Sunday, September 15, 2019

सहर एक : पखेटारहित


·          सौरभ, झननयाँ, २०७६ भदौ १४ शनिबार ११:४५:०० | काठमाडो
·         काठमाडौं कस्तो थियो ? एउटा रैथानेलाई यो प्रश्न नयाँ होइन तर, विगत १० वर्षदेखि अनेकले त्यही विषयमा केही लेख्न आग्रह गर्दा पंक्तिकारलाई लाग्यो– कस्तो थियो भन्नलाई प्रशस्त पाको उमेरका, अझ सय वर्ष पुगेका पनि छन् उनीहरूलाई सोधे भइहाल्यो 
·         तर, जब तिनका उत्तरहरू आफूले पढ्न पाइयो, सार यस्तो थियो– त्यहाँ झाडी थियो, स्याल कराउँथ्यो त्यहाँ फाँट थियो, घर बन्यो लाग्यो– यो भौतिकशास्त्र भनेको फिजिक्स हो भनेजस्तै उत्तर भए ? यसैले मैले जे बोध गरेँ काठमाडौंलाई लिएर, यो त्यही हो– 
·         १. 
बुइगलको खासगरी पूर्वी भित्तामा भँगेरा बस्ने प्वालहरू बनाइएका हुन्थे काठमाडौं उपत्यकामै– काठमाडौंमा मात्रै होइन सूर्योदयको पहिलो जानकारी चराले राख्थ्यो चिरबिर गरेर जानकारी दिन्थ्यो त्यही जानकारी पाउन वास दिइन्थ्यो उसलाई 
·         कुनै न कुनै भित्ता पनि पाउँथ्यो उसले, वासका निम्ति यसरी काठमाडौं उपत्यकाका काँचो इँटको होस् वा पाको इँटको घर होस्, भँगेरा प्वालहरूले भरिएका हुन्थे पिलर प्रणाली के भित्रियो, मानिसले त बलियो बास पायो, भँगेरा (पासर डोमेस्टिक्स विशेष)ले वास गुमायो 
·         २. 
मानिसका घरभित्रै र प्रायः धान–चामलका पसलका दलिनमा गौँथलीको गुँड हुनु सामान्य कुरा थियो उपत्यकामा माटोका गिला ढिक्काहरूले बनेका ती गुँड कदाचित् तल नझरून् भनेर दलिनहरूबीच टिन ठोकिएका पनि हुन्थे 
·         लेखनाथले नभन्दै ‘गौँथलीको गुँड’ शीर्षकमा कविता नै लेखे सह, सम्पत्ति, ऐश्वर्य ल्याउने चराको रूपमा गौँथलीको आदर, गौँथलीप्रति स्नेह उपत्यकाको मानव एक अघोषित धर्म नै थियो 
·         ३.
सुनौला लाग्ने पित्तलका पिँजरामा हरिया सुगाहरू– मध्यवर्गीय परिवारहरूको सान थियो उपत्यकामा यस्ता पिँजराहरू मुख्य शयनकक्षको झ्यालबाहिर तीन–चार फिट वरसम्म आउने गरी सडकका पेटीमाथि झुन्ड्याइएका हुन्थे– बाटो हिँड्नेले देखून् घरप्रति धक मानून्! कतिपयका खुट्टा सिक्रीले मात्रै बाँधिएका हुन्थे, पिँजरा हुँदैनथे
·         दुई–तीनवटासम्म पनि पिँजरा हुन्थे र प्रायः ती चल्तीका भजनका एक–दुई लाइन भट्याउँथे पनि सहयोगी अर्को चरा पनि हुन्थ्यो कतै–कतै मैना भन्ने यद्यपि कमन मैना भनिने सारौँ, रुपी, डांग्रे, सिन्टोलाचाहिँ होइन हो 
·         ४. 
