Saturday, February 22, 2020

जसले छिचोल्छ, अनुसन्धाता बन्छ




भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेल (१९९० साउन ३०– २०७५ फागुन १२) को बहुचर्चित किताब हो– ‘खस जातिको इतिहास’ उनका ‘पाँच सय वर्ष’, ‘नेपाली भाषा र साहित्य’, ‘राष्ट्रभाषा’, ‘एक मन सात चिन्तन’ लगायत सयभन्दा बढी पुस्तक प्रकाशित छन् प्रा. पोखरेलको स्मृति–दिवसको सन्दर्भमा ‘खस जातिको इतिहास’ माथिको समीक्षा प्रस्तुत छ

प्रा. बालकृष्ण पोखरेलले एउटा लेखमा यस्तो आशय आउने गरी लेख्नुभएको रहेछ, ‘पश्चिम नेपालका दलितहरूमा पाइने मौखिक मान्दम–काव्य फेला पारेर एक जना अमेरिकी नागरिकले प्रकाशन गरेका छन् लिम्बू मुन्थुम, राईको मुन्धुम र दलितहरूको मान्दम वा मान्धमको एउटै अर्थ हो मानसरोवर’ (सेवा नेपाल, डा. स्वामी प्रपन्नाचार्य श्रद्धाञ्जली अङ्क, साउन २०७३)

यो पढेपछि मलाई उग्र खुलदुली भयो मैले विराटनगरमा रहनुभएको उहाँलाई फोन गरेँ उहाँले अर्को नयाँ तर्क पनि गर्नुभयो, ‘जसरी भैंसी शब्द किरात राईहरूमा पुगेर भुइँसी बन्छ, त्यसरी नै मान्दम पनि मुन्दुम हुन पुगेको हो।’ उहाँले किरात मुन्दुमबारे लगातार आधा घण्टाजति आफ्नो कुरा बताउनुभयो तर अमेरिकी नागरिक पुस्तकको नामचाहिँ सम्झन सक्नुभएन बरु ‘त्यो किताब मैले मदनमणि दीक्षितबाट फोटोकपी गरेर पढेको हुँ, त्यहाँ सम्पर्क गर्नू’ भन्नुभयो डिल्लीबजारस्थित मदनमणि दीक्षितको निवासमा पनि पुगेँ तर, उहाँले त्यसबारे जानकारी नभएको बताउनुभयो हिस्रिक्क परेर फर्किएँ , फेरि बालकृष्ण पोखरेललाई फोन गरेँ, ‘सर, मदनमणि दीक्षितज्यूले त थाहा भएन पो भन्नुभयो।’ प्रा. पोखरेलले हँस्यौली गर्दै भन्नुभो, ‘बाबु ! भैंसीलाई पनि दूध दुहुन फकाउन जान्नुपर्छ फकाइ पुगेन

 पछि खोज्दै जाँदा थाहा पाएँ, उहाँले भन्नुभएको अमेरिकी नागरिक ग्रेगोरी जी. मस्कारिनेक रहेछन् उनको एउटा लेख शीलू घिमिरेको अनुवादमा प्रज्ञा (२०४३, पूर्णांक ५५) मा ‘नेपाली झाँक्री र यिनीहरूको मन्तर’ शीर्षकमा प्रकाशित रहेछ उहाँले भन्नुभएको किताबचाहिँ मस्कारिनेकको ‘रुलिङ्स अफ नाइट’ रहेछ, जुन पश्चिम नेपालका कामी धामीहरूबारे गरिएको अनुसन्धान हो मौखिक ज्ञानबारे मानवशास्त्रीय अध्ययनका हिसाबले नाम कहलिएकै पुस्तक मानिँदो रहेछ यो

***

भौतिक रूपमा बिदा भइसक्नुभएका प्रा. बालकृष्ण पोखरेलका केही अमूल्य कृति भने हामीमाझ सदा जीवित रहनेछन् त्यसमध्ये एउटा हो– खस जातिको इतिहास (२०५५) फिनिक्स बुक्सले पुनः (२०७६) प्रकाशन गरेको यो पुस्तक नेपाली समाजको महत्त्वपूर्ण हिस्सा ओगटिरहेको खस र खसहरूको अरू समुदायसँगको ऐतिहासिक–सांस्कृतिक अन्तरघुलनबारे थाहा पाउन सबैभन्दा महत्त्वपूर्ण आधारग्रन्थ हो ८५ वर्षमा बित्नुभएको प्रा. पोखरेलको आधाभन्दा बढी उमेर खस जातिको इतिहास अनुसन्धानमा बितेको थियो तब जन्मियो यस्तो ग्रन्थतुल्य पुस्तक !

