Saturday, January 26, 2019

समुद्रपारको छटपटी


समुद्रपारको छटपटी

माओवादी नेताको नालीबेली थाहा पाएका र उनीहरूसँग निकटस्थ संगत गरेका मनऋषि धिताल आफू सम्पादक भएको जनादेश साप्ताहिक बन्द गरेर प्रवासिँदा साह्रै व्याकुल बनेका रहेछन् ‘देश बदल्छु भनेका नेताहरू आफूचाहिं बदलिए, देश र म भने उस्तै रह्यौं,’ उनी भनिरहेका थिए

माघ १२, २०७५ घनश्याम खड्का

काठमाडौँ — बीबीसीको सर्वेक्षणमा संसारको सबभन्दा बस्नलायक भनेर लगातार सात पटक दरिएको मेलबर्न सहरमा उत्रनेबित्तिकै च्वास्स पोल्लाजस्तो गर्मी भयोजाडोले कठ्याङ्ग्रिने पार्न लागिरहेका बेला मंसिरको अन्तिम साता हिमाली राजधानीबाट उडेको ज्यानलाई यसरी गर्मीले लपेट्दा केही विस्मय अवश्य भएको हो 
‘नेपालमा त यतिखेर खुब जाडो होला, हगी अंकल?’ तातो फलामजस्तो राप्पिएको गाडीमा बस्नेबित्तिकै पारुले भनेकी थिइन्, ‘यहाँ त गर्मी चलिराछ हेर्नुस्।’ ‘यहाँ मौसम गर्मीको छ,’ नेपालबाट उड्नुअघि शिवजीले पनि भनेको थियो, ‘त्यसो हुँदा ज्यादा बाक्ला लुगा ल्याइरहने कष्ट नगर्नुहोला।’ भतिज बुहारीको यो मौसम–संवाद एकांकी र व्यक्तिगत नभई हरेक नेपालीले अर्काे नेपाली भेट्दा गर्ने संवादको एक अंश रहेछ 
पृथ्वीको धेरै भागमा नेपालजस्तो दिन र रात ठिक्क मिलेको समय अनि समशीतोष्ण मौसम पाइन्न गर्मीमा असाध्यै गर्मी भई रातिसम्मै घाम लाग्ने जाडोका बेला असाध्यै जाडो भई अपराह्नमै रात पर्ने देशहरू धेरै छन् विकासको चमकधमकले धपक्क बले पनि यस्तो ठाउँमा पुगेपछि नेपाली मन उही शीतल मधुर मौसमको सम्झनाले नियास्रो मान्दो रहेछ त्यसैले आफूआफूबीच भेट हुँदा नेपालीहरू सम्बन्धित ठाउँमो मौसमको तुलना जन्मदेशसँग गर्दा रहेछन् आफ्नो देशको राम्रो कुरा भनेर सायद सबैले गर्व गर्ने भनेकै यही एक मौसम होला नेपालको नत्र , नेपालको अस्तव्यस्तता, भ्रष्टाचार, धूवाँ–धूलो, गरिबी अनि पछौटेपनलाई सम्झँदै नेताहरूलाई नसराप्ने नेपाली डायस्पोरा कहीँ छैन 
फराकिला सडकहरूमा गाडी हाँकेर सनन्नसँग हुइँकिँदा होस् कि गगनचुम्बी भवनहरूलाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्दा होस्, नेपाली जिब्रोले एउटा वाक्य निकाल्छ निकाल्छ, ‘नेपाल कहिले बन्ला यस्तो?’ 
संसारको सबभन्दा भ्रष्टाचार हुने गरिब देशको समूहहरूमा अग्रपंक्तिमा पर्ने देशबाट सबभन्दा कम भ्रष्टाचार हुने विकसित देशको सूचीको अघिल्लो हारमा भएको देशमा पुग्दा व्यक्तिगत रूपमा आफू राम्रो नराम्रो जुनसुकै परिस्थितिमा भए पनि नेपाली हृदय तिलमिलाउँदोरहेछ 
