नेपाली संस्कृति र धार्मिक, ऐतिहासिक पहिचान
imagekhabar.comमंगलबार, २७ भदौ, २०७४ मा प्रकाशित,
आदित्यमान श्रेष्ठ/ नेपालको संस्कृति समन्वयात्मक भएको धेरै विद्वानहरु मान्दछन् । यो एउटा सम्मिश्रित संस्कृति भएको पनि स्वीकार गर्दछन् । तर त्यो सम्मिश्रण के हो भत्रेमा विभित्र मत पाइन्छन् ।
imagekhabar.comमंगलबार, २७ भदौ, २०७४ मा प्रकाशित,
आदित्यमान श्रेष्ठ/ नेपालको संस्कृति समन्वयात्मक भएको धेरै विद्वानहरु मान्दछन् । यो एउटा सम्मिश्रित संस्कृति भएको पनि स्वीकार गर्दछन् । तर त्यो सम्मिश्रण के हो भत्रेमा विभित्र मत पाइन्छन् ।
डा.राजाराम सुवेदी (हाम्रो चिनारी, हाम्रो संस्कृति) अनुसार नेपाली
सांस्कृतिक विकासमा सबै नेपालीको योगदान रहेको छ । नेपालमा मूलतः तीन जातिको
बसोबास भएको पाइन्छ । ती हुन्— किराँत, मगर र खस । यसको त्रिवेणीमूलक
संस्कृति नै नेपाली संस्कृति हो । उनको बिचारमा यी तीन जातिका बीचमा आपसी सद्भाव
रहेसम्म नेपाल रहन्छ । यी भाँडिए भने नेपाल देश नै भाँडिन सक्छ । त्यसैले नेपालीहरुले
आपसको संस्कृति मिश्रण गर्दै नेपालीत्व बचाउनु पर्दछ ।
डा.सुवेदीका अनुसार किराँतहरुले राजतन्त्रात्मक पद्धति विकसित
गरेका हुन् । उनको बिचारमा यो पनि नेपाली संस्कृतिको एउटा मूल अंग हो । उनीहरु
प्रकृति पूजक हुन् । विशाल पहाड, चट्टान, देउराली, भीर, पिपल, वर, स्वामी, बदम, बेल, तुलसी, शक्तिदेवी, सिंहवाहिनी, दन्तकाली, रक्तकाली, बूढासुब्बा, बूढी सुब्बेनी, पारुहाङ (शिव), सुम्निमा (पार्वती), थोङलुङ (ब्रह्मा), खावालुङ (विष्णु)
जस्ता प्रकृति र पुरुषको पूजा गर्दथे । ती सबै आज नेपाली संस्कृतिको अभित्र अंग
भएका छन् । उसैगरी उँभ्यौंली, उँध्यौली, चण्डीपूजा, शाखेवा, कुशेऔंसी, नागपंचमी, जनैपूर्णिमा, सोह्रश्राद्ध र माघेसङ्क्रान्ति जस्ता पर्व र धान नाच किराँतहरुले
प्रतिपादित गरेको भए पनि नेपाली संस्कृतिका प्रतिक भएका छन् ।
मगरहरु शक्तिदेवीका पुजारी रहिआएका छन् । गोरखा, मनकामना र नुवाकोट
आदि ठाउँहरुमा विद्यमान कालीका मन्दिर र देवीका पीठहरुमा मगरहरु मूल पुजारी छन् ।
नागपुजा, झारफुक, बलिपुजा, अक्षताको टीको लगाई जमराले दुर्गापुजा गर्ने प्रचलन मगरहरुले नै
शुरु गरेका हुन् । तर तिनीहरु सबै सम्पूर्ण नेपालीको संस्कृति भइसकेको छ ।
डा. सुवेदीको बिचारमा नेपाली भाषाको विकासमा खसहरुको ठूलो योगदान छ
। नेपाली नाताकुटुम्बको निर्माण पनि खस परम्परामा आधारित पाइन्छ । उनीहरु कै
भेषभूषा विकसित भई नेपाली लवेदा—सुरुवाल बनेको हो । शक्तिको मापन अश्वशक्ति र
पूँजीको मापन गाई गोरुबाट गर्ने परम्परा शुरु भएको हो । खस सभ्यताको कला, वास्तुकला र
