Tuesday, July 16, 2019

राणाशासनको वृतान्त

प्रमोदशमशेर राणा, राणाशासनको वृतान्तको १२औं श्रृँखला
युद्धको घोषणा भएपछि मेजर जनरल जिलेप्सीको कमाण्डमा ३५०० फौज गडवाल तर्फ बाट नेपालमा हमला गर्न अर्ल अफ मोयराले खटाए। गेरखपुरबाट मेजर जनरल उडको नेतृत्वमा तेस्रो डिभिजनलाइ बुटवल, स्युराज, पाल्पालागायत कब्जा गर्ने आदेश दिइयो । जनरल मार्लेको नेतृत्वमा चौथो डिभिजनलाइ मकवानपुर क्षेत्रबाट नेपाल भित्र प्रवेश गरी काठमाण्डौसम्म प’ने अर्डर भयो । ६००० जति फौज लियर पश्चिम क्षेत्रमा हमला गर्न जनरल डेभिड अक्टरलोनी खटाइए ।
कर्णेल मावीको कमाण्डमा ५३औं बटालियन सहारनपुर तर्फबाट नेपाली सीमापारगरी नालापानी किल्लाको रक्षा गर्न गोरखाली फौजको सरदार बलभद्रसिंह ४०० जति फौज लिएर बसेका थिए । नालापानी किल्ला ६०० फीट जति अग्लो ढिस्कोमा थियो । अंग्रेजी फौजका कमाण्डरले राति बलभद्रलाई सन्देश पठाई आत्मसमर्पण गर्न आग्रह गरे । तर बलभद्रले ठाडो जवाफ दिई मैदानमा भेटौला पनि पठाए ।
भोली पल्ट अंग्रेजी फौजले तोपखाना प्रयोग गरी गोला वर्साएर गढी कब्जा गर्न खोज्यो, तर विफल भएर हटनु परयो । यस्तो अवस्था आएपछि जनरल जिलेप्सीले १२ पाउण्डर तोपहरु हात्तीमा राखेर किल्लाको आसपासमा पुरयाउन लगाए । अब किल्लालाई चारैतर्फबाट घेरी एकैचाटी आक्रमण गर्ने योजना बनाए । जर्नेलले हमला गर्न्र भन्ने आदेश दिनासाथ हमला शुरु भयो । किल्लाबाट गोरखालीले हानेको गोली लागेर लप्टन इलिस ढले । यो दृष्य देखेपछि जनरल जिलेप्सीले एउटा हातमा तोप र अर्को हातमा नाङगो किरिच लिएर फौजको कमाण्ड सम्भाले । यसै बखत माथि किल्लाबाट छुटेको ैउटा गोली जर्नेलको छातीमा लाग्यो र जनरल जिलेप्सीले वीर गति प्राप्त गरे । यिनको मृत्युु भएपछि कर्णेल कार्पेन्टरले कमाण्ड लिए र त्यो दिन अंगे्रजी फौज पछि हटन वाध्य भयो ।
अर्को क्षेत्र देवथलमा अंग्रेजी फौजले ठुलो हमला गरयो । यो युद्धमा गोरखाली कमाण्डर भक्ति थापाले वीरगति प्राप्त गरे । यसपछि अंग्रेजका कमाण्डर जनरल अक्टरलोनी गढमलाउँमा हमला गर्न अघि बढे ।
तेह्रौँ श्रृखला आउने शनिवार राख्ने छु । पढनु हाेला ।
साभारः राणाशासनको वृतान्त, प्रमोदशमशेर राणा

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...