‘हो, यस्तै हुँदो रहेछ,’ माओवादी भूमिगत हुँदाताका त्यस पार्टीका लागि भूमिगतै भएर पत्रकारिता गरेका मेरा मित्र मनऋषि धितालले सिड्नीमा एक साँझ किञ्चित भावुक हुँदै सुनाए, ‘कम्युनिस्ट भनेका हाम्रा नेता र पुँजीवादी भनेका यहाँका नेताको आनीबानीको तुलना गरेरै म चकित छु।’ 
केही वर्षदेखि अस्ट्रेलियातिरै बस्न थालेका मनऋषिको कुरा सुन्दा उनमा अचेल हाम्रा नेताहरूको आडम्बर, ढोंग र भ्रष्ट मति कति बाक्लो रहेछ भन्ने कुराले क्षुब्द बनाएको प्रस्टै हुन्छ अस्ट्ेरेलियामा एक जना मन्त्रीले कसैसँग एक बोतल रक्सी उपहार लिएबापत पदबाटै बर्खास्त हुन पुगेको खबर सुन्दा विस्मित हुनुपर्ने अवस्था हुन्छ । 
‘म हैरान छु, हामी कसरी भ्रष्टाचारको चंगुलबाट मुक्त हुने होला भन्ने सोचेर’ सिड्नीका अवैतनिक वाणिज्य दूत दीपक खड्काको घरमा बात मार्दै मनऋषि भनिरहेका थिए, ‘अनि हैरान छु, यिनीहरू कसरी यति स्वच्छ हुन सके भनेर †’
माओवादी नेताको नालीबेली थाहा पाएका र उनीहरूसँग भूमिगतकालदेखि सत्तासीन अवस्थासम्ममा संगत गरेका मनऋषि आफू सम्पादक भएको जनादेश साप्ताहिक बन्द गरेर प्रवासिँदा साह्रै व्याकुल थिए, देशमा बस्ने स्थिति नबनेकामा ‘देश बदल्छु भनेका नेताहरू आफूचाहिँ बदलिए, देश र म उस्तै रह्यौं‘,’ हल्का ठट्यौली मिसाउँदै उनी बोले, ‘टेक्ने ठाउँ कतै नपाएपछि यता आउँदा मलाई बरु यहाँ आधार मिलेको जस्तो भयो, कम्तीमा काम गर्न श्रम शिविर त छ कि यहाँ†’ 
मनऋषि आधा जीवन गुज्रेपछि ‘देशमा गरी खान सकिन्न’ भन्ने निष्कर्षमा पुगे पनि नयाँ पींढीचाहिँ नेपालमा एक क्षण पनि नबसी विदेश उड्न चाहन्छ , युवाहरूको रोजाइमा सबभन्दा पहिलो देश हुन पुगेको रहेछ अस्ट्रेलिया भूगोलमा नेपालभन्दा ५८ गुणा ठूलो तर जनसंख्यामा नेपालीभन्दा ६० लाखले सानो अस्ट्रेलिया आफैंमा एउटा महादेश हो जसलाई विकासको चुलीमा टिकिराख्न अघि बढ्न लाखौंलाख काम गर्ने मानिसको आवश्यकता छ सबभन्दा ठूलो , युरोपमा जस्तै बुढेसकालमा छोराछोरीले होइन राज्यले स्याहार्ने कल्याणकारी प्रणालीको पथिक अस्ट्रेलियालाई यहाँका बूढाबूढीलाई स्याहार्ने परिचारिकाको ठूलो खाँचो छ तर, ऊ खाडी मुलुक वा मलेसियाले जस्तो ‘फ्री भिसा फ्री टिकट’ (यद्यपि व्यवहारमा यो पाइँदैन­­) को नारा दिएर कामदार लैजाँदैन सबभन्दा पढे–लेखेका, काम गर्ने उमेरका युवायुवतीलाई कलेजमा पढ्न भनेर बोलाउँछ र ती प्रत्येकसँग पौने एक करोडसम्म फी लिएर त्यो असुल्नका लागि आफ्नो श्रम बजारमा हप्ताको यति दिन भनेर काम गर्न पठाउँछ अस्ट्ेरलियामा भारत चीन पछि तेस्रो ठूलो संख्यामा नेपाली विद्यार्थी पुगेका रहेछन्
