Friday, July 05, 2019

अछाममा ७५ प्रतिशत खेत बाँझै


अछाममा ७५ प्रतिशत खेत बाँझै

२०७६ असार १९ बिहीबार ११:५२:००
मध्यअसार हुँदा पनि पानी नपरेपछि जिल्लाका अधिकांश खेत बाँझै छन् सिँचाइ अभावले जिल्लामा रोपाइँ प्रभावित भएको हो अहिलेसम्म आकाशेपानीको भरमा रोपिने सबै खेत बाँझै छन्  खडेरीका कारण धेरैजसो किसानले धानको ब्याडसमेत राख्न पाएका छैनन् कृषि ज्ञान केन्द्र मंगलसेनका अनुसार अहिलेसम्म ४० प्रतिशत रोपाइँ भइसक्नुपर्ने हो तर, यस वर्ष असार १५ नाघिसक्दा पनि मुस्किलले २५ प्रतिशत रोपाइँ भएको छ
 सिँचाइ सुविधा भएका खोलानजिकका खेतबाहेक अन्य खेतमा रोपाइँ हुन नसकेको केन्द्रका कृषिप्रसार अधिकृत जनकराज बोहराले बताए ‘असाध्यै थोरै ठाउँका खेत मात्र रोपिएका छन्,’ उनले भने,‘ सिँचाइ सुविधा नभएका खेतहरू सबै बाँझै छन् पानी नपरेसम्म रोपाइँ गर्ने अर्को विकल्प छैन।’ 
खोला छेउका र कुलो लाग्ने खेत तथा सिमसार क्षेत्रमा भने सबैतिर रोपाइँ भइसकेको उनले बताए रोपाइँ हुने जम्मा १६ हजार ार सय हेक्टर जमिन मध्य ७५ प्रतिशत खेतहरूमा सिँचाइ सुविधा छैन जसका कारण साँफेबगर, ठाटी, कैलाशखोला, चित्रे, हिच्माको चाइरा, कर्णालीको लोडे, कोल्लीमोरा, मालुमेला, टापुलगायत नदी तथा खोला किनारका खेतबाहेक किसानले रोपाइँ गर्न पाएका छैनन् 
आधा असार हुँदा पनि पानी नपरेको यही वर्ष होला,’ साँफेबगरका ज्ञानबहादुर कुँवरले भने, ‘उहिले त यो वेलासम्म सबै रोपाइँ सकिन्थ्यो, यो वर्ष ब्याडसमेत राख्न पाएको छैन।’ पानी नपर्दा साँफेबगर बैजनाथ क्षेत्रको हजारौँ बिघा खेत अहिले पनि बाँझै कुँवरका अनुसार कुलो लाग्नेबाहेक अन्य कुनै पनि खेतमा जोत्नसमेत सकिएको छैन ‘जमिन पूरै ढुंगाजस्तै भइसक्यो,’ उनले भने । 
ढकारी, तुर्माखाँद, चौरपाटी, मेल्लेख गाउँपालिका तथा कमलबजार, मंगलसेन र पञ्चदेवल विनायक नगरपालिकाका अधिकांश खेतहरू पानी नपर्दा चिरा परेका छन् ‘यो वर्ष ठूलै भोकमरी निम्तिने भो,’ तुर्माखाँदका पदमबहादुर बुढाले भने, ‘अझै पानी परेको छैन अब ब्याड राखेर रोपाइँ गर्न सकिने समय नै घर्कियो।’ 
किसानहरू भोकमरी हुने चिन्तामा छन् ‘लामो खडेरी परेको वर्ष खेतमा धान फल्दैन,’ ढुंगाचाल्नाका अगुवा कृषक भक्तबहादुर बुढाले भने, ‘यस्तै खडेरी परेका वर्ष पहिले पनि धान उत्पादन घटेको थियो ढिलो रोपाइँ हुँदा किरा तथा गँवारो रोगले समेत सताउने गरेको उनले बताए 




Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...