Saturday, February 22, 2020

सृष्टि ब्युँझाउने आवाज


सृष्टि ब्युँझाउने आवाज

इक्सा खाम्बेक (ब्रह्माण्ड) टक्क रोकिएको बेला मान्छेले सृष्टि फेरि ब्युँझाउन होमा हो मिलाउँदै हाक्पारे गाउन थाल्छन् अन्ततः हाक्पारे त्यस भूभागका आदिम जाति लिम्बूले गाउने सबैभन्दा जेठो, मीठो र शास्त्रीय संगीत बनिदिन्छ

माघ ११, २०७६झुमा लिम्बू

हाक्पारे, ‘एऽऽ’ भन्दै सुरु हुन्छ र ‘ओरिल्लो’ भनेपछि टुंगिन्छ त्यसैले एऽऽ भन्दै अब के भनौं भने, यो आलेख पढिरहेका मान्यजन, इष्टमित्र र साथीभाइलगायत यस ब्रह्माण्डमा रहेका सबै जीव, रूख, बोटबिरुवा अनि सुन्दर फूलहरू तथा दिवंगत भइसकेका प्रिय आत्माहरू, हामी आज मुन्धुमभित्रको हाक्पारे संगीतबारे कुरा गर्दै छौँ

हामी नेपालको रैथाने संगीतमा हाक्पारे संगीतको मुन्धुमी मिथकको कुरा अथवा हाक्पारे प्रागइतिहासको कुरा गर्दै छौं यो मिथकलाई लेखको रूपमा उतारेर पाठकमाझ राख्दै छौँ सुन्नुहोस्, हाक्पारे इतिहास

हाक्पारेको उठानमा फूल, युवती, यौन र संगीतको चर्चा छ मुन्धुममा भनिएको , ‘उहिलेउहिले पृथ्वी लोकमा फूलको कमी हुँदा पुर्खा साङवोक्को सामलाङगावा र फुङवोक्को फङलाङगावाले खदिन लेप्पेना फूलको बिरुवा भेट्टाउँछन् ्यसलाई पहाड–पर्वत र खोलानालाका छेउछाउ रोप्छन् तर त्यो सर्दैन अन्ततः मुदक्कुम सेवा (घुन्सा खोला) मा रोप्दा त्यहाँचाहिँ सर्छ छोटो समयमै फूलले चारै दिशा ढाक्छ फूलले पृथ्वी नै जग्मगाएर सुहाएको अवसरमा त्यही फूलको सुवाससँगै परम सुन्दरी नेत्ती हाङमा फुङ तिअन्नामा प्रकट हुन्छिन् त्यतिबेलै अःवासो सदेन हाङवाले उनलाई आफ्नो बनाउने प्रस्ताव राख्छन् तर, ती सुन्दरीले केही सर्त राख्छिन्

सर्तहरू हाङवाले पूरा गर्न सक्दैनन् र युवतीले हाङवाको प्रस्ताव अस्वीकार गर्छिन् , पृथ्वीलोकमा आफ्नो शिर ढलेको भनी अलप हुन्छिन् त्यसपछि पूरा ब्रह्माण्ड निष्प्राण हुन्छ— हावा बहन छोड्छ, पानी बग्न छोड्छ, ब्रह्माण्ड टक्क रोकिएको अनुभूत हुन्छ रूख, बिरुवा र फूलहरू सबै ओइलिन थाल्छन्, ढल्न थाल्छन् यसपछि ब्रह्माण्डमा विरह छाउँछ चराहरू विरह गाउन थाल्छन् यस्तो अवस्थामा मान्छेहरूबीच पृथ्वी जगाउने, ब्रह्माण्ड जगाउनेबारे सल्लाह हुन्छ

अब हामी पनि हाम्रा आदिम पुर्खा सामवोको, फुङवोकोले जस्तै फूल खोज्न थालौँ जगत्का सारा जीवजनावर पन्छीको नामको फूल जगाऔं आदिम पुर्खा तरुनी/तन्नेरी नेत्तिहाङमा फुङ तिअन्नामा अवासो सदेनहाङवाको नाममा सिङजाङगो याम्चाङगो फूङ (धँयेरो फूल) जगाउँदै मानव समाजको सबै उमेर र पुस्ताको नाउँमा फूल जगाउने मुन्धुम गाउन थालौँ आदिम गायक सामकेलो केलो केवाफुङवा, साङवाङ तोक्लामुक्पा, साङगोतीमा, आङगोतीमा, साम्लो खाङलाङवा, साम्लो अक्तवा, साम्लो फुलुम साम्बा, साम्लो पैनावाहरूले जस्तै हाक्पारे गाएर यो ब्रह्माण्डका सारा सृष्टि फेरि जीवित पारौँ सबै फूलहरू फेरि जगाऔँ सृष्टिका सबै फूल जगाएपछि फेरि यस ब्रह्माण्डमा प्रेम फैलिनेछ सृष्टि अगाडि बढ्नेछ यही विश्वासमा गाइँदै आएको हाक्पारे अहिलेसम्म पनि त्यही विश्वासमै गाइएको पाइन्छ

