Thursday, June 18, 2020

लिम्बुहरूका पुर्वजहरू


बालकृष्ण पोखरेलको पुस्तक खसजातिको इतिहास, पृ. १४८ मा लिम्बु हरूका पुर्वज लेप्मु हरू थिए भन्ने उल्लेख भएको रहेछ । उहाँको भनाइ जस्ता को त्यस्तै उद्धृत गरिएको छ ।

“किन्नरको इतिहास अलिक भिन्न छ । यी किरगिज छोडेर हयीशभूमि आइपुग्दा त्यहाँ आश्विनका प्रतिस्पर्धीका रूपमा नर (Nairi) को उदय भइसकेको थियो । ती आफूलार्इ मनु (Manyu) पनि भन्दथे । सुमेरकाहरू तिनलार्इ नुम्मा (तुलनीय बाइबलको नोह) पनि भन्दथे । यी नरहरू एलाम देखि आर्मेनियासम्म निकै फिँजिएका थिए । यिनको प्रभावमा परी लेप्मुहरू (आजका लिम्बुहरूका पुर्वजहरू) को सैंहिक उपासनासित फेटिएर एलाममा नृसिंह उपासनाको उदय भयो । यसै गरी हयीशभूमि नाघेर हिमालतिर आइरहेका किरहरूमा पनि आधा घोडा र आधा नरको मिश्रण भयो । अझै पुराणहरूमा किन्नर आधा घोडा (मुख तर्फ घोडा) र आधा मान्छे (बाँकी जिउ मान्छे) भएको प्राणी मानिन्छ । ठीक यही नाम (Kentaur) र ठीक यही अर्ध--आश्विन स्वरूपको प्राणी ग्रिसेली पुराकथामा पनि पाइन्छ । किन्नर जातिका उपासनाका तीन अवस्था देखिएका छन्--छाग, अश्व र अर्धअश्व । लेप्मुहरूले लिबिया र लिबाननतिरबाट ल्याएको लेय (Leo) भावना किर अथवा किरातको मौलिक भावना होइन ।”
बालकृष्ण पोखरेलको खसजातिको इतिहास, पृ. १४८

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...