Sunday, September 22, 2019

अर्काको हात्तीमा पृथ्वीनारायण शाहको आँखा


अर्काको हात्तीमा पृथ्वीनारायण शाहको आँखा
इतिहास
२०७६ भदौ २८ शनिबार १२:०३:०० | काठमाडाैं
इतिहास–प्रसिद्ध विजयपुरमा हात्तीसार नामको एउटा ठाउँ छ यही ठाउँमा , खाद्य प्रविधि पढाउने केन्द्रीय क्याम्पस कुनै वेलाको हात्तीसारमा यसका भवन निर्माण भई पढाइ चालू रहेकाले यो क्याम्पस हात्तीसार क्याम्पसका रूपमा समेत चिनिन्छ
हात्तीसारको टिप्पामा सेनकालीन दरबारको भग्नावशेष छ यसलाई ‘भताभुंगे राजाको दरबार’ भन्ने गरिएको यस दरबारका अन्तिम हर्ताकर्ता बुद्धिकर्ण रायलाई बदनाम गराउने उद्देश्यका साथ गोर्खालीले यस्तो व्यक्तिको दरबार भन्ने भनाइलाई स्थापित गर्दै जनसाधारणको जिब्रोमा ‘भताभुंगे राजाको दरबार’ भन्ने वाक्य झुन्ड्याइएको हुन सक्छ
विजयपुरमा सेन राजा हुने र लिम्बू मन्त्री हुने चलन स्थापित थियो तर, वेला–वेलामा राजा र मन्त्रीबीचको झगडामा कोही स्थापित हुन्थे कोही विस्थापित यसबारे जान्न इतिहास शिरोमणि बाबुराम आचार्यको ‘श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ (२०६१ः४२७)मा उनले ‘पुरातत्वपत्र संग्रह’ (२०१८ः९–१९)लाई उद्धृत गर्दै टिप्पणीअनुसार कामदत्त सेनका संवत् १८१३ को स्याहमोहरमा रुजु देवान श्रीकान्त राय लेखिएकाले प्रारम्भमा राजा र दिवान मिलेका देखिन्छन्
संवत् १८१७ पौषवदि ९ को र संवत् १८१८ जेष्ठशुदि १५ को श्रीकान्त रायका स्याहामोहरमा राजाको नाम नलेखिएको देखिएकाले राजा कामदत्त सेन राजधानीमा देखिन्नन् संवत् १८२० पौषवदिको स्याहामोहरमा राजा कामदत्त सेनको छाप लागेकाले दिवान रुजु नभएको हुनाले श्रीकान्त राय भागेका देखिन्छन् संवत् १८२१ वैशाखशुदि मा ‘राजभारा समर्थ देवान’ जसकर्ण रायका नाममा जारी स्याहमोहरमा राजा कामदत्त सेनको वास्ता नगरिएको हुनाले यस समय राजा भगाइएको देखिन्छ
संवत् १८२२ साल आश्विनशुदि १ को राजा कामदत्त सेनले विजयपुर मुकामबाट गरिलिएका स्याहमोहरमा देवान रुजु नरहेकाले यस समय जसकर्ण राय भागेका देखिन्छन् संवत् १८२२ कार्तिकवदि १२ को ‘राजभारा सामर्थ’ जसकर्ण रायका स्याहमोहरमा राजाको वास्ता नगरिएको हुनाले राजा कामदत्त सेन फेरि भागेका देखिन्छन् संवत् १८२४ साल माघशुदिका ‘राजभारा सामर्थ देवान’ बुद्धिकर्ण रायका स्याहमोहरमा राजाको वास्ता नगरिएकाले राजाका अनुपस्थितिमा नै आफ्ना पिताको उत्तराधिकारी भएर बुद्धिकर्ण राय विजयपुरका हर्ताकर्ता भएका थिए अर्थात् उनले त्यहाँ रजगज सम्हालेका थिए
यसरी राजा र मन्त्रीबीचको हानाथापकै क्रममा विजयपुरका राजा कामदत्त सेनले मन्त्री बुद्धिकर्णका भाइ बुधकर्णलाई कटाए र बुद्धिकर्ण रायलाई त्यहाँबाट भगाए भनी इतिहास शिरोमणि आचार्य (उही ः ४१४) लाई पढ्दा थाहा हुन्छ यो घटना हो, विक्रम संवत् १८२५ को
