Monday, September 30, 2019

चन्दननाथ मन्दिरमा नयाँ लिंगो


चन्दननाथ मन्दिरमा नयाँ लिंगो
आश्विन २५, २०७५कान्तिपुर संवाददाता
जुम्ला — जिल्लाको प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरमा नयाँ लिङ्गो ठड्याइएको छ मन्दिरमा लिङ्गो ठड्याइसकेपछि स्थानीयले आ–आफ्नो घरमा घटस्थापना गरेका छन् मन्दिरमा ५२ हाते लिङ्गो ५२ हाते कपडा राखिएपछि मात्र स्थानीयबासीले घटस्थापना गर्ने चलन
लामो समयदेखि मन्दिरमा विजय स्तम्भसहितका पुरानो लिङ्गो झिकेर नयाँ खडा गर्ने गरेको स्थानीय संस्कृतिका जानकार रमानन्द आचार्यले बताए ‘तत्कालीन राजाले चीनबाट युद्ध जितेर फर्कंदा गजुर ल्याएर मन्दिरमा चढाएको इतिहास ,’ उनले भने, ‘विक्रम संवत् १४९८ सालबाट मन्दिरमा लिङ्गो गाड्ने परम्परा सुरु भएको हो।’ प्रत्येक दिन पूजा हुने मन्दिरमा हप्ताको एक पटक विशेष पूजा हुने गरेको उनका अनुसार एक वर्षमा ५२ हप्ता हुने भएकाले ५२ हाते ध्वाजासहित ५२ हाते लिङ्गो गाड्ने घटस्थापना गर्ने चलन रहिआएको

सरकारी कर्मचारी, सेना र प्रहरीले ल्याउने पल्टन लिङ्गो, स्थानीय ९ गाउँका ब्राह्मणले ल्याउने थपाला लिङ्गो र स्थानीय दलित समुदायले ल्याउने कम्सल लिङ्गो घटस्थापनाका दिन गाड्ने गरिएको छ त्यस्तै चन्दननाथको पुरानो लिङ्गो विजयस्तम्भ गरी पाँच लिङ्गो गाड्ने चलन रहेको स्थानीय अगुवा चित्रलाल श्रेष्ठले बताए चन्दननाथ भैरवनाथ मन्दिरमा ५२ हाते ध्वजा मुगुबाट आउने गरेको लिङ्गोमा लगाउने गेरु, लिङ्गोको टुप्पोमा लगाउने चौरीको फुर्का र थप्का हुम्लाबाट ल्याउने गरिएको छ भने लिङ्गो खडा गर्न कालिकोटबाट मानिस ल्याउने चलन छ त्यसका लागि सबै व्यवस्था चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिले गर्दै आएको छ

केही चलन हराउन लागेको समितिले जनाएको छ लिङ्गो ल्याउँदा मन्दिरमा खडा गर्दासम्म सेना प्रहरीको सहयोग लिनुपर्ने बाध्यता रहेको समितिका पूर्व अध्यक्ष गौरीनन्द आचार्यले बताए ‘पछिल्लो समय स्थानीयको जनसहभागिता घट्दै गएको छ,’ उनले भने, ‘यस्तै अवस्था रहे अर्को वर्षदेखि सबै काम सेना र प्रहरीले नै गर्नुपर्ने देखिन्छ।’

धार्मिक र ऐतिहासिक परम्परा जोगाइराख्न कर्णाली स्र्पोट्स क्लबले लिङ्गो ल्याउँदा बाटोमा फूलमालाले स्वागत गर्ने गरिएको जनाएको छ क्लवका अध्यक्ष सरोज शाहीले बिस्तारै परम्परा हराउँदै गएकोप्रति चिन्ता व्यक्त गरे

विशेष पूजा
डोल्पा– त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित बाला त्रिपुरासुन्दरी मन्दिरमा विधिपूर्वक जमरा राखी घटस्थापना गरिएको छ यहाँको प्रमुख शक्तिपीठ मानिने मन्दिरमा दसैंको अवसरमा बुधबारदेखि िशेष पूजा सुरु गरिएको छ मन्दिरमा वर्षभरि नै पूजाआजा हुने भए पनि विजयादशमी चैते दसैंमा विशेष पूजा हुने गरेको
मन्दिरका पुजारी देवीकृष्ण उपाध्यायका अनुसार मन्दिरमा दसैंको अवसरमा बिहानदेखि मध्यान्ह १२ बजेसम्म विशेष पूजा हुने गरेको छ मन्दिरमा घटस्थापना गरिएपछि स्थानीयले समेत घरघरमा घटस्थापना गरेका छन् मन्दिरमा लामो समयदेखि लाग्दै आएको नवरात्र मेला जिल्लाको प्रमुख मानिन्छ स्थानीय अगुवाका अनुसार दसैंको अवसरमा बाला त्रिपुरासुन्दरीलगायत सर्मी, होर्त र ओक्टमा पनि विशेष पूजाआजा हुने गरेको छ

१० प्रतिशत छुट
मुगु उद्योग वाणिज्य संघले सम्पूर्ण उपभोग्य सामानमा उपभोक्तालाई १० प्रतिशत छुट दिने निर्णय गरेको छ दसैंको अवसरमा विभिन्न खाद्यान्न तथा दैनिक उपभोग्य सामानमा छुट दिने निर्णय गरिएको हो संघका अनुसार चामल, दाल, चिनी, मैदा, घ्यू, ग्यास, तेल, मासु, कपडालगायत दैनिक उपभोग्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय गरिएको हो जिल्लाबासीलाई दसैंको किनमेलमा सहज बनाउन छुट दिने निर्णय गरेको संघका उपाध्यक्ष रत्नसिंह मल्लले बताए उनका अनुसार छुट दिने निर्णयले विपन्न नागरिकलाई दसैं मनाउन राहत हुनेछ

