरी ल्याउने कमलको फूल ? तर भुइँया महराज नडराईकन यी सबैबाट यस पोखरीलाई मुक्त गर्ने र सबैका लागि खुला गर्ने मनशायले दैत दानवसित लडाइँ गर्छ र उसलाई मारिदिन्छ, त्यसपछि बाघबघिनसित लडाइँ गरी पछार्छ र त्यसलाई आफ्नो वाहन बनाउँछ । बाघबघिनमा सवार भई नागनागिनसित लडाइँ गरी नागनागिनलाई नाथ दिन्छ र अन्त्यमा कालभैरवसित लडाइँ गरी हराइदिन्छ र त्यहाँबाट कमलको फूल लिएर जान्छ ।
त्यही भएर भाकल गरेको कुरा पूरा हुनेबित्तिकै भुइँया महराजको अपटौनी (तातो दूधले नुहाउने) पूजा दिन्छ जसबाट भुइँया महराज धेरै नै खुसी हुन्छन् भन्ने मान्यता छ । साथै प्रत्येक माघ १ गते खुसीसाथ भुइँया महराजको धूमधामसित पूजाआजा गरिन्छ । भुइँया महराज मुसहर समुदायको कुलदेवता हो जसलाई भुइँया बाबा पनि भन्ने गरेको पाइन्छ । नेपालको सन्दर्भमा महोत्तरीदेखि पर्सासम्मका मुसहर समुदायले पुस्तौँदेखि भुइँया महाराजको नामले पुज्दै आएको छ । विस्तारै लोप हँदै गएको यो गाथालाई हामी बचाउँछौँ ।
(सर्लाहीका पचुलाल मुसहर समुदायबाट समाजशास्त्रमा स्नातकोत्तर गर्ने पहिलो हुन् । 

अझै जोतिन्छन् मान्छे

अझै जोतिन्छन् मान्छे
कान्तिपुर, फाल्गुन २१, २०७५हरिराम उप्रेती
गोरखा — जोत्ने खेत उही हो । हलो, अनौ, फाली, हरिस, सबै उही । हली पनि उस्तै हुन् । फरक के भने गोरुको सट्टा मान्छे नै नारिन्छन् । आधुनिक प्रविधिको विस्तारसँगै गाउँ गाउँका खेतबारी खनजोत गर्न ट्र्याक्टर पुगे पनि उत्तरी गोरखामा भने बारीमा मान्छे जोत्नुपर्ने बाध्यता अझै छ । यहाँ मकैको बीउ छर्ने बेला गोरुले नभई मान्छेले हलो तान्छन् ।
धार्चे गाउँपालिका–४, लाप्राकका किसान मकै छर्न व्यस्त छन् । हलो तान्ने र अनौ समाउन व्यस्त बलिया युवा लाप्राकको पाखाबारीमा देखिन्छन् । लाप्राककै पाखोबारीमा गत शनिबार पसिना काढदै थाप्लोमा नाम्लो अड्याएर हलो तान्दै थिए जितान गुरुङ ।
अनौ समातेर घचेट्दै थिए कान्छा गुरुङ । हलोको पछिपछि मकैको बीउ छर्दै थिइन् माया । लाप्राकलगायत यहाँको उत्तरी क्षेत्रमा यसरी मान्छेले हलो तान्ने दृश्य देख्नु नौलो होइन ।
वर्षभरि खाने अन्न उब्जाउन यहाँका स्थानीयलाई थाप्लामा नाम्लो अड्याएर हलो तान्नु बाध्यता हो । मकै रोप्ने सिजन सुरु भएसँगै स्कुले विद्यार्थी पनि साँझ–बिहान हलो तानेर बाबुआमालाई सघाउँछन् । बारीमा ढुंगा भएका ठाउँमा हलो तान्दा भने असजिलो हुने गरेको किसानहरू बताउँछन् ।