सेतो परेवा पाल्नु र अझ सक्दो धेरै संख्यामा कौसीभरिको गञ्जकभित्र पाल्नु उच्च वर्गीय वा उच्च मध्यम वर्गीय स्टाटसमाथिको सोझै दाबी हुने गथ्र्यो काठमाडौंमा परोक्ष किसिमका आपसी प्रतिस्पर्धाका अनेक शृंखला हुन्थे, कतिपय कथाहरूको सिर्जना हुन्थ्यो– एक जिब्रोले बयान गरेरै नभ्याइने 
·         अभ्रख, कागजी, बदामी, लामे, चञ्चल आदि–आदि सयौँ–सयौँ नाम हुन्थ्यो तिनको जोसँग जति उचाइमा बढीभन्दा बढी कावा खान सक्ने परेवा , उही बादशाह मानिन्थ्यो यो सोखको पुस्तैपिच्छेका अनेक बादशाही नामहरू प्रचलित थिए अनेक नयाँ–नयाँ बादशाह आइरहन्थे 
·         ५. 
मन्दिर र सामान्य घरका पालीमा अर्कै खालका काला परेवाहरू प्रशस्तै हुन्थे चल्तीको भाषामा मलेवा विज्ञानको भाषामा ‘कोलम्बा कोलम्बा’ भनिने यिनको अंग्रेजी नाम ‘रक पिजन’ हो 
·         काठमाडौं विशाल चरामय थियो चराको एउटा जीवित खुला एभियरी थियो, एजे क्रनिनले अरुण उपत्यकालाई दिएको मान्यतालाई पनि उछिन्न चराविशेषको खुला म्युजियम ियो चराविशेषको एक क्युरियो सप थियो
·         आज परेवाको हावाले दम ल्याउँछ देखि बर्डफ्लुलगायत अनेक रोग ल्याउँछ भन्ने धारणाले गर्दा यसलाई दुरुत्साहित गरिन्छ त्यसवेला प्रोत्साहित गरिन्थ्यो नै आफ्नो रोग निको गर्न त्यो रोग थियो– टिबी 
·         मलेवाको पखेटाको हावाले टिबी रोग निको गर्छ भनेर घरको पालीमा बस्न त दिइन्थ्यो नै, त्यो घरी उड्ने र घरी बस्ने वेला हावा आउने हुनाले त्यसको बथान बीचोबीच मन्दिरको आँगनमा उभिने र मकै छरेर निम्त्याउने गरिन्थ्यो काठमाडौं उपत्यका टिबीले ग्रस्त थियो सबैभन्दा विख्यात जीर्ण टिबी रोगी व्यक्ति चन्द्रशमशेर राणा स्वयं पनि मानिन्थे एक युगमा , त्यसैको परिणति टोखामा सानेटोरियम खुलेको थियो अब मलेवाको महत्व कसरी नहोस् ?
·         ६. 
काठमाडौं उपत्यकाको एउटा स्टाटस सिम्बोल थियो राजहाँस ठूला–ठूला कम्पाउन्ड भएका भई नै हाले, साना कम्पाउन्ड भएका, तर सिकार गर्न एयर गनसम्म घरमा राख्ने अनुमति पाएका विशेषगरी क्षत्री परिवारहरूमा राजहाँस पाल्ने सोख व्यापक थियो 
·         दिउसै यत्रतत्र स्याल कराउने चकमन्न, सुनसान काठमाडौंमा कसैको कम्पाउन्डभित्रबाट कुनै न कुनै वेला राजहाँसको सानो–ठूलो बथानले कराएको आवाज सुनिनु, मानौँ एउटा संगीत थियो कुखुरा नखाइने मात्रै होइन, छुनसम्म पूर्ण निषिद्ध भएको त्यो समयमा हाँस खानु र पाल्नु सामान्य हुने नै भयो पनि 
·         ७. 
