Sunday, February 23, 2020

आफ्नै भाषा, आफ्नै सिर्जना


आफ्नै भाषा, आफ्नै सिर्जना

फाल्गुन ११, २०७६कान्तिपुर संवाददाता

काठमाडौँ — डम्फुको तालमा घन्किएको ताम्बा हृवाई (गीत), शिरमा शिरफूल, टोपी, गलामा जन्तर तथा स्यामा र आङरेमा सजिएका तामाङ समुदाय साकेला सेमुनामा रमेका राई समुदाय, सुदूरको देउडामा रमेका सुदूरपश्चिमेली लगायतका मुलुकभरिको प्रतिनिधित्व गरी आएका डेढ दर्जनभन्दा बढी आदिवासी जातिको झाँकी प्रदर्शनको रौनक शुक्रबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा छुट्टै देखिन्थ्यो 

नेवार समुदायको धिमे, थारू समुदायको सखिया, मगर समुदायको हुर्रा, किरात समुदायको याक्खाजस्ता नृत्यहरू राजधानीका घण्टाघर, बागबजार, पुत्तलीसडक, रत्नपार्क हुँदै प्रज्ञा प्रतिष्ठानको स्टेजसम्म आइपुग्दा निकै रौनकता छाएको थियो सीमारहित भाषा भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२० को अवसरमा राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव’ मा भेषभूषा र संगीत मात्र होइन मुलुकभरिका आदिवासी जातिका स्रष्टाहरूले आफ्नै मातृभाषामा कवितामार्फत भूगोल, भाषा, पहिचान, स्तर, नारी पीडा, चेतना र समग्र मुलुकको अवस्थालाई चित्रण गर्ने जमर्को गरे

मुलुकभरबाट ५४ भाषामा १ सय ५६ वटा कविता आए पनि ६५ वटा कवितालाई वाचनका निम्ति छनोट गरिएको मातृभाषा साहित्य विभागकी प्रमुख प्राज्ञ लक्ष्मी मालीले बताइन् कविता छनोट उपसमितिबाट छानिएका लगभग साढे पाँच दर्जन जति कविता कार्यक्रममा वाचन गरिएका थिए कार्यक्रममा अथिति कवि राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला), असमिया भाषी लेखिका रुमी लस्कर बोराले आ–आफ्नो मातृभाषामा कविता वाचन गरे

सोलेवा पार्कतिड याप्चाम बाकिमे’ शीर्षकमा वाम्बुले राई भाषाबाट व्याकुल माइलाले कविता वाचन गरेपछि सुरु भएको प्रस्तुतिमा कवयित्री बोराले असमिया भाषामा ‘चिठी’ शीर्षकको कविता वाचन गरिन् नेपाल र नेपालीप्रति माया दर्साउँदै उनले थोरै नेपाली भाषामा समेत कविता सुनाइन् कार्यक्रममा वाम्बुले राई भाषामा ओखलढुंगाबाट आएका सम्झना राई, दूतराज राई, नवलपरासीबाट अवधि भाषामा अनिल कुर्मी, काभ्रेबाट तामाङ भाषामा रचना मोक्तान, मनिक तामाङ, झापाबाट किसान भाषामा भीम किसान, हुम्लाबाट खस भाषामा जयदेवी शाही, पर्साबाट भोजपुरी भाषामा अजमत अली अन्सारी, सोलुखुम्बुबाट शेर्पा भाषामा छिरिङ शेर्पा अविरल, गोरखाबाट संस्कृत भाषामा नवराज कट्टेललगायतले कविता सुनाए काभ्रेका कवि रचना मनिकले मानवीय तथा जातिय, मुलुकको पहिचान, पीडा, मौलिकता र यथास्थितिको भाव कवितामा अभिव्यक्त गरे

खस भाषामा जयदेवीले सुदूरपश्चिमको छाउपडी प्रथा र त्यसले महिलाले भोगेको पीडालाई चित्रण गरिन् भोजपुरी भाषामा अजमतले लय हालेर साइकल सवारीको महत्त्वबारे कविता सुनाउँदा हलमा दर्शक निकै जोसिलो रूपमा चाख मानेर सुनिरहेका थिए त्यस्तै शेर्पा भाषामा छिरिङले हिमाल शेर्पा जातिको सम्बन्धबारे भाव व्यक्त गरे कार्यक्रममा उपस्थित उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाललाई अल्पसंख्यकको मुलुकका रूपमा लिँदै भौगोलिक, भाषिक, जातीय, सांस्कृतिक विविधतामा पनि एकता कायम भएको उल्लेख गरे

जातीय एकता र सद्भाव व्यवहारमा लागू गर्नुपर्ने भन्दै उनले भने, ‘नेपाल विभिन्न रंग र बुट्टाले भरिएको सिंगमर्मरजस्तै हो हाम्रो एकताले यो टिकेको ।’ बंगलादेशका राजदूत मास्की बिन्ते साम्सले आफ्नो मुलुकको भाषा आन्दोलन यसका लागि सहादत प्राप्त गरेका सहिदलाई स्मरण गर्दै यसलाई एकता र पहिचानको मूल आधार रहेको सुनाइन्

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र मातृभाषा साहित्य विभागकी प्रमुख मालीले भाषाले हाम्रो मुलुक, संस्कृति, जाति बाँचेको बताए दुवैले भाषालाई हाम्रो पहिचानको आधार रहेको उल्लेख गरे अन्तर्राष्ट्रिय मातृभाषा दिवसकै अवसरमा प्रतिष्ठानले गत मंगलबार ‘मातृभाषा मातृभाषा साहित्य’ सम्बन्धी तीनवटा कार्यपत्रसहित विचार गोष्ठीसमेत गरेको थियोप्रकाशित : फाल्गुन ११, २०७६ ०८:३१

 

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...