मुन्धुम संगीतअन्तर्गत पर्ने हाक्पारे साम्लो (गीत) लिम्बू जातिको संगीत परम्पराको एक विशिष्ट विधा हो ‘नोटेसन’, ‘टाइमिङ’ र ‘मेलोडी’ को आरोह–अवरोह, शब्द उपयोग, शब्द चयन, शब्द रचनाको हिसाबले यसमा विशिष्ट प्रकारको सांगीतिक विशेषता छ हाक्पारे ‘लो पिच’ बाट सुरु हुन्छ र बिस्तारै ‘हाई पिच’ को उत्कर्षमा पुग्छ त्यसपछि स्वरमा मीठास कायम राख्दै फेरि लो पिचमा ओर्लिन्छ हाक्पारे लिम्बू समुदायको प्राचीन संगीत परम्परा हो , अहिले पनि गाउँघरमा विभिन्न पर्व र उत्सवहरूमा प्रचलित छ
हाक्पारे साम्लो तङसिङ (अनुष्ठान) हरूमा पनि गाइन्छ यसका विभिन्न खण्डमध्ये जब फुङवा चाङमा खण्ड आउँछ, त्यहाँ नेत्तिफुङ (जोवनको प्रतीक फूल) को चर्चा चल्छ जीवनको सार्थकता, सरसता र दीर्घजीवनका लागि जोवनफूल सधैँ जगमग बनाइराख्ने आह्वान त्यस चरणमा भेटिन्छ

वनको क्षणभंगुरता, चोलुङ (प्रतिष्ठा), मिक्किफुङ (प्रेम), नाहाङमा (सम्मान), साङसे निङवा (सद्भाव), आभामलुङ (पारस्परिकता), यङवा (करुणा), सेसेनिङवा (सद्चेतना) आदिको पनि यसमा उल्लेख हुन्छ त्यसका साथै, मुजोक्लुङ खाजोक्लुङ (सृष्टि) देखि सभ्यतामा चलिआएको समाजभित्र रहेका सबै कुराहरू हाक्पारेमा समेटिएको छ हाक्पारे गाउँदा एक जनाले गाएर विषय उठान गर्छ बाँकी सहभागीहरूले ‘ओरिल्लो’, ‘ओसाक्क’ र ‘ओ रो’ जस्ता सही थाप्ने शब्दमार्फत गायनलाई सघाउँदै जान्छन् अर्थात् गीतमै प्रश्न उठाउँदै उल्लिखित विषयलाई थप प्रस्ट पार्दै लैजान्छन् समसामयिक विषयदेखि गम्भीर विषयसम्म चर्चा र विश्लेषण हुने हुनाले यो गायनलाई समसामयिक लोक गायनअन्तर्गत पनि राखेर बुझ्न सकिन्छ

रैथाने भाषा त्यहाँको भूबनोटबाट निर्धारित भएजस्तै संगीत पनि भूबनोटसँग सम्बन्धित र प्रभावित हुन्छ लिम्बूहरूको मूल थलो कहीँ अत्यन्तै भिरालो, विशाल चट्टानले बनेको पहाड र कहीँ समथर पनि छ हाक्पारेको नोटेसन हेर्‍यौँ भने त्यसको संगीत बनोटमा पनि ती ठाउँहरूको प्रभाव भेटिन्छ लिम्बू भाषाको बनावटबाट यी जाति कस्तो ठाउँमा बस्छन् भन्ने सजिलै थाहा पाउन सकिन्छ जस्तै अरू भाषामा तल–माथि, वर–पर चारै दिशाबाट कसैलाई बोलाउँदा ‘यता आऊ’ भने पुग्छ तर, लिम्बू भाषामा माथिबाट तलकालाई बोलाउँदा ‘येः’ भनिन्छ तलबाट माथिकालाई ोलाउँदा ‘थाङेः’ भनिन्छ सम्म ठाउँ अथवा वर–पर बोलाउँदा भने ‘फेरेः’ भनिन्छ
ताप्लेजुङको तम्बरखोला क्षेत्र लिम्बू जाति बस्ने ठाउँमध्ये भिरालो र खोलैखोला भएको ठाउँ हो त्यो ठाउँमा जन्मे–हुर्केकाले गाउने भाकालाई मौवाखोला अर्थात् धनकुटा, तेह्रथुम, पाँचथरलगायतकाले गाउने खिट्का अथवा दिने मुड नै फरक पर्छ