तलबबाट वञ्चित
सल्यान– दसैंको मुखमा जिल्लाका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले तीन महिनादेखि तलबलगायत अन्य सुविधा पाउन सकेका छैनन् जिल्ला पशु ज्ञान केन्द्र, खानेपानी, घरेलु, वन डिभिजन, शिक्षा विकास तथा समन्वय इकाइ, जलस्रोत तथा सिँचाइ डिभिजन, भूसंरक्षणलगायत कार्यालयका कर्मचारी तलबबाट वञ्चित भएका हुन् अख्तियारी नआएका कारण कर्मचारीले तलब खान नपाएका हुन् वन डिभिजनका ५०, पशु केन्द्रका सात, खानेपानीका १०, घरेलुबाट ६, जलस्रोत तथा सिँचाइका १० कर्मचारीले साउनदेखिको तलब पाएका छैनन्

त्यस्तै कृषि ज्ञान केन्द्रका १०, शिक्षा विकासका ६ र भूसंरक्षणका ३ कर्मचारीले पनि तलब पाउन सकेका छैनन् तीन महिनादेखि तलब खान नपाएपछि कर्मचारी समस्यामा परेका छन् दसैं भित्रँदासमेत तलबको अत्तोपत्तो नभएपछि समस्यामा परेको कर्मचारीको भनाइ सरकारले विषयगत कार्यालय खारेज गरेर नयाँ कार्यालयमा रूपान्तरण गरे पनि कर्मचारी अन्योलमा परेका छन् अधिकांश कर्मचारीले कामको जिम्मेवारी नपाएको जनाएका छन्

सरकारले तलब निकासामा ढिलाइ गरेपछि समस्यामा परेको वन डिभिजन कार्यालयका निमित्त प्रमुख मेघनाथ काफ्लेले बताए ‘साउनदेखि तलब नपाउँदा घर खर्च चलाउन समस्या भइरहेको छ,’ उनले भने, ‘संघीयता कार्यान्वयनका नाममा कर्मचारी लामो समयदेखि तलबबाट वञ्चित छन्।’ तलब निकासाका लागि कोष तथा लेखा नियन्त्रण कार्यालय केन्द्रीय निकायमा पटक पटक आग्रह गरे पनि बेवास्ता भएको उनको भनाइ प्रदेश सरकारले कोलेनिकालाई अख्तियारी नपठाउँदासम्म कर्मचारी तलबबाट वञ्चित हुने उनको भनाइ छ

जलस्रोत तथा सिँचाइ डिभिजनका प्रमुख शिवनन्दनप्रसाद शाहले नयाँ संरचनाले तलब खान समस्या भएको बताए पशु ज्ञान केन्द्रका कर्मचारी बालकृष्ण प्रधानले सरकारीको ढिलाइका कारण अधिकांश कर्मचारी बेखर्ची बनेको बताए ‘लामो समयदेखि दसैंको बेला तलब आउँछ कि भन्ने आशा थियो, तर आएन,’ उनले भने, ‘दसैं मनाउन र चाडपर्वको किनमेल गर्न समस्या भयो।’

जिल्लाबाहिरका कर्मचारी तलब नपाएकै कारण घर जानबाट वञ्चित भएका छन् केही कर्मचारीले सापटी गरेर घर जान लागेको गुनासो गरेका छन् अधिकांश कर्मचारीले तलब नआउँदा लामो समयदेखि ऋण लिएर आफ्नो खर्च चलाइरहेको जनाएका छन्
संघीय सरकार मातहत रहेका सरकारी कार्यालयलाई प्रदेश मन्त्रालयमार्फत हस्तान्तरण गरिए पनि आर्थिक अख्तियारी नदिंदा कर्मचारीलाई तलब खुवाउन समस्या परेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ कार्यालयका अनुसार मन्त्रालयले तलबको अख्तियारी पठाएपछि मात्र तलब निकासाको काम हुनेछ
प्रकाशित : आश्विन २५, २०७५ ०९:४५