यो पुस्तकलाई अन्तिम रूप दिने बखतको कष्टकर कहानीबारे मैले पनि अप्रत्यक्ष रूपमा केही कुरा थाहा पाएको थिएँ उहाँ त्यसबखत चर्चित रेडियो कार्यक्रम प्रस्तोता दाहाल यज्ञनिधिको ‘दाहालको दैलो’ नाम दिइएको अनामनगरस्थित निवासको माथिल्लो तलामा बस्नुहुन्थ्यो त्यहीँ स–परिवार बस्नुहुन्थ्यो कवि बाल आवारा पनि प्रा. पोखरेल दिनरात नभनी किताबलाई अन्तिम रूप दिन मरिहत्ते गरेर परिश्रम गर्दै हुनुहुन्थ्यो , उहाँको कोठा भूकम्पले हल्लाउँदा दराजका पुस्तकहरू खसेझैं छरपस्ट भएको हुन्थ्यो त्यहीँ चिया खाएर खाली भएका गिलास असरल्ल हुन्थे त्यहीँ कागजका टिपोटहरू मिल्किएका हुन्थे यो विद्रूप अवस्था देख्न नसकेर बाल आवारालाई खसखस लाग्थ्यो ‘गुरु मिलाइदिन्छु’ भनेर पुस्तकहरू मिलाइदिनुहुन्थ्यो फेरि भोलिपल्ट त अवस्था उस्तै ! यो क्रम केही दिन चलेपछि प्रा. पोखरेलले भन्नुभयो, ‘बाबु ! मेरो किताब मिलाइदिएर साध्यै छैन एक दिन होइन, दुई दिन होइन मलाई कुन बेला कुन किताब चाहिन्छ, खोज्दा सबै भताभुङ्ग भैहाल्छ यसै छोडिदेऊ।’
 
अनामनगरको असरल्ल कोठामा अन्तिम रूप दिइएको त्यो किताब साढे सात सय पृष्ठको भीमकाय शरीरमा प्रकाशित भयो (फिनिक्स बुक्सले यो पुस्तकको पहिलो संस्करण २०५६ भनेर उल्लेख गरेको छ तर २०५५ हो) यो सजिलै छिचोलिने किताबचाहिँ होइन, हाडे ओखरजस्तो हो कडा बोक्रालाई तह लगाएपछि गुदी भेटिएझैं मिहिनेत गर्नैपर्छ सायद यही गाम्भीर्यका कारण सार्वजनिक छलफल विमर्श कम भए पनि धेरैले पढेको अथवा पढ्न चाहेको किताब हो यो यसबारे मलाई लागेका सार कुरा केही बुँदामा भन्ने जमर्को गरेको छु

एक, यो खस जातिबारे तिर्सना मेट्ने किताब होइन, बरु झन् बढी तिर्सना जगाउने किताब हो कोही कसैले खस जातिबारे प्रस्ट हुनका लागि पढेर यो किताब छिचोल्यो भने अवश्य पनि अनुसन्धाता भएर निस्कनेछ किनभने, प्रा. पोखरेलले खस जातिबारे जति अनुसन्धान गरेर यो पुस्तकमा प्रकाशन गर्नुभएको छ, त्योभन्दा धेरै संकेत छोडिदिनुभएको छ नेपालभन्दा बाहिर ेरै परसम्म पुगेर, नेपालको इतिहासका हजार–पन्ध्र सय वर्षभन्दा धेरै परसम्म पुगेर लेखिएको यो किताबले खसहरूको जरा र फैलावटबारे अवश्य नै विस्तारमा चर्चा गरेको छ त्यसरी नै पाठकलाई थुप्रै प्रश्न नयाँ दृष्टिकोण पनि बोकेर बाहिरिने बनाउँछ

