Saturday, February 22, 2020

सोरठीमा माझी–कुमाले कथा


सोरठीमा माझी–कुमाले कथा

सिर्जनाको मूलस्रोत हो, श्रम । रैथाने गीतको स्रोत पनि दैनिक लोकश्रम । यस्ता गीत कृत्रिम गीतहरूबाट टाढै हुन्छन् । एकल व्यक्तिको भन्दा पनि समुदाय या जम्मै जनताको रचना ।

माघ ११, २०७६छम गुरुङ

मलाई सङ्लै याद छ सानो छँदा आमाले नाङ्लोले निफन्दा, जाँतो घुमाउँदा, ‘थर्‍व’ (बख्खुको तान) बुनिरहँदाको नियमित ध्वनिसमूह बाले जोत्दा, मदुस बनाउँदा, निगालो चिर्दाको आवाजको तिखो–याद सामूहिक या एकल श्रम पर्दा सामूहिक लयबद्धता कायम गर्न गीत गाइन्छ मेरो ाउँतिर ‘स्योंदास्योंदी स्योऊ...’ एकसाथ बोलिन्छ यो थेगो हो, श्रमिकको लयबद्ध आवाज

सिर्जनाको मूलस्रोत हो, श्रम रैथाने गीतको स्रोत पनि दैनिक लोकश्रम भाषा, संस्कृति, अर्थव्यवस्था र सभ्यता स्वतः जोडिने भइहाल्यो यसर्थ साँचो कला जीवनका लागि कि कला कलाका लागि रैथाने गीत कृत्रिम गीतहरूबाट टाढै हुन्छन् एकल व्यक्तिको भन्दा पनि समुदाय या जम्मै जनताको रचना

फाँन्गी
अठार सय खोलातिर प्रचलित ‘फाँन्गी’ यलल भाका हो, विरह पोखाइने मेलापर्मबाट फर्केर साँझ कतै भेला हुँदा, रोधीमा, गोठमा, जात्रा–पर्वमा फाँन्गी गाइन्छ यो भाकाले पनि हाम्रो तमू भाषाको माध्यम खोज्छ
फाँन्गी कसैले नसुनिने, नदेखिने ठाउँतिर एक्लै–एक्लै गाइहिँडेको पनि पाइन्छ विशेषतः निजी दुःख–व्यथालाई फुकाइने चलन कोही विछोड, कोही पीडित, कोही सन्तानविहीन, कोही कसैको पर्खाइमा हुन सक्छन् रात–रातभरि नै पनि गाइरहन सक्छन् फाँन्गीले धेरैको आँसु थाम्न गाह्रै पार्छ

घाटुगीत
घाटु एउटा अलिखित ऐतिहासिक दुःखान्त नृत्यगीत हो ज्युँदालाई घाटुले मृतकलाई सेर्काले स्वागत गरिने लोकचलन लमजुङका राजा पश्रामु (प्रताप शाही) पर्वत–लोहाँसुरमा युद्धमा मारिनु, रानी अम्बावती/यम्फावतीको सतीगमन र छोरा बालकृष्णको वरिपरि घाटुकथा घुम्छ तर वास्तविक घटना नभई प्रताप शाहीका जनताले आफ्ना राजारानीको सम्झनाको निमित्त रचेको एउटा अतिरञ्जित नृत्य हुन पनि सक्छ लमजुङ बृहत् नेपाल राज्यमा गाभिइसके तापनि ‘कुन दिन मर्‍यो लमजुङे राजा देशै भयो अँध्यारो’ भनी अझै लमजुङेहरू गाउँदै छन् घाटुको सुरुआत मर्स्याङ्दी शिरको चच्क्युबाट भएको हो (गुरुङ, जगमान, तमुवानको ऐतिहासिक वृत्तान्त, पृ.१९८)

घाटु खासगरी सतीघाटु र बाह्रमासे हुन्छ घाटु सेलाउँदा मण्डपबाट चण्डीस्थानको दुइटा देउरालीमा जान्छन् दुई जना घाटु, गुरुबा (गीतिनेता), गुरुमा, सुसारेहरू संलग्न हुन्छन् समूह–गायनले अलग शैली बनाउँछ गाउँदा वैकल्पिक सास खिच्नुपर्छ घाटुगीत यलल, ढिले र चम्के गरी तीन भाकामा गाइन्छ गीत–रागसँगै बन्दुक पनि पड्काइन्छ दूधको कुवा, पानीको कुवामा रानीले राजाको मुहार हेर्नु र दूधको छायामा पाउनु नौतले चिताको सोलामाथि रानीको सतीगमन हुन्छ