खानपिनको प्रभाव नेपाली समाजमा परेको छ । तन्त्रमन्त्र, शक्तिपुजा र
शक्तिपीठको विकासमा उनीहरुको देन छ । शक्तिकी प्रतीक कनकासुन्दरी, त्रिपुरासुन्दरी, खेसमालिनी देवी, ठिलेल्नी देवी, उग्रतारा तथा
डिग्रेदेवी जस्ता नवदुर्गाभवानी र कालिका, मालिका, शैलदेवी, मेलौली देवी तथा
गोदावरी देवी, गौरा देवी, पूर्णा देवीहरु पूजाआजा पनि उनीहरुले शुरु गरेका हुन् । खस
संस्कृतिको मुख्य प्रस्फुटन मस्टो संस्कृतिलाई मानिन्छ ।
शिवराज श्रेष्ठ मल्ल (श्री शैलेश्वरी माहात्म्य र लक्ष्य तथा
कोटीहोम परम्परा) को रायमा नेपालको संस्कृति मौलिक र लोक कल्याणकारी छ । यो
संस्कृति आर्य, किरात, निषाध र खसहरुको मिश्रित आस्था र परम्परामा आधारित छ । यी आस्थाहरु
महादेवमा केन्द्रित छन् । महादेवलाई शिव, शंकर, पशुपतिनाथ नामले पनि चिनिन्छ ।
माहादेवको सबैभन्दा ठुलो देन सांख्ययोग दर्शन हो । नेपालका सामाजिक, राजनैतिक र आर्थिक
आधारभूत मूल्य मान्यताहरु यसैबाट प्रस्फुटित भएका हुन् । यसको मुल श्रोत ईश्वर
गीतालाई मान्नु पर्छ भन्ने उहाँको भनाइ छ ।
महादेवलाई शिव पनि भनिन्छ । शिव भनेको ज्ञान, आनन्द र कल्याणका
प्रतिक हुन् । आनन्दको अनुभूति लोक कल्याण गर्ने भावनामा निहित हुन्छ । कल्याण
गर्ने भावना ज्ञानबाट प्रस्फुटित हुन्छ । यसता भावनाहरु सांख्य दर्शनमा प्रतिपादित
योगाभ्यासबाट प्राप्त हुन्छन् । सर्वप्रथम संसारमा यसतो चेतना जगाउने भगवान शङ्कर
थिए । वैदिक कर्मकाण्ड जटिल र खर्चालु भएकोले केही ऋषीमुनिहरुले यज्ञलाई भन्दा तप, स्वाध्याय र
सदाचारलाई जोड दिए । उनीहरुले प्रोत्साहित गरेका यी मूल्य मान्यताहरु सांख्ययोग मै
आधारित छन् । यिनीहरुको श्रोत ईश्वर गीतालाई मानिन्छ । यसको प्रतिपादक भगवान शङ्कर
नै थिए ।
शिवजी को थिए ? के शिवजी एक दैविक शक्ति मात्र थिए या मानवको रुपमा एक अवतार पनि
थिए ? शिवराजजीको कथनमा शिवजी मङ्गोल प्रजातिमा जन्मेका एक ऐतिहासिक तर
ईश्वरीय अवतारधारी व्यक्ति नै थिए । कालान्तरमा शिवजी नै आर्य, किराँत र द्रविडहरु
र निषाध, सन्थाल, शवर आदि अनार्यहरुमा लोकप्रिय र पूजित भए । तामाङ्गहरु कैलाशवासी
शिवजीलाई आफ्नो पूर्वज मान्दछन् । वास्तवमा शिवजी शुरुमा किराँत र पछि आदिवासी
अनार्यहरुकै देवता भए । जसरी राम र कृष्णलाई आठौ र नवौैं भगवान विष्णुका मनुष्य
अवतारको रुपमा मानिन्छ, उसैगरी शिवजी पनि एक अद्भूत मानवको अवतार लिएर आएका थिए । उनको
विचारमा भगवान रुद्रको अवतार शिव शंकर र माहामाया प्रकृतिका अवतार देवी पार्वती
थिइन् । उनीहरु भगवान बुद्धजस्तै विशेष उद्देश्य पूर्तिकालागि मानव रुपमा यस
धर्तीमा अवतरित महामानव थिए । उनले यो पनि दावा गरेका छन् कि शिव—पार्वतीको विवाह