राजा कामदत्त सेनको हत्या प्रकरणका क्रममा इतिहासकार इमानसिंह चेम्जोङको ‘किरातकालीन विजयपुरको संक्षिप्त इतिहास’ (२०५९ः६६) अनुसार बुद्धिकर्ण रायले कामदत्त सेनको हत्याका लागि सिक्किमको सहयोग लिएका थिए सिक्किमबाट भोटे सिपाही नाइके सेम्पा सैन्यदलसहित विजयपुरका राजा मन्त्रीबीचको झगडा मिलाउन आए कामदत्तलाई मोरङ झिकाइयो, र त्यहीँ विक्रम संवत् १८२६ मा कामदत्त सेनको हत्या गरियो
कामदत्त सेनको हत्यापछि उनका काका रघुनाथ सेन विजयपुरको गद्दीमा बसे आचार्य (उहीः४१६)लाई पढ्दा के थाहा हुन्छ भने रघुनाथले बुद्धिकर्णविरुद्ध इस्ट इन्डिया कम्पनीसँग सैनिक सहयोग मागे तर, रघुनाथको केही सीप लागेन बरु बुद्धिकर्णले विनाविघ्नबाधासँग विजयपुर पुगी चौदण्डीका राजा कर्ण सेनलाई बोलाएर यिनलाई विजयपुरका पनि नाम मात्रको राजा थापी ‘राजभारा सामर्थ’ उपाधि लिई विजयपुरका हर्ताकर्ता बनेका देखिन्छन्, विक्रम संवत् १८२६ मा (आचार्य, उहीः४१६)।
त्यो वेला गोरखाली सेना चौदण्डीमार्फत खम्बुवान र विजयपुरमार्फत लिम्बुवान कब्जा गर्न पहाडी र तराई क्षेत्र गरी दुई ठाउँबाट खटेको थियो तीमध्ये रामकृष्ण कुँवर अमरसिंह थापाहरू पहाडी भागबाट पसेका थिए भने अभिमानसिंह बस्न्यात पारथ भण्डारीहरू तराई भागबाट बस्नेतको नेतृत्वमा रहेको फौजले १८३१ साउन ५ गते विजयपुर हात लिएको कप्तान कालु पाँडेका तिथ्यावलीको पाद टिप्पणी दिँदै आचार्य (उहीः४२२) ले लेखेका छन् यसअनुसार त्यो वेलाका हर्ताकर्ता बुद्धिकर्ण राय हात्तीमा सवार भई विजयपुरबाट भागे 
उनी भागेपछि सोही साल साउनको अन्तिम साता पृथ्वीनारायण शाहले लिम्बुवानका तीन अगुवा सुब्बा सुन राय, कुम राय र जंग रायलाई एक लालमोहर पठाई लिम्बुहरूको खायनपायन थामिलिएको र उनीहरूलाई भूमिमाथिको अधिकार पनि पहिलेजस्तै गरिदिएको उल्लेख छ यस लालमोहरको पूर्णरूप पढ्नका लागि हाल यस लेखकसँग भएको सीमित सन्दर्भ सामग्रीअनुसार भगिराज इङ्नाम र शेरबहादुर इङ्नामको कृति ‘तेह्रथुम जिल्लामा सुबांगी प्रथा’ (२०७०ः३३)पढ्नुहोला
अभिमानसिंह बस्न्यात र पारथ भण्डारीमार्फत उपलब्ध यो लालमोहरलाई लिम्बूहरूले आफूहरूसँग भएको सन्धि मान्छन् सबैभन्दा पहिले इमानसिंह चेम्जोङले यो लालमोहर छापेका हुन् यो सन्धि ‘नुनपानीको तिथि’का नाममा लिम्बुवानमा चर्चित छ
हात्तीमाथि आँखा
लालमोहर दिएर लिम्बू सुब्बाहरूलाई थमौती गरिदिएपछि पनि बुद्धिकर्ण राय जीवितै थिए, कतै लुकिरहेका थिए गोर्खालीका लागि उनी निकै खतरनाक थिए
योगी नरहरिनाथको ‘इतिहास प्रकाशमा भाग १’ अर्थात् ‘सन्धिपत्र संग्रह’ (२०२२ः१३) लाई उद्धृत गर्दै इतिहासकार शिवकुमार श्रेष्ठको ‘लिम्बुवानको ऐतिहासिक अध्ययन’ (२०६१ः११६) मा छापिएको १८३१ आश्विन बदी १०को पृथ्वीनारायणकालीन लालमोहरमा बुद्धिकर्ण राय भाग्दा उनले चढेको हात्तीमाथि पृथ्वीनारायण शाहले ठूलै आँखा लगाएको देखिन्छ
यस पत्रमा बुद्धिकर्ण रायलाई मार्न निकै ठूलो खर्च व्यहोर्न पनि पृथ्वीनारायण तयार रहेको देखिन्छन् पत्रमा उल्लेखित ‘बुद्धिकर्ण राईलाई पाया पछि कल मरी जान्या थियो. गर पायियेन. केहि जुक्तिले कोहि सिपाहि कमायेरहजार बाह« सय सय. कावेलि सर्सिपोउ कबोलि. हुन्या भया त्यो षामषा गराउ.।’