Sunday, September 29, 2019

गन्धे झारको महत्व


गन्धे झार (Gandhe Jhar) ।
यसको बैज्ञानिक नाम Ageratum Conyzoides L. हो । यो झार हाम्रो तराइ र पहाडी खेत बारीमा सजिलै संग उम्रन्छ । धेरै गर्मी र चिसो हिमाली क्षेत्रमा पाइदैन । यसको पनि जडिबूटीमा धेरै महत्व छ । यसको प्रयोग निम्नलिखित अवस्थाहरूमा गरीन्छ ।
१.     नेपालमा यसको प्रयोग घाउ खटिरा र काटेको, घोचेको, फाटेको, च्यातिएको घाउमा रगत बगेमा यसको रस राखिन्छ ।
२.     यसको पात निचोरेर निकालेको रस एक चिम्टी खाने नूनसंग मिलाएर दुइ तिन थोपा दिनको एक पटक नाकमा हाल्नाले छारे रोग निको हुन्छ र पुनः लाग्न दिदैन ।
३.     यसको पातको रसबाट शरीरमा निस्केको डाबर, बिमिरा, खटिरा निको हुन्छ ।
४.     यसको रस खानाले घाँटीको खटीरा, पखाला र एँठन हुने जस्ता रोग निको हुन्छ ।
५.     यसको ताजा फूललाइ कुटेर मलम बनाइ लुतो भएको र बात रोगले सुनिएको ठाउँमा लगाउँदा रोग निको हुन्छ ।
६.     यसको पुरै ताजा बोटको रस कपालमा दलेर सफा गर्नाले कपाल नरम हुन्छ र सुगन्धित बनाउँछ र चायाँ हटाउँछ ।
७.     खुटटामा वा छालामा विझेको काँडामा यसको पातको मलम लगाउँदा काँडा सजिलै निस्कन्छ ।
८.     यसको ताजा रस वा सुकेको धुलोको नस लिनाले नाकबाट पानी बग्ने र पिनास निको हुन्छ ।
९.     एलर्जी भएमा पनि यसको मलमको लेप लगाउँदा निको हुन्छ ।
१०.                        जराको रस खानाले किडनीमा ढुँगा बन्न दिदैन र यदि बनेको छ भने पगाल्छ ।
११.                        पानी बग्ने घाउमा यसको जराको धुलो लगाउँदा सुकाउँछ र निको गराउँछ ।
१२.                        यसको बोटलाइ सफा गरी एक रात पानीमा डुबाएर राखी उक्त पानी पिउँदा भित्रि डाहा, पोल्ने र शरीर दुख्नबाट शीतल गराउँछ साथै शरीरको खराब बेक्टेरियालाइ भगाउँछ ।
१३.                        यसको पुरै बोट वा पातको रस निकाली पानी सित मिसाएर विहान बेलुकी सेवन गरेमा रगत सफा गर्छ, ज्वरो निको बनाउँछ र खाना पचाइ भोक जगाउँछ ।
१४.                        यसको पात, लाहुरे फूलको पात, अभिजालोको बोट, नोलेझारको पात र अदुवा सबैको बराबर मात्रा मिलाएर कुटेको रस विषालु कीरा वा सर्पले टोकेको ठाउँमा लगाउनाले विष झार्छ र विरामीलाइ अस्पतालमा पुराउन सकिन्छ ।
१५.                        यसको जरा सफा गरी कुटेर रस निकाली २० देखी २५ मिलीग्रामका दरले सेवन गर्नाले अल्सर जस्तो रोग निको गर्छ र जमेको कफ खकार पनि निकाल्छ ।
१६.                        जलेको ठाउँमा यसलाइ पिसेर लेदो बनाइ मलम लगाउँदा पोलेको डाहा मार्छ र फोहोर पानी निकालेर घाउ छिटो निको गर्छ ।

साभारः नेपालमा पाइने जडीबुटीको उपयोगिता, लेखकः रामकाजी बोहरा

Friday, September 27, 2019

बोजो संरक्षणमा जुटे स्थानीय

वास्तवमा नेपालमा धेरै प्रकारका जडिबुटीहरूकाे खेती गर्न सकिने रहेछ । हामीले वास्ता न गरेका धेरै जडिबुटीहरू त्यसै हराएर जाँदै छन् वा चाेरी निकासी भएर विदेशमा गएका छन् । यि मध्य दुबाे, चरिअमिलाे, दतिवन, दमाइफुल, अभिजालाे, घाेडताप्रे, कुश, असुराे, सिस्नु, छिउँकेझार, धँयराे, इत्यादि धेरै जडिबुटीका बारेमा हामीलाइ थाेरै मात्र ज्ञान छ । अब यिनकाे बारेमा केही लेख्दै गर्नु पर्ने भएकाे छ । यहाँ एउटा समाचार प्रकाशित गरिएकाे छ । यहाँहरूलाइ थाहा भएकाे कुराहरू शेयर गर्नु हाेला । धन्यवाद ।

बोजो संरक्षणमा जुटे स्थानीय
वैशाख १५, २०७६, कान्तिपुर संवाददाता
सल्यान — बागचौर नगरपालिका–९, कोटमौलाको पातिहाल्नाबासीले लोपोन्मुख आयुर्वेदिक वनस्पति बोजो संरक्षण थालेका छन् । उनीहरूले जंगल र खोलाको छेउमा तारबार गरी बोजो संरक्षण थालेका हुन् ।
औषधिजन्य गुण भएको वनस्पति संरक्षण गरेर आम्दानीको गतिलो स्रोत बनाउन सकिने सोचले स्थानीयमा सक्रियता बढायो ।
सामुदायिक वन र बजार नजिकको खोल्सामा गरी करिब ४० रोपनी जग्गामा बोजो फैलिएको छ । बजारबासीले संरक्षण गरेको बोजो बिक्री गर्न तथा उखेलेर अन्यत्र लग्न प्रतिबन्ध लगाएका छन् ।
चोरी निकासीका कारण बोजो लोप हुने अवस्थामा पुगेपछि संरक्षण थालिएको स्थानीय मोहन चन्दले बताए ।‘मूल्य बढी पाइने भएकाले लुकिछिपी गरेर बोजो उखेलेर लैजाँदा लोपोन्मुख अवस्थामा पुगेको थियो,’ उनले भने, ‘अब त कसैले उखेलेर लग्यो वा बिक्री गर्न खोज्यो भने कारबाही हुन्छ, त्यसैले बोजो हराउने चिन्ता कम भएको छ ।’
स्थानीयले बोजो संरक्षण क्षेत्रलाई अहिले पर्यटकीयस्थलका रूपमा विकास गर्न खोजेका छन् । चन्दका अनुसार सल्यान र रोल्पाको सिमानामा पर्ने पातीहाल्नामा मात्र नभई रोल्पाको जिनाबाङको दुर्गा सामुदायिक वनसम्म आयुर्वेदिक वनस्पति बोजो फैलिएको छ । ‘बोजो स्वास्थ्यको लागि लाभदायक वनस्पति हो,’ उनले भने, ‘हामीले संरक्षण थालेपछि जंगल र खोल्साखाल्सीमा भरिभराउ हुन थालेको छ ।’ स्थानीयले लोपोन्मुख जडिबुटी संरक्षण थाले पनि सम्बन्धित सरकारी निकायले भने बेवास्ता गरेको स्थानीयको दुःखेसो छ ।
जिल्लामा लोप हुँदै गएका वनस्पतिलाई संरक्षण गर्नेवनस्पति कार्यालय भए पनि त्यो कपरकोटमा मात्र सीमित छ । त्यहाँका कर्मचारी संरक्षण स्थलमा नआएका स्थानीय मानबहादुरखडाले बताए । ‘बोजो सल्यानका सबै ठाउँमा लगाउन सकिन्छ, सरकार र सम्बन्धित निकायले यसबारे ध्यान दिनुपर्छ,’ उनले भने, ‘यसबाट व्यावसायिक खेती गरेमा राम्रो आम्दानी पनि हुन सक्छ ।’
चोरीनिकासी र संरक्षण अभावमा जिल्लाबाट धेरै जडिबुटी लोप हुने अवस्थामा पुगेका उनले बताए । जिल्ला वनस्पति कार्यालयले भने जिल्लाबाट लोप हुँदै गएका वनस्पतिमध्ये ३ सय बढीको संरक्षण थालिएको जनाएको छ ।
प्रकाशित : वैशाख १५, २०७६ १०:१५

