Thursday, June 18, 2020

‘न सीप न योग्यता’, राजनीति नेपालको सबैभन्दा आकर्षक जागिर

न सीप न योग्यता’, राजनीति नेपालको सबैभन्दा आकर्षक जागिर
Bhim Upadhya, nepaloutline.com, June 3, 2020

काठमाडौं । राजनीति नेपालको सबैभन्दा ठूलो र आकर्षक जागिर भएको छ। न योग्यता, न पढाई, न सीप, न तालीम, न ठाउँठाउँ सरूवा, न उमेरको हद, न रिटायरमेन्ट, आजीवन आर्यघाटको यात्रा नहुन्जेल ढुक्कको जागीर !

एक कार्यकालमा, सांसद बने रू ३० करोड, प्रदेश सांसद बने १५ करोड, मेयर बने ५ करोड, गापा अध्यक्ष बने ३ करोड, वडाध्यक्ष बने १ करोड खल्तिबाट खेलाउन पाईन्छ। त्यसबाहेक तलब, भत्ता, अन्य सुविधा छदैछ। अतिरिक्त, आफ्नो निकायका करोडौ अनुदान, कर , राजश्वको वर्षेनि बजेटको मालिक बनेर मान्छेलाई पछि लगाउन योजनाको काफल बॉड्न, विगत चुनाव र आगामी चुनाव खर्चको समायोजन गर्न पाईन्छ। यत्रो घॉटीसम्म डुब्ने बजेटबाट सहर गाउभरिका एकएक मतदाता किन्दै बाचुन्जेल सदा अपराजय हुन पाईन्छ। गाउँ गाउँमा बिकासको मूल फुट्दैछ, ३८ हजार जनप्रतिनिधि ज्यान फालेर देश सुखि समृद्ध बनाउन लागिपरेका छन्!

चुपचाप आलोचना बिरोध नगरी तिनका ५ वर्षे कार्यकालसम्म पर्खौं, सबै काम आफसे आप छुमन्तर हुनेछ। तिनलाई केही नभनी, बिरोध आलोचना वा गाली नगरी जेजे गर्न मन छ, गर्न दिऔं। त्यतिन्जेल यहॉ बस्ने कुनै काम नभए बरू कतै बिदेशतिर काजमा वा तिर्थ जान मिले गए भयो, अब बॉकी २-३ वर्षपछि फर्कदा यो मुलुक चिन्न नसक्ने हुनेछ, लेखेर राखे हुन्छ। पदमा जो पनि पुग्न सक्छ तर नेता जो पनि बन्न सक्दैन। अमर सम्मानित नेता बन्न त मातृभूमि र भूमिपुत्रहरुको मायाले मन काउकाउ भएको हुनुपर्छ।

पहिलो जननिर्वाचित सरकारका प्रधानमन्त्री बीपी कोइरालाले २०१६ सालमा मन्त्रिपरिषद्को पहिलो बैठकबाट प्रधानमन्त्री र मन्त्रीको तलब घटाएका थिए । २ हजार ५ सय रुपैयाँ रहेको प्रधानमन्त्रीको तलब ४०% घटाएर १ हजार ५ सय रुपैयाँमा झारेका थिए ।

मन्त्रीको १ हजार ५ सय रुपैयाँ रहेको तलब ३३% घटाएर १ हजार रुपैयाँ कायम गरेका थिए । मितव्ययीताको सिद्धान्त अंगीकार गर्ने संकेतस्वरुप पहिलो, सरसर्ती हेर्दा झिनोमसिनो तर ऐतिहासिक निर्णय गरेका थिए। त्यसैले आफ्नो छोटो कार्यकालमा यस्ता कैयन जनप्रिय काम र निर्णयहरूका कारण बिपीको तुलनामा नेपालको अरू कुनै नेता वा प्रधानमन्त्रीसंग हुन सक्दैन।

अहिले नेपालको सरकार र जनता बीचको समस्या के हो भने जनताले सरकारबाट सुख सुबिधा पाएको, जनताको जिवनस्तर सरकारका नीति र नीति कार्यान्वयनले सुध्रिएको महसूस नभएको अवस्थामा नेता र कर्मचारीले भने थप सुबिधा लिदैछन् भनेर ठाने भने जनताबाट ठूलो आलोचना, बिरोध र प्रतिकार गरिनु सामान्य हुदै जान्छ।

सरकारले पहिले जनताको स्तर र सेवा सुबिधाको स्तर बढाउनु पर्छ अनि मात्र आफ्नो सुबिधा थप्न सकिन्छ वाहियात यकाम गर्ने अनि जनतालाई ओठे कुतर्के जवाफ दिने गर्दा आफै हासोको पात्र बनिन्छ। जनताबाट टाढिईन्छ, घृणा बढ्दै जान्छ र अलोकप्रिय बनेर राजनीतिबाटै अलप हुन पर्ने दिन आउने हुन्छ।

पूर्वसचिव उपाध्याय हाल सक्रिय लेखनमा हुनुहुन्छ


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...