यूके अमेरिकामा पीआर पाउन गाह्रो भइरहेका बेला केही वर्ष बसेपछि सजिलै पाइने हुनाले नेपाली विद्यार्थीहरू पछिल्लो समय अस्ट्रेलियामा ज्यादै नै आउन थालेको अनुभव मेलबर्नका अवैतनिक वाणिज्य दूत चन्द्र योञ्जनको छ झन्डै दुई लाखको संख्यामा नेपाली आइसकेको अनुमान एनआरएन अस्ट्रेलियाको
गर्मीका बेला पौडी खेल्न समुद्रमा पस्दा बर्सेनि धेरै आप्रवासीको ज्यान जान्छ अस्ट्रेलियामा त्यसमा नेपालीहरू पनि परिरहेका छन् समुद्री तटतिर घुम्न निस्केकै बेला एउटा खबर आयो, निश्चल घिमिरे भन्ने एक नेपालीलाई महासागरले निल्यो सिड्नीलाई किनार बनाएर अनन्तसम्म फैलिएको प्रशान्त महासागरको एक छेउ प्रसिद्ध हार्वर पुल ओपेरा हाउस बीचमा पानीजहाज चढेर म्यान्ली तटतिर गइरहेका बेला कुनै बेलाका सहकर्मी सरल गुरुङको मोबाइलमा निश्चल हराएको म्यासेज आएपछि उनी त्यसबारे थप खोजबिनमा लागि परे पत्ता के लाग्यो भने निश्चल मेरै गाउँ भक्तपुर, दधिकोटका मानिस पो रहेछन् पौडन नआउने निश्चल समुद्रमा पसेर हराएका थिए , त्यतिबेलासम्म उनको अवस्था अज्ञात थियो दक्षिणी अस्ट्ेरलियाको सहर एडलेडमा अटिजम भएको बच्चाको रेखदेख काम उनी गर्दा रहेछन्
पढाइ सकेर मार्चतिर घर फर्किन भनेर टिकट पनि काटेका थिए अरे तर, एक सुरले समुद्रमा पसेको बच्चालाई निकाल्न भनेर तैरिने कौशलै नभएका उनी पानीमा पसेपछि निक्लेर आफैं आएनन् भोलिपल्ट चार किलोमिटर पर उनको शरीर तैरिरहेको भेटियो भन्ने खबर आयो नयाँ वर्षको दिन सहकर्मी मित्र नारायण खड्का बसेको सहर एडलेड पुगेँ सदगतका लागि मृतकको ठेगानासम्म शव पुर्‍याइदिने निजी कम्पनी अस्ट्ेरेलियाका सहरतिर जतै पनि छन्, एडलेडमा पनि रहेछ एडलेडमा भेट हुन पुगेका मेरा पुराना मित्र गोविन्द राना निश्चलको शरीर रमाना गराउन आवश्यक कागजपत्र छिटो बनाइदिने पहल गर्न लागिपरेका रहेछन् उनकै साथ लागेर एक गर्मीको मध्याह्न शवहरूको व्यवस्थापन गर्ने त्यस निजी कम्पनीमा पुगेँ त्यहाँ गाउँतिर देखिन छाडेका धेरै भाइबहिनीहरू पो भेट भए † उनीहरू निश्चलका साथी रहेछन् र शोक प्रकट गर्दै शव लिन आइपुगेका उनका दाजुलाई समवेदना दिन आइपुगेका रहेछन् त्यतिबेला