“दस्यु शुशिल झाको अन्त्य”


सत्य अपराध कथा “दस्यु शुशिल झाको अन्त्य”
प्र.ना.उ.गोविन्दप्रसाद थापा, जि.प्र.का. भक्तपुर
छोडदो मुझे….पानी ! … पानी ! …. तुम लोगोँका भी यही हाल कर दुंगा एक बार । छोडदो मुझे” निकै बेदना र क्रोधले मिश्रित स्वरको साथै अरु मानिसहरुको गल्याँङ गुलुृँङ आवाजले मेरो कान टाठो भई आँखा खुल्यो । नाडी घडी हेर्दा विहानको ०३१५ भएको थियो । म बोहर्वा, कुवारामपुरबाट फर्की सुतेको तीन घण्टा भइ सकेको रहेछ । फेरी कानलाई आवाजपट्टि लगाएँ आवाज आइनैरहेको थियो । “हुं …मत छुओ मुझे .. गधे .. तेरा मैं बोटी–बोटी कर दुंगा” एक्कासी झस्कें । यो सधैंको झंैं सुनिने आवाज थिएन । जिल्ला प्रहरी कार्यालय धनुषा भवनको छतबाट तल हेरें । निकै विस्मयमा परें । क्रोध र कौतुहलको वातावरण देखें । तल ओर्लें, हेरें त्यो व्यक्तिलाई । करीव ७ फीट उँचाई भएको, दाडी अलिअलि र जुङ्गा भने निकै बाक्लो र कालो, ठूलाठूला राता आँखा । यसो हेर्दा डर लाग्दो रुप । ठाउँठाउँमा चोट लागी घाउ भएको, हातपाखुरा र खुट्टाका जोर्नीहरु अस्वाभाविक रुपमा सुन्निएका थिए । रगत टाउकोबाट बग्दै गर्धन र अनुहारमा पुगी सुकेको रक्ताम्य अनुहार अझै बढी भयानक देखिन्थ्यो । महेन्द्रनगर चौकी (हाल थानामा परिणत) को प्रहरी हवलदार जवानहरुका साथै १०÷१२ जना गाउँलेहरुको जमातले उसलाई घेरेर उभिएको थियो । सोधें, “को हो ? के भयो ?” प्र.ह. निकै बाठो थियो, फुर्तिसाथ जवाफ दियो “यो कुख्यात डाँकु शुशिल हो । आज राती नौंसयबिघामा पक्राउ गरी ल्याएको हो सर” म झस्कें । फेरी उसको डरलाग्दो आकृतिलाई एक पटक निंयाले । सोचें, होला यही नै होला खुनी डाँकु शुशिल उर्फ पण्डितजी भनेको …. । यसलाई खोज्नको लागि म धनुषामा आउने बित्तिकै प्रहरी उपरीक्षक नारायण सिंह गुरुङ साहबको सक्रियतामा पाँच टीम बनाई पटक पटक कपटोल, नरहिया, झिंझा बोहर्वा, सोनिगामा जस्ता मुख्य डाँकाहरुको अखडामा राती छापा मार्ने उद्देश्यले अप्रेशन कार्य दिइएको थियो । म सोनीगामा, नरहिया तथा झिंझा अप्रेशनमा परे । शुशिल धूर्त र चलाख थियो । हात लागेन । बरु झिंझाका सातजना डाँकाहरु अप्रेशन जालमा परेका थिए । बराबर गश्तिको रुपमा बोहर्वा, कपटोल समेत चाहार्दा शुशिल फेला परेको थिएन । आज एक्कासी शुशिल अर्धमुर्छित अवस्थामा आफू सामु देख्दा खुशीको सीमा रहेन । अस्पतालमा उपचारार्थ भर्ना गराए पछि बिहानै नौसयबिघा तर्फ लागें । हिड्नुअघि आकाश कुर्लेर पानी पर्न थालिसकेको थियो । जिल्ला प्रहरी कार्यालयको रसियन जीपमा आवश्यक संख्यामा प्रहरी राखी नौसयबिघा पुगियो । मोटर वरै खेतको छेउमा राखी हामी पैदलै खेतको आलि–आलिमा चिप्लदै लडदै अगाडी बढ्यौं । मोटर राखेको करिव पाँचसय गज पर खेतमा एकजना नवयूवकको लाश लडिरहेको देखें । छातिमा गोली लागेको सानो प्वाल रहेछ । कानमा एउटा सद्दे बिडी अझै अडी रहेकै थियो । नजिकै उसको बाबु भने पनि आमा भने पनि एकजना बुढोबाजे रोइकराई बिलाप गरिरहेको देखी मुटुनै छिया–छिया भयो । एकजना गाँउलेको भनाई अनुसार बुढाका छोरा बुहारी मरीसकेका रहेछन् । बुढेसकालको साहारा त्यही नवयूवकलाई पनि डाँकु शुशिललाई गाउँले तथा प्रहरीहरु समेतले साँझपख लखेट्दै रहेको अवस्थामा मृतक बहादुर नवयूवकले आफ्नो ज्यानको पर्वाह नगरी पक्रन खोज्दा धनुषा तथा भारतमा समेत निकैजनाको निर्मम हत्या गरी सकेको क्रुर शुशिलले कटुवा पिस्तोलले गोली हानी मारिदिएको थियो । त्यसपछि पनि उसलाई लखेट्ने काम भै नै रहयो र दुईसय गज अझै दाैिडसकेपछि, शुशिल मोटो भएको हुनाले दौडन सक्दैनथ्यो । अर्को एकजना बहादुर नवयुवकले उसलाई रोक्न खोज्दा उसमाथि पनि गोली चलाउँदा गोली छातिमा लाग्नासाथ त्यो बहादुर जमिनमा लड्यो । त्यही मौका छोपी गाँउलेहरुले शुशिल माथि लाठी प्रहार गरे । खेतको दुईफुट गहिरो कुलोमा डाँकु शुशिल छड्के परी लड्यो र उठ्ने प्रयास गर्दा गर्दै अरु लाठीहरु उमाथि बस्र्याे । उसको हातमा भएको पिस्तोल खोसी डोरीले बाँधी सबै जना गाँउले मिली प्रहरी चौकीमा ल्याइपुयाएका रहेछन् । पछि त्यो पिस्तोल खोली हेर्दा त्यसमा गोली नपड्केको भेटियो । धन्य परमेश्वर ! अरु एकजनाको ज्यान बाँचेछ । घटनास्थलको अवलोकन गर्दा डाँकु शुशिलसँग रहेको अन्य डाँकुहरुले फालेको कटुवा पिस्तोल र गोलीहरु पनि हामीले खेतमा बरामद गरयौं । साथै शुशिलको एकजना साथी पनि पक्राउ परेको थियो । पछिल्लो पटक गोली लागी मुर्छा परेको नवयुवकको छातिबाट गोली निकाली ज्यान बाँचेको थियो । गाँउलेहरुको रुवावासी र घनघोर वर्षातबीच अंचलाधीश लालकाजी गुरुङ्ग साहेब तथा प्रमुख जिल्ला अधिकारी समेत त्यहाँ पुग्नु भै गाँउलेहरुलाई राहत दिनुको साथै हामीलाई समेत प्रोत्साहित गर्नु भएको थियो । त्यहाँको काम सकी फर्कदा भने आपत नै आइपरेको थियो । बीच बाटोमा पर्ने खोलामा पानी निकै बढिसकेको रहेछ । मोटर पारी नै राखी जेनतेन नदी पार गरी हामीहरु महेन्द्रनगर सम्म पैदल आयौं । यता अस्पतालमा भर्ना भएको डाँकुको बयानले हामीलाई अरु डकैतीको रहस्योद्घाटन हुनुको साथै कैयौंलाई पक्राउ गर्न सघाउ पुग्यो । दुई दिन पश्चात् कुख्यात डाँकु शुशिलको अस्पतालमै जीवनलिला समाप्त भयो । वार्षिक खेलकुदको पुरस्कार वितरण समारोहमा नौसयबिघा र उमाप्रेमपुरका चार जना बहादुर जनताहरुलाई प्रहरी नायव महानिरीक्षक पूर्ण बहादुर लामाबाट प्रशंसा–पत्र तथा अंचलाधिशज्यूको तर्फबाट नगद पुरस्कार बितरण गरिएको थियो । यस कार्य बाट जनता र प्रहरी बीच राम्राे सम्बन्ध रहयाे । प्रहरी जीवनमा मैले भोगेको यो सत्य घटना म सदा संझिरहने छु ।