त्यस्तै चारखोला इलाम, पाँचथरतिर गाइने भाका ताप्लेजुङ अथवा अन्य ठाउँकाले गाउँदा पनि त्यस्तै फरक महसुस हुन्छ कहीँ बाह्रै महिना तम्बरसँगसँगै सुसेल्दै त्यहीँको भीरपाखामा ठोक्किदैँ फेरि तम्बरमा मिसिँदै–निस्किँदै रेको भान हुने गायन भेटिन्छ भने कहीँ डाँडा, अक्करमा ठोक्किएर गुन्जिएको प्राकृतिक स्वाद भेटिन्छ हाक्पारेको उठान ताप्लेजुङतिरबाट भएकाले होला, त्यसको आलापको उठान र बोल आलापजस्ता ठाउँमा गाउने शैली सुन्दर र गम्भीर सुनिन्छ, जुन अरूतिरकाले गाउँदा भेटिँदैन त्यसको अर्कै स्वरूप भेटिन्छ छोटो साधना प्रयासबाट यो गायनमा पूर्णता खोज्न सम्भव छैन

हाक्पारे जान्ने येवा, फेदाङमा, साम्बा, आङसी र तुम्याङहाङहरूसँग सोधखोज गर्दा माथि सेवादेन, तावादेन, पान्दोलुङ, तम्बरखोलातिर र हाक्पारा छत्तर, मेन्छयायेम कोक्मा (डाँडा) हरूका नाम आए ती ठाउँमा पुगेर हेर्दा कुनै समय ती कति स्रोतसाधनहीन दुर्गम थिए भन्ने अनुमान गर्न सकिन्छ त्यस्तो अवस्थामा प्रकृतिलाई नै स्रोत साधन बनाएर संगीतको साधना गरिँदै आएको महसुस गर्न सकिन्छ उदाहरणका लागि गाउँदै, डुल्दै र दैनिकीहरू सम्पन्न गर्दै गर्दा जुन पहरा अथवा चट्टानको प्रतिध्वनि राम्रो आयो अथवा आफ्नो स्वरसँग मिलेको जस्तो सुनियो, तिनै ठाउँमा बसेर गाउने गरियो किनभने ठाउँपिच्छे सुनिने प्रतिध्वनि फरक हुन्छ, आफूले निकालेको आवाजको स्केलमा बस्दैन फर्किएको प्रतिध्वनिको स्केल तल–माथि भएर आउँछ अर्थात् आफ्नो स्केलसँग मिल्दैन

जुन डाँडामा उभिएर गाउँदा आवाज जति पर पुर्‍याउन सकिन्छ, त्यहाँ पुगेर गाउने चलन त्यसैकारण बस्दै गयो कालान्तरमा आएर ती ठाउँ मिथकबाट लोकइतिहासमा रूपान्तरित हुँदै गरेको अनुमान गर्न सकिन्छ हाक्पारे पालाम गायनसँग सम्बन्धित ठाउँहरू भौगोलिक हिसाबले पनि फरक महत्त्वका छन् ती ठाउँहरूले सांस्कृतिक महत्त्व/आस्था बोकेकैले अहिले आएर तिनलाई विभिन्न धार्मिक आस्थासँग पनि जोडेको पाइन्छ