बल्खु, मनहरा, टुकुचा, धोबीखोला, हनुमन्तेका नाम कमै सुनिन्छन्, बागमती र विष्णुमतीका तुलनामा तर, तिनले ‘हाँसे बूढा’हरू खुब जन्माए, पाले र सुविख्यात बनाए किन हो ‘हाँसे बूढी’चाहिँ बरु कहिल्यै सुनिएन 
·         उपत्यकाका खोलाहरू हाँसमय थिए, सयौँ ‘हाँस बूढा’हरू थिए हाँसको मासु र फुलको यति ठूलो बजार थियो, जति सायद कुखुराको थिएन आज पनि हाँसको बथान पालिएको देखिन्छ यी खोलाहरूका छेउ तर, न त्यो उतिवेलाको व्यापक व्यवसायको एक छेउ हो, न प्रायः स्थानीयहरू संलग्न छन् 
·         ८. 
हरिहर भवन चन्द्र–पुत्र शंकरशमशेर राणाको घर हो सुनेअनुसार, उनको दरबार सयौँ–सयौँ मयूरहरूले मात्रै भरिभराउ थियो छाना, झ्याल, रूख, पर्खाल, पोखरीको डिल, बगैँचा यावत् ठाउँमा मयूर देखिन्थे 
·         अन्यलगायत सो भवन पनि सरकारले लिएपछि तिनलाई हेरचाह गर्ने कोही भएन दाना दिने कोही देखिएन ती मयूर भोकभोकै दरबार परिसर रुँग्न थाले र अन्ततः कम्पाउन्डबाहिरका आमनागरिकका खेतबारीमा मकै खान पसे अनि तिनलाई पनि मारेर खाने उत्तिकै निस्के यो क्रम बीस सालसम्म चलिरह्यो 
·         चन्द्र–पुत्र शंकरशमशेर राणाको दरबार सयौँ–सयौँ मयूरहरूले मात्रै भरिभराउ थियो सो भवन सरकारले लिएपछि मयूर हेरचाह गर्ने कोही भएन ती मयूर भोकभोकै दरबारपरिसर रुँग्न थाले अन्ततः कम्पाउन्डबाहिरका आमनागरिकका खेतबारीमा मकै खान पसे अनि तिनलाई पनि मारेर खाने उत्तिकै निस्के
·         ९. 
कालिजका विख्यात पालनकर्ता थिए– त्रिभुवन सुनेअनुसार कालिजका प्रजातिहरूको उनको संकलन उल्लेखनीय थियो भनिन्छ, सुनौला चिनियाँ कालिज उनलाई चिनियाँहरूले उपहार पठाइदिएका थिए 
·         यी माथिका दुई बुँदाले भन्छन्, आफ्नै किसिमका चराप्रति विशिष्ट सोख राख्ने एउटा होड थियो माथिल्लो वर्गमा 
·         १०. 
क्यानरी र श्यामा चरा खुब गाउने मानिन्छन् क्यानरी पाल्ने सोखिनहरूको पनि काठमाडौंमा एउटा बाढी नै थियो 
·         तर, श्यामा चरा तराईमा पाइने, तराईबारेको ज्ञान कम, तराईवासीको उपत्यकामै आवतजावत कम भएर पनि होला, त्यसको चर्चा त्यति कसैले सुनेन, जति क्यानरीको गफ गर्नु स्टाटस सिम्बोल थियो काठमाडौंमा बच्चु कैलाशले क्यानरीलाई िएर एक गीत नै पनि गाए 
·         शेलीको प्रसिद्ध कविता ‘ओड टु स्काइलार्क’ पढाइँदैनथ्यो हामीलाई, बरु सामान्य लेखिका क्याथरिन म्यान्सफिल्डको निबन्ध ‘क्यानरी’ पढ्नुपथ्र्यो स्कुलको उच्च कक्षामा यसबाटै थाहा हुन्छ, त्यसको समकालीन महत्व 
·         ११. 
हिउँद लागेपछि आकाशतिर फर्केर कर्‍याङकुरुङको बथान आएको र गएको हेर्नु दिनचर्या जस्तै थियो काठमाडौंको अंग्रेजीको ‘भी’ आकारमा उडेर आउने यी चराहरू उपत्यकाका कुनै पनि फराकिलो ताल, फाँटछेउ ओर्लन्थे 
·         अझ ताहाचलका सिमसार र पोखरी, टौदहको इलाका कसै गरे पनि कर्‍याङकुरुङ ओर्लने स्थानका रूपमा परिचित थिए अनि एयरगन लिएर तिनलाई मार्न भोज आयोजना गर्न बन्दुक राख्न पाउनेहरूबीच भएको व्यापक दौडधुप अर्को हिउँदसम्मका लागि गफका ठूला–ठूला मसलाहरू थिए त्यहाँका प्रख्यात सिकारीहरू थिए– महेन्द्रका भाइहरू हिमालय वसुन्धरा 
·         १२. 