पारिजातका गुणहरू

पारिजात
यस बिरुवाको जातीय नाम (वैज्ञानिक) निक्टान्थस (Nyctanthus) अर्थात् निशा–पुष्प हो। यो जाई परिवारको वनस्पति हो, तर यसको पात भने कमलो र मुलायम नभई झण्डै खाक्सी जस्तै खस्रो हुन्छ। पारिजात फूलका बारे पनि रोचक पौराणिक कथाहरू सुन्न पाइन्छ। यसको सुगन्ध र रातको महकलाई लिएर कतैकतै यस फूललाई रातकी रानी पनि भन्ने चलन छ।
पारिजातको फूल महिलाको नाकको फुलीझैँ फक्रिएको हुन्छ र चाँदी जस्तै सेतो हुन्छ। फुलीको नली भने सुन्तले रंगमा अलि पहेँलो पहेँलो हुन्छ। यस फूलप्रति इन्द्र, कुवेर, कृष्ण र सत्यभामा समेत मोहित भएका शास्त्रोक्तिहरू भेटिन्छन्; तर पारिजातको दुखान्तकथा पनि कम मार्मिक छैन। पारिजातक एक राजपुत्री थिइन्। तिनको अगाध प्रेम सूर्यसँग कायम हुन्छ। पछि गएर सूर्यले तिनलाई तिरस्कार गर्छन्। प्रेमपीडामा पारिजातले आत्महत्या गर्छिन्। दाहसंस्कार हुन्छ। त्यहाँको खरानीबाट एउटा वनस्पति पैदा हुन्छ। त्यही हो, पारिजात। याे फुल चकमन्न रातमा बोटै भरी फुल्दछन्, तर सूर्योदय हुनुअगावै सबै झरी पनि हाल्छन्। शायद सूर्यलाई तिरस्कार गर्छन् यी फूलहरू। अनेक देवदेवीको प्रिय यो फूल बटुल्न साँझैदेखि पारिजातको बोटमुनितिर चोखो कपडा वा नाङ्लो ओछ्याउने प्रचलन छ। बोटबाट फूल टिप्न हुन्न, पाप लाग्छ भन्ने जनविश्वास निकै प्रबल छ। यस वनस्पतिको प्रजातीय नाम आर्वोटि्रस्टिसले पनि दुःखित वृक्ष भन्ने नै अर्थ जनाउँछ। पारिजातको पूरा नाम निक्टान्थस आर्वोटि्रस्टिस (Nyctanthes arbor-tristis)को अर्थ लगाउन थाल्यौँ भने 'रातमा फुल्ने दुःखित वृक्ष' भन्ने कुरा खुल्न आउँछ। ग्रीक भाषाको शाब्दिक संयोजनले यही भन्छ ।
पारिजातको औषधीय गुणहरू
आऊँ, महिनाबारीका बखत धेरै रगत बग्ने, घाउ, दीर्घ खालको ज्वरो, दम, कफ, कब्जियत, जोर्नी र मांशपेसी दुखेको, कपाल फुल्ने र झर्नेमा पातको रस खाइन्छ,दलिन्छ । पातलाई पानीमा हाली मधुरो आगोमा पकाई साइटिकामा दलिन्छ, खाइन्छ । पात र फूललाई तातो पानीमा हाली सुत्केरी महिलालाई ख्वाउँदा छिटो साल–नाल झर्छ । अनुहारलाई चम्किलो बनाउन यसको फूलको लेदो दलिन्छ । तालु खुइलिंदा र स्कर्भीमा बीउको धूलो दलिन्छ/खाइन्छ ।