‘बाँझो सुर्का भने गोरुले जोत्छ, मान्छेले सक्दैन, मकै छर्ने बेला मात्र मान्छेले तान्ने हो,’ स्थानीय कुलबहादुर गुरुङले भने, ‘गोरुको हल नारेर जोत्नुभन्दा मान्छेले हलो तान्दा समय कम लाग्छ ।’ यहाँका बासिन्दाले मकै बिहेअघि गोरुबाट बाँझो जोती मकै छर्न बारी तयार बनाएर गोठ खर्कमा सारेका छन् । खर्क पुग्न गाउँबाट एक दिनको पैदल यात्रा गर्नुपर्छ । ‘यतिखेर यहाँ वस्तुलाई खुवाउने घाँस पनि कम हुन्छ, गोठालोले गोरु जंगलको चरन क्षेत्रमा लगिसके,’ उनले भने, ‘गोरु फेरि गाउँ ल्याउनुभन्दा मान्छेले जोत्नै सजिलो ।’
गोरुले जोत्दा डल्ला बढी आउने उनले बताए । उनका अनुसार मान्छेले जोत्दा डल्ला त्यति निस्कँदैन र कुटोकोदालो लगाउनु पनि पर्दैन ।लाप्राकको खेतीयोग्य भूमिका गह्रा साँघुरा छन् । ‘साना सुर्कामा गोरु एक सियो जोत्दा फर्काउनुपर्छ, गोरु नअट्ने गरा पनि छन्, सुर्कैपिच्छे गोरु नार्न झन्झट हुन्छ, छेउकुना पनि भेटिँदैन,’ स्थानीय लालबहादुर गुरुङ भन्छन्, ‘यस्तो जग्गामा मान्छेले जोत्दा सजिलो हुने भयो ।’
सामान्यतः परिवारले मिलीजुली हलो तान्ने, अनौ समात्ने, मकै छर्ने गरेको उनले बताए । ‘घरमा मान्छे नभए अर्मपर्म पनि चल्छ, हलो तान्नेले एक दिनमा ७/८ सय रुपैयाँसम्म ज्याला पाउँछ,’ उनले भने । पछिल्लो समय गोरु पाल्ने किसानको संख्या घटदै जान थालेको पनि स्थानीयको भनाइ छ । ‘एक हल गोरुको १५ सय पर्छ,’ उनले भने, ‘बाँझो जोत्न घरमा गोरु भए त्यही प्रयोग गर्ने नत्र ज्याला दिएर लगाउने हो ।’ जोत्न नसक्ने ठाउँमा कोदालोले खनेर पनि मकै रोप्ने गरिन्छ ।
हलो तान्न पनि जान्नैपर्ने उनको भनाइ छ । ‘लय मिलाउनुपर्छ, जोत्ने मान्छे अनुभवी हुनुपर्‍यो, तान्ने र घचेट्ने दुवैले सावधानी अपनाउनुपर्छ,’ स्थानीय लालबहादुरले भने, ‘हलोलाई हल्का प्रेस गरी धकेले तान्नेलाई सजिलो हुने भयो ।’ धान नफल्ने पाखोबारीमा यतिका दुःख गरी बाली लगाए पनि सोचेजस्तो उब्जनी नहुने स्थानीय भीमबहादुर गुरुङ बताउँछन् ।
‘यहाँ मकैलाई मुख्य खाद्य बालीका रूपमा लिइन्छ, मकै नलाए वर्षभर खान पनि पुग्दैन तर दुःख गरेअनुसार उब्जनी त छैन,’ उनले भने । बारपाक, गुम्दा लापुलगायत क्षेत्रमा पनि मकै छर्ने बेला मान्छेले हलो तान्ने चलन छ ।
प्रकाशित : kantipur, फाल्गुन २१, २०७५ ०७:२१

क्रान्तिका 'मुनिम'

क्रान्तिका 'मुनिम'
प्रजातन्त्रका लागि भएको क्रान्तिका एक सेनानी श्याम तामाङलाई अहिले पनि त्यसबेला मारिएका १६ जनाको उपेक्षा भएको देख्दा चित्त दुख्छ ।
चैत्र ९, २०७५जनक नेपाल
काठमाडौँ —  राणा शासनविरुद्ध कांग्रेसले गरेको २००७ सालको सशस्क्र त्रान्तिका एक योद्धा श्याम तामाङ अहिले ८८ वर्षका भए  । क्रान्तिभर उनी तत्कालीन जनमुक्ति सेनाका कमान्डर पुरन सिंहका प्रमुख स्वकीय सचिवसरह थिए  । बैठकको माइन्युट लेख्ने, भारतीय जेलमा रहेका लडाकुको मुद्दा लड्ने माक्र होइन त्रान्तिकारीलाई घरखर्च र पकेटमनीसमेत उनै तामाङले वितरण गर्थे ।