यसरी बुद्धिकर्ण रायको ज्यान हरण गर्ने कुरा त छँदै छ, यस लालमोहरअनुसार त पृथ्वीनारायण शाह बुद्धिकर्ण चढी भागेको हात्तीको लोभ पनि गर्न छाड्दैनन् यसै पत्रमा परेको ‘उप्रान्त. बुद्धि कर्णका हातिराम्रो गरे. त्या हाति हात लाई लायेर. वहांको माहुत कमाई कन सय ४।५ रूपैञा कबोलि कन सो. हात्ति चोरि ल्याउन पठाउन्याहो. माहुतले चोरि ल्याउ भन्यात. तिं माहुतका (कुल कविला त. हाम्र्र देशका महा हुन् कवोलषितिर्जामा दि कन पनि. त्यो कम गर.।’
यसबाट स्पष्ट रूपमा पृथ्वीनारायण शाहको आदेश के बुझिन्छ भने जसरी भए पनि बुद्धिकर्ण रायलाई मराऊ यसका लागि १२ सय रुपैयाँसम्म खर्च गर्न सकिनेछ अर्को कुरा बुद्धिकर्ण चढी भागेको हात्ती राम्रो रहेकाले त्यो हात्तीलाई चोरेर भए पनि, माहुतेलाई फकाएर भए पनि ल्याऊ, यसका लागि पाँच सय रुपैयाँसम्म दिन सकिनेछ।यो पत्र पृथ्वीनारायण शाहबाट विजयपुर दखल गर्न खटिएका अभिमानसिंह बस्नेत, पारथ भण्डारी, कीर्तिसिंह खवास तथा बलि बानियाँको नाममा जारी गरिएको छ
बुद्धिकर्ण मार्नेलाई बारामा बिर्ता माहुतेलाई फकाएर अनि चोरेरै भए पनि हात्ती ल्याउन पृथ्वीनारायण शाहबाट गोर्खाली सैन्य अफिसरलाई आदेश भए पनि बुद्धिकर्ण राय तत्कालै फेला परेनन् उनी भागेको तीन वर्षपछि मात्र गोर्खालीहरूबाट समातिएर निष्ठुर ढंगले मारिए श्रेष्ठ (उहीः११६–११७) ले योगी नरहरिनाथलाई उद्धृत गर्दै छपाइएको प्रतापसिंह शाहकालीन १८३४ साउन वदी सोमबारको पत्रमा ‘त्यो नपक्रियाका भया बारम्बार धुम उठाउन्या थिया मुगलानबाट ल्याउन्याले धुम मेटियो तेरा अर्थकन विजयपुरका मालिक बुद्धिकर्न राय हो यसको पुरस्कार बारा जिल्लामा बिर्ता’ भन्ने उल्लेख भएकाले बुद्धिकर्ण रायलाई समाउन सफल अभिमानसिंह बस्नेतले पारितोषितस्वरूप बारा जिल्लामा बिर्ता पाएका थिए भन्ने बुझिन्छ
चेम्जोङ (उहीः१११)अनुसार प्रतापसिंह शाहले बुद्धिकर्ण राय तराईको कुन ठाउँमा छ खोजी निकाल्नु भनी आदेश दिँदा गोर्खाली सिपाही भेष बदलेर कुम्ले व्यापारी भई मालसामान बेच्न घरघर चहारे यसरी घरघर चहार्दा भुटानको दक्षिणी सिमाना चमर्चीछेउमा रहेको चिलमनि नामको गाउँमा लुकेर बसेको कोठा फेला पारे सिपाहीले राति डाँकाका रूपमा घर घेरा हाली उनलाई लछार्दै–पछार्दै विजयपुर ल्याए उनलाई आठ वर्षअघि (१८२६) राजा कामदत्त सेनको हत्याको अभियोगमा निष्ठुर ढंगले मारियो
यो पत्रमा भने पृथ्वीनारायण शाहले आँखा लगाएको हात्तीका बारेमा कुनै प्रसंग उल्लेख छ्रैन।हात्तीको अर्थ राजनीतिहिन्दू मिथकअनुसार स्वर्गका राजा इन्द्रका वाहन हात्ती हो नेपाललाई असली हिन्दू राज्य बनाउने अभियानका राजा पृथ्वीनारायण शाहलाई पनि हात्ती चढ्ने चाहना नहुने कुरै भएन ।
