Thursday, June 18, 2020

५८ वर्षअघि लिपुलेकमा पहिलो सर्वे गर्ने श्रीदेव शर्मा


५८ वर्षअघि लिपुलेकमा पहिलो सर्वे गर्ने श्रीदेव शर्मा भन्छन्– नेपाल एकीकरण भन्दाअघिको नक्सा चिनियाँसँग सुरक्षित छ
३१ बैशाख २०७७, बुधबार १३:४३
नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको कार्यकालमा २०१७ सालमा मुस्ताङमा एउटा घटना घट्यो। लालबहादुर नाम गरेका एक सुवेदार मुस्ताङ घुम्न जाँदा चिनियाँ सेनाले गोलीहानी मा’र्‍यो।
यो घटनाले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय चासो पनि पायो। चिनियाँ सेनाको हर्कतबिरूद्ध बिपीले संसद भवनभित्रै कडा प्रतिवाद गरे। चीनले पछि आफ्नो गल्ती स्वीकार गर्‍यो र नेपाल सरकारसँग माफी माग्दै अनाहकमा ज्यान गुमाएका सुवेदार लालबहादुरको परिवारलाई १० हजार रूपैयाँ क्षतिपूर्ति स्वरुप दिने निर्णय गर्‍यो।
यो घटना अघिसम्म चीनले मुस्ताङलाई पनि आफ्नो भूभाग मान्थ्यो। तर, बिपी र तत्कालिन चिनियाँ प्रधानमन्त्री चाउ इनलाईबीचको सुझबुझका कारण विवाद अगाडि बढेन। दुबै नेता मुस्ताङमा नापी गर्न सहमत भए।
नेपाल र चीनबीचको सहमतिपछि आजभन्दा ५८ वर्षअघि तत्कालिन नापी अधिकृत श्रीदेव शर्मालाई नेपालले सर्वेका लागि मुस्ताङ पठाएको थियो। मुस्ताङबाट फर्के लगत्तै उनलाई फेरि नेपाल सरकारले सर्वेका लागि कालापानीको तिंकर र लिपुलेक पठाएको थियो।
२०१७ सालताका उनी तिंकर पुग्दा नेपालको सीमामा भारतीय फौज आएर बसेको देखेपछि उनी अचम्मित भएका थिए।
उनले त्यति बेलै भारतीय सेनालाई सोधेका रहेछन्–‘अर्काको देशको सीमामा बस्न तपाईँहरूलाई कसले अनुमति दियो?’
भारतीय सेनाले भनेछन्,‘माथि (भारतीय सेना) को आदेश हो हजुर।’ शर्माले भारतीय सेनासँग भएको कुरा र त्यहाँको वस्तुस्थितिको विषयमा नेपाल सरकारलाई रिपोर्टसमेत बुझाएका थिए।
नेपाल–चीन सर्वे समितिमा शर्मासँगै तीन चिनियाँ अफिसर पनि सम्मिलित थिए।
त्यो बेला ताक्लाकोट बजारमा नेपालीहरूको मात्र बस्ती थियो। भारतीय नागरिक एक जना पनि थिएनन्। व्यापारीसमेत नेपाली थिए। अहिले ताक्लाकोट भारतले आफ्नो भूभागमा गाभिसकेको छ। लिपुलेकस्थित लग्नाको सीमा उत्तिबेलै छुट्याइएको हो। चिनियाँ पक्षको नक्शामा अझै पनि लिपुलेक नेपालको उल्लेख छ।
अहिले भारतले आफ्नो नक्सामा समावेश गरेको कालापानी र लिपुलेकको विषयमा केही स्पष्टता बुँदागत रूपमा राखेका छौं।
-नेपालका पहिलो बेलायती राजदुत र हर्षदेव जोशीले सन् १८१६ मा लिपुलेकमा खुट्टाले नापेर सीमा छुट्याएका हुन्।
-श्रीदेव शर्मा २०१९ सालमा पुनः पिलर गाड्न गएका थिए।
-कालापानी र लिपुलेकको सर्वेका लागि पाँच जनाको समूह बनेको थियो।
-सर्वे गर्दा चिनियाँ कर्मचारी र नेपाली कर्मचारीले एउटै भान्सामा बसेर खाएका थिए। नेपाललाई चीनले खाना, कपडादेखि औषधपचारको व्यवस्था गरेको थियो।
-त्यो बेला काठमाडौंमा परिपत्रको काम मेजर पदमबहादुर खत्रीले गर्थे, जो नेपाल–चीन सीमा समितिका प्रमुख थिए।
-श्रीदेवको समूहले सबैभन्दा पहिले लिपुलेकमा टोपोग्राफी सर्वे गरेर काठको पिलर राखेका थिए।
-त्यस बेला सर्वे गर्ने कर्मचारीलाई चिनियाँ नागरिकता दिइएको थियो भने चिनियाँ नागरिकलाई पनि नेपाली नागरिकता दिइएको थियो।
-दार्चूलामा त्यो बेला एउटा उखान निकै चर्चित थियो–‘नेपालबाट बगेर जाने नदी जती काली र भारतबाट बगेर आउने नदी जती सेती हो।’
-सरकारले नेपाल–चीन सीमा सर्वेलाई गोप्य राख्न कसैसँग बोल्न नपाउने भनेर सातवटा टिमलाई हस्ताक्षर गराइएको थियो।
-चिनियाँ सरकाले नेपाल एकीकरण हुनु अघिदेखिको नक्शा सुरक्षित राखेको छ।
-नेपालले सर्वे गरेको नक्शा पनि अहिले परराष्ट्र मन्त्रालयमा सुरक्षित नै छ।
हेर्नुहोस कालापानी र लिपुलेकको विषयमा श्रीदेव शर्मासँग २०७२ सालमा गरिएको भिडियो अन्तर्वार्ता। 

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...