Saturday, February 22, 2020

हाम्रो न्याउल्या


हाम्रो न्याउल्या

जनकविकेशरी धर्मराज थापाले “देउडा” भनेर रेडियो नेपालबाट प्रसारण गरेपछि यो शब्दले झांगिने अवसर पायो


जुम्लाको सिंजा क्षेत्रबाट नेपाली भाषाको उत्पतिसँगै न्याउल्या गीतले पनि आफ्नो स्वरूपलाई फिँजाउन थालेको हो सेती, महाकाली र कर्णाली क्षेत्रका विविध विशेषता बोकेका सबै गीतलाई मात्र देउडा भनेर बुझ्ने गरिएको छ अहिले देउडा भाषाको गीत भनेर केन्द्रीय सञ्चारमाध्यमबाट प्रसारण/प्रकाशन हुन थालेका छन् तर, देउडा, डेउडा र न्याउल्या फरक हुन्

न्याउल्या काली–कर्णाली जनजीवनको सर्वप्रिय पेवा गीत तथा खेल हो न्याउल्या गाउँदा न्याउल्या गीतको रूपमा पैतोल (स्टेप) मिलाएर गोलाकार रूपमा खेल्दा न्याउल्या खेलको रूपमा चिनिन्छ न्याउल्या खेल नखेल्ने हो भने चाडपर्व, मेलामहोत्सव अधुरा र अपुरा मानिन्छन् कर्णाली प्रदेशदेखि सुदूरपश्चिम हुँदै छिमेकी राष्ट्र भारतको उत्तराखण्ड कुमाउ गढवालसम्म न्याउल्याले आफ्नो दरिलो प्रभाव जमाइरहेको

न्याउली चरीको स्वरलाई विरहको प्रतीकका रूपमा लिने गरिन्छ ‘न्याउली चरीका दीर्घ मधुर ध्वनिले खोला, नाला, वन पर्वत प्रतिध्वनित हुन्छन् सुमधुर विरहयुक्त प्राकृतिक न्याउली शैलीको अनुकरण मानव जातीले गरेका हुनाले यस ललित लोकसंगीतको नाम न्याउल्या गीत रहन गएको’ इतिहासकार तथा अन्वेषक योगी नरहरिनाथले ‘इतिहास प्रकाश’ मा उल्लेख गर्नुभएको नाटककार पहलमानसिंह स्वाँरले सय वर्षअघि पद्यमा लेख्नुभएको ‘अछामका चाडपर्व’ पुस्तकमा ‘डेउडीपारि खेलिने खेललाई न्याउल्या’ भनेर परिभाषित गर्नुभएको छ संस्कृतिविद् रामबहादुर रावलले ‘अभिनन्दन स्मारिका २०५९’ मा ‘खसानको पेवा न्याउल्या’ भनेर न्याउली चरीकै स्वरबाट न्याउल्याको उत्पत्ति भएको कुरा अघि सार्नुभएको छ

न्याउल्या काली–कर्णाली क्षेत्रमा विशेष महत्त्वका साथ दोहोरीका रूपमा खेलिने चालप्रधान खेल हो डेउडा शब्द बढी प्रचलनमा ल्याउने भूमिका जनकविकेशरी धर्मराज थापाको रहेको २०१५ सालमा काली–कर्णाली क्षेत्रको भ्रमण गरेर काठमाडौं आइसकेपछि उहाँले नै डेढीको प्रमुखतालाई मध्यनजर गरी डेउडा भनेर रेडियो नेपालबाट प्रसारण गरेपछि यो शब्दले झांगिने अवसर पाएको हो त्यसपछि डेउडा देउडाको अर्थप्रति ध्यानै नदिई न्याउल्या गीतलाई मनोमानी ढंगले कसैले देउदा कसैले डेउडा भन्न थाले न्याउल्या ओझेलमा र्दै गयो

देउडा’ डेउडा र न्याउल्या भन्दा फरक विधा हो देउडा ‘देवता’ शब्दबाट आएको ‘देवता’ देवडा हुँदै देउडा हुन गएको भन्ने भनाइ अर्को व्युत्पत्तिअनुसार ‘देववत् उड्डीय नृत्यते’ अर्थात् देवताहरूझैं उड्दै (उफ्रिँदै) स्वर, ताल र लय मिलेका गीतका आधारमा नाचिने हुनाले देवडीबाट कालान्तरमा भाषिक सरलताका दृष्टिले ‘देउडी’ र देउडा हुन गएको बुझिन्छ देउतालाई डाक्ने वा रक्षा गर्न बोलाउने अर्थमा देउडा शब्द बनेको अर्थात् देउता डाक्ने नाचलाई ‘देउडा’ भन्नु युक्तिसंगत हुने प्रा.डा. ऋषिराम पोखरेलले ‘अछामका चाडपर्व’ (ाथि स्वाँरको पनि यही पुस्तक छ) पुस्तकमा उल्लेख गर्नुभएको छ