सेर्का/तुङ्लुङ गीत
सेर्का/छ्याँदु/तुङ्लुङ गीत मृतकको अर्घुमा गाइन्छ यो प्रदर्शनकारी गीतिनाच तमू–मिथकमा आधारित ‘ह्री’ पन्छाइने मृत्युगीत हो नौदेखि बाह्र तालमा गोलबद्ध नाचगान हुन्छ तम्दु, ङ्ह, भुस्या आदि बजाइन्छ पुरुष भए भाले ताल, महिला मृतक भए पोथी ताल गायनको लम्बाइ तय गरिएको हुँदैन अठारसय खोलातिर ‘तुङ्लुङ’ को सुरु ‘स्यावेपँडी’ बाट भएको पाइन्छ यो पये/तोमोँमा मात्र गाइन्छ गाउँदा टोलीका दुई गर्राले प्रश्नोत्तरात्मक उठान गर्छन्
होहो हो हो होहो लाला लुलु लुमः, सु म्ही लुमः?
होहो हो हो होहो लाला लुलु लुमः,
स्यिम्हिसे लुमः
गीतिनेताले बिमार कसको भागमा पर्दै छ भन्ने सवाल उभ्याउँछन् अर्को टोलीले जवाफमा विसन्चो हुँदै आएको ‘सिम्ही’ हो भन्छन् मृतक–यात्रा नाङको ख्यो–कु/ओप्लेकोँ हुँदै पुर्खाको आदिभूमि तिब्बततर्फ हुन्छ

सोरठी
सोरठी गीत राजा जयसिंगे, रानी हेमैती र छोरीको बारेमा हो माझी–कुमालेको कथा पनि जोडिन्छ राजकुमारीको जन्मप्रति हेमैतीको सौतालाई हुँदैन पुरेत ज्योतिषीले राजकुमारीलाई नदीमा बगाइदिनुपर्ने षड्यन्त्र बुनिदिन्छन् सुनको सन्दुक सन्पाटले बेरेर बगाइदिन्छन् पछि कुमालेले भेट्छ, पाल्छ यो पनि घाटुजस्तो शासककै गाथा हो पात्र–नाम गीत ठाउँ–ठाउँमा अलि फरक पर्न सक्छ सोरठी, मारुनी, करङनाच, कतै पाङ्दुरे (गुरुङ, नारायण ल्हेँगे, तमु जातिको चिनारी, पृ. १२०)

रोधी र केही भाका
रैथाने गीतको मुख्य रक्षक संस्था नै रोधी : गीतघर घरधनी : रौस्यो आमा, रौस्यो प्है युवती (रौस्यो) हरू नाचगान मात्र हैन, पुवाबाट धागो झिक्ने, बुन्ने, पात गाँस्नेजस्ता काम नि भ्याउँथे निश्चित यही गीत गाउने भन्ने हुँदैन जस्तो माहोल त्यस्तै गीत, उस्तै मादलको थप्का रोधी भन्नु मादल, मादल भन्नु नै रोधी तर बाजारुया गीतहरूले खाँदै पनि गयो

कौरा खासगरी गुरुङ–मगर माझमा प्रचलित भाका मेलाजात्रा, पर्व, रमझममा खैंजडी, मजुरा पनि साथमा कौरा/चुड्का :
दिलै बस्यो माया लाउनीमा, पोखराको जहाज उडिगयो छाउनीमारूखको सिंयालैमा बसीमा बसी दिनभरि तिम्रै सम्झना... (थापा, धर्मराज, गण्डकीको सुसेली, पृ.१३७)। ब्रिटिस–भारतीय भर्तीको प्रभाव, लाहुरेको चिठीको वेदनामा गीत आजभोलि चिठी हरायो होला, तर पीडा त छँदै छ

कौरा, चुड्का, कुरुवा, कौडा, कहरा आदि नौवटा नाम उत्पत्ति तनहुँको ‘मानपाङ’ गाउँ –तमू, च्हाक्ली, तमू भाषा साहित्यको अध्ययन, पृ.८०) तर गीदांगेको भाकाले सबैलाई जोड्दै आएको पाइन्छ गुरुङ गाँवैपिच्छे कुनै कुनै भाका भेटिन्छन् : ठाडोभाका, तेर्छोभाका, लसके (सामूहिक गायन) ठाडोभाका आदि स्याङ्जाको र्‍याले गाउँतिर प्याखुली भाका हरेक भाकामा थेगो–रहनी नझुन्डिएको रैथाने गीतै पाइँदैन

अठारसय खोला भेगमा ‘झाम्रेकी’ भाका प्रचलित रहेको पाइन्छ यस गीतअन्तर्गत सालाङमा प्रदर्शन गरिने विशेष नृत्य, ‘तुङ्सा’ हो एउटा चरा विशेषको नृत्य नक्कल चराले जसरी उड्दै आकाशमा नाच्छ, त्यस्तै सिको गर्दै कृषिनृत्य देखाइन्छ मादलको पनि विशेष भूमिका रहन्छ

प्रकाशित : माघ ११, २०७६ ०९:४१

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...