Wednesday, April 15, 2020

पृथ्वीनारायण शाहको सांस्कृतिक चेत


पृथ्वीनारायण शाहको सांस्कृतिक चेत
·         प्रा.डा. डिल्ली ओली
·         २०७६ पौष २६ शनिबार ०९:२३:००
·         वि.सं २०७७ बैशाख १ सोमबार 
·         Monday, 13 April, 2020
पृथ्वीनारायण शाहका पक्ष–विपक्षमा लेख्नेले धेरै लेखेका छन्, बोल्नेले धेरै बोलेका छन् झन् हरेक वर्ष पुस २७ को सेरोफेरोमा स्वाभाविक अस्वाभाविक, सम्मान गरिएका, केही अपमानबोधक अभिव्यक्तिहरू आउँछन् यसमा केही हाम्रो राजा हाम्रो देश भन्ने, केही वस्तुनिष्ठ यथार्थपरक प्रामाणिक तथा विवेकसम्मत, केही हिन्दूधर्म, सिजाली भाषाका विरोधी, केही विखण्डन चाहने र अरू केही जातीय सिद्धान्तका पक्षघाती देखिन्छन् सबै आ–आफ्नै हैसियतमा लागेका पाइन्छन्पक्ष–विपक्ष जे भए पनि सत्य कुरा सत्य नै हुन्छ
पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल उपत्यका, सेन राज्य कसरी नेपाल राज्यको रूपमा परिणत भए, इतिहासमा सबै विवरण छन् अरू बाँकी ठूलो भू–भाग उनकी बुहारी राजेन्द्र लक्ष्मी (चौबिसे), कान्छा छोरा बहादुर शाह र मुख्तियार भीमसेन थापाको अगुवाइमा नेपाल देशमा गाभिए तिनका पनि विवरण छन् पछि, भीमसेन थापाको अदूरदर्शीपनले बहादुर शाहले आर्जन गरेको ठूलो भू–भाग गुम्यो इतिहासले संकेत गरेअनुसार यदि पृथ्वीनारायण शाहले नेपाल उपत्यका सेन राज्य नजितेको भए नेपालको वर्तमान सबै भू–भाग इस्ट इन्डिया कम्पनीअन्तर्गत हुने थिए जसरी कुमाउ गढवाललगायत भू–भाग नेपालबाट अलग भए
पृथ्वीनारायण शाहको नेतृत्वले सिन्धुलीगढी युद्धमा कम्पनी सरकारको सातो नलिएको भए, उपत्यकाबाट पादरीहरूलाई नलखेटेको भए, ऊ पश्चिमतिर लाग्ने नै थिएन, उनको शेषपछि पनि फलस्वरूप अहिले पनि कालापानी, लिम्पियाधुरा, सुस्ता आदि ठाउँको विषय उठिरहेका छन् ो त्यही वेलाको धङधङी हो, त्यसैको उपज हो एकातिर पृथ्वीनारायण शाहको विरोध गर्नु, अर्कोतिर कालापानी क्षेत्र भारतीय नक्सामा गाभिँदा पनि विरोध गर्नु, उनलाई धारे हात लाउनेले हेक्का राख्नुपर्ने विषय हो उपत्यकाका राजाहरूले कम्पनी सरकारलाई यहाँ आउन रातो कार्पेट बिछ्याएकै थिए, यो पनि विचारीणय पक्ष छ इतिहासलाई बंग्याएर दोहोरो मापदण्ड अपनाएर विश्लेषण गर्नु कति विवेकसम्मत हुन्छ, सोच्नुपर्ने कुरा हो 
