Tuesday, July 16, 2019

राणाशासनको वृतान्त

प्रमोदशमशेर राणा, राणाशासनको वृतान्तको ११औं श्रृँखला
नवेम्बर २०, १८१३ इ.मा उन्नाइस वर्षको कलिलो उमेरमै राजा गीवार्णयुद्धवीरविक्रम शाहको देहावसान भयो र तीन वर्षका नावालक राजेन्द्रवीरविक्रमलाई नियमबमोजिम राजगद्दीमा राखियो । गीर्वाणकी जेठा महारानीलाई भीमसेन थापाको जोडले सती पठाइयो र अर्की कान्छा महारानी केही दिन पछि नै अत्यन्तै शंकास्पद अवस्थामा परलोक भइन् । देशको नायवी पद बज्यै त्रिपुरासुन्दरीकै हातमा फेरी आयो । गीर्वाणकी महारानी जीवित भएकी भए नियमअनुसार उनी नै नायव हुन्थिन् ।
मिनिस्टर कमाण्डर इन चीफसमेत कहलाइएका भीमसेन थापाले फौजको संख्या निकै बढाए अनि राज्य विस्तार गर्छु भनी नेपालका वीर योद्धाहरुलाई पश्चिमतर्फ खटाए । नेपालइ वीरहरुले राजाको
 आज्ञापालन गर्दै लडाइँमा होमिएर नेपालको सीमा पंजाबका महाराज रणजीत सिँहको राज्यको आँध सतलज सीमा सम्म बढाए । आफनो ेत्रतर्फको छिमेकी नेपालले यसरी राज्य विस्तार गरी सैन्यशक्तिसमेत बढाएको कम्पनी सरकारले रुचाएन र नेपालको गतिविधिमाथि उसले अत्यन्तै नियालेर अध्ययन गर्न लाग्यो ।
अंग्रेजले बेसिनको सन्धि (त्चभबतथ या द्यबककभष्ल ज्ञडण्द्द) पश्चात मरहठठा शक्तिलाई पटक पटक हराएपछि दक्षिणमा मरहठठाहरु निकै कमजोर भएका थिए र पञ्जाबका शक्तिशाली महाराज रणजित सिंहले पनि कम्पनी सरकारको सैनिक शक्तिको राम्रो लेखाजोखा गरी यिनीहरुसंग मित्रता राखेर बसेका थिए । यसरी ठुलो शक्तिराष्ट्र बनेको कम्पनी सरकारसंग नेपालले मित्रता गरेर बस्नुमै कल्याण थियो । तर आफनो स्वर्थसमेतको कारणले गर्दा भीमसेनले वुटवल र स्युराजतर्फको केही जनिदारी आफना नातेदारहरुलाई दिन खोजे । यो जमिन अघि अवधका नवाबले पाल्पाली राजालाई आयस्तासम्म उठायर खानू भनी दिएका रहेछन् । अंग्रेजहरुले यो भूभागमा नेपालको स्वामित्व स्वीकार गरेका थिएननु । यसै कारण यही विषयमा दुई देश बीच विवाद चल्यो । यस बखत अर्ल अफ मोयरा (भ्बच िया ःयष्चब) गभर्नर जनरल थिए र युरोपमा लाडाई साम्य भइसकेको थियो । अहिलेको परिस्थिति अंग्रेजको अनुकूल थियो । यो कुरा भीमसेन थापाले राम्रोसंग लेखाजोख ागर्न सकेनन् । नेपाल दरबारमा उपर्युक्त कुराबारे छलफल गर्न भारदारी बचहरी गर्दा दूई चार जना भारदारहरुले अहिले अंग्रेजहरुसंग झैंझगडा उठाउनु राम्रो हुदैन कि भन्ने कुरा पनि उठाएका थिए, तर मुख्तियारले यस्ता कुरा प्रति वास्तै राखेनन् । कम्पनी सरकारले बुटवल र स्यूराजमा गएर स्थलगत अध्ययन गर्न मेजर पेरिस ब्रादसा(ःबवयच एबचष्क द्यचबमकजबध) लाइ पठायो । उनि त्यहाँ गएर स्थलगत निरीक्षण गरी प्रतिवेदन पेश गरे । यो समस्याकाबारेमा बुझबुझारथ भइरहेकै बखतमा केही नेपाली फौज त्यहाँ पुगी कम्पनी सरकारका कारिन्दाहरुलाई धपाएर विवादित भूमि आफनो कब्जामा लिए । यही कुरालाई निहुँ पारेर अर्ल अफ मोयराले नेपाल सरकार समक्ष कडा विरोध पठाए । नेपालले गोलमटोल बोलीमा जवाफ पठाई आलटाल गर्न खोज्यो । मोयराले १ डिसेम्बर १८१४ ईे मा नेपाल विरुद्ध युद्धको घोषणा गरे ।
साभारः राणाशासनको वृतान्त, प्रमोदशमशेर राणा

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...