रात परेपछि जति जुनकिरी देखिन्थ्यो वा जति फट्यांग्राको आवाज सुनिन्थ्यो होला, त्योभन्दा कम सुनिँदैनथ्यो लाटोकोसेरोको आवाज देख्न नै चाहिँ कठिन थियो, तर आवाजको कुनै कमी थिएन
·         देख्नै पर्‍यो भने राति झ्याल लगाउन छुटेका अँध्यारा छिँडीहरू पस्नुपथ्र्यो वा कसैका बारीका कुनामा भएका ठूला खालका चर्पीका दलिनमा हेर्नुपथ्र्यो, थरीथरीका लाटाकोसेराहरू देख्न सकिन्थ्यो दिउँसै– आफूलाई एक सुरले हेरिरहेका 
·         १३.
युहिना भन्दा रहेछन् जुरेली जस्तै एक किसिमको चरालाई– अचेल थाहा पाउँदै छु हाम्रा लागि भने कुन जुरेली कुन युहिना ? दुवै मिसाएपछि दर्जनौँ किसिमका जुरेली हुन्थे ती ती जब बस्थे हिउँदताका बकाइना, खरीजस्ता अनेक किसिमका पतझर रूखका टुप्पामा, त्यो दृश्य अति मनमोहक हुन्थ्यो हिउँदमा एउटा टड्कारै चिनिने पहाडी कालो काग पनि हुन्थ्यो, यत्रतत्र देखिने उपत्यकामा 
·         १४. 
धोबीचरा र बट्टाई लडाउनु उपत्यकाको सोख बट्टाई लडाएको कुरा सुनेको मात्रै सुनेको मात्रै के भने– दसैं आउनुअगाडि बथान–बथान बट्टाई रानीपोखरी अगाडिको गोलपाटी वरिपरि बेच्न राखिएको हुन्थ्यो यी पालिएका बट्टाई हुँदैनथे धान काटेपछि त्यही फाँटबाट बटुलिएका बट्टाई हुन्थे 
·         , धोबीचरा पाल्थे खासगरी ज्यापू समुदायकाहरूले सेतो कपडाले बेरेको पिँजराभित्र र फाँटबीच त्यो खोलेर वनैयासँग भिडाउँथे त्यसलाई त्यो वसन्त ऋतु लाग्दालाग्दैको वेलामा चल्ने एउटा दैनिक दृश्य हुने गथ्र्यो, फाँटैफाँटले भरिएको काठमाडौंभरि 
·         १५. 
कुनै ठाउँ एउटा अति नै ठूलो झ्याङ थियो– जालीफूल (साम्बुकस क्यानाडेन्सिस) को टुकुचा खोलाको किनारमा थियो यो बोट दिउँसोपख ३–४ बज्दादेखि नै त्यसमा जम्मा हुन्थे २०–३० हजार भँगेराहरू स्थानाभाव यस्तो हुन्थ्यो तिनलाई, हरेक मिनेटमा एउटा भँगेरा खोलामा खस्थ्यो र कसैगरी तैरिएर फेरि बोटमा बस्न पुग्थ्यो पुलमा उभिएर तिनको कोलाहल धेरैपल्ट सुनेको छु यस्ता चराप्रिय पोथ्राहरू हरेक एक किलोमिटरको अन्तरमा जस्तै भेटिन्थ्यो 
·         , उखानै छ– बाँसको झाङमा सारौँको बथान बाँस झाङ जति थिए, त्यति सारौँका झुन्ड थिए भँगेरा मानिसहरूले खान्थे तर, सारौँले छारेरोग ल्याउँछ भन्ने धारणाले गर्दा तिनको संख्या झन् अनियन्त्रित थियो 
·         १६. 