तामाङ दार्जिलिङको खर्साङ माविमा पढ्दै थिए । कांग्रेस नेताहरू स्कुल–स्कुलमा संगठन खोल्न आउँथे । गोर्खा समुदायलाई उनीहरू राणाको ज्यादती र क्रान्तिको आवश्यकताबारे बताउँथे । शिक्षकहरूले पनि स्कुलमा यस्तै कुरा गर्थे । बारम्बार एउटै कुरा सुनेपछि तामाङको मनमा पनि विद्रोही भावना जागेको थियो । १८/१९ वर्षका तामाङ एक दिन स्कुलमा आएका नेता पुरन सिंहको पछि लागे ।
पुरन सिंह र उनका साथीहरूले कालिङपोङ, खर्साङ र दार्जिलिङका थुप्रै युवाहरूलाई एकजुट बनाएर गोरखपुर लैजादै थिए । गोरखपुर नपुग्दै उनीहरू भारतीय प्रहरीको घेराबन्दीमा परे । सुरक्षा कडा पारिएको थियो । उनीहरूलाई बसेको ठाउँबाट बाहिर निस्कनसमेत दिइएन । त्यसको रहस्य तामाङले पछि मात्र थाहा पाए । खासमा त्यो दिन नेपालका प्रधानमन्त्री मोहनशमशेर नयाँ दिल्ली जाँदै रहेछन् । मोहनशशमेर काठमाडौंबाट घोडामा वीरगन्ज पुगेका थिए । उनलाई लिन रक्सौलसम्मै विशेष रेल आउँथ्यो । रेलमा राणाबाहेक अरू यात्रु हुँदैनथे । त्यो रेल नै बम पड्काएर उडाइदिने योजना चुहिएपछि मुक्ति सेनालाई एक हप्तासम्म बाहिर निस्कनै दिइएको थिएन । मोहनशमशेर दिल्ली पुगेर फर्किएपछि माक्र जनमुत्ति सेनाले हिँडडुल गर्न पाएको तामाङ सम्झिन्छन् ।
‘त्यतिबेला मोहनशमशेरलाई भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले नेपाली कांग्रेसले क्रान्ति सुरु गर्न लागेको जनाउ दिएर भनेका थिए रे— क्रान्ति भयो भने राणा शासन जोगिन्न । कांग्रेससित मिलेरसरकार बनाऊ । पार्टी खोलेर चुनावबाट सरकारमा आऊ, बरु चुनाव जित्ने तरिका हामी सिकाउँला,’ तामाङले भने, ‘मोहनशमशेरले त्यो सल्लाह रुचाएनन् । रैतीसँग मिलेर त कसरी शासन गर्ने ? हाम्रो त बेइज्जत हुन्छ भनेछन् ।’
क्रान्तिलाई दाजुभाइको एक–एक करोड
भारतको पटना बसेर क्रान्तिको तयारी गरिरहेका बीपी कोइराला विराटनगर जुटमिलको हडतालपछि भएको धरपकड र गिफ्तारीपछि सशस्क्र त्रान्तिका लागि तयार भएको तामाङको भनाइ छ । पटना बैंकरोडको गान्धी मैदान छेउमा बीपीको निवासको हलमा कांग्रेसको बैठक बस्थ्यो । हलमा कुर्सी थिएन, दरी बिच्छाइएको हुन्थ्यो । त्यसैमा सेतो तन्ना ओछ्याएर नेताहरू बस्थे । ‘अरू त सजिलै बस्थे, सुवर्णशमशेर भने दरीमा बस्न निकै अप्ठ्यारो मान्थे । राणा न परे, पलेटी मार्नै सक्दैनथे । बैठकमा दुई घण्टा काट्नै मुस्किल पर्‍थ्यो,’ तामाङ भन्छन् । सशस्क्र त्रान्तिको योजना कलकत्ताको फोटी चौरङ्गीमा रहेको सुवर्णशमशेरको १० तले घरमा बनेको तामाङ स्मरण गर्छन् । बैठकमा क्रान्तिको खर्च कसरी जुटाउने, हतियार कसरी जुटाउने, फ्रन्ट लाइनमा को लड्ने भन्नेबारे छलफल चल्यो । सुवर्णशमशेरले सोधे, ‘क्रान्तिमा कति खर्च लाग्ला ?’