जैतुनका लाभहरू


प्रकृतिको वरदान नेपाल प्राकृतिक विविधताले भरिपूर्ण छ । यहाँ विविध किसिमको भू—बनोट छ र सोही अनुसार जलवायु एवं सूक्ष्म–जलवायु पाइन्छ । भू–बनोट एवं जलवायु अनुसार विभिन्न प्रकारका वनस्पति तथा बाली–नालीहरुले नेपाललाई सिंगारेका छन् र सम्मृद्ध बनाएका छन् । फलफूलहरु पनि जलवायु अनुसार विभिन्न प्रकारका यहाँ पाइन्छन् । मुलुकको उत्तर–पश्चिम मध्य–पहाडी क्षेत्रमा समशीतोष्ण जलवायु(Warm Temperate climate) छ र यहाँ वर्षा पनि कम हुन्छ । यसै क्षेत्रमा मात्र पाइने रैथाने जातको जङ्गली जैतुन–लौंठो (Olea cuspidate) परापूर्व कालदेखि प्राकृतिक रुपमा पहाडको १००० मिटर देखि २३०० मिटरको उचाईमा हुर्कदै–फैलिदै आएको देखिन्छ । युरोपियन जातको विकसित जैतुन (Olea europaea) ३०० –४५० उत्तरी वा दक्षिणी अक्षांश भित्र पर्ने मुलुकहरुमा खेती गरिदै आएको पाइन्छ । नेपालमा यसको खेति बाजुरा र डोल्पा जिल्लाहरूमा गरिन्छ ।
जैतुन तेल एवं फलको नियमित सेवनले –
१। मुटु सम्बन्धी रोगहरु, उच्च रक्तचाप र मधुमेह रोगलाई नियन्त्रण एवं नियमित गर्छ ।
२। रोग प्रतिरोधी क्षमता (Immune system) बढाउँछ ।
३। बिर्सने (Dimensia) अल्जाइमर रोग र रगत जम्ने (Blood clotting) रोग नियन्त्रण गर्छ । ४। बूढो हुने गति (Aging) कम गराउँछ ।
५। अर्बुद (Cancer) रोग लाग्नबाट बचाउन मद्दत गर्छ ।
६। खानाबाट भिटामिन (A, D, E and K) सोसेर लिन र खाना पचाउन मद्दत गर्छ ।
७। क्याल्सियम चुहावट हुन रोक्छ र हाड बलियो बनाउँछ ।
८। पत्थरी लाग्न नदिन मद्दत गर्छ ।
९। मस्तिष्कको बिकासमा सहयोग पु¥याउँछ ।
१०। कोलेस्टेरोल (रगतमा जमेको बोसोका कणहरु) कम गराउँछ ।
११। जैतुनको तेलमा बढी मात्रामा मोनो अनस्याचुरेटेड प्mयाटी एसिड (Mono unsaturated fatty acid) ८० प्रतिशतसम्म पाईन्छ । यसको सेवनबाट कोलेस्टेरोल (Cholesterol) बढ्दैन ।
१२। अनुहारमा चाउरी पर्न नदिन, छाला र कपालका रौंहरु स्वस्थ राख्न मद्दत गर्छ ।
१३। कोषिका बृद्धि गर्न र घाउ छिटो पुरिन मद्दत गर्छ ।
१४। काखीको दुर्गन्ध हटाउन र रोगका जीवाणु नष्ट गर्न मद्दत गर्छ ।