खोला, नाला, कुलो, राजकुलो, डोल, गैरीखेत, सिमसारमय उपत्यका, मानौँ बकुलाको रामराज्य थियो कुनै विशेष मौसम, कुनै ऋतु आउनु जरुरी थिएन, बकुला देख्नलाई बकुला खाद्य पन्छीमै पर्छ, तर कसैले बकुला मारिरहेको पनि देखिँदैनथ्यो 
·         आज पनि रिङरोडबाहिर जब बकुला देखिन्छ, पुरानै दृश्य सम्झना हुन्छ सहरमध्यको भोँसिको टोलको नामै रहेको ‘बकुला बस्ने बकैनाको रूख’ भन्ने भनाइ नै  
·         १७. 
राति सुगन्ध आउने र दिउँसो सुगन्ध आउने नक्टर्नम र डायर्नम खास दुइटा जात हुन्छन् हसिनाका तर, छुट्टै गन्धे हसिना (सेस्ट्रम पार्की) पनि हुन्छ नक्टर्नम जस्तै देखिने हुनाले यो गन्धे हसिना झुक्किएर लगाउन पुग्छन् धेरै यसका झ्याङमा अनेकौँ किसिमका सयौँ फिस्टाहरू देखेको छु 
·         , सयौँ फिस्टाहरू नर्कटघारीहरूमा तल र माथि गरिरहेको पनि देखेको छु नर्कटघारी हुन्थ्यो हरेक जमिनको बारमा मानौँ फिस्टाकै निम्ति ती लगाइएका हुन् 
·         १८. 
हिउँदका वेला पाकेको हलुवावेद खान सेतो सारौँ बथान–बथानै जस्तो त्यस्तो रूखमा कताकताबाट त्यत्तिकै ओइरिन्थ्यो 
·         अहिले पनि कसैकसैले सेतो सारौँलाई खुवाउन हलुवावेद नटिपेको भनेर बोटमा त्यसै छोडिरहेको देख्छु 
·         १९. 
संयोग नै होला, चिबेहरूलाई रूखमा बसेको कहिल्यै देखिएन पेटीमाथिबाट गएका तारहरूमा ती यत्रतत्र बस्थे झट्ट हेर्दा कागजस्तो तर माछापुच्छ्रे चिबे चिनिहालिन्थ्यो
दशकौँपछि केही महिनाअघि देख्दा यस्तो लाग्यो, मानौँ बाल्यकाल फर्कियो 
·         अब अर्कै पाटो
१. घर र मन्दिरका चारै कुनामा चराहरू हुन्छन् उपत्यकामा त्यो सबैले देखिआएकै कुरा हो 
·         २. सुकन्दा नेवारहरूको पूजा वा पवित्रका कार्यक्रममा दीप प्रज्वलन गर्न उपयोग गरिने दीपदानी हो यसको बत्ती बल्ने ठाउँमा गणेश हुन्छ अचेल हुनुपर्ने चरा हो किनभने चराको संस्कृत नाम सकुनबाट बनेको हो यो 
·         ३. काठमाडौंका काँठ क्षेत्रमा जब धान वा अन्य अन्न सुकाइन्छ, त्यसलाई भनिन्छ बिस्कुन बि कसरी आयो भन्न सकिन्न तर, पछिल्लो सकुन चरा बोधक हो अर्थात् चरालाई अन्न पस्केको हो 
·         ४. त्यसैगरी सुकेको परालबाट बन्ने भएकाले सुकुल शब्द बनेको लाग्दैन नेवारहरूको ‘सकुन’ को ‘न’ उच्चारण गर्दा ‘ल’ हुन गएको हो बिस्कुनकै बराबर यो 
·         ५. पहाडतिर कुन्यु भन्छन् परालको थुप्रो थन्क्याएपछि यो शब्द उपत्यकाको काँठमा पनि प्रचलित छ यसमा अगाडिको ‘प’ लोप भएको मात्र हो अर्थ हो– चरालाई गुँड बनाउन छोडिदिएको 
·         ६. नेवारहरू सगुन भनेर हाँसको फुल देउतालाई चढाउँछन् , कुखुराको फुल र एक पाला सोमरस खान्छन् पनि त्यो सगुन बनेको भने सकुन अर्थात् चराबाट 