बीपीले ‘२५/३० लाख लाग्न सक्ने’ बताए । ‘त्यतिले कहाँ पुग्छ’ सुवर्णले भनेछन्, ‘एक–डेढ करोड त पक्कै लाग्ला ।’ त्यसपछि सुवर्णले पार्टीका नेताहरूलाई आश्वस्त पार्दै भनेछन्, ‘चिन्ता गर्नुपर्दैन हामी दाजुभाइले एक/एक करोड बेहोर्ने सल्लाह भएको छ ।’
भारतीय र ब्रिटिस आर्मीका रिटायर्ड गोर्खा सैनिकलाई भर्ती गर्ने निर्णय गरियो । छुट्टीमा आएका गोर्खा पनि सामेल भएका थिए । जनमुक्ति सेनाको नामाकरण ज्ञानबहादुर (जीबी) याक्थुम्बाले गरे । ‘ब्ल्याक मार्केट’ बाट बाह्रबोर, स्टेनगनजस्ता थुप्रै हतियार किनियो । केही हतियार भारतीय राजनीतिक दलहरूले उपलब्ध गराए । अंग्रेज हिँडेपछि हैदराबादका निजामले आफ्नो राज्य भारतमा मिसाउन अस्वीकार गरेका थिए । भारतीय सेनाले निजाममाथि आक्रमण गरेका बेला जनतालाई पनि हतियार बाँडेको थियो । लडाइँ सकिएपपछि कतिले ती हतियार जमिनमा गाडेर राखेका थिए । तिनै हतियार किनेर मर्मत गरेर मुक्ति सेनालाई दिइयो । देहरादुनको ब्यारेकका अफिसरबाट हतियार किनिएको तामाङ सम्झन्छन् ।
तामाङ भर्खरका युवा थिए । बीपी, मातृका, सुवर्णशमशेर, महेन्द्रविक्रम शाह, पुरन सिंह, जीबी याक्थुम्वा, थिरबम मल्ल, सूर्यप्रसाद उपाध्यायको बैठकमा उनी भारतीय जेलमा रहेका जनमुक्ति सेनाका मुद्दाबारे ब्रिफिङ गर्न जान्थे । लडाकुलाई मासिक एक सय, पकेटमनी ३ रुपैयाँ हतियारसहित हिँडेका थुप्रै लडाकु बारम्बार पक्राउ पर्थे । लखनउ जेलमा मात्र दर्जनौ थुनिएका थिए । तामाङको अंग्रेजी राम्रो थियो । त्यसैले अदालतमा मुद्दा हेर्न र भारतीय पार्टीहरूसँग सम्बन्ध विस्तार गर्न उनैलाई खटाइयो । ‘मुद्दा लडेर जेलमा रहेका साथीहरू छुटाउने जिम्मा मेरो थियो । भारतीय समाजवादी र कांग्रेस पार्टीबाट राम्रो सहयोग पाइन्थ्यो,’ उनी भन्छन् । कतिसम्म भने लडाकुलाई दिनभर बिरामी छ, अस्पताल लैजानुपर्छ भनेर बाहिरै राख्ने व्यवस्था मिलाएका थिए । रातमा भने जेलमै बास बस्नुपर्थ्यो । उनले त्यो बेला सिलगुडी, दरभंगा, लखनउमा दर्जनौं मुद्दाहरू हेरे । वकिल राख्ने र बन्दोबस्त मिलाउने काम गरे ।
लडाकुको घरखर्च र पकेटमनीसमेत सुवर्णशमशेर बेहोर्थे । मनीअर्डरबाट पैसा उठाउने काम तामाङले गर्थे । पुरन सिंहको घर भारत हिमाञ्चलको भागसुमा थियो । जीबी याक्थुम्बाको परिवार दार्जिलिङको खर्साङमा बस्थ्यो । लडाकुलाई आर्थिक स्थिति हेरेर मासिक एक सयदेखि २ सय ५० रुपैयाँसम्म पठाउने गरेको उनी बताउँछन् । पकेटमनी भने सबैले तीन रुपैयाँ पाउँथे । ‘सुवर्णले पुरन सिंहलाई दिन्थे । उनले घरघर पठाउन र लडाकुलाई बाँड्न मलाई दिन्थे,’ तामाङ भन्छन्, ‘झन्डै एक बर्षसम्म हरेक महिना दसौं हजार पैसा पठाएँ ।’
