सोरठीमा माझी–कुमाले कथा
सिर्जनाको मूलस्रोत हो, श्रम । रैथाने गीतको स्रोत पनि दैनिक लोकश्रम ।
यस्ता गीत कृत्रिम गीतहरूबाट टाढै हुन्छन् । एकल व्यक्तिको भन्दा पनि समुदाय या
जम्मै जनताको रचना ।
मलाई सङ्लै याद छ । सानो छँदा आमाले नाङ्लोले निफन्दा, जाँतो घुमाउँदा, ‘थर्≈व’ (बख्खुको तान) बुनिरहँदाको नियमित ध्वनिसमूह । बाले जोत्दा, मदुस बनाउँदा, निगालो चिर्दाको आवाजको तिखो–याद । सामूहिक या एकल श्रम पर्दा सामूहिक लयबद्धता कायम गर्न गीत गाइन्छ । मेरो गाउँतिर ‘स्योंदास्योंदी
स्योऊ...’ एकसाथ बोलिन्छ । यो थेगो हो, श्रमिकको लयबद्ध आवाज ।
सिर्जनाको मूलस्रोत हो, श्रम । रैथाने गीतको स्रोत पनि दैनिक लोकश्रम । भाषा, संस्कृति, अर्थव्यवस्था र सभ्यता स्वतः जोडिने भइहाल्यो । यसर्थ साँचो कला जीवनका लागि न कि कला कलाका लागि । रैथाने गीत कृत्रिम गीतहरूबाट टाढै हुन्छन् । एकल व्यक्तिको भन्दा पनि समुदाय या जम्मै जनताको रचना ।
फाँन्गी
अठार सय खोलातिर प्रचलित ‘फाँन्गी’ यलल भाका हो, विरह पोखाइने । मेलापर्मबाट फर्केर साँझ कतै भेला हुँदा, रोधीमा, गोठमा, जात्रा–पर्वमा फाँन्गी गाइन्छ । यो भाकाले पनि हाम्रो तमू भाषाको माध्यम खोज्छ ।
फाँन्गी कसैले नसुनिने, नदेखिने ठाउँतिर एक्लै–एक्लै गाइहिँडेको पनि पाइन्छ । विशेषतः निजी दुःख–व्यथालाई फुकाइने चलन छ । कोही विछोड, कोही पीडित, कोही सन्तानविहीन, कोही कसैको पर्खाइमा हुन सक्छन् । रात–रातभरि नै पनि गाइरहन सक्छन् । फाँन्गीले धेरैको आँसु थाम्न गाह्रै पार्छ ।

घाटुगीत
घाटु एउटा अलिखित ऐतिहासिक दुःखान्त नृत्यगीत हो । ज्युँदालाई घाटुले र मृतकलाई सेर्काले स्वागत गरिने लोकचलन छ । लमजुङका राजा पश्रामु (प्रताप शाही) पर्वत–लोहाँसुरमा युद्धमा मारिनु, रानी अम्बावती/यम्फावतीको सतीगमन र छोरा बालकृष्णको वरिपरि घाटुकथा घुम्छ । तर वास्तविक घटना नभई प्रताप शाहीका जनताले आफ्ना राजारानीको सम्झनाको निमित्त रचेको एउटा अतिरञ्जित नृत्य हुन पनि सक्छ । लमजुङ बृहत् नेपाल राज्यमा गाभिइसके तापनि ‘कुन दिन मर्यो लमजुङे राजा देशै भयो अँध्यारो’ भनी अझै लमजुङेहरू गाउँदै छन् । घाटुको सुरुआत मर्स्याङ्दी शिरको चच्क्युबाट भएको हो । (गुरुङ, जगमान, तमुवानको ऐतिहासिक वृत्तान्त, पृ.१९८) ।