संखुवासभा, तेह्रथुम र ताप्लेजुङ जोडिने एक पर्यटकीय स्थल गुफा पोखरीका शिरमा मेन्छयायेम डाँडा छ लगभग ३२०० मिटर उचाइको यस डाँडामा लस्करै तरुनीहरू धान नाचेर उभिएजस्तो देखिएकाले यसको नाम नै मेन्छयायेम रहन पुग्यो यस ठाउँलाई तरुनी/तन्नेरीको सिद्धि अथवा प्रतिष्ठाको ठाउँ (चोत्लुङ) मानिन्छ मेन्छ्या भनेको तरुनी, येम भनेको उभिनु भन्ने अर्थ लाग्छ सोही ठाउँमा केवाफुङबा, साम्लोतिमाहरूले हाक्पारे गाएको किंवदन्ती पनि छ त्यस्तै ताप्लेजुङको पान्दोलुङ पनि राम्रो प्रतिध्वनि आउने गाउँको रूपमा चिनिन्छ ताप्लेजुङको सिसाङवा हाङसाङवा (खोला) को बीचमा मेन्थुक्मा सङगमबुङ भन्ने ठाउँमा थकाइ मार्ने चौताराजस्तो ढुंगामा बसेर सामकेलो केवाफुङवा र फुङजिरी फुङगाप्पोवाले हाक्पारे गाएको किंवदन्ती छ हाल त्यो ढुंगा पहिरोले बगाइसके तापनि धनकुटा पाँचथर जोड्ने तम्बरपारी पाँचथरमा हाक्पारा गाउँ नै तल खोलालाई हाक्पारा घाट भनेर चिनिन्छ त्यो ठाउँमा हाक्पारे गाउँदा अति मीठो सुनिने भएर नै हाक्पारा नाम रहन गएको स्थानीयहरूको भनाइ छ

खोलावारि धनकुटापट्टिबाट पारी पाँचथरपट्टि फर्केर गाउँदा साँच्चै अरू साथीहरूले मीठो स्वरमा कोरस गरिदिएको भान जोकसैलाई पनि हुन्छ पारि पहराको वारिपट्टिको डिलको उचाइ ठिक्क मिलेर त्यस्तो आवाज आएको हुनुपर्छ धनकुटाको राजारानी गाउँमा साम्लो लुङथुङ छ, जसलाई संगीत साधकहरूको सिद्धिस्थल मानिन्छ यी केही उदाहरण हुन् संगीतको भूबनोटसँगको संगमबारे
मान्छेले समाजमा बस्न थालेको समय केलाउँदै जाँदा कुनै अदृश्य शक्ति छ, जसले यो ब्रह्माण्डको रचनादेखि अहिलेसम्म चलाइआएको छ त्यो शक्तिको नाम ठाउँअनुसार फरक–फरक हुन गयो कसैले भगवान् भने, कसैले अल्लाह भने, कसैले के–के तीबाहेक अनेकौँ आस्थाहरूको जन्म भयो त्यही सन्दर्भमा लिम्बूले मानेको एक शक्ति हो तागेरा निङवाफु माङ

यस शक्तिको अर्थ धर्म र राजनीतिमा परिणत हुनुपूर्व, त्यस अदृश्य शक्तिले ठाउँ, समुदायअनुसार फरक नाम पाएको बेला, सिक्नलाई कुनै पाठशाला र विश्वविद्यालय थिएनन् पुजारी, पादरी, धामी–झाँक्री, लामा, फेदाङमा, इमाम र येवा आदि नामका जान्ने गुन्नेहरूले जुन शक्तिको महिमा गाउनुपूर्व बिरामीलाई निको पार्न संगीत सुनाएर उपचार गर्ने विधि यही हाम्रो नेपालमै थियो, जुन ठाउँ अहिले पनि प्रचलित र सुरक्षित छ एलोपेथिक उपचार विधि कल्पना बाहिरै हुँदा सम्भवतः आयुर्वेद/जडीबुटी चलाउने विधि पनि विकास नभएको बेलामा कोही मान्छे बिरामी पर्दा संगीत नै थेरापी थियो सिद्धिस्थलबाट गीत गाइदिएपछि बिरामी निको हुने विश्वास कतिपयको अहिले पनि छ

हाक्पारे साम्लो के स्पष्ट गर्छ भने आदिम घुमन्ते फिरन्ते युग अर्थात् माथिल्लो ढुंगे युग (अप्पर पेलियोलिथिक युग, करिब ५ देखि १० हजार वर्षपूर्व) बाट नै डुल्दै–घुम्दै गाउन सुरु भएको हो त्यसबेला घर बनाएर बस्ने चलन आइनसकेकोले ओढार, भीरपाखा, खोलानाला, डाँडा र हाक्पारातेम्बे अर्थात् समथर मैदानमा समेत बसेर गाउन थालियो यही शैलीको गीत हाक्पारे साम्लोको रूपमा प्रसिद्ध हुन गएको हो