अब विषयतिर लागौँ संस्कृतिको निर्माण भूगोल, धर्म, इतिहास र समाजले गरेको हुन्छ यो बुझेर जीवनको अन्त्यतिर जीर्णरोगी अवस्थामा पृथ्वीनारायणले भावी पुस्तालाई केही मार्मिक सन्देश दिएका थिए, जसलाई उनका दिव्यउपदेश भनिन्छ ती उपदेशहरू कालजयी छन् उनले आरम्भतिरै टिपाए– यो मुलुक चार वर्ण ३६ जातको साझा फूलबारी हो यो भनेको नेपाल बहुजातीय, बहुधार्मिक (हिन्दू, बौद्ध, वोन, प्रकृतिवाद, धामीझाँक्रीवाद, किरात, लामावाद) बहुसांस्कृतिक मुलुक हो यिनै विषयलाई उनले समन्वयात्मक रूपमा महत्व दिएको देखिन्छ उनले आफ्ना राम शाह, जयस्थिति मल्ल र महीन्द्र मल्लका सामाजिक–सांस्कृतिक आदि सुधारहरू र परम्परागत मूल्य–मान्यतालाई पृष्ठभूमिमा राखेर देशलाई एउटा गति दिएका थिए भाषाको कुरा गर्ने हो भने लिच्छविहरूको भाषा संस्कृत थियो
एउटै जाति र बसोवासभित्र विभिन्न भाषिका थिए, वर्तमानमा पनि छन् तुलनात्मक रूपमा सिञ्जाली भाषा सबैका लागि केही बोधगम्य भएकाले अगाडि बढाए एउटै भाषा एउटै भेषको अवधारणा केही दशकअघि मात्रै आएको हो किनभने सिञ्जाली भाषाको पकड अरूको तुलनामा बलियो थियो, यो जनताको कारणले भएको थियो मध्यकालमा नेपाल उपत्यकामा सिञ्जाली मैथिली भाषाको उपस्थिति भएको कुरा तत्कालीन अभिलेख हस्तलिखित सामग्रीबाट स्पष्ट हुन्छ
पृथ्वीनारायण शाहले आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न र उपत्यकासँग सांस्कृतिक सम्बन्ध कायम गर्न कान्तिपुरका राजा जयप्रकाश मल्ल र भक्तपुरका युवराजसँग मित नै लगाएका थिए पछि, उपत्यकाको आन्तरिक स्थिति नाजुक हुँदै गएपछि र पाटनका भारदारहरूबीचको आपसी द्वन्द्वका वेला उनीहरूले पृथ्वीनारायण शाहलाई राजा हुन बोलाएको यथार्थ हो उनी आफू नगएर भाइलाई पाटनको मागबमोजिम राजा हुन पठाएका थिए नेपाल उपत्यकामा त्यसबेला ‘भाइ फुटे गँवार् लुटे’ भन्ने आहान चरितार्थ भएको थियो त्यो स्थिति पृथ्वीनारायण स्वयंले बनाएका थिएनन् पूर्व किरात क्षेत्र पनि सिक्किमको प्रभावमा थियो सेन राज्य भए पनि त्यहाँको स्थिति फरक थियो 
पृथ्वीनारायणले नेपाल उपत्यका सर गरेपछि दहचोकलाई राजधानी बनाउने मनसुवा राखेको भए पनि हनुमानढोकामा दरबार बनाए, त्यसलाई देशको केन्द्र बनाए गोरखा राज्यका राजाले देशको नाम गोरखा राख्न सक्थे त्यो नगरी सांस्कृतिक विपुलता र सभ्यताको केन्द्र भएको नेपाल उपत्यका, यहाँका सम्पदाप्रति सम्मान देखाए र कान्तिपुरलाई नै राजधानी बनाए