जनमुक्ति सेनाको अस्थायी क्याम्पमा गएर रासनपानीको पैसा पनि उनी बुझाउँथे । भर्खर विश्वयुद्ध सकिएकाले झट्ट चामल पाइँदैनथ्यो । दरभंगामा अंग्रेजले छाडेको ब्यारेक खाली थियो । तामाङसहित झन्डै १ सय ५० लडाकु त्यहाँ बस्थे । लखनउको महानगरमा सय जति थिए । चिडियाखाना छेउ कश्मीरी ब्राह्मणको घर थियो । त्यहाँ ६० जना जति बस्थे । ती सबै अस्थायी क्याम्पको व्यवस्था सुवर्णले नै गरेका थिए ।
विराटनगरमा हुँदा तामाङले एकपटक गिरिजाप्रसाद कोइरालाका लागि कपडा किनिदिनुपर्ने स्थिति आयो । ‘कोइराला सेतो पइजामा र कुर्ता लगाउँथे । त्यही पाइजामा पनि घुँडाबाट फाटेछ । एक दिन जीबी याक्थुम्बाकहाँ आएर भने— जीबीजी मेरो त कपडा फाट्यो । किन्दिनुपर्‍यो । याक्थुम्बाले मतिर हेरेर ‘ल गिरिजाबाबुलाई कपडा किनिदिनुहोला’ भन्नुभयो । उनले के कस्तो कपडा किन्ने भनेर गिरिजाप्रसादलाई सोधेनन् । ‘सिधै बजार गएर उलन मिसिएको एउटा कट्राइज पाइन्ट किनेर ल्याए र गिरिजाबाबुलाई दिएँ,’ तामाङ सम्झिन्छन् ।
त्यो २००७ साल
१९५० नोभेम्बर ११ (भाइटीका) को राति ११ बजेर ११ मिनेटमा एकैसाथ वीरगन्ज, विराटनगर र झैरहवामा आक्रमण गर्ने मुत्ति सेनाको योजना थियो । वीरगन्जमा पुरन सिंह, जीबी याक्थुम्बा, थिरबम मल्लसहित श्याम तामाङ पनि खटिएका थिए । विराटनगरमा गिरिजाप्रसाद कोइराला र विश्वबन्धु थापा थिए । भैरहवाको नेतृत्व डा. केआई सिंहले गरेका थिए । वीरगन्ज हमला सफल भयो । राणाका १ सय ५० सिपाही बन्धक बनाइए । सबै हतियार कब्जा भए । टिनको बाकसमा रहेको ३५ लाख पनि हात पारे । भैहरवा र विराटनगर कब्जा गरेर मुक्ति सेना काठमाडौंतिर अघि बढ्यो । एकातिरबाट बनेपा धुलिखेल र अर्कोतिरबाट धादिङसम्म सेना आइपुगेपछि राणा आत्तिए ।
भारतीय डीएम र प्रहरी प्रमुखले प्रधानमन्त्रीको सचिवालयको खबर भन्दै ११ जनवरीमा मातृकाप्रसाद कोइराला, बीपी, सूर्यप्रसाद र सुर्वणलाई एक्सप्रेस मेलगाडी चढाएर दिल्ली पठाइदिए । १३ जनवरीमा हैदरावाद हाउसमा नेहरूले दुई दिनभित्र राणा र कांग्रेसका सात–सात जना मन्त्रीसहितको सरकार गठन गर्न सल्लाह दिए ।
‘बीपी आनाकानी गर्दै थिए,’ नेहरूले चेतावनीको शैलीमा भनेछन्, ‘राजा र मोहनशमशेर मानिसके । अब कांग्रेसले चाहेर माक्र त्रान्ति हुँदैन ।’ राजा, राणा र भारत एकातिर भएपछि कांग्रेस एक्लिएर सम्झौता गर्न बाध्य भएको तामाङको बुझाइ छ ।
२००७ फागुन ४ गते काठमाडौं गौचरनमा राजपरिवारको बाहेक दुइटा जहाज उत्रिए । दिल्लीबाट आएका यी जहाजमध्ये एउटामा कांग्रेसका नेता र सात जना मन्त्री थिए । अर्कोमा जीबी याकथुम्बा, पुरन सिंहसहित तामाङसमेत जनमुक्ति सेनाको टोली थियो । ‘एकातिर छातीभरि तक्मा लगाएका, बुट टल्काएका सेना थिए । अर्कोतर्फ हामी कपाल बढेर जिंग्रिङ्ङ भएको, जुत्ता–चप्पल लगाएका थियौं,’ तामाङले भने, ‘जनमुक्ति सेनाको त युनिफर्म पनि थिएन, आफूखुसी कपडा लगाएका थियौं । राजालाई के भन्नुपर्छ भन्ने पनि थाहा थिएन । ‘जय नेपाल’ भनिदियौ । जानेको त्यही थियो ।’