यो लेखकले विभिन्न सन्दर्भ सामग्रीका आधारमा ‘नयाँ पत्रिका’को परिशिष्टांक ‘झन् नयाँ’(०७६ असार २१)मार्फत नुनको राजनीतिका क्रममा ललितपुरका राजाका सिद्धिनरसिंह मल्लका तर्फबाट राम शाहका लागि गोरखामा उपहारस्वरूप एउटा हात्ती पठाइएको र त्यहाँ पुगेको पहिलो हात्ती थियो त्यो भन्ने सार्वजनिक गरिसकेको छ त्यो समय हात्तीको अर्थ राजनीतिक ठूलो महत्वको थियो
माहुतेलाई फकाएर अनि चोरेरै भए पनि हात्ती ल्याउन पृथ्वीनारायण शाहबाट गोर्खाली सैन्य अफिसरलाई आदेश भए पनि बुद्धिकर्ण राय तत्कालै फेला परेनन् । उनी भागेको तीन वर्षपछि मात्र गोर्खालीबाट समातिएर निष्ठुर ढंगले मारिए ।
आचार्य (उहीः ९२)अनुसार सेन राजाको राज्यले भावर क्षेत्र पनि भेट्ने हुँदा उनीहरूसँग हात्ती हुन्थ्यो भावर भावर क्षेत्रबाहिरका जंगलमा प्रशस्त हात्ती हुनाले तत्कालीन मकवानपुरका राजा हेमकर्ण सेन काठमाडौं उपत्यकाका मल्ल राजाहरूलाई हात्तीखेदा गर्न दिएर शुल्कका रूपमा रुपैयाँ बुझ्ने गर्थे यिनी आफूले पनि खेदा गराई उम्दा–उम्दा हात्तीहरू आफ्नो हात्तीसारमा राखी अरू हात्ती मुगलानियाँ धनाढ्यलाई बेच्थे सेन राजाले मुगल बादशाहलाई सन्तुष्ट गराउन हरेक वर्ष १४ हात अग्लो हात्ती नजराना चढाउनुपथ्र्यो त्यति अग्लो हात्ती चढाउन नसक्ने राजाले हात्तीको सट्टा १०÷१२ हजार रुपैयाँ पटनामा रहेका मुगल हाकिमलाई दिनुपथ्र्यो
त्यो वेला हात्तीको यस्तो महत्व रहेकोमा पृथ्वीनारायण शाह ससुरालीको हात्तीप्रति पनि लोभिएका थिए उनी युवराज हुँदै उनको पहिलो मगनी मकवारपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग भयो बेहुली अन्माइयो तर, फेरि बेहुली लिन जाँदा मकवानपुरका तर्फबाट आनाकानी गरियो
आचार्य (उहीः९४) लाई पढ्दा त्यहाँ छापिएको ‘पृथ्वीनारायण शाहको दिव्योपदेश’ भएको एक अंशमा उल्लेख भएको ‘एक दन्ता हात्ती र नवलाषि हीराको हार दिन्छौ भन्या डोला लैजाला दिन्नौ भन्या काढि तरबारसित लैजाला’ भनी ससुराली खलकलाई उनले हाँक दिएको थाहा हुन्छ।यसबाट उनले बेहुली अन्माइँदा आफूले चढेको हात्ती लगाएको हीराको हार पनि आफूले पाउनुपर्ने दाबी गरेका थिए भन्ने बुझिन्छ
तत्कालीन युवराज पृथ्वीनारायण शाहलाई यस्तो उक्साहट गराउनेमा नेपाली इतिहासका प्रख्यात व्यक्तित्व कालु पाँडेको हात थियो गंगा कर्माचार्य (हाडा)ले ‘कन्ट्रिब्युसन टु नेपाली स्टडिज’को वर्ष ३१ अंक (जुलाई २००४ः३४१)मा ‘कालु पाँडे कीर्तिपुरको पहिलो युद्ध’ शीर्षकको लेखमा देवीप्रसाद भण्डारी गौतमबज्र बज्राचार्यको सम्पादनमा छापिएको ‘श्री पृथ्वीनारायण शाहको उपदेश’ (२०२४ः११)लाई उद्धृत गरेअनुसार पृथ्वीनारायण शाहले मकवानपुरका युवराज दिग्बन्धन सेनसँग दुलहीले लगाएको गहना र अन्माउँदा चढेको हात्ती पनि गोर्खालीको हुन्छ भनी माग गर्ने दलका अघिसरा कालु पाँडे थिए


Lecture to WDO. Jan 1, 2013 (Pus 17, 2069 B.S.)

  Lecture to WDO.   Jan 1, 2013 (Pus 17, 2069 B.S.) I lectured newly appointed Women Development Officers (WDO) at the Women Training Cen...