र वैदिक युगको चन्दन पर्वतको वनमा उनीहरुको मधुचन्द्रिका मनाइएको थियो । उनको भनाइ
अनुसार सो चन्दन पर्वत हाल डोटी शिलगढी बजार बसेको ठाउँमा रहेको थियो ।
सांख्य दर्शनले पुरुष र प्रकृतिलाई दुई शक्ति मान्दछ । प्रकृतिलाई
जड र पुरुषलाई चेतना मान्दछ । यही दुईटा तत्वबाट सृष्टिको रचना हुन्छ । यस दर्शनले
मानिसको दुःख निवारण गर्ने उपाय बताउँछ । यो दर्शन अनुसार दुःखबाट मुक्ति पाउन
पुरुषार्थ र योग गर्नु पर्दछ । तर सांसारिक दुःखबाट मुक्ति पाउन पशुपतिको कृपा पनि
चाहिन्छ । मानवको जन्म, बृद्धावस्था र रोग ब्याधिहरुबाट हुने दुःखबाट छुटकारा पाउन र
मृत्युको डरबाट मुक्त हुने उपाय मानव जीवनको शीतको थोपाजस्तो अल्पकालको भनेर
बुझ्नु हो । यो सत्य बुझेपछि समाजमा चोरी, हिंसा, लोभ र लालचबाट बच्न सक्दछ भन्ने
मान्यता समाजमा स्थापित हुन्छ । यो काम भगवान शिवले नै गरेका थिए । उनले समाजमा
नेता र राजाहरुलाई नै यस्ता मूल्य मान्यताहरुको सम्बर्धन गर्न प्रेरक र उदाहरण
बन्न जोड दिएका थिए । फलस्वरुप मिथिलाका पुराना युगका जनकहरु र श्रीरामलाई यसता
प्रेरक राजा र शंकरको भक्त भएको मानिन्छ । यही ज्ञानले तत्कालीन राजाहरु र
सम्पूर्ण समाजलाई स्वेच्छाचारी हुनबाट बचाउँथ्यो ।
उनको भनाइ अनुसार शिव शक्तिको कारणले शिवलिङ्गको पूजा हुने गरेको
हो । शिवलिङ्ग अण्डाकार हुन्छ । अल्बर्ट आइन्सटाइनले ब्रह्माण्ड अण्डाकार हुन
सक्ने सङ्केत गरेका छन् । शिवलिङ्ग ‘ज्योतिर्मय निराकार’ को प्रतीक हो । यसतै
शिवजीको अनौठो पहिरन र बानीबेहोराको अर्थ बुझ्न पनि जरुरी छ । सर्प तमगुणको प्रतीक
हो । शिवजीले यसलाई वशमा राखेर माला बनाए । मृत्युलाई सहर्ष वरण गर्न सक्नु पर्दछ
र जो जन्मन्छ उसले एक दिन मर्नै पर्दछ भत्रे कठोर तथ्यलाई बिर्सन नहुने दर्शाउन
उनी मुण्डमाला लगाउँछन् । यसतै श्मशानको भस्म शरीरमा लगाई जगतको निस्सारता
दर्शाउँछन् ।
उनलाई सङ्गीत र नृत्यको अधिपति पनि मानिन्छ । ताण्डव र प्रेम
जनाउने लास्य नृत्य उनैको हो । उनकै पदचाप र डमरुको आवाजबाट सप्तसुर र तालहरु
उत्पत्र भएको मानिन्छ । लोभ, लालच र विलासिताबाट जब वातावरणीय असन्तुलन चरम दुःखमय अवस्थामा
पुग्छ त्यसको विनाश गर्न शिवजीको तेस्रो आँखा खुल्द छ र विध्वंशकारी ताण्डव नृत्य
शुरु हुन्छ । फलस्वरुप सारा ब्रह्माण्ड नाश हुन्छ । तर धेरै वर्ष पछि यिनै
माहाकालको मनमा सृष्टि गर्ने बिचार उठ्छ । अनि प्रकृतिकी प्रतीक पार्वतीले
माहाकालका प्रतीक पुरुष तत्वलाई आकर्षित गर्दछिन् । फलस्वरुप शिवपार्वतीको सृष्टि
नृत्य हुन्छ भनेर मानिन्छ । यो क्रमलाई विज्ञान सम्मत मानिएको छ । यसरी नेपालको
सांस्कृतिक विश्वासले पूरा ब्रह्माण्ड र सारा मानवलाई समेटेको देखाउँछ ।