दरबारबाट निस्केपछि कमलपोखरीमा रहेको थिरबम मल्लको दुईतले घरमा एउटा निर्णायक छलफल भयो । त्यही छलफलमा बीपीले जनमुक्ति सेनालाई खारेज गर्ने प्रस्ताव गरेको तामाङ बताउँछन् । ‘बीपीले भारतमा सुवासचन्द्र बोसको आजाद हिन्द फौजलाई राष्ट्रिय सेनामा नलिएको उदाहरण पेस गर्दै जनमुक्ति सेनालाई पनि खारेज गर्नुपर्ने बताएका थिए,’ तामाङ स्मृतिमा फर्किन्छन्, ‘लडाकु कमान्डरले भने चीन वा रसियाको रेड आर्मीजस्तै राखौं भन्ने अडान लिए ।’ राष्ट्रिय सेनाकै नाम जनमुक्ति सेना नाम राख्नुपर्ने तर्क पनि थियो । ‘हामीसँग हरेक मोर्चामा हारेको सेनालाई हामीले नेतृत्व गर्नुपर्छ भन्ने माग थियो,’ तामाङ भन्छन्, ‘नयाँ सरकारका गृहमन्त्री बीपीले मानेनन् ।’ प्यारामिलिटरी ‘रक्षा दल’ बनाउने प्रस्ताव आयो । २००७ साल फागुन २८ गतेको मन्त्रिपरिषद्ले रक्षा दल गठनको निर्णय गर्‍यो ।
२००७ सालको क्रान्ति ६८ वर्षमा पुगेको छ भने तामाङ ८८ वर्षमा । रक्षा दल गठन भएपछि कमान्डरहरू पुरन सिंह, जीबी याक्थुम्बा, बद्रीविक्रमलगायत अञ्चलाधीश भए । रक्षा दललाई नेपाल प्रहरीमा रूपान्तरण गरिएपछि तामाङ पनि प्रहरी बन्न पुगे । २०१७ मा राजा महेन्द्रको ‘कू’ पछि राजनीति फेरियो । प्रजातन्क्रका लागि त्रान्तिको नेतृत्व गर्ने बीपी कोइराला, गणेशमानलगायतका नेताहरूलाई जेल हालियो भने पञ्चहरूले सत्तामा राइँदाइँ गरे ।
महेन्द्रको ‘कू’ विरुद्ध बीपी र सुवर्णशमशेरले पुनः सशस्क्र त्रान्तिको प्रयास गरे । ‘जितिसकेको क्रान्ति छाडेर कांग्रेस सत्तामा पुगेको थियो । त्यसैले उसले चहादैमा अर्को क्रान्ति हुने स्थिति थिएन । हामीले सजिलै निस्तेज पार्‍यौं,’ नेपाल प्रहरीको डीएसपीका रूपमा २०२४ सालमा सेवानिवृत्त भएका तामाङले भने । राजनीतिबाट टाढा पुगेका तामाङ अहिले नेपालगन्जमा बस्दै आएका छन् । उनको ‘जनमुक्ति
सेना ः एउटा नलेखिएको इतिहास’ पुस्तकसमेत प्रकाशित छ ।
झmन्डै ३ महिनामा टुंगिएको २००७ सालको क्रान्तिमा जनमुत्ति सेनाका १६ जना मारिए । त्यसपछि कांग्रेसका धेरैवटा सरकार बने । तर, प्रजातन्क्रका लागि त्रान्तिमा ज्यान गुमाएका लडाकुलाई नसम्झिएकोमा तामाङको ठूलो चित्तदुखाइ छ । भन्छन्, ‘देशमा हजारौं सहिदको सूची छ । ती १६ भाइको नाम कतै छैन,’ उनी दुखेसो गर्छन्, ‘बीपी र गिरिजाबाबुले त जनमुक्ति सेनालाई सम्मान दिएनन्, अब झन् कसले देला ?’
