Tuesday, January 29, 2019

परिष्कृत स्वास्थानी


परिष्कृत स्वास्थानी


काठमाडौँ — सोर्‍हौं शताब्दीमा संस्कृत भाषामा लेखिएको थियो, ‘श्रीस्वस्थानी व्रतकथा’ लगत्तै यो नेवारी भाषामा अनुवाद भएर आयो जनस्तरमा पढिन थालियोयसपछि यसका अनेकौं संस्करणहरू आए हालै कञ्चनजंघा प्रसाईं विदुषी प्रसाईंले परिष्कृत ‘श्रीस्वस्थानी व्रतकथा’ ल्याएका छन् संस्कृतबाट विभिन्न संस्करण अनुवाद भएर आउने क्रममा थपिएका देखिएका केही विकृतिहरूलाई काँटछाँट गरेर आफूहरूले शुद्ध श्रीस्वस्थानी व्रतकथा ल्याएको कञ्चनजंघा विदुषीले विज्ञप्तिमा जनाएका छन् 

सन् १५७३ देखि संस्कृत भाषामा स्वस्थानी व्रतकथाको थालनी भएको मानिन्छ सुरुमा ब्राह्मण पण्डितहरूबाट मात्र वाचन गराउने परम्परा रहेकोमा सन् १६०३ मा नेवारीभाषामा अनुवाद भएपछि सर्वसाधारणको पहुँचमा पुगेको मानिन्छ 

नेपाली भाषामा छापिन थालेपछि आ–आफ्नै पारा र ढंगबाट प्रकाशित गर्दै आएकोमा प्रसाईंद्वयले सम्पादन गरेको ‘श्रीस्वस्थानी व्रतकथा’ सरल, सरस र शुद्ध रहेको समालोचक जगदीशचन्द्र रेग्मीले बताए 

नइ प्रकाशनले छापेको पुस्तकको इतिहासकार ज्ञानमणि नेपाल, संस्कृतिविद् वेणिमाधव ढकाल, वासुदेवकृष्ण शास्त्री, काशीनाथ तमोट, माधव भट्टराई, विणा पौडेल, कृष्णदास महाराजलगायतले प्रशंसा गरेका छन्प्रकाशित : माघ ६, २०७५ १६:०८


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...