Friday, February 07, 2020

छाउगोठ भत्काउँदा प्रहरी कुटिए


छाउगोठ भत्काउँदा प्रहरी कुटिए
माघ २०, २०७६मेनुका ढुंगाना
अछाम — अछाममा छाउगोठ भत्काउने अभियानमा खटिएका प्रहरीका अनुभव नमिठा छन् थोरैले साथ दिएका छन् भने धेरैले अवरोध गरिरहेका छन् 
छाउगोठ भत्काउँदा शनिबार एक प्रहरी हवल्दार कुटएिका छन् बान्नीगढी जयगढ गाउँपालिका–३ धारासैनको लामागाउँ टोलकी एक महिलाले प्रहरी चौकी जगढका हवल्दार धनबहादुर कैलालाई भैंसी बाँध्ने किलाले हिर्काएकी हुन् 
घटनामा उनको ढाडमा चोट लागेको छ ‘छाउगोठ भत्काउँदा देउता आएको भन्दै ती महिलाले प्रहरीमाथि हातपात गरेकी हुन्,’ अछामका प्रहरी प्रमुख दीपक भारतीले भने, ‘उनलाई नियन्त्रणमा लिएर सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको छ।’ छाउगोठ भत्काउन जाँदा असहयोग गर्नेलाई प्रहरीले पक्राउ गरिरहेको

चौरपाटी गाउँपालिका–४ पायलस्थित मष्टामाडौं आधारभूत विद्यालयका शिक्षक खम्मसिंह धामी पक्राउ परेका छन् छाउगोठ भत्काउन असहयोग गरेको वडाध्यक्षलाई जातीय गालीगलौज गरेको उजुरी आएपछि उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो उनीविरुद्ध प्रहरीले मुद्दा नै दर्ता गरेको वडाध्यक्ष हर्क लोहारले प्रहरीमा उजुरी दिएका थिए नेपाल शिक्षक संघ चौरपाटी गाउँपालिकाले भने झूटो आरोप लगाई धामीको चरित्र हत्या गरिएको आरोप लगाएको

अछाममा अभियान सुरु गरेको डेढ महिनामा अछाममा ४ हजार ७ सय ३३ छाउगोठ भत्काइएका छन् छाउ बार्न गोठमा बसेका बेला गत मंसिर १५ को राति साँफेबगर–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको मृत्यु भएको थियो उक्त घटनापछि संघीय सरकारले छाउगोठ हटाउने अभियान चलाएको
प्रकाशित : माघ २०, २०७६ ०८:४८

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...