बालकृष्ण पोखरेलको पुस्तक खसजातिको इतिहास, पृ. १४८ मा लिम्बु हरूका पुर्वज
लेप्मु हरू थिए भन्ने उल्लेख भएको रहेछ । उहाँको भनाइ जस्ता को त्यस्तै उद्धृत
गरिएको छ ।
“किन्नरको
इतिहास अलिक भिन्न छ । यी किरगिज छोडेर हयीशभूमि आइपुग्दा त्यहाँ आश्विनका
प्रतिस्पर्धीका रूपमा नर (Nairi) को उदय भइसकेको थियो । ती आफूलार्इ मनु (Manyu) पनि भन्दथे ।
सुमेरकाहरू तिनलार्इ नुम्मा (तुलनीय बाइबलको नोह) पनि भन्दथे । यी नरहरू एलाम देखि
आर्मेनियासम्म निकै
फिँजिएका थिए । यिनको प्रभावमा परी लेप्मुहरू (आजका लिम्बुहरूका पुर्वजहरू) को सैंहिक
उपासनासित फेटिएर एलाममा नृसिंह उपासनाको उदय भयो । यसै गरी हयीशभूमि नाघेर
हिमालतिर आइरहेका किरहरूमा पनि आधा घोडा र आधा नरको मिश्रण भयो । अझै पुराणहरूमा किन्नर आधा घोडा (मुख तर्फ घोडा)
र आधा मान्छे (बाँकी जिउ
मान्छे) भएको प्राणी मानिन्छ । ठीक यही नाम (Kentaur) र ठीक यही अर्ध--आश्विन स्वरूपको प्राणी
ग्रिसेली पुराकथामा पनि पाइन्छ । किन्नर जातिका उपासनाका तीन अवस्था देखिएका छन्--छाग, अश्व र अर्धअश्व ।
लेप्मुहरूले लिबिया र लिबाननतिरबाट ल्याएको लेय (Leo) भावना किर अथवा
किरातको मौलिक भावना होइन ।”
बालकृष्ण पोखरेलको खसजातिको इतिहास, पृ. १४८