अहिले पनि बेलायत, भारतमा सैनिक सेवामा काम गर्ने नेपालीलाई उनीहरू गोर्खा भन्दछन्, अझ हेपेर गुर्खा भन्छन् भारतमा गोर्खा रेजिमेन्ट नै छ बेलायतीहरू त्यहाँ काम गर्ने सैेनिकलाई ब्रिटिस गोर्खा भन्दछन् नेपाल शब्दप्रति योे कस्तो धारणा हो, तत्सम्बन्धी पक्षधरहरूले बुझ्ने कुरा हो चाहे नेहरूको पालामा चीनसँग भारतको युद्धको अवस्थामा होस्, चाहे पछि कार्गिल युद्धमा, मोर्चाको मोहरामा गोर्खा नै रहे त्यस्तै, फकल्यान्ड युद्धमा गुर्खाहरूकै मोहरामा उभ्याइए यो गोर्खा वा गुर्खाप्रतिको सम्मानले होइन, अगाडि झोस्ने नै उद्देश्य हो 
पृथ्वीनारायण शाहले त नेपालमण्डलभित्रको सभ्यता, संस्कृति ,परम्परा, कला, वास्तुकला, भूगोल, उच्च कौशल भएका जनतालाई सम्मान दिएका कैयांँ दृष्टान्तहरू छन् तर, यहाँ त वर्तमानमा पनि करिब डेढ दशकअघि भएको राजनीतिक परिवर्तनपछि देशको नाम फेर्ने, झन्डा हटाउने, राष्ट्रिय जनावर बदल्ने, यहाँको सभ्यता, संस्कृति, परम्परा ध्वस्त पार्ने नयाँ मुल्लाह तयार भए अझ एकजना स्वनामधन्य विद्वान्ले त भर्खरै लेख्दै थिए, नेपालमा ई.सं. चलाउनुपर्छ दूरदर्शिता अदूरदर्शिताका यी केही नमुनामात्र हुन्
पृथ्वीनारायण शाहले हनुमानढोकामा नौतले दरबार बनाए जसलाई वसन्तपुर दरबार भनिन्छ त्यो दरबारमा उपत्यकाका तिनै सहर, फर्पिङ, टोखा आदिका सिकर्मी, डकर्मी, कालिगड, तिनको इन्जिनियरिङ सिप, कौशल प्रयोग भएको थियो मुख्य खण्ड कान्तिपुरका अरू खण्ड अरू ठाउँका सिकर्मी, डकर्मीले बनाएका थिए ती सबै सिकर्मी, डकर्मी, कालिगडको भातभान्सा आदि एकैसाथ हुन्थ्यो यो कान्तिपुर, पाटन, भादगाउँका जनताबीच जुन वैमनस्यता, वैरीभाव थियो त्यो मेटाउन रचिएको योजना थियो यो जनताद्वारा सिर्जित स्थिति थिएन उपत्यकाका राजाहरूबीच एक–आपसमा ठूलो वैरीभाव थियो राजाहरूले यो स्थितिलाई जनस्तरमा पु-याएका थिए स्थिति यस्तोसम्म थियो कि उपत्यकाका चाडपर्व, पूजा, उपासना, सांकृतिक र धार्मिक क्रियाकलापमा एउटा राज्यको मान्छे अर्काे राज्यमा समेत जान पाउँदैनथे
कथं गइहालेमा दण्डित हुनुपर्दथ्यो अर्थात् तीनवटै राज्य एक–अर्काको नाकाबन्दीमा थिए यहीका राजाले निर्माण गरेको यस्तो अराजक स्थितिलाई पराया ठाउँका राजा आएर यहाँका पनि राजा भएपछि समाजलाई व्यवस्थित सन्तुलित गरेको गजबको स्थिति थियो त्यो वेला पृथ्वीनारायण शाहले काठमाडौं जितेकै भोलिपल्ट बिहान कुमारीलाई ढोगभेट दर्शन गरी इन्द्रजात्रालाई निरन्तरता दिएको इतिहास सबैले पढेकै हो
पृथ्वीनारायण शाहले त नेपाल मण्डलभित्रको सभ्यता, संस्कृति, परम्परा, कला, वास्तुकला र कौशल भएका जनतालाई सम्मान दिएका दृष्टान्त छन् । तर, यहाँ त झन्डा हटाउने, राष्ट्रिय जनावर बदल्ने, सभ्यता, संस्कृति, परम्परा ध्वस्त पार्ने नयाँ मुल्लाह तयार भए ।