·         ७. पुराना दस्ताबेजहरू काठमाडौं उपत्यकामा प्रशस्त पढ्न पाइन्छन्– अपशकुन शब्द उल्लेख भएका अर्थ हो– कुनै काम आरम्भ गर्दा साइत परेजस्तो संकेत नपाइएको सरल शब्दमा भन्दा चराले शुभेच्छा नजनाएको 
·         ८. जब महिलाले नयाँ शिशु जन्माउँछिन् काठमाडौं उपत्यकामा, उनलाई खुलाउन साकिनी कुखुराको व्यापक खोजी हुन्छ यो साकिनी भनेको सकुन नै हो यद्यपि साकिनीबाहेक दुई रैथाने प्रजाति छन् कुखुराका– दुम्सी घाँटी खुइले 
·         ९. सकर्मक र अकर्मक क्रियाहरू हुन्छन् व्याकरणमा तर काम सकिएन भन्नुपर्‍यो भने अकियो भनिँदैन अर्थात् सक्नु शब्दको जरोमा सकुन नै छ 
·         १०. चटक भनिन्छ आकस्मिक लाभ, उपलब्धिलाई तर, चटक भँगेराको अर्को नाम हो यही नेवारीमा चखुँ हुने हो 
·         ११. उपत्यकामा जब तान्त्रिक होम गरिन्छ, एउटा चरा आगोमै होमिन्छ मत्र्यलोकमा सन्देश पुर्‍याइदेओस् भनेर अर्को आकाशमा उडाइन्छ, स्वर्गमा सन्देश पुर्‍याइदिओस् भनेर दुवै भँगेरा हुन् यसैले उपत्यकामा हरेक चराको बोलीले केही सन्देश दिइरहेको हुन्छ भन्ने मान्यता छ– बुझ्नु–नबुझ्नु आफ्नो कुरा 
·         १२. भद्राईको चुच्चोले नयाँ शिशुलाई नयाँ अन्न खुवाइन्छ– उसको बोली पनि भद्राईको जस्तै मीठो होस् भनेर 
·         १३. कागले रूखबाट झरेर पितृ प्रसाद नखाइदिए श्राद्ध पूरा भएकै मानिँदैन अहिले पनि कैयन् स्थानमा भक्तपुरमा यसैले कैयन् मानिसले खुला स्थानमै पितृ पूजा गर्छन् वर्षको एकपटक कागको पूजा गर्ने चलन नै  
·         १४. ढोकाका दुवैतिर लामो पुच्छर भएका सुगाका तस्बिर प्रायः कायस्थहरूका घरमा देखिन्छन् , लेखिएको हुन्छ– शुभलाभ चराले सम्पत्ति लाभ गराइदिने पात्रका रूपमा पाएको सम्मान गज्जबकै  
·         १५. रुद्रायणीको मन्दिरमा नचढ्ने हुनाले खोकनामा कुखुरा पालिँदैन अर्थात्, अरू क्षेत्र हाँसप्रति दर्साएको सम्मान पनि गज्जबकै छ यति धेरै प्रसंगहरू छन् यहाँ लेखेर सम्भव छैन 
·         अहिले यो उपत्यका प्रतिदिन मर्ने लाखौँ कुखुराहरूका करोडौँ प्वाँखहरूले ढाकिन्छ घरैपिच्छेजस्तो सञ्चालित कुखुराको व्यावसायिक पालनले आकाशमा कागहरूको संख्या बढाएको फलस्वरूप उपत्यकाबाट अरू चराहरू भागेका छन् अब यो खुला एभियरी रहेन 
·         फर्केर पुरानै मोडमा 
१. भर्खरै सम्याइएका सुक्खा फाँटमा घुम्दै खाल्डो पार्दै, घुम्दै खाल्डो पार्दै एउटा विशाल बुट्टा तयार भइसकेपछि हुर्र उडेर भँगेराहरू जान्थे आज थाहा हुँदै छ– ती बेग्लै रहेछन् रातो टाउके– पासर मोन्टानस