मानव जीवनका अन्तरनिहित भोगाइ एवं प्रकृति वर्णनको विषयवस्तु बनाएर अन्तस्करणबाट स्वतःस्फूर्त रूपमा निस्किने लोकरचना न्याउल्या गीत हुन् दुई पंक्ति रहने न्याउल्या गीतमा चौध–चौध अक्षर हुन्छन् प्रायः पहिलो फंतिले खासै अर्थ बोकेको हुँदैन अभिव्यक्त गर्न खोजेको गीतको अर्थ दोस्रो पंक्तिबाट झल्केको हुन्छ
दुई वारिकी दुई पारिका दुइजनी दर्नाकी
इच्छा थियो करमनाई रानी वन चर्नाकी
पीपलतोला नौ दोकान गैराला पाटन
दिहल्साई ओठको हाँसो सौरणी काटन

यसको प्रतिपाद्य विषय प्रेम र शृंगार हो संयोग शृंगारभन्दा वियोग शृंगार बढी मार्मिक हुन्छ न्याउल्या गीतमा आफ्नो प्रेमीलाई साई, सुवा, बाज, बाजकली, मुगामाल, मुरली चडो, जुनकिडीजस्ता शब्दहरूबाट सम्बोधन गरिने गरिन्छ न्याउल्या खेल खेल्ने दुवै समूहमा एक–एक जना गीत भन्ने प्रमुख व्यक्ति हुन्छन् पुरुषलाई ‘गीतउड्या’ महिलालाई ‘गीताउडी’ भनिन्छ यिनीहरूको स्थान चलचित्रका नायक नायिकाको झै हुन्छ न्याउल्या खेलमा सोधिएको प्रश्नसहितको गीतको उत्तर तत्काल दिन असमर्थ भए उसले खेल छोडेर बाहिरिने प्रचलन जसलाई ‘हरुवा’ को उपमा दिइन्छ। जित्ने केटालाई ‘जिताउड्या’ र केटीलाई ‘जिताउडी’ भनिन्छ अहिले विज्ञान प्रविधिको विकासले ती कुराहरू विस्थापित भएका छन् गीतमा इमेल, इन्टरनेट, फेसबुक, च्याट, मोबाइल आदिका कुराहरू बढी मात्रामा आउने गरेका छन्
काम जति भाउजूका भाग बसी खान्या नन्द
इन्टरनेट चल्लैन छ कि अनलाइन सधैं बन्द

पहिलेपहिले त न्याउल्या खेल्न चाडपर्व र मांगलिक कार्य नै चाहिन्छ भन्ने थिएन कामकाजबाट फर्केपछि बेलुकीपख गाउँको पटकानी (सांस्कृतिक पर्व मनाउने सार्वजनिक ठाउँ) मा जम्मा भएर न्याउल्या खेल खेल्ने प्रचलन थियो त्यतिबेला काली–कर्णाली क्षेत्रका प्रख्यात गीताउड्या थिए अछाम तिमिल्सैनका देवानन्द तिमिल्सिना र गीताउडी थिइन् अछाम वैद्यनाथकी नामसरी न्याउल्या खेल्न जुन गाउँमा जान्थे त्यो गाउँमा तीन–चार दिनसम्म न्याउल्या खेलिन्थ्यो रे यिनका अलावा डोटीका चल्यासाईलगायत अन्य धेरैले गीताउड्या र गीताउडीका रूपमा काली–कर्णाली क्षेत्रमा नाम कमाएका थिए

महिला महिला र पुरुष–पुरुषहरूले मात्र खेलेको न्याउल्या खेलमा जातीय र वर्गीय भेदभाव रहेको हुँदैन पारिवारिक बन्धनमा पनि बाँधिनु पर्दैन पदीय हैसियत मर्यादाको पनि वास्ता हुँदैन जुनसुकै उमेर, पद र जातजातिका महिला–पुरुष हातेमालो गर्दै यो खेलमा सहभागी हुन सक्छन् तर महिला–पुरुषको सामूहिक खेलमा केही विभेदकारी सीमारेखाहरू कोरिएका छन् यसलाई मध्यकालबाट प्रादुर्भाव भएको सामन्तवादी संस्कृतिका रूपमा लिन सकिन्छ बाहुन, क्षत्रीका पुरुषहरूले दलित समुदायका महिलासँग खेल्ने तर दलित समुदायका पुरुषहरूले बाहुन–क्षत्रीका महिलासँग खेल्न नपाउने सामन्ती संस्कार अहिले पनि रहेको छ पारिवारिक नाता सम्बन्धले पनि महिला–पुरुषलाई न्याउल्या खेल्न सीमारेखामा बाँधिदिएको

प्रकाशित : माघ ११, २०७६ ०९:३५

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...