मात्र मलाई थाहा भयो, निश्चलको परिबार दस वर्षदेखि ओखलढुंगाबाट बसाइ सरी दधिकोटमा बस्दै आएको रहेछ भोलिपल्ट गोविन्दसहितको नेपाली आप्रवासीको टोली संसद्भवनमा विपक्षी दलका नेता रस्सेल र उनकी पत्नी डानालाई भेट्न पुगे जहाँ म पनि सम्मिलित थिएँ अघिल्लो दिन यसै भवनमा मित्र नारायण मैले सहायक मुख्यमन्त्री जिङ्लीसँग नेपाली डायस्पोराबारे कुराकानी गिरेका थियौं आज विपक्षी लका मुख्य प्रतिनिधिसँग पनि छलफल गर्ने मौका जुर्‍यो 
‘जाबो पौडी खेल्न नआउँदा यसरी एक युवाको ज्यान जानु साह्रै दु:खद हो,’ रस्सेलले नेपाली टोलीसँग दु:ख प्रकट गरे, ‘अब आइन्दा प्रत्येक आप्रवासीलाई अस्ट्रेलियामा पौडी खेल्न सिक्नैपर्ने नियम र सिकाउने व्यवस्था गराउन म लाग्छु।’ 
उनको कुराले नेपालीजनमा केही राहत मिलेजस्तो भएको थियो बढ्दै गएको नेपालीको संख्याप्रति यहाँका राजनीतिज्ञहरू आकर्षित हुन पुगेका छन् तिनका चासोलाई सम्बोधन गरेर भोट बढाउनतिर लागेका छन् भन्ने तथ्यको एक उदाहरण थियो यो भेटघाट 
अलिक पुराना हुन पुगेका नेपाली बिस्तारै यहाँको शासन व्यवस्थामा घुलमिल हुँदै गएका र राजनीतिक संयन्त्रसँग पनि नजिक भएका छन् न्यू साउथ वेल्समा सरकारी अधिकृत हुन पुगेका पत्रकार ऋषि आचार्यदेखि गृह निर्माण गर्ने आफ्नो कम्पनी ‘स्टनिङ होम्स’ का प्रवद्र्धनात्मक कार्यक्रममा त्यहाँका राजनीतिज्ञलाई नै उभ्याउन सक्ने गरी सम्बन्ध बढाउने तहमा पुगेका युवा व्यवसायी गोकुल घिमिरेसम्मलाई भेट्दा के देखियो भने अस्ट्रेलियामा नेपालीले राम्रो छाप र पकड बनाउँदै गएका छन् एबोरोजिन नामका आदिवासीहरूको देश अस्ट्रेलियामा रेनेसा कालमा छाडिएका ेलायती कैदीहरूले बिस्तारै कब्जामा लिएका थिए तिनकै सन्तान दरसन्तानले अझै पनि अस्ट्रेलियामा शासन जमाइरहेका छन् त्यहाँ अहिले बढ्दै गइरहेको एसियाली आप्रवासी तिनको प्रभावमा नेपाली डायस्पोरा आफ्नो ठाउँ जमाउन खोजिरहेजस्तो देखिन्छ त्यति हुँदाहुँदै पनि नेपाललाई हरेक अनुभवमा सम्झने, नमिलेका कुराहरूको दोष दिँदै नेतालाई सराप्ने अनि आफू जन्मेको ठाउँ कहिले यस्तो हुने होला भनेर बहकिने दैनिकी नेपाली डायस्पोराले छाडेको छैन

प्रकाशित : माघ १२, २०७५ ०९:५३

 

Lecture to WDO. Jan 1, 2013 (Pus 17, 2069 B.S.)

  Lecture to WDO.   Jan 1, 2013 (Pus 17, 2069 B.S.) I lectured newly appointed Women Development Officers (WDO) at the Women Training Cen...