·         २. बिहान ६–७ बजेतिर बारीमा ठ्याक्कै परेवाजस्तै, तर परेवाभन्दा केही साना जोडाहरू खुब देखिन्थे ती रहेछन् तामे ढुकुर 
·         ३. बागमतीका किनारमा पानीसम्म झोलिएका स–साना रूख र झाडीहरू पनि थुप्रै थिए तिनमा सोली आकारको गुँडको टुप्पामा झुन्डिरहेका चराहरू देखिन्थे तिनलाई तोपचरा न्दा रहेछन् 
·         ४. नीलो चहकदार, तर ठुँड अलि अस्वाभाविक लाग्ने एउटा चरा प्रायः देखिइहुन्थ्यो, त्यसको चहक नै आकर्षक रहेछ त्यो माटीकोरे 
·         ५. ज्यापूहरूले आफ्नो बार्दली, कौसीको डिलमा प्रशस्तै रामकली रोपेका हुन्थे मनमोहक, बेपत्ताको आकर्षक एकाबिहानै, ती ज्यापूहरूले नदेख्दै लामो ठुँड पसारेर पराग चुस्ने स–साना चराहरू हुन्थे, ती रहेछन्– चुच्चे 
·         ६. कसले यो कुखुरा त्यसै छाडेको हो ? रुँग्ने मान्छे पनि छैन! भनेर एकान्त झाडी, पानी जमेका तर बुट्यान भएका ठाउँहरू हेरिन्थ्यो त्यो बेवारिस रहेछ– लुइँचे 
·         ७. चिडियाखानामा एउटा काकातुवा थियो रैथाने नभए पनि सुगा प्रजातिको यो चराको पाको उमेरलाई लिएर यसप्रति काठमाडौं उपत्यकाले छापाहरूमार्फत् वेला–वेला जुन चिन्ता जाहेर गथ्र्यो, सायदै कुनै सहरले एउटा चरालाई लिएर त्यस्तो चिन्ता व्यक्त गर्ला 
·         ८. दुष्ट हो भन्ने थाहा पाउँदापाउँदै पनि देउताको अवतार मानेर हाँडीगाउँको भाटभटेनी मन्दिरको चिलको जस्तो पूजा पनि सायदै अन्त कतै हुन्छ होला 
·         ९. कथाअनुसार कहिले पनि पित्तलको चरा नउडिदेओस् र योगनरेन्द्र मल्ल जीवित नै रहिरहून् भनेर निरन्तर सहरवासीले निरीक्षण गरिरहने त्यो पाटनको चराजस्तो पनि सायदै अन्त कतै होला 
·         १०. झ्यालहरूमा देसेमरुझ्यापछि भक्तपुरको मयूर झ्यालले जस्तो प्रसिद्धि पनि सायदै कुनैले पाएको होला 
·         यस्ता कुराहरूको पनि क्रम गनेर साध्यै भएन काठमाडौं विशाल चरामय थियो चराको एउटा जीवित खुला एभियरी थियो, एजे क्रनिनले अरुण उपत्यकालाई दिएको मान्यतालाई पनि उछिन्न चराविशेषको खुला म्युजियम थियो चराविशेषको एक क्युरियो सप थियो 
·         हाम्रा रैथाने गुलाफ रोजा मोस्चाटा र रोजा ब्रनोनीका झ्याङभित्र के चराहरू हुने गर्थे असंख्य, म चिन्दिनँ तर, लाग्छ– त्यो बाल्यकाल हामी चराहरूको सभाबीच बिताइरहेक थियौँ हाम्रा पखेटा थिएनन् छैनन् पनि तर, मानव चराहरूले भने हाम्रा पखेटाहरू देखेका थिए त्यसैले आफ्नै वर्गको ठानेर भाग्ने गरेनन् निडर हामीबीच नै झुम्मिरहे जो हामीबीच उस्तो झुम्मिँदैनथे, तिनको नाम मैले यहाँ लिएको पनि छैन 
·         तर, आज यो पखेटारहित छ बाँकी मानौँ यो कागहरूको मात्रै सहर हो 
·         लेख्ने कि नलेख्ने ?
