Sunday, February 16, 2020

पाण्डव चरित्रमा बर्का नाच


पाण्डव चरित्रमा बर्का नाच

माघ २८, २०७६सन्जु पौडेल

(तिलोत्तमा) — थारू समुदायमा रोगव्याधि र संकट टार्ने विश्वासका साथ बर्का (बड्का) नाच्न थालिएको छ रूपन्देहीको सैनामैना–११, बिचौवापुरका थारू समुदायले बर्का नाच सुरु गरेका हुन् चार दशकपछि नयाँ पुस्ता यसको संरक्षणमा जुटेका छन् देवीदेवताको पूजाआजा गरेपछि ो नाचिन्छ

महाभारतको कथामा आधारित बर्का नाच थारू समुदायको ठूलो र कठिन नाच मानिन्छ ‘सधैं देखाउन सकिँदैन,’ समुदायका अगुवा बुद्धिराम थारूले भने, ‘यसले उब्जनी राम्रो हुने र रोगव्याधि निको हुने विश्वास छ।’ पहिलेजस्तो नाच्ने क्षमता नभएकाले नयाँ पुस्तालाई िकाउन समय लागेको उनले बताए यसपालि यहाँ आयोजित मेला/महोत्सवमा पनि यसको प्रदर्शन गरिएको थियो

एक महिनाअघि बचौवापुरका अगुवासहित कलाकारले सालझण्डीमा लागेको माघी मेलामा बर्का नाच देखाएका थिए माघीकै अवसरमा गत पुस २९ गते मुख्यमन्त्री निवासमा पनि बर्का नाच देखाइएको थियो यही समूहले गत माघ १० गते भड्छा महोत्सवमा बर्का देखाए त्यसयता विभिन्न कार्यक्रममा नाच देखाउन थालेको स्थानीय सन्तराम थारूले बताए यसको प्रवर्द्धनका लागि थारू कल्याणकारी सभा सैनामैना नगर समितिले सहयोग गरेको नाच प्रदर्शन आवश्यक सामग्री जुटाउन सहयोग गर्दै आएको सभाका नगर अध्यक्ष डुलबहादुर चौधरीले बताए नाचका लागि समय धेरै चाहिन्छ अहिले छोट्टयाएर देखाउने गरिएको उनले बताए

७० वर्षीय महतवा उदयनारायण चौधरीले महाभारतमा पाण्डवको बहादुरीलाई थारू समुदायले आदर्श मान्ने गरेको बताए उनका अनुसार त्यही बहादुरीपछिको जितको खुसीयालीमा पुर्खाले यस्तो नाच सुरु गरेका थिए यसमा पनि पाँच पाण्डवकै चरित्र बनाएर नाच्ने गरिएको उनले बताए नाच्नुअघि जुन माटोमा टेकिन्छ, त्यही माटोमा देवता सम्झिएर पुज्ने गरेको उनले सुनाए पाण्डवसँगै नाचमा द्रौपदीको भूमिका पनि देखाइन्छ ‘द्रौपदीको चरित्र पनि पुरुषले नै निर्वाह गर्छन्,’ उनले भने, ‘बर्कामा महिला सहभागिता हुँदैनन्।’

यसलाई बर्कीमार गीतमा आधारित नाच पनि भनिने थारू कल्याणकारी सभा सैनामैना नगर समिति सदस्य सन्तराम थारूले बताए ‘थारू भाषामा बर्की भनेको ठूलो मार भनेको लडाइँ हो,’ सन्तरामले थपे, ‘महाभारतलाई थारू अगुवाले आफ्नै भाषामा रूपान्तरण गरेर सुनाउँदै आएको गीतिकथा नै बर्कीमार हो।’ विभिन्न अर्तिउपदेश सन्देश भएको बर्कीमारलाई थारू जातिले दसैंमा महतवाबाट टीका थाप्दा धान बाली भित्र्याउँदा लय हालेर गाउने चलन रहेको उनले बताए

बर्काका लागि महिला भेषभूषामा सारीको फरिया (लेहेंगा) बनाएर लगाइन्छ निधारमा धारी, शिरमा चुनरी, हातमा जोसन, छन्दी, सलोनी, पछेला र बहोंटा लगाइने कलाकार अजिता थारूले बताइन् यति मात्र नभई खुट्टामा कडा, पाउजु, कम्मरमा कर्धन, घाँटीमा चाँदीको पुरानो पैसाको माला, हंसुली लगाउने उनले बताइन् अहिले ती पुराना गहना पाउनै मुस्किल भएकाले त्यस्तै प्रकारका नक्कली गहना लाउने गरेको अजिताले सुनाइन् पुरुषले सर्ट, लुङ्गी र शिरमा फेटा बाँधेर नाच्ने गर्छन् साथै केहीले मयूरको प्वाँख लगाएर नाच्छन् नाचमा मृद, मजिरा, घुंघरु आदि बाजा सजाएर बजाइन्छ

महतवा रामगुलाल थारूले मेलमिलाप र शान्तिको कामनासहित नाच्ने गरिएको बताए ‘सबै देवीदेवतालाई पुजेर नाच्न सुरु गरिन्छ,’ उनले भने ०४८ मा तत्कालीन राजा वीरेन्द्रले नृत्य हेरेर आफूहरूलाई ५० हजार रुपैयाँ पुरस्कार दिएको उनले सुनाए धेरै कलाकारको आवश्यकता पर्ने भएकाले यसलाई बृहत् नाचका रूपमा लिइन्छ नाचमा कम्तीमा ३० जना कलाकार चाहिन्छ अहिले संयुक्त परिवारमा बस्ने चलन हराइसकेकाले नाच जोगाउन समस्या परेको राम गुलालले बताए नाचमा रमाइलो थप्न स्वाङे पात्र राखिन्छ उक्त पात्रले बाँसको ढुंग्रोभित्र काठको लिंग बनाएर राख्ने गरेको स्थानीय प्रसाद थारूले बताए ‘यो अलिकति अश्लील देखिन्छ,’ उनले भने, ‘यसले भगवान् कृष्णले धेरै गोपिनी राख्ने र शिवलिंगको प्रतिनिधित्व पात्रमार्फत गराएको हो।’

प्रकाशित : Kantipur, माघ २८, २०७६ ०८:४२

 

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...