उनी यहाँका जनतासँगै सांस्कृतिक गतिविधिमा संलग्न रहने गरेका उदाहरणहरू पनि छन् उनले जनतालाई आफ्ना धर्म, कुल, परम्परा छोड्न नहुने सन्देश दिएका थिए त्यति मात्र होइन, किरात धर्म, परम्पराविपरीत आफू गएमा आफ्ना कुल देवीदेवताको कसम खाएको विवरण पनि छ उनले आफ्ना उपदेशमा मुग्लानबाट पातर, छोकडा आदि नौटंकी आएमा यहाँको धर्म, परम्परा, संस्कृति बिगार्ने हँुदा बरु तीन सहरमा परम्परादेखि चलिआएका शास्त्रीय नाच हेर्नु भन्ने सन्देश दिएको पाइन्छ उनी विदेशी पहिरनप्रति त्यत्तिकै सचेत देखिएका छन् वर्तमानमा जस्तो कहिले पशुपति हमला, कहिले इन्द्रजात्रामा हमला, कहिले गुठी व्यवस्थामा हमला, कहिले विभिन्न राष्ट्रिय पर्वहरूमा आक्रमण उनले गरेनन् बरु अझ समृद्धिमा जोड दिए 
पृथ्वीनारायण शाहका पुराना भारदारदेखि विभिन्न समूहका जनता उनको साथमा थिए यी सबैभन्दा माथि उनले थापेका गुरु सिंह भगवन्तनाथ थिए उनी सल्यान राना गाउँका थिए उनकै आशीर्वाद सल्लाहले पृथ्वीनारायण शाहले गोर्खा पूर्वका राज्यहरूमा विजय गर्न सकेको भनिन्छ सल्यानी युवराजलाई छोरी दिनु, जाजरकोटी राजासँग बनारसमा मित लगाउनु सांस्कृतिक–राजनीतिक सम्बन्धकै कडी थिए यी काम उनले भगवन्तनाथकै सल्लाहमा गरेका थिए भनिन्छ
रेसुंगा महाप्रभु शशिधर (जोसमनी मतका संस्थापक) पनि पृथ्वीनारायण शाहका सांस्कृतिक चेतको आधार भएको कुरा स्वामी प्रपन्नाचार्यले लेखेका छन् स्वयं पृथ्वीनारायण शाहले गोरखनाथबाट आशीर्वाद पाएको मिथक छ तिनै गोरखनाथका गुरु मत्स्येन्द्रनाथ थिए यिनलाई हिन्दू बौद्घले समान रूपमा सम्मान गर्दछन् नाथ परम्परामा शैवतन्त्र बौद्घतन्त्रको समन्वय पाइन्छ
बज्रयानमा कुनै समयमा विकसित भएको पञ्चमकार र कौलमार्गीमा रहेको उग्रतान्त्रिक साधनालाई यस परम्पराले व्यवस्थित गरेको मानिन्छ नरभूपाल शाहका गुरु गोकुल विलासले पाटनदेवी (भारत उत्तरप्रदेश)को आराधना गरेपछि पृथ्वीनारायण शाहको जन्म भएको कुरा टेकनाथ गौतमले लेखेका छन् ती पाटनदेवी दाङका सिद्घरतननाथकी बहिनी मानिन्छिन् पृथ्वीनारायण शाहले उपत्यका जितेपछि गोर्खा मनकामना देवी र यहाँको सांस्कृतिक सम्बन्ध स्थापना भएको स्पष्ट छ