कृष्ण बम मल्लले एक ठाउँ लेखेका छन्– नेपालमा कुखुराको व्यावसायिक खेती सुरु गर्ने व्यक्ति पाटनका सिंहबहादुर जोशी हुन् जोशीले दुई हजारको दशकमै यो सुरु गरिसकेका थिए 
·         नभन्दै २०२० को दशकमा बालाजु औद्योगिक क्षेत्रमा दुई अत्याधुनिक व्यावसायिक फर्महरू उदाए– जोशी पोल्ट्रिज र रत्न फिड इन्डस्ट्रिज सयौँ विकासे हाइब्रिडहरू भित्रिए उपत्यकामा अहिले यो उपत्यका प्रतिदिन मर्ने लाखौँ कुखुराहरूका करोडौँ प्वाँखहरूले ढाकिन्छ 
·         घरैपिच्छेजस्तो सञ्चालित कुखुराको व्यावसायिक पालनले आकाशमा कागहरूको संख्या बढाएको छ फलस्वरूपः उपत्यकाबाट अरू चराहरू भागेका छन् अब यो खुला एभियरी रहेन 
·         फर्केर फेरि पुरानै मोडमा
फ्रान्सिस हेमिल्टनले सन् १८०३ मा एउटा सन्दर्भ लेखेका छन्– च्याखुराले कतिसम्म पिरो खान्छ भने पछि त आगोको फिलिंगो दिँदा पनि पत्तो पाउँदैन 
·         त्योवेला सक्दो पिरो दिँदै फिलिंगो पनि दिने मनोरञ्जन गरिँदो रहेछ उपत्यकामा च्याखुरा आज पनि आगो लागेको पहिलो सूचना दिने चराका रूपमा पाल्छन् जान्नेहरूले मानौँ, यो उत्तर र दक्षिण कोरियाबीचको पान्मुनजोमको त्यो चरा हो, जसले युद्ध हुन लागेको संकेत दिन्छ 
·         चरकसंहिताले हुनुपर्छ, ‘हंसोदक’को व्याख्या गर्छ– यस्तो पिउन योग्य सर्वोत्कृष्ट पानी, जसमा चन्द्रमा र उड्दै गरेको हाँसको छायाँ परेको होस् जब हाँसहरू मौसम छल्न उडेर आए बथानै, पुराना वैद्यहरूले घरका कौसी र आँगनमा बाटाभरि पानी अवश्य राखे होलान्, कैयन् टहटह जून लागेको रात, हाँसको छायाको प्रतीक्षा गर्दै 
·         बाइरन फारवेलले लेखेको हुनुपर्छ– बर्माका मोर्चाहरूमा जापानीहरूको हमला संकेत भाले बास्नु रहेछ तर, कुटाइममा बास्ने भाले राख्नु हुँदैन भन्ने चलन भएका गोर्खालीहरूले त्यस्ता सिपाहीरूपी कुखुराहरूलाई तत्कालै गिँडे मोर्चा जिते यसरी चराहरूले नेपालीहरूलाई जानेर होस् वा नजानेर सही युद्धका मोर्चामा समेत जिताए 
·         एक–दुई दिन पानी परेर धुलोमैलो सबै पखालिएपछिको खुला आकाशलाई भुइँमा लमतन्न परेर हेर्नुपर्छ– चिलहरू यत्रतत्र उडिरहेका देखिन्छन् कि ती चराहरूको खोजीमा छन् ? अवश्य होइन ती कंक्रिटको जंगलका यत्रतत्र थुप्रिएका फोहोरमा ठूला मुसाहरू खोजिरहेका छन् यो फेरि पनि खुला एभियरी रहेन



किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...