Saturday, April 04, 2020

सामुदायिक प्रहरी सेवा र संचालन प्रकृया

श्रीमान प्रहरी महानिरीक्षकज्यू,
प्रहरी प्रधान कार्यालय,
काठमाण्डौ, नेपाल ।

विषयः सामुदायिक प्रहरी सेवा र संचालन प्रकृया बारे ।

प्रहरी प्रधान कार्यालयको प्र.।१।६०।०५३।०५४ च.नं. ३९६ मिति २०५३।११।२०।२को पत्रको सम्बन्धमा निम्न लिखित कुराहरु खुलाई जाहेर गर्दछु ।

समाजमा आपराधको नियण्त्रण गर्ने कार्य प्रहरीको मात्र नभई प्रत्येक नागरिकको पनि हुन्छ । अपराध रहित समाजको श्रृजना गर्नका लागि प्रहरी प्रशासनलाई बढाी भन्दा बढी र निकटतम जनसमर्थन र जन विश्वासको खाँचो पर्ने हुन्छ । तसर्थ प्रहरी कदापि समुदायबाट टाडा र पृथक भएर शान्ति सुरक्षा कायम गर्न तथा अपराधको नियन्त्रण र अनुसन्धान गर्न सक्दैन भन्नु अतिशयोत्ती नहोला ।

नेपाल प्रहरीको कार्यशैलीलाई विश्लेषण गरेर हेर्ने हो भने यो संगठन सदैव जनताको नजिकमा नै वसेर उनीहरुको समर्थन जुटाउने प्रयास गरिरहेको थियो र त्यो प्रकृया आज पनि यथावत नै छ । जनतावाट जनश्रमदान र आर्थिक तथा भौतिक श्रोतको रुपमा नेपाल प्रहरीलाई यथेष्ट सहयोग प्राप्त भएका छन् । यसरी हेर्नेहो भने नेपाल प्रहरीले आफुलाई जनता देखी कहिलै टाडा राख्न खोजेन । सधैं सहयोग खोजीनै रहेको छ । प्राप्त गरी रहेको पनि छ ।

यस्तो हुँदाहुदै पनि आजको स्थितिलाई मैले निन्म लिखित रुपमा मुल्याँकन गरेको छु ।

क. नेपाल प्रहरीले सधैं जनविश्वास, जन सहयोग र जन समर्थनको लागि आवहान गरेको छ तर आफैले जनतालाई विश्वास दिलाउने, जनतालाई सहयोग गर्ने र जनतालाई आवश्यक परेको बेला समर्थन गर्र्ने गरेको थोरै मात्र पाइएको छ ।

ख. जनतालाई शान्ति सुरक्षा तथा अपराध नियन्त्रण र अनुसन्धानमा सहयोगीको रुपमा मात्र लिइएको छ । उनीहरुलाई यस प्रति उत्तरदायी वनाउन सकिएको छैन । उनीहरुलाई आफ्नो गाउं घरको शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा निर्णायक भूमिका खेल्ने अवसर प्रदान गरिएको छैन । जे जति निर्णय लिइन्छ जनताको स्वीकृति विना नै लिने गरीन्छ । जसबाट जनता उक्त निर्णयहरुको फको भागीदार आफुलाई ठान्दैनन् र प्र्रहरी शैली पारदर्शि छैन भनेर भन्ने गरीन्छ ।

ग. प्रहरी कार्यका लागि स्थानीय समुदायको सदस्यवाट छनौट गरी सोही समुदायमा शान्ति सुरक्षा कायम राख्न वा अपराध नियन्त्रण र अनुसन्धान गर्ने जिम्मा दिइएको छैन । त्यसो हुंदा आफ्नो गाउंघर, आफ्नो समुदाय भन्दा वेग्लै र नजिकको भन्दा धेरै टाढा टाढावाट आएका व्यक्तिहरुले ( प्रहरीहरुले ) उनीहरु माथी शासन वा हैकमी चलाएको अनुभव गरेका छन् ।

घ. समुदाय प्रति आजको प्रहरीलाई उत्तरदायी वनाईएको छैन । परिणाम स्वरुप समुदायको आवश्यकता र चाहना भन्दा वेग्लै प्रकारको प्रहरी व्यवस्था, आचरण र व्यवहार पाउंदा प्रहरीलाई नै आफ्नो प्रमुख वाधक वा प्रतिपक्षको रुपमा हेरेका छन् । यसो हुंदा प्रहरी आफ्नो कर्तव्य निर्वाह गर्न कतिपय अवस्थाहरुमा असमर्थ भएको छ ।

ङ. समुदाय भित्र घट्ने सानातिना भैm–झगडा, लेनदेनको विषयमा पनि स्थानीय जनतालाई स्वविवेक प्रयोग गरी न्याय दिने प्रकृयालाई वलियो पार्न सकिएको छैन । फलतः साना–साना कुराहरुमा पनि न्याय पाउनका लागि अड्डा अदालत धाउने प्रचलन बढेको छ । यसवाट स्थानीय जनता कुण्ठित मात्र नभई शोषित पनि भएका छन् ।

सुुझावहरु ः

उपरोक्त स्थितिलाई विहंगम दृष्टि दिनेहो भने नेपाल प्रहरीले आफनो उत्तरदायित्वलाई निर्वाह गर्नकालागी समुदाय संग सरोकार राख्दा निम्न लिखित कार्य गर्नुपर्ने देखेको छु ।

१. सामुदायिक प्रहरी सेवालाई वेग्लै प्रहरी संरचनाको रुपमा नलिएर प्रहरी सेवाको एउटा शैलीको रुपमा लिनु पर्छ ।

२. समुदाय तथा स्थानीय निकायमा अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षा कायम राख्ने विषयमा छलफल र कार्यगत नितीका लागी स्थानीय जनतालाई सहभागी बनाउनु पर्दछ ।

३. गाउँघर, शहर, समुदायहरुमा शान्ति सुरक्षा कायम गर्ने तथा अपराधको नियन्त्रण र अनुसन्धान गर्नका लागि स्थानीय जनतालाई निर्णय प्रकृयामा सहभागी बनाउनुपर्दछ ।

४. प्रहरी भर्ना गर्दा स्थानीय जनता, समुदाय विशेषवाट भर्ना गरी उनीहरुलाई सोही समुदाय वा स्थान विशेषमा काम लगाउनु पर्दछ ।

५. स्थानीय प्रहरीलाई जन उत्तरदायि बनाउन केही हद सम्म स्थानीय निकाय वा समुदाय प्रति उत्तरदायी बनाउनु पर्दछ ।

६. सानातिना झै–झगडा तथा आपसी लेनदेन वा स्थानीय समस्याको समाधान तर्फ स्थानीय जनतालाई सहभागी बनाई निर्णय लिने प्रकृयाको विकास गरिनु पर्दछ । यसका लागि विकेन्द्रिकरण तथा अधिकार प्रत्यायोजनको सिद्धान्त अवलम्वन गरिनुु पर्दछ ।

७. नेपाल अधिराज्यभरी यस अवधारणा अनुरुप प्रहरी शैलीको प्रयोग गरीनु पर्दछ । यसका लागि परीक्षणको रुपमा प्ररम्भमा केही स्थान विशेषमा लागुगरी अध्ययन गरीनु पर्दछ ।

सदा आज्ञाकारी
गोविन्द प्रसाद थापा
प्रहरी वरीष्ठ उपरीक्षक
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...