twitter @NepalJanak
प्रकाशित : कोसेली, चैत्र ९, २०७५ १२:२१

सन्थाल बस्तीमा बाहा पर्वको रमझम

सन्थाल बस्तीमा बाहा पर्वको रमझम
चैत्र ६, २०७५देवनारायण साह
सन्थाल समुदायले बुधबार बाहा पर्व मनाएका छन् । फागु पूर्णिमाको अवसरमा सन्थाल समुदायले एकअर्कालाई पानी छ्यापेर बाहा पर्वको खुसीयाली साटासाट गरेका हुन् । सन्थाल समुदायले होली पर्व मनाउँदैनन् । तर, हिन्दु धर्मावलम्बीहरुले होली पर्वमा रंग खेल्न सुरु गर्नुअघि नै बाहा पर्व मनाइसक्नु पर्ने परम्परा छ । जहदा ७ सितमटोलका सन्थाल समुदायका नाइके भगवानलाल बेसराको घरमा बुधबार बिहानैदेखि बाहा पर्वको गीत र नाच सुरु भएको थियो ।
व्रत बसेका नाइकेसँगै मंझी हाडाम, प्राणिक, जगमंझी, जगप्राणिक, गुडित र कुडोम नाइके जाहेरथानमा पूजा गर्न बसे । जहदा ७ का वडाअध्यक्षसमेत रहेका नाइके बेसराले सुरुमा इष्ट देउता मराङ बुरु, जाहेर एरा र गोसाई एराको छापरोमा पानीले चोखो पारेर तीनतिर गाडे र कलश स्थापना गरेर काँचो धागोले बाँधे । त्यसपछि चामलको पिठोले ५ वटा कोठा बनाएर त्यसमा सालको पात, सुपारी लड्डु, सिन्दुर, भर्नीको फूल राखेर दूध र पानी चढाएर विधिवत् पूजा गरे । त्यसपछि अर्को छाप्रोमा इष्ट देउता पारगाना बोङगाको र दुबै छाप्रोको मध्यमा रहेको मोडेको, तुरुइको देउताको प्रतिक खुण्टीमा पनि बेसराले विधिवत् पूजा गरे । इष्ट देउताको पूजापछि कुडोम नाइके बडका सोरेनले खेतमा गएर जंगलको देउता वीरको विधिवत् पूजा गरे ।
सन्थाल समुदायले कुखुराको बली दिएर पूजा गर्ने परम्परा भएपनि बेसरा नाइके भएपछि बलीको साटो लड्डु चढाएर पूजा गर्न थालेको बताए । बाहा पर्वको प्रसाद सोडे पकाउनका लागि छुट्टै कुखुरा खरिद गरेर जाहेरथानमा पकाइन्छ । पूजा बिधिको समाप्तिपछि नाइके बेसरासँगै गाउँका बालबालिकादेखि वृद्धवृद्धासम्मले सोडे खाएका थिए । प्रासद ग्रहणपछि नाइकेले प्रत्येक घर घरमा गएर भर्नीको फूल बाँड्ने चलन छ । नाइके बेसरा प्रसाद बाँड्न जाँदा महिलाहरुले आँगनमा पिरा, पानी र तेल तयार गरेर बसेका थिए । घरका मुख्य महिलाले नाइके र सगुन बोकेका बालकको खुट्टा धोएर तेल लगाइदिएर ढोगेपछि सबैले आशीर्वाद दिए । खुट्टा धोएकी महिलाले नाइकेलाई सादा पानी हाली दिइन् । त्यसपछि नाइके बेसराले ती महिलालाई दिएपछि घरका महिला सदस्यले चुल्ठोमा र पुरुषले कानमाथि राखेका थिए । त्यसपछि नाइकेसँगै सबैलाई सगुन खुवाएर बिदा गरेका थिए ।