Sunday, September 22, 2019

नेपाली संस्कृति र धार्मिक, ऐतिहासिक पहिचान


नेपाली संस्कृति र धार्मिक, ऐतिहासिक पहिचान
imagekhabar.comमंगलबार, २७ भदौ, २०७४ मा प्रकाशित,
आदित्यमान श्रेष्ठ/ नेपालको संस्कृति समन्वयात्मक भएको धेरै विद्वानहरु मान्दछन् । यो एउटा सम्मिश्रित संस्कृति भएको पनि स्वीकार गर्दछन् । तर त्यो सम्मिश्रण के हो भत्रेमा विभित्र मत पाइन्छन् ।
डा.राजाराम सुवेदी (हाम्रो चिनारी, हाम्रो संस्कृति) अनुसार नेपाली सांस्कृतिक विकासमा सबै नेपालीको योगदान रहेको छ । नेपालमा मूलतः तीन जातिको बसोबास भएको पाइन्छ । ती हुन्— किराँत, मगर र खस । यसको त्रिवेणीमूलक संस्कृति नै नेपाली संस्कृति हो । उनको बिचारमा यी तीन जातिका बीचमा आपसी सद्भाव रहेसम्म नेपाल रहन्छ । यी भाँडिए भने नेपाल देश नै भाँडिन सक्छ । त्यसैले नेपालीहरुले आपसको संस्कृति मिश्रण गर्दै नेपालीत्व बचाउनु पर्दछ ।
डा.सुवेदीका अनुसार किराँतहरुले राजतन्त्रात्मक पद्धति विकसित गरेका हुन् । उनको बिचारमा यो पनि नेपाली संस्कृतिको एउटा मूल अंग हो । उनीहरु प्रकृति पूजक हुन् । विशाल पहाड, चट्टान, देउराली, भीर, पिपल, वर, स्वामी, बदम, बेल, तुलसी, शक्तिदेवी, सिंहवाहिनी, दन्तकाली, रक्तकाली, बूढासुब्बा, बूढी सुब्बेनी, पारुहाङ (शिव), सुम्निमा (पार्वती), थोङलुङ (ब्रह्मा), खावालुङ (विष्णु) जस्ता प्रकृति र पुरुषको पूजा गर्दथे । ती सबै आज नेपाली संस्कृतिको अभित्र अंग भएका छन् । उसैगरी उँभ्यौंली, उँध्यौली, चण्डीपूजा, शाखेवा, कुशेऔंसी, नागपंचमी, जनैपूर्णिमा, सोह्रश्राद्ध र माघेसङ्क्रान्ति जस्ता पर्व र धान नाच किराँतहरुले प्रतिपादित गरेको भए पनि नेपाली संस्कृतिका प्रतिक भएका छन् ।
मगरहरु शक्तिदेवीका पुजारी रहिआएका छन् । गोरखा, मनकामना र नुवाकोट आदि ठाउँहरुमा विद्यमान कालीका मन्दिर र देवीका पीठहरुमा मगरहरु मूल पुजारी छन् । नागपुजा, झारफुक, बलिपुजा, अक्षताको टीको लगाई जमराले दुर्गापुजा गर्ने प्रचलन मगरहरुले नै शुरु गरेका हुन् । तर तिनीहरु सबै सम्पूर्ण नेपालीको संस्कृति भइसकेको छ ।
डा. सुवेदीको बिचारमा नेपाली भाषाको विकासमा खसहरुको ठूलो योगदान छ । नेपाली नाताकुटुम्बको निर्माण पनि खस परम्परामा आधारित पाइन्छ । उनीहरु कै भेषभूषा विकसित भई नेपाली लवेदा—सुरुवाल बनेको हो । शक्तिको मापन अश्वशक्ति र पूँजीको मापन गाई गोरुबाट गर्ने परम्परा शुरु भएको हो । खस सभ्यताको कला, वास्तुकला र खानपिनको प्रभाव नेपाली समाजमा परेको छ । तन्त्रमन्त्र, शक्तिपुजा र शक्तिपीठको विकासमा उनीहरुको देन छ । शक्तिकी प्रतीक कनकासुन्दरी, त्रिपुरासुन्दरी, खेसमालिनी देवी, ठिलेल्नी देवी, उग्रतारा तथा डिग्रेदेवी जस्ता नवदुर्गाभवानी र कालिका, मालिका, शैलदेवी, मेलौली देवी तथा गोदावरी देवी, गौरा देवी, पूर्णा देवीहरु पूजाआजा पनि उनीहरुले शुरु गरेका हुन् । खस संस्कृतिको मुख्य प्रस्फुटन मस्टो संस्कृतिलाई मानिन्छ ।
शिवराज श्रेष्ठ मल्ल (श्री शैलेश्वरी माहात्म्य र लक्ष्य तथा कोटीहोम परम्परा) को रायमा नेपालको संस्कृति मौलिक र लोक कल्याणकारी छ । यो संस्कृति आर्य, किरात, निषाध र खसहरुको मिश्रित आस्था र परम्परामा आधारित छ । यी आस्थाहरु महादेवमा केन्द्रित छन् । महादेवलाई शिव, शंकर, पशुपतिनाथ नामले पनि चिनिन्छ । माहादेवको सबैभन्दा ठुलो देन सांख्ययोग दर्शन हो । नेपालका सामाजिक, राजनैतिक र आर्थिक आधारभूत मूल्य मान्यताहरु यसैबाट प्रस्फुटित भएका हुन् । यसको मुल श्रोत ईश्वर गीतालाई मान्नु पर्छ भन्ने उहाँको भनाइ छ ।
महादेवलाई शिव पनि भनिन्छ । शिव भनेको ज्ञान, आनन्द र कल्याणका प्रतिक हुन् । आनन्दको अनुभूति लोक कल्याण गर्ने भावनामा निहित हुन्छ । कल्याण गर्ने भावना ज्ञानबाट प्रस्फुटित हुन्छ । यसता भावनाहरु सांख्य दर्शनमा प्रतिपादित योगाभ्यासबाट प्राप्त हुन्छन् । सर्वप्रथम संसारमा यसतो चेतना जगाउने भगवान शङ्कर थिए । वैदिक कर्मकाण्ड जटिल र खर्चालु भएकोले केही ऋषीमुनिहरुले यज्ञलाई भन्दा तप, स्वाध्याय र सदाचारलाई जोड दिए । उनीहरुले प्रोत्साहित गरेका यी मूल्य मान्यताहरु सांख्ययोग मै आधारित छन् । यिनीहरुको श्रोत ईश्वर गीतालाई मानिन्छ । यसको प्रतिपादक भगवान शङ्कर नै थिए ।