मनकामनामा हरेक वर्ष कात्तिकमा हुने नैमित्तक पूजा झ्यावहाका बज्राचार्यहरूद्वारा गरिने परम्परा भएको स्थिति छ त्यसैवेलादेखि गोर्खामा ल्याइएको फूलपाती हनुमानढोका दसैँघरमा भित्र्रयाउने चलन सुरु भएको हो गण्डकी प्रदेशमा मात्र होइन, आठटीकाकी कुल आलमदेवीको मूल पूजारी मगर नै हुने परम्परा छ उनलाई सल्यानकोट माइको पनि आशीर्वाद प्राप्त थियो ती माई पनि मगरकी छोरी भएको इतिहासमा पाइन्छ त्यसवेलादेखि सकभर उपत्यकावासीले जीवनमा एकपटक मनकामना दर्शन गर्ने परम्परा रहेको स्थानीय भनाइ छ काठमाडौंको भुइँखेलमा हरेक बाह्र वर्षमा हुने बौद्घ परम्पराको सम्यक् पूजामा मनकामनाको प्रतिमाको पनि पूजा हुन्छ त्यसैवेलादेखि राजाको पनि अभिषेक गर्ने चलन बसेको मानिन्छ 
पृथ्वीनारायण शाहले नेपाल उपत्यका विजय गर्नुपूर्व यहाँको सांस्कृतिक सम्बन्ध विशेष गरेर तिब्बत, मैथिल क्षेत्रसँग सीमित थियो उनले काठमाडाैंलाई राजधानी बनाएपछि उपत्यकाको प्रभाव चारैतिर पर्न गयो मनकामना मुक्तिनाथको वास्तुकला मात्र होइन, नेपाल एकीकरणपछि यहाँको कला वास्तुकला देवीदेवताका प्रतिमूर्ति, परम्परागत नाच, पहिरन, संस्कार, संस्कृति, सीप, कौशल नेवारहरूले बसोवास गर्ने नेपालभरका सहर बजारमा फैलन गयो पश्चिम डोटीदेखि पूर्व धनकुटासम्म यो स्थिति देखिन्छ स्पष्ट , स्थानीय नेवारहरू जागिरी वा व्यापारको सिलसिलामा विभिन्न जिल्ला सदरमुकाम, गौँडा आदिमा विस्तार भएको नेपाल एकीकरणसँगै हो यति मात्र होइन, नेपाल उपत्यकामा रहेका टोल, गल्ली, चौरहाका नाम पनि बाहिर जिल्लामा पुगे
पृथ्वीनारायण शाहले बहुलतामा एकताको साथै समन्वयात्मक सांस्कृतिक संरचनामा ध्यान दिएका तमाम दृष्टान्तहरू छन् उनले अंग्रेजलाई यहाँ छिर्न दिएनन् इसाई धर्म प्रचारमा रोक लगाए उनले जासुसी गर्नेलाई देश निकाला गरे पृथ्वीनारायण शाह, कालु पाण्डे, बहादुर शाह, बलभद्र कुँवर, दामोदर पाण्डे, अमर सिंह थापा, अभिमान सिंह बस्नेत, भक्ति थापा र अन्य ज्ञात–अज्ञात नायकहरूको नेतृत्वमा नेपालीले आफ्नो मातृभूमि बनाए, सुगौली सन्धि अपवाद छोडेर नेपाल कहिले पनि पराधीन भएन यहाँका नागरिक स्वतन्त्र राष्ट्रका सार्वभौम नागरिक भइरहे संसार निलेको भिक्टोरिया शासनको राँटो बीचमा रहन गयो उनै पृथ्वीनारायण शाहको दूरदर्शिता, परिपक्वता र योग्यताले आजपर्यन्त नेपाल विश्वका १७ वटा स्वाधीन राष्ट्रमा गनिन्छ 
पृथ्वीनारायण शाह नभइदिएको भए? कल्पना मात्रै गर्न सकिन्छ तर पनि, उनीप्रति कपोलकल्पित लाञ्छना, ईष्र्या, द्वेष जारी छ ... अझ नयाँ नयाँ भ्रम सिर्जना भइरहनेछन् कतैको प्रान्तभन्दा नेपालको यही नै स्वरूप सुखद मानिनुपर्छ त्यसैले पुस २७ लाई राष्ट्रिय एकता दिवस पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता मान्दा नेपालीकै शिर उँचो नहोला ?


धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...