प्रमोदशमशेर राणाको पुस्तक राणाशासनको वृतान्त आठौं श्रृंखला
पशुपति क्षेत्रमा बसी उपचार गराउँदा पनि कान्तवतीलाई केही फाइदा भएन र अक्टोबर १७९९ इ.मा यिनको मृत्युभयो । पत्नि वियोग खप्न नसकी रणबहादुर शाह विक्षिप्तजस्तै भएर आत्महत्या गर्छु मर्छुु भनी रुन कराउन थाले । राजराजेश्वरी त्यहाँ पुुगी उनलाई सम्झाई बुुझाई आत्महत्या गर्न बाट रोकिन् । तर आफनी प्राणप्यारी पत्निको वियोगबाट मानसिक सन्तुलन गुमाएका रणबहादुरले अनेक उत्पात गर्न थाले । अघि कान्तवतीको उपचार गर्ने वैद्यहरुलाई पक्राउ गरी कठोर यातना दिए, देवदेवीका मन्दिरहरुसमेत तोडफोड गर्छुभनी उफ्रन थाले । केही समयपछि यिनको दिमागमा अलिकति होस आयो अनि अब म काठमाण्डौमा बस्न चाहन्न, काशीमा गएर बस्छुभनी आफना केही विश्वासी भारदारहरुलाई साथमा लिएर काशी जान ठीक भए । जेठा महारानी पनि पतिकै साथमा काशी जान्छु भनी नायव पद अर्की महारानी सुवर्णप्रभालाई सुम्पेर गइन् । यहाँ कीर्तिमानसिंह बस्न्यात मुख्य काजी भए ।
स्वामी भेषधारी रणबहादुर शाह काशीमा पुुगेर त्यहाँ डेरा गरी बसेपछि कम्पनी सरकारका गुप्तचरहरुले यिनको गतिविधिमाथि निगरानी राख्न थाले । नेपालमा हुकुम चलाएर बसेको मानिस काशीमा सन्यासी जीवन विताएर के टिक्न सक्थे ? यिनलाई नेपाल फर्कन मन लाग्यो । अनि उनीसंगै गएका भीमसेन थापा समेतको सल्लाहबाट गभर्नर जनरल लर्ड वेलेस्ली (ीयचम ध्भििभकथि)लाई एउटा पत्र लेखी कम्पनी सरकारले उनलाई सहयोग गरी नेपालमा फर्काएर पुनः गद्दीमा राखिदिन मद्दत गरेमा उनले पनि कम्पनी सरकारलाई हर तरहबाट सहयोग गर्छुु भनी विश्वास दिलाउन चाहे ।
लर्ड वेलेस्ली भारतमा आएपछि यिनले नयाँ अग्रगामी नीति अपनाई सहायक सन्धि (क्गदकष्मष्बचथ ब्ििष्बलअभ) को जाल फिँजाएर भारतका ठुलाठुला राज्यहरुलाई समेत फसाएर आफना अधीनमा ल्याइसकेका थिए । नेपाल प्रति पनि यिनको सुदृष्टि थिएन तर भारतमा मरहठठाहरुसँगको जन्जाल र युरोपमा पनि युद्ध भइरहेको बखत हुँदा यिनले नेपालतर्फ हात हाल्ने आँट गर्न सकेका थिएनन् । तर नेपालका पूर्व राजाको पत्र प्राप्त भएपछि यिनी केही उत्साहित भए । रणबहादुर के कति कारणबाट नेपालबाट भागेर काशीमा आएर बसेका रहेछन् र कम्पनी सरकारले केही सहयोग गरी यिनलाई स्वदेशमा फर्कादिएमा नेपाल सरकारले यिनलाई पुनः गद्दीमा स्वीकार गर्ला कि नगर्ला इत्यादि कुरा बुुुुझन कप्तान नक्सलाई काशीमा पठाए ।
काशीमा अंग्रेजका अधिकारीहरुसंग भइपरि आउने कामकमज गर्न नेपालले गजराज मिश्रलाई आफना वकिल नियुक्त गरी राखेको थियो । त्यहाँका मीर मुुन्सी तथा अदालतका मुुख्तारहरुसंग यिनको राम्रो बस उठ समेत थियो । अंग्रेजहरुले यिनलाई हात लिई रणबहादुर सम्बन्धि सबै कुरा बुुझेर आउनुहोस भनी काठमाण्डौ पठाए । गजराज मिश्र काठमाण्डौ पुुगी मुुख्य काजी तथा अ्रन्य भारदारहरुसंग भेटघाट गरी आफुु काठमाण्डौ आउनुपरेको कारण बताए । अहिलेको अवस्थामा कम्पनी बहादुरसंग मित्रताको गाँठो अरु मस्काउनुराम्रो होला भन्दै कम्पनीसंगै एउटा वाणिज्य सन्धि गरेमा नेपाललाई लाभ हुनेछ मन्ने सुुझाव उनले राखे । कम्पनी सरकारले पूर्व राजालाई काशीमै राख्ने बचन दिएमा नेपालबाट उनको जिउनीकालागी केही भत्ताको व्यवस्था गरि दिने र कम्पनीसंग पनि वाणिज्य सन्धि गरौला भनी मुख्य काजीले वचन दिए । यति कुराकानी भएपछि वाणिज्य सन्धिको मस्यौदा गर्ने तरखर हुन थाल्यो । यसै समयमा अति रहस्यमय ढंगबाट मुख्य काजी कीर्तिमानसिंहको हत्या भयो ।