Thursday, June 18, 2020

गुफामा बस्नेको भाषा: भोटे?


गुफामा बस्नेको भाषा भोटे?
मुस्ताङको छोसेरका पाहाडी भित्तामा अनगिन्ती प्रचीन गुफाहरू देखिन्छन्। तलको फोटोमा देखाइएको गुफा निकै प्रसिद्ध छ। यो गुफा घर भन्दा व्यवस्थित छ। यी गुफामा जिन्दगी काटेकाका सन्ततीहरूले ल्होवा भाषा बोल्छन्। लोमान्थाङ, किम्लिङ, छोसेर र चराङमा लगभग उस्तै बोलिए पनि चुङजुङमा अलि फरक बोलिन्छ। भनिन्छ, ल्होवा तिब्बतीको भाषिका हो। विभिन्न भाषीहरूसँगको सम्पर्क र समय अगाडि बढ्दै जाँदा भाषामा परिवर्तन हुँदै जान्छ। ल्होवामा पनि परिवर्तन भएको छ। गुफामा बस्दाको भाषा कस्तो थियो होला रु यो अनुसन्धानको विषय नै हो। एउटा मननयोग्य कुरा के हो भने यहाँका लामाहरू हिमाली क्षेत्रमा बोलिने सबै भाषाहरूलाई एउटै भोटे भाषा मान्नु ठिक हुने तर्क गर्दछन्। ूयी क्षेत्रका सबैले सबैले बोलेको बुझ्दछन्। किन छुट्टै भाषा मान्नुरुू यसै कुरा मान्ने हो भने त नेपालमा पंचायतकालमा गरिएका भाषा गणना पनि त बेठीक त रहेनन्रु कसो१ ूभोटेू भित्र करिब १० भन्दा बढी भाषाहरू आउन सक्छन्। नेपालमा भाषाको सङ्ख्याको विवाद कहिले टुङ्गिने हो१ फरक माने फरक समान माने समान के ले पो छुट्टिने हो?

Danraj Regmi, facebook

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...