ब्रह्माण्डको गति नै रोकिएर विरह व्याप्त भएको बखत पृथ्वीवासीको पहिलो आवाज नै हाक्पारे संगीत हुनु र त्यो आवाजसँगै सारा जीवजनावर, बोटबिरुवा, नेत्तिफुङ (जोवनफूल) हरू फेरि जाग्न थाल्नु, तब हावा बहनु र एकसाथ पानी पनि बग्न थाल्नुले हाक्पारे एक विशिष्ट र महत्त्वपूर्ण संगीत ध्वनि हो भनेर पुष्टि हुन्छ अकल्पनीय अवस्थामा केवाफुङवा सामलोतिमाहरूलाई पुकारेर उनीहरूले जस्तै गाउन थाल्दा ब्रह्माण्डमा पुनर्सृष्टि भएको सत्य आफ्नो ठाउँमा होला तर धरतीको एक मानव समुदायलाई भने अनेक मिथक र कथाहरूमार्फत ज्ञान र दर्शन दिँदै आएको छ, हाक्पारेले

हाक्पारे संगीतलाई अहिलेको विश्वसंगीतअन्तर्गत नेपाली लोकसंगीतको परिभाषाअनुसार हेर्दा समसामयिक परिस्थितिअनुसार गाइने प्राचीन लोक तथा मौलिक गीत भन्न सकिन्छ मुन्धुमअनुसार अनेक संस्कारमा गाइए पनि मृत्यु संस्कारमा गाउन थालेको एक उदाहरण दिनुपर्दा प्राचीनकालमा तेत्लार लामियोङमा हो, जसलाई इरेरे इधुक्नामा पनि भनिन्छ उसको अन्तिम मृत्यु संस्कार खाउमा गरेपछि नावारा फियामलिङवा र नावारा फियामलिङमाले इनु फाताप हाक्पारे गाउने परम्परा बसाले आज पनि अन्तिम मृत्यु संस्कारपछि रातभरि गाउने प्रचलन यो गाउने सबै अवसरमा गायक/गायिकालाई सुङ्गुरको मासु, रक्सी र तोङ्बा चढाएर सम्मान गर्ने परम्परा आज पनि छ

मुन्धुमअनुसार जीवनको हरेक महत्त्वपूर्ण कर्मकाण्डपछि हाक्पारे गाइयो भने मात्र त्यसले पूर्णता पाउँछ एउटा समाज चलाउँदा संगीतको महत्त्व कति रहेछ भन्ने कुराको पुष्टि हुँदै गर्दा, हाम्रै मात्र देशमा पनि यस्ता समाज र समुदाय प्रशस्त छन् भन्ने कुराको उत्तिकै महत्त्व छ भौगोलिक, भाषिक अथवा अनेक हिसाबले जे जति समुदाय छन्, ती सबैजसोका आ–आफ्नै संगीत छन्, होलान् संगीतको यस्तो मौलिक अस्तित्वलाई हामीले जति जगेर्ना गर्नुपर्ने हो त्यति हुन नसक्नु आफैँमा बडो चिन्तापूर्ण कुरा हो यस्तो लाग्छ, हामी आफ्नै माटो चिन्दैनौँ, माटोको सुगन्ध चिन्दैनौँ, आफ्नो अनुहार चिन्दैनौं, आफ्नो आवाज चिन्दैनौं यो सबै कुरा नचिनेपछि हामीलाई हाम्रो पहिचानबारे हाम्रो मुलुकमा रहेको सौन्दर्ययुक्त विविधताबारे ज्ञान नहुनु आश्चर्य होइन

नेपाल विविध भाषा, संस्कृति, भूबनोट, वनस्पति, जनावर–पन्छीमा गर्व गर्न सकिने मुलुक हो भन्ने अघिल्ला पुस्ताले बुझेनन् तर, नयाँ पुस्ताले पनि बुझेनन् भने हामी अहिलेका पुस्ताको इतिहास नामेट हुनेछ हामी सबैले एकआपसका भाषा, संगीत र संस्कृतिको अन्तरमनदेखि स्वीकार गर्ने र त्यसमा गर्व गर्ने अभ्यास गर्नु जरुरी छ मानव सभ्यतालाई यहाँसम्म ल्याई पुर्‍याउने मुख्य कडीमध्ये कला संस्कृति हो अनेक संस्कृति मिलेर एउटा सभ्यता अगाडि बढ्छ भन्ने यस लोकले बुझोस् हाक्पारेजस्ता विभिन्न मौलिक विराट परम्परा नेपालको पहिचान बनोस्
ओरिल्लो ऽऽ

प्रकाशित : माघ ११, २०७६ ०९:३९

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...