शिवजी को थिए ? के शिवजी एक दैविक शक्ति मात्र थिए या मानवको रुपमा एक अवतार पनि थिए ? शिवराजजीको कथनमा शिवजी मङ्गोल प्रजातिमा जन्मेका एक ऐतिहासिक तर ईश्वरीय अवतारधारी व्यक्ति नै थिए । कालान्तरमा शिवजी नै आर्य, किराँत र द्रविडहरु र निषाध, सन्थाल, शवर आदि अनार्यहरुमा लोकप्रिय र पूजित भए । तामाङ्गहरु कैलाशवासी शिवजीलाई आफ्नो पूर्वज मान्दछन् । वास्तवमा शिवजी शुरुमा किराँत र पछि आदिवासी अनार्यहरुकै देवता भए । जसरी राम र कृष्णलाई आठौ र नवौैं भगवान विष्णुका मनुष्य अवतारको रुपमा मानिन्छ, उसैगरी शिवजी पनि एक अद्भूत मानवको अवतार लिएर आएका थिए । उनको विचारमा भगवान रुद्रको अवतार शिव शंकर र माहामाया प्रकृतिका अवतार देवी पार्वती थिइन् । उनीहरु भगवान बुद्धजस्तै विशेष उद्देश्य पूर्तिकालागि मानव रुपमा यस धर्तीमा अवतरित महामानव थिए । उनले यो पनि दावा गरेका छन् कि शिव—पार्वतीको विवाह र वैदिक युगको चन्दन पर्वतको वनमा उनीहरुको मधुचन्द्रिका मनाइएको थियो । उनको भनाइ अनुसार सो चन्दन पर्वत हाल डोटी शिलगढी बजार बसेको ठाउँमा रहेको थियो ।
सांख्य दर्शनले पुरुष र प्रकृतिलाई दुई शक्ति मान्दछ । प्रकृतिलाई जड र पुरुषलाई चेतना मान्दछ । यही दुईटा तत्वबाट सृष्टिको रचना हुन्छ । यस दर्शनले मानिसको दुःख निवारण गर्ने उपाय बताउँछ । यो दर्शन अनुसार दुःखबाट मुक्ति पाउन पुरुषार्थ र योग गर्नु पर्दछ । तर सांसारिक दुःखबाट मुक्ति पाउन पशुपतिको कृपा पनि चाहिन्छ । मानवको जन्म, बृद्धावस्था र रोग ब्याधिहरुबाट हुने दुःखबाट छुटकारा पाउन र मृत्युको डरबाट मुक्त हुने उपाय मानव जीवनको शीतको थोपाजस्तो अल्पकालको भनेर बुझ्नु हो । यो सत्य बुझेपछि समाजमा चोरी, हिंसा, लोभ र लालचबाट बच्न सक्दछ भन्ने मान्यता समाजमा स्थापित हुन्छ । यो काम भगवान शिवले नै गरेका थिए । उनले समाजमा नेता र राजाहरुलाई नै यस्ता मूल्य मान्यताहरुको सम्बर्धन गर्न प्रेरक र उदाहरण बन्न जोड दिएका थिए । फलस्वरुप मिथिलाका पुराना युगका जनकहरु र श्रीरामलाई यसता प्रेरक राजा र शंकरको भक्त भएको मानिन्छ । यही ज्ञानले तत्कालीन राजाहरु र सम्पूर्ण समाजलाई स्वेच्छाचारी हुनबाट बचाउँथ्यो ।
उनको भनाइ अनुसार शिव शक्तिको कारणले शिवलिङ्गको पूजा हुने गरेको हो । शिवलिङ्ग अण्डाकार हुन्छ । अल्बर्ट आइन्सटाइनले ब्रह्माण्ड अण्डाकार हुन सक्ने सङ्केत गरेका छन् । शिवलिङ्ग ‘ज्योतिर्मय निराकार’ को प्रतीक हो । यसतै शिवजीको अनौठो पहिरन र बानीबेहोराको अर्थ बुझ्न पनि जरुरी छ । सर्प तमगुणको प्रतीक हो । शिवजीले यसलाई वशमा राखेर माला बनाए । मृत्युलाई सहर्ष वरण गर्न सक्नु पर्दछ र जो जन्मन्छ उसले एक दिन मर्नै पर्दछ भत्रे कठोर तथ्यलाई बिर्सन नहुने दर्शाउन उनी मुण्डमाला लगाउँछन् । यसतै श्मशानको भस्म शरीरमा लगाई जगतको निस्सारता दर्शाउँछन् ।
उनलाई सङ्गीत र नृत्यको अधिपति पनि मानिन्छ । ताण्डव र प्रेम जनाउने लास्य नृत्य उनैको हो । उनकै पदचाप र डमरुको आवाजबाट सप्तसुर र तालहरु उत्पत्र भएको मानिन्छ । लोभ, लालच र विलासिताबाट जब वातावरणीय असन्तुलन चरम दुःखमय अवस्थामा पुग्छ त्यसको विनाश गर्न शिवजीको तेस्रो आँखा खुल्द छ र विध्वंशकारी ताण्डव नृत्य शुरु हुन्छ । फलस्वरुप सारा ब्रह्माण्ड नाश हुन्छ । तर धेरै वर्ष पछि यिनै माहाकालको मनमा सृष्टि गर्ने बिचार उठ्छ । अनि प्रकृतिकी प्रतीक पार्वतीले माहाकालका प्रतीक पुरुष तत्वलाई आकर्षित गर्दछिन् । फलस्वरुप शिवपार्वतीको सृष्टि नृत्य हुन्छ भनेर मानिन्छ । यो क्रमलाई विज्ञान सम्मत मानिएको छ । यसरी नेपालको सांस्कृतिक विश्वासले पूरा ब्रह्माण्ड र सारा मानवलाई समेटेको देखाउँछ ।
 इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।


धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...