कुडोम नाइके सोरेनका अनुसार सन्थाल समुदायमा बाहा पर्व फागुन महिनाको शुक्ल पक्षकै दिनदेखि सुरु हुन्छ । गाउँको गुडितले सन्थाल समुदायको प्रत्येक घरबाट बाहा पर्व मनाउनका लागि मंगलबार चामल र पैसा संकलन गरेका थिए । स्थानीय विष्णु मुर्मुले सन्थाल समुदाय प्रकृति पूजक भएकोले बसन्त ऋतुको अवसरमा कोपिला र त्यसको फूललाई बाहा पर्वमा पूजा गर्ने र त्यो फूल नाइकेबाट ग्रहण गरी सुख, शान्ति र समृद्धिको आशीर्वाद थाप्ने परम्परा रहेको बताए ।
कान्तिपुर, २०७५ फागुन ६, पुर्णिमा

माछापुच्छ्रेको तीरैतीर

माछापुच्छ्रेको तीरैतीर
चैत्र ९, २०७५किरण पाण्डे
काठमाडौँ — करिब एक महिनअघिदेखि बेल हेलिकप्टरको डेमोन्सट्रेसन फ्लाइटमा जाने कुरा थियो  । हाई अल्टिच्युडमा जाने ‘रेस्क्यु हेलिकप्टर’ का रूपमा डिजाइन गरिएको यो क्यानाडियन र अमेरिकन हलुका हेलिकप्टरमा सगरमाथा बेसक्याम्प जान म निकै उत्साहित थिएँ  ।
धेरै हिउँ परेर मौसम बिग्रिएका कारण उडान हुन सकिरहेको थिएन । त्यसैबीच पाथीभरामा हेलिकप्टर दुर्घटना भयो । पर्यटन मन्त्री रवीन्द्र अधिकारी र व्यवसायी आङछिरिङलगायत ७ जनाको मृत्युले मेरो मनमा पनि डर पस्यो । आफूले पेसा नै यस्तो रोजियो जहाँ जोखिम उठाउन सकिएन भने पेसा नै छोड्नुपर्ने हुन्छ । मौसममा सुधार आएपछि अन्नपूर्ण बेसक्याम्प जाने भयो । मनको चिसोलाई हिमालको चिसोले जित्ने गरी हिम्मत जुटाएर लागियो पोखरातिर ।
बिहान उठ्नासाथ खुलेको आकाश र अन्नपूर्ण हिमालको रेन्ज देखेपछि मनको डर केही मात्रामा हरायो । फेरि एयरपोर्ट पुग्दा त दुईवटा हेलिकप्टर तयारी अवस्थामा । अर्कोचाहिँ त्यसलाई मोनिटेनरी गर्ने सुरक्षाका हिसाबले । करिब १५–२० मिनेटमै बेसक्याम्प पुगियो । ४२ सय मिटर उचाइको बेस क्याम्पमा पुगुन्जेल मेरो क्यामाराले फुर्सद पाएन । त्यो रुटमा जे देखिन्थ्यो सबै त्यो ग्लेसियरको माथि धौलागिरी, अन्नपूर्ण हिमचुली थिए । बेसक्याम्पमा हिउँ टेक्दाको क्षण जिन्दगीमा नै बिर्सन नसक्ने क्षणको रूपमा मानसपटलमा बसेको छ । फोटोग्राफरको सबैभन्दा पर्फेक्ट टाइम भनेको बिहान र बेलुका हो । तर, बेस क्याम्प पुग्दा माछापुछ्रेको टुप्पोबाट उदाएको घामका कारण माछापुछ्रेको टुप्पो खिच्ने अभिलासा पूरा भएन । हिँडेर ३–४ दिन लाग्ने ठाउँमा १५ मिनेटको छोटो मनमोहक यात्रामा जङ्गल, गाउँ, खोलानाला सबै देख्न पाइयो ।
प्रकाशित : कोसेली, चैत्र ९, २०७५ १२:२१

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...