Sunday, February 16, 2020

‘जीवैमामा ज्यो मा रे’ विषयक विचार गोष्ठी सम्पन्न

जीवैमामा ज्यो मा रे’ विषयक विचार गोष्ठी सम्पन्न
 
Makalu Khabar, 3 March 2019
 
काठमाडौं । प्रज्ञा भवन, कमलादी, काठमाडौँमा मगर जातिको लोपोन्मुख गीतिनाटक ‘जीवैमामा ज्यो मा रे’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, सामाजिकशास्त्र विभाग र मगर अध्ययन केन्द्रद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ कवि बैरागी काइँलाले नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिले भरिपूर्ण देश भएको उल्लेख गर्दै मगर जातिको संस्कृति विशिष्ट रहेको बताउनुभयो । उहाँले मगर जातिको लोपोन्मुख गीतिनाटक सम्बन्धी गोष्ठीले आँखीझ्यालबाट चियाएको जस्तो अनुभूति भएको विचार व्यक्त गर्नुभयो ।

त्यस्तै, नेपाल प्रज्ञा प्रतिष्ठान, सामाजिकशास्त्र विभागका प्रमुख प्राज्ञ प्रा दिनेशराज पन्तले मगर जाति विशिष्ट परम्परा र संस्कृति सम्पन्न जाति भएको बताउनुभयो । मगर अध्ययन केन्द्रका अध्यक्ष डा गोविन्दबहादुर थापा मगरले मगर संस्कृति राष्ट्रिय सम्पत्ति भएको उल्लेख गर्दै मगर जातिमा प्रचलित संस्कृतिको संरक्षणका लागि नयाँ पुस्ता र सम्बन्धित सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।

गोष्ठीमा डा मीन श्रीस मगरले मगर जातिको लोपोन्मुख गीतिनाटक ‘जीवैमामा÷ज्यो मा रे’ सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

उहाँले उक्त गीतिनाटक कालीगण्डकी र राप्ती क्षेत्रमा बसोबास गर्ने मगर जातिमा प्रचलित मामाचेली विवाहमा आधारित संस्कृति भएको बताउनुभयो । कार्यक्रममा गीतिनाटकका विषयमा निर्मित बृत्तचित्रसमेत देखाइएको थियो । कार्यक्रम केन्द्रकी सचिव प्रतिभा पुनले सञ्चालन गर्नुभएको थियो ।

 

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...