Wednesday, January 30, 2019

सबैको प्यारो धारो


सबैको प्यारो धारो
प्यूठान — लाली घर्तीले डोकामा पानी बोक्न थालेको ५५ वर्ष भयो पानी जोहो गर्न डोको नाम्लोकै भर झिसमिसेमा उठेर डोकोमा रित्तो गाग्री राखेर पँधेरोमा पुग्छिन् पुग्नेबित्तिकै पालो पाइँदैन एक घण्टा टाढाबाट एक गाग्री पानी ल्याएपछि मात्र उनी बाँकी काम थाल्छिन् 
‘बिहे भएर यहाँ आएदेखि पानी बोक्न छुटेको छैन,’ ७३ वर्षीया लाली भन्छिन् प्यूठान मल्लरानी गाउँपालिका–२ रातीपोखरी, साविकको चुजा गाविस १, ८ र ९ वडाका २ सय ७० घरधुरी एउटै पँधेरोमा निर्भर छन्
‘सबैले पानी भर्ने एउटै पँधेरो हो सधैं भीड हुन्छ,’ लालीले भनिन्, ‘पालो कुरेर एक गाग्री पानी घरमा ल्याउन एक घण्टाभन्दा बढी समय लाग्छ।’

स्थानीयवासीको मुख्य समस्या पानी हो नेताहरूले चुनावका बेला घरघरमा पानीका धाराको आश्वासन पछिल्लोपल्ट पनि दिए चुजा, रातीपोखरी, टाकुरी बस्तीका बासिन्दाले पानीको दु:ख पार्टीसँग बिसाउन छाडेका छैनन् त्यही भएर पार्टी पनि बदल्ने गरेका छन् पानीकै कारण चारवटा पार्टी फेरिसकेको स्थानीय कृष्ण सार्कीले खुलाए ‘पानी ल्याइदिन्छु भन्नेलाई हरेकपल्ट भोट हाल्दाहाल्दा चारपल्ट चिह्न बदलिसक्यौं,’ उनले भने

गाउँमा पानीमात्र नआएको हो, माध्यमिक विद्यालय, मोटरबाटो, बिजुली आइसक्यो तर पानी नहुँदा बस्तीमा मुख्य कुरै भएन मोटरबाटो निर्माणका क्रममा पँधेरो पुरिएकाले पानी सानो झन् सानो हँुदै गएको मोटरबाटो आयो पानी गयो भनेजस्तो भएको

बिहे गरेर चुजा आएदेखि पानीको सास्ती भोग्न थालेकी लक्ष्मी पौडेल ६० वर्षकी भइन् अझै डोकोमा निर्भर छिन् उनी भन्छिन्, ‘गाउँ अगुवाले यसपाला फलानो पार्टीलाई भोट दिनुपर्छ भन्छन्, पानी आउने आसमा भोट दिन्छौं, चुनाव जितेपछि फर्केर हेर्दैनन्।’

पँधेरामा पानी भर्न हरेक दिन मेला लागेझैँ भीड हुन्छ गाउँमा सरसफाइ अभियान चलाउन सकिएको छैन ‘पानी नभएपछि विद्यालयमा शौचालयसमेत बन्द गर्नुपर्ने अवस्थामा छन्,’ चुजा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर केसी भन्छन् उनका अनुसार चाहने हो भने पानी तान्न सकिन्छ त्यसका लागि पँधेराको पानी लिफ्ट गरेर घरघरमा पानीका धारा पुर्‍याउन बजेटमात्र निकासा हुनुपर्ने छ

२०४८ सालमा मल्लरानी–१ को भुल्केबाट पाइपलाइन लिएर गाउँमा १३ सार्वजनिक धारा निर्माण भएका थिए बुकेनी खानेपानी आयोजना उपभोक्ता समिति अध्यक्ष रुमानसिंह नेपालीका अनुसार सय ७० घरलाई बनेका ती धारामा पानी आउन छाड्नुको कारण आयोजना जीर्ण हुँदै जानु हो

त्यही भएर हिजोआज पँधेराकै पानीले गुजारा चलेको छ सबैको उही एउटै धारो प्यारो बनेको
प्रकाशित : kantipur, माघ १६, २०७५ ०७:३५

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...