दुई, यो पुस्तकको सर्वथा महत्त्वपूर्ण पक्ष भनेको मिथक अथवा धार्मिक व्याख्यानभित्र हराएको इतिहासको उद्धार हो जस्तो कि एउटा उदाहरण मार्फत चर्चा गरौं हिन्दु धर्ममा जुन स्वर्ग, नर्क अनि पाताल लोकको अवधारणा छ, त्यो अलौकिक नभएर ऐतिहासिक कुरा हो भनेर प्रा. पोखरेलले प्रमाणित गर्ने प्रयास गर्नुभएको छ पोखरेलका अनुसार, पाताल भनेको प्राण रक्षाका लागि अनुकूल स्थान भन्ने अर्थमा प्रयुक्त स्थानबोधक शब्द हो पाताल–लोकलाई प्राचीनकालमा कानन, मणिपुर (फोनिसिया) र पौलस्त्य (फिलिस्ता) भनिन्थ्यो, अहिले लेबनान र प्यालेस्टाइन भनिन्छ त्यस्तै मर्त्यलोक अहिलेको इराक हो (पृष्ठ १०१) स्वर्गलोक भनेको प्राचीन सुरिया जातिको देश हो, जसलाई सिरिया भनिन्छ (पृष्ठ १३१) ठीक यहाँनिर चाम्लिङ राई भाषामा प्रयोग हुने ‘सिरिया’ ‘हि’ शब्दबारे चर्चा गर्नु उपयुक्त हुन्छ चाम्लिङ भाषामा ‘सिरिया’ को अर्थ हुन्छ— ‘अचम्म, आश्चर्य’ ! त्यस्तै सिरियासँगै जोडिएको क्षुद्रेसिया (आनातोलिया) का हित्तीहरू (पृष्ठ १४४) सँग मिल्दोजुल्दो शब्द हो ‘हि’ चाम्लिङ भाषामा रातो रगतलाई ‘हि’ भनिन्छ हित्तीहरू पनि रातो वर्णकै थिए रातो वर्णका हित्ती रातो बुझाउने ‘हि’ शब्दका बीचमा कुनै साइनो छ कि संयोग मात्रै हो? के सुर जाति र सुरदेश अर्थात् सिरियासँग अहिलेका किरातका पुर्खाहरू परिचित थिए? यो अध्ययनको विषय हो यसमा मुन्दुममा वर्णित ‘योँला’ चाहिँ सिन्धुघाँटी सभ्यताको कुरा हो भन्नेचाहिँ मेरो पनि तर्क

 

तीन, मलाई लागेको यो पुस्तकको अर्को महत्त्वपूर्ण पक्ष भनेको विशुद्ध सांस्कृतिक अभ्यासमा परिणत भइसकेको इतिहासको उत्खनन गर्नु हो यस्ता अनेकौं सन्दर्भ यो पुस्तकमा छन् तर, यहाँ तिहार र काठमाडौं उपत्यकाको गठेमंगल चाडको मात्र कुरा गरौं काठमाडौंमा हरेक वर्ष मनाइन्छ, गठेमंगल चाड त्यो चाड ासमा घुँटीमुँगल हो अर्थात् मध्यकालमा काठमाडौं उपत्यकामा आक्रमण गर्ने मुसलमान राजा समसुद्दिन इलियासलाई बिदाइ गर्न गरिएको तयारीको सम्झनामा सुरु भएको हो त्यस्तै तिहारमा खेलिने भैलोमा मागिने दान भनेको तिमूर–लङलाई दिन संकलन गरिएको चन्दाको सांस्कृतिक अवशेष हो (पृष्ठ ५७६) त्यसैले लिखित सामग्रीमा मात्र भर परेर लेखिने इतिहासभन्दा माथि उठेर मौखिक ज्ञान, सांस्कृतिक अभ्यास, भाषा इत्यादि पनि इतिहास अध्ययन र लेखनका स्रोत हुन्, हुनुपर्छ भन्ने नयाँ जमर्को हो यो पुस्तक

चार, इतिहासका नसुल्झिएका कतिपय घटनालाई सुल्झाउने प्रयास गर्नुभएको छ, प्रा. पोखरेलले आजसम्म पनि लिच्छविकालका चर्चित राजा अंशुवर्माका बारेमा इतिहासकारबीच मतैक्यता भइसकेको छैन उनलाई अधिकांशले ठकुरी मानेका छन् प्रा. पोखरेलले केही तथ्यका आधारमा अंशुवर्मालाई मगर ठकुरी मान्नुभएको (पृष्ठ ५४३) मामाकी छोरीसँग बिहे गर्ने प्रचलन रहेका कारण ठकुरीहरू मगर थिए (पृष्ठ ४०१) मल्ल, गोलेश, कल्यालझैं सीमित ठकुरीबाहेकको मूल लाङ्गाली (मगर) हो, त्यही वंशका हुन्, स्रङ–चङ–गम्पो पनि उहाँको तर्क के हो भने नेपालका खस–मगरहरूले मानसरोवर पुगेर लिगवंश स्थापना गरे त्यही िगवंशका थिए— तिब्बतका राजा स्रङ–चङ–गम्पो (पृष्ठ ६०१) अंशुवर्मा पनि त्यही लाङ्गाली वंशकै भएका कारण स्रङ–चङ–गम्पो उनकी छोरी भृकुटीबीच विवाह भएको हुन सक्छ (पृष्ठ ६०२) पोखरेलले अगाडि सारेको तर्क सही पनि हुन सक्छ, गलत पनि तर इतिहासका नसुल्झिएका कुरालाई सुल्झाउने नयाँ दृष्टिकोणचाहिँ यो पक्कै हो