घाटु खासगरी सतीघाटु र
बाह्रमासे हुन्छ । घाटु सेलाउँदा मण्डपबाट चण्डीस्थानको दुइटा देउरालीमा जान्छन् । दुई जना घाटु, गुरुबा
(गीतिनेता), गुरुमा, सुसारेहरू संलग्न हुन्छन् । समूह–गायनले अलग शैली बनाउँछ । गाउँदा वैकल्पिक सास खिच्नुपर्छ । घाटुगीत यलल, ढिले
र चम्के गरी तीन भाकामा गाइन्छ । गीत–रागसँगै बन्दुक पनि पड्काइन्छ । दूधको कुवा, पानीको कुवामा रानीले राजाको मुहार हेर्नु र
दूधको छायामा पाउनु । नौतले चिताको सोलामाथि रानीको सतीगमन हुन्छ ।
सेर्का/तुङ्लुङ
गीत
सेर्का/छ्याँदु/तुङ्लुङ गीत मृतकको अर्घुमा गाइन्छ । यो प्रदर्शनकारी गीतिनाच तमू–मिथकमा आधारित छ । ‘ह्री’ पन्छाइने मृत्युगीत हो । नौदेखि बाह्र तालमा गोलबद्ध नाचगान हुन्छ । तम्दु, ङ्ह, भुस्या आदि बजाइन्छ । पुरुष भए भाले ताल, महिला मृतक भए पोथी ताल । गायनको लम्बाइ तय गरिएको हुँदैन । अठारसय खोलातिर ‘तुङ्लुङ’ को सुरु ‘स्यावेपँडी’ बाट भएको पाइन्छ । यो पये/तोमोँमा मात्र गाइन्छ । गाउँदा टोलीका दुई गर्राले प्रश्नोत्तरात्मक उठान गर्छन् ।
होहो हो हो होहो लाला लुलु लुमः, सु म्ही लुमः ?
होहो हो हो होहो लाला लुलु लुमः,
स्यिम्हिसे लुमः ।
गीतिनेताले बिमार कसको भागमा पर्दै छ भन्ने सवाल उभ्याउँछन् । अर्को टोलीले जवाफमा विसन्चो हुँदै आएको ‘सिम्ही’ हो भन्छन् । मृतक–यात्रा मनाङको ख्यो–कु/ओप्लेकोँ हुँदै पुर्खाको आदिभूमि तिब्बततर्फ हुन्छ ।

सोरठी
सोरठी गीत राजा जयसिंगे, रानी हेमैती र छोरीको बारेमा हो । माझी–कुमालेको कथा पनि जोडिन्छ । राजकुमारीको जन्मप्रति हेमैतीको सौतालाई स≈य हुँदैन । पुरेत र ज्योतिषीले राजकुमारीलाई नदीमा बगाइदिनुपर्ने षड्यन्त्र बुनिदिन्छन् । सुनको सन्दुक सन्पाटले बेरेर बगाइदिन्छन् । पछि कुमालेले भेट्छ, पाल्छ । यो पनि घाटुजस्तो शासककै गाथा हो । पात्र–नाम र गीत ठाउँ–ठाउँमा अलि फरक पर्न सक्छ । सोरठी, मारुनी, करङनाच, कतै पाङ्दुरे (गुरुङ, नारायण ल्हेँगे, तमु जातिको चिनारी, पृ. १२०) ।

रोधी
र केही भाका
रैथाने गीतको मुख्य रक्षक संस्था नै रोधी : गीतघर । घरधनी : रौस्यो आमा, रौस्यो प्है । युवती (रौस्यो) हरू नाचगान मात्र हैन, पुवाबाट धागो झिक्ने, बुन्ने, पात गाँस्नेजस्ता काम नि भ्याउँथे । निश्चित यही गीत गाउने भन्ने हुँदैन । जस्तो माहोल त्यस्तै गीत, उस्तै मादलको थप्का । रोधी भन्नु मादल, मादल भन्नु नै रोधी । तर बाजारुया गीतहरूले खाँदै पनि गयो ।

कौरा खासगरी गुरुङ–मगर
माझमा प्रचलित भाका । मेलाजात्रा, पर्व, रमझममा । खैंजडी, मजुरा पनि साथमा । कौरा/चुड्का :
दिलै बस्यो माया लाउनीमा, पोखराको जहाज उडिगयो छाउनीमारूखको सिंयालैमा बसीमा बसी दिनभरि तिम्रै सम्झना... (थापा, धर्मराज, गण्डकीको सुसेली, पृ.१३७)। ब्रिटिस–भारतीय भर्तीको प्रभाव, लाहुरेको चिठीको वेदनामा गीत । आजभोलि चिठी हरायो होला, तर पीडा त छँदै छ ।

कौरा, चुड्का, कुरुवा, कौडा, कहरा आदि नौवटा नाम । उत्पत्ति तनहुँको ‘मानपाङ’ गाउँ –तमू, च्हाक्ली, तमू भाषा साहित्यको अध्ययन, पृ.८०) । तर गीदांगेको भाकाले सबैलाई जोड्दै आएको पाइन्छ । गुरुङ गाँवैपिच्छे कुनै न कुनै भाका भेटिन्छन् : ठाडोभाका, तेर्छोभाका, लसके (सामूहिक गायन) ठाडोभाका आदि । स्याङ्जाको र्याले गाउँतिर प्याखुली भाका । हरेक भाकामा थेगो–रहनी नझुन्डिएको रैथाने गीतै पाइँदैन ।
अठारसय खोला भेगमा
‘झाम्रेकी’ भाका प्रचलित रहेको पाइन्छ । यस गीतअन्तर्गत सालाङमा प्रदर्शन गरिने विशेष नृत्य, ‘तुङ्सा’
हो । एउटा चरा विशेषको नृत्य नक्कल । चराले जसरी
उड्दै आकाशमा नाच्छ, त्यस्तै
सिको गर्दै कृषिनृत्य देखाइन्छ । मादलको पनि विशेष भूमिका रहन्छ ।
प्रकाशित : माघ ११, २०७६ ०९:४१