**
तुलनात्मक भाषाशास्त्रका अध्येयता भएका कारण प्रा. बालकृष्ण पोखरेलले त्यो ज्ञानको पनि धेरै प्रयोग गरेका छन् यो पुस्तकमा तर, विशुद्ध भाषाशास्त्रीय आँखाले मात्र सबै सन्दर्भमा सही निचोडमा पुग्न सकिँदैन कि भन्ने मेरो ठम्याइ छ त्यसैले उहाँले नै प्रयोग गर्नुभएको शब्द सापटी लिएर केही खुरे टिप्पणी गर्न मन लागेको छ

 एक, कतिपय कुरामा चाहिँ भाषामा मात्रै निर्भर हुन खोज्दा प्रा. बालकृष्ण पोखरेल चिप्लिनुभएको महसुस हुन्छ उहाँ तामाङलाई थ्रेसबाट क्षुद्रेसिया हुँदै आर्मेनियाबाट नेपाल प्रवेश गरेको भनी व्याख्या गर्नुहुन्छ (पृष्ठ १५९) त्यसको आधार बनाउनुभएको ‘तामाङ’ को ‘माङ’ (ईश्वर) शब्दलाई त्यसलाई महाभारतको अम्बा अम्बालिकासँग जोड्नुभएको तर, सजिलो कुराचाहिँ के हो भने माङ भनेको तिब्बतमा विकास भएको प्राचीन बोन–धर्मसँग सम्बन्धित पितृ हो नेपालमा माङ मान्ने समुदायभित्र किरातहरू पनि पर्छन्

 दुई, प्रा. पोखरेलको अहिलेका किरात र खस (छाग) का पुर्खा दुई निकटत्तम शाखाका हुन् (पृष्ठ १४७) भन्ने तर्क छ पोखरेलले किर (अथवा किन) शब्दको अर्थ घोडो हुने भएकोले छाग (खस) निकट हुन् भन्ने शब्दार्थको त्यान्द्रो समात्नुभएको तर, संस्कृति, भाषा र मुख्यतः आनुवंशीयता (जेनेटिक्स) ले यो कुरा पुष्टि भएको छैन बरु हालसम्मका अध्ययनले किरातहरूलाई चिनियाँ ह्वाङ हो नदी सभ्यताकै भनेर देखाइरहेको यसमा पोखरेलले किरातीहरूले बोकाको मासु नखाने सांस्कृतिक सन्दर्भका आधारमा पनि किरात खसका पुर्खा निकट हुन् भन्न खोज्नुभएको छ तर, मुन्दुमी मिथकअनुसार किरातहरूले बोकाको मासु खान छोडेको भनेको सप्तकोसी क्षेत्रमा आइपुगेपछि मात्र हो, त्यसभन्दा पहिला उनीहरूले बोकाको मासु खान्थे

 अर्को एक स्थानमा किरात समुदायभित्रका याक्खा र याक्थुम्बा (लिम्बू) पनि यक्ष (खस) हुन् (पृष्ठ १०) भन्ने तर्क गर्नुभएको छ, जबकि याक्खा र याक्थुम्बा शब्दबारे सम्बन्धित समुदायको व्याख्याचाहिँ प्रा. पोखरेलले भनेजस्तो यक्षसँग मिल्दो छैन

 तीन, अर्को रोचक व्याख्या उहाँले सुनुवारबारे गर्नुभएको छ उहाँ के तर्क गर्नुहुन्छ भने कुलुबाट कुनु (शुन वा शुनु) हुन बाध्य भएका आफ्ना बान्धवहरूको विजोग देखेर कत्युरी समुदायको एक शाखा बाहिङ राईहरूको शरणमा पुगेर सुनुवार भएको हो (पृष्ठ ५७१) यस विपरीत किरातहरूमा प्रचलित मुन्दुमी मिथकमा चाहिँ लिम्बू, याक्खाबा, राई र सुनुवारका पुर्खाहरू वराहक्षेत्रबाट अलग भएका हुन् भनिन्छ त्यसैले सम्बन्धित समाजमा प्रचलित तथ्यहरू नसमातीकन गरिने शाब्दिक अर्थ लगाउँदा पोखरेल अन्यत्रै पुग्नुभएको देखिन्छ

 चार, खसहरूको मौखिक ज्ञान अर्थात् कैरनको उपयोग भने प्रा. पोखरेलले यस पुस्तममा गर्नुभएको देखिँदैन मेरो हिसाबमा खसहरूबारे अध्ययन गर्न सकिने जीवित सम्पदामध्ये यो पनि एक हो मैले सुनेअनुसार, खसहरूले कैरनमा आफ्नो आदिम बसाइँसराइको कथा पनि भन्ने गर्छन् इतिहासको कुरा गर्छन् खस जातिबारे अनुसन्धान गर्नका लागि कैरन महत्त्वपूर्ण स्रोत होप्रकाशित : फाल्गुन १